काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको कम्पनी रजिस्ट्रारको कार्यालयले स्थानीय तहले कम्पनी दर्ता तथा सेयर खरिद गर्न सक्ने व्यवस्था सम्बन्धी नयाँ सूचना जारी गरेको छ ।
कार्यालयले जारी गरेको सूचनामा संघीय सरकार मातहतका विभिन्न स्थानीय तहबाट कम्पनी संस्था स्थापना तथा सेयर खरिदसम्बन्धी स्पष्ट कानुनी व्यवस्था माग भई आएको उल्लेख गरिएको छ । सोही आधारमा मिति २०८३/०१/२५ मा भएको निर्णयअनुसार प्रचलित कानुनको अधीनमा रही स्थानीय तहले कम्पनी दर्ता तथा सेयर खरिद गर्न सक्ने व्यवस्था गरिएको जनाइएको छ ।
सूचनामा स्थानीय तहहरूले आफ्नो अधिकार क्षेत्रभित्र रही आवश्यक कानुनी प्रक्रिया पूरा गर्नुपर्ने र प्रचलित कम्पनी ऐन २०६३ तथा सम्बन्धित अन्य कानुनहरूको पूर्ण पालना गर्नुपर्ने स्पष्ट गरिएको छ ।
कार्यालयका अनुसार, यस व्यवस्थाले स्थानीय तहलाई आर्थिक गतिविधिमा थप सहभागिता जनाउन कानुनी आधार प्रदान गर्ने अपेक्षा गरिएको छ ।

आईसीटी समाचार