कीवर्डहरू -

डिशहोमका ग्राहकले एनपीएलका खेल थप शुल्क बिना हेर्न पाउने

डिशहोमका ग्राहकले एनपीएलका खेल थप शुल्क बिना हेर्न पाउने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ का खेल डिशहोमका सक्रिय डीटीएच तथा आईपीटीभी ग्राहकले कुनै अतिरिक्त शुल्क नतिरी हेर्न पाउने भएका छन् । डिशहोमले आफ्ना सक्रिय ग्राहकलाई एचडी गुणस्तरमा प्रतियोगिताका खेलको प्रत्यक्ष प्रसारण उपलब्ध गराउने जनाएको छ ।

कम्पनीका अनुसार ग्राहकले डिशहोममार्फत हिमालय स्पोर्ट्स, स्टार स्पोर्ट्स सिलेक्ट १ र स्टार स्पोर्ट्स सिलेक्ट २ च्यानलमा एनपीएलका खेल हेर्न सक्नेछन् । यसका लागि नियमित सदस्यता शुल्कबाहेक थप रकम तिर्नुपर्ने छैन । यस सुविधाले क्रिकेटप्रेमीलाई घरमै बसेर नेपाली क्रिकेटको प्रतिस्पर्धा र रोमाञ्चक खेलको आनन्द लिन सहज बनाउने कम्पनीको अपेक्षा छ ।

यद्यपि, यो सुविधा लिन ग्राहकको डिशहोम डीटीएच वा आईपीटीभी सदस्यता सक्रिय हुनुपर्नेछ । सदस्यताको अवधि समाप्त भएका ग्राहकले खल्ती वा इसेवामार्फत सदस्यता नवीकरण गरेर खेल हेर्न सक्नेछन् ।

डिशहोमका अनुसार एकै दिन दुई खेल हुने तालिकामा खेलहरू दिउँसो १२:३० बजे र साँझ ५:०० बजे सुरु हुनेछन् । सक्रिय सदस्यतामार्फत ग्राहकले तोकिएका च्यानलमा एनपीएल सिजन ३ का खेल एचडी गुणस्तरमा थप शुल्क बिना प्रत्यक्ष हेर्न सक्नेछन् ।