कीवर्डहरू -

कम्पनी रजिस्ट्रारको CAMIS प्रणाली अपडेट : सेवाग्राहीलाई के के फाइदा ?

कम्पनी रजिस्ट्रारको CAMIS प्रणाली अपडेट : सेवाग्राहीलाई के के फाइदा ?

काठमाडौं । कम्पनी प्रशासन व्यवस्थापन सूचना प्रणाली (CAMIS) मा सुधार गरिएकोबारे कम्पनी रजिस्ट्रारको कार्यालयले जानकारी सार्वजनिक गरेको छ । सरोकारवालाबाट प्राप्त सुझावका आधारमा प्रणालीलाई परिमार्जन तथा अद्यावधिक गर्दै सेवा प्रवाहलाई अझ प्रभावकारी बनाइएको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार हाल प्रणालीमा देखिएका विभिन्न सुधारहरू कार्यान्वयन भइसकेका छन् र सम्बन्धित सबै सेवाग्राहीलाई उक्त परिवर्तन बारे जानकारी लिन अनुरोध गरिएको छ ।

के के भए सुधार ?
- सूचीकृत (Listed Public) कम्पनीमा सर्वसाधारणको ४९ प्रतिशत शेयर सीमा हटाइएको
- गुनासो, समस्या तथा अनुरोधलाई Ticket Management प्रणालीमार्फत समाधान गर्ने व्यवस्था
- संशोधित आवेदन/कागजातको Incident Report कम्पनी प्रोफाइलमै रहने व्यवस्था
- वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागसँग प्रणाली आवद्ध गरी कम्पनी विवरण आदान–प्रदान सहज बनाइएको
- शेयरधनी विवरण राख्दा NID प्राप्त गर्न बाबु वा आमाको नाम राख्ने सुविधा
- स्वचालित शेयर लगतमा नागरिकता, NID, पासपोर्ट वा दर्ता नम्बर समावेश
- शेयर बाँडफाँटपछि मात्र शेयर लगत Validation हुने व्यवस्था
- E-service को दोस्रो चरण थप व्यवस्थित
- कम्पनी Overview मा इमेल/मोबाइल परिवर्तन History हेर्न सकिने
- Fractional share मा पूँजी परिवर्तनका लागि सीमा निर्धारण र त्रुटि समाधान
- Reject/Correction भएका आवेदनमा कर्मचारीलाई Task Only Mode मा स्वत: assign हुने प्रणाली
- कर्मचारी Dashboard मा आवेदन फर्छ्योट समयसीमा (threshold) सुधार
- इमेल परिवर्तन गर्दा OTP नजाने समस्या समाधान

कार्यालयले यी सुधारहरूले सेवा प्रवाहलाई थप छिटो, पारदर्शी र व्यवस्थित बनाउने विश्वास व्यक्त गरेको छ । साथै, सेवाग्राहीलाई डिजिटल प्रणालीमार्फत सहज रूपमा सेवा लिन आग्रह गरिएको छ ।

null