काठमाडौं । विश्वप्रसिद्ध एयरोस्पेस कम्पनी एयरबस र त्रिभुवन विश्वविद्यालयबीच नेपालमा एयरोस्पेस क्षेत्रको क्षमता विकासका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
सम्झौताअन्तर्गत एयरोस्पेस, उड्डयन तथा डिजिटल प्रविधिसम्बन्धी शिक्षा, तालिम, अनुसन्धान र उद्योग अनुभवका अवसर विस्तार गर्ने लक्ष्य राखिएको छ ।
साथै विद्यार्थीहरूलाई एयरोस्पेस इन्जिनियरिङ, एआईरएमएल, एड्भान्स एनालिटिक्स तथा साइबर सुरक्षा जस्ता आधुनिक प्रविधिमा दक्ष बनाउने योजना रहेको जनाइएको छ ।
समझदारीपत्रमा एयरबस साउथ एसियाका प्रेसिडेन्ट तथा म्यानेजिङ डाइरेक्टर रेमी मेलार्ड र त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. सुशील बहादुर बज्राचार्यले हस्ताक्षर गरेका हुन् ।
कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, नेपालका लागि फ्रान्सकी राजदूत भर्जिनी कोर्टेभाल, सरकारी अधिकारी तथा एयरबसका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
आईसीटी समाचार