काठमाडौं । नेपालको तीव्र रूपमा विकसित हुँदै गएको फिनटेक तथा डिजिटल भुक्तानी क्षेत्रले अन्तर्राष्ट्रिय मञ्चमा थप महत्वपूर्ण पहिचान हासिल गरेको छ । Global Fintech Awards (GFA) 2026 अन्तर्गत नेपालका पाँच प्रमुख फिनटेक तथा डिजिटल भुक्तानी कम्पनीहरू विभिन्न विधामा नामांकित तथा सर्टलिस्ट भएका छन् ।
आयोजकबाट प्राप्त आधिकारिक विवरणअनुसार Citytech Group Pvt. Ltd., eSewa Limited र IME Khalti Limited “Best Fintech from Nepal” विधामा सर्टलिस्ट भएका छन् ।
त्यस्तै, IMARK Pvt. Ltd. “Best Payments Solution” विधामा तथा Fonepay Payment Service Limited “Best Digital Public Infrastructure विधामा नामांकित भएका छन् ।
नेपाली कम्पनीहरूको विभिन्न अन्तर्राष्ट्रिय विधामा सहभागिताले नेपालको फिनटेक, डिजिटल भुक्तानी तथा डिजिटल सार्वजनिक पूर्वाधार क्षेत्रमा भइरहेको नवप्रवर्तन र विकासलाई विश्वव्यापी मञ्चमा प्रस्तुत गरेको छ ।
“Best Fintech from Nepal” मा तीन नेपाली कम्पनी
“Best Fintech from Nepal” विधामा नेपालका तीन प्रमुख कम्पनी Citytech Group Pvt. Ltd., eSewa Limited र IME Khalti Limited सर्टलिस्ट भएका छन् ।
Citytech Group Pvt. Ltd. नेपालमा डिजिटल भुक्तानी तथा फिनटेक पूर्वाधार निर्माणमा सक्रिय प्रविधि कम्पनीका रूपमा परिचित छ । यसको finPOS लगायतका भुक्तानी तथा मर्चेन्ट टेक्नोलोजी समाधानहरूले बैंक तथा वित्तीय संस्था र व्यवसायहरूलाई डिजिटल भुक्तानी प्रणालीसँग जोड्न महत्वपूर्ण भूमिका खेल्दै आएका छन् ।
eSewa Limited नेपालको डिजिटल वालेट तथा डिजिटल भुक्तानी क्षेत्रमा अग्रणी कम्पनीमध्ये एक हो । डिजिटल वालेट, बिल भुक्तानी, डिजिटल कारोबार तथा विभिन्न वित्तीय सेवामार्फत eSewa ले नेपालमा डिजिटल वित्तीय पहुँच विस्तारमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ ।
त्यस्तै, IME Khalti Limited ले डिजिटल वालेट, भुक्तानी तथा वित्तीय प्रविधिका क्षेत्रमा आफ्नो उपस्थिति विस्तार गर्दै डिजिटल कारोबारलाई थप सहज, सुरक्षित र पहुँचयोग्य बनाउन योगदान दिँदै आएको छ ।
“Best Payments Solution” मा IMARK
IMARK Pvt. Ltd. “Best Payments Solution” विधामा नामांकित भएको छ । यस विधामा विभिन्न देशका नवीन भुक्तानी समाधान तथा प्रविधिहरू प्रतिस्पर्धामा रहेका छन् । IMARK को अन्तर्राष्ट्रिय नामांकनले नेपाली कम्पनीहरूले भुक्तानी प्रविधि तथा समाधानका क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरमा आफ्नो क्षमता प्रस्तुत गरिरहेको देखाउँछ ।
“Best Digital Public Infrastructure” मा Fonepay
नेपालको डिजिटल भुक्तानी पूर्वाधारमा महत्वपूर्ण भूमिका खेल्दै आएको Fonepay Payment Service Limited “Best Digital Public Infrastructure” विधामा नामांकित भएको छ ।
Fonepay को यो अन्तर्राष्ट्रिय नामांकनले नेपालमा डिजिटल भुक्तानी पूर्वाधारको विकास, पहुँच विस्तार तथा डिजिटल वित्तीय प्रणालीलाई थप सुदृढ बनाउन भएका प्रयासलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गरेको छ ।
Global Fintech Fest 2026 मा अवार्ड घोषणा
Global Fintech Fest 2026 आगामी ८ देखि ११ सेप्टेम्बर २०२६ सम्म भारतको मुम्बईस्थित Jio World Centre | Trident BKC मा आयोजना हुँदैछ । Global Fintech Awards Night 2026 भने १० सेप्टेम्बर २०२६, साँझ ६:०० बजेदेखि आयोजना हुने आयोजकले जनाएको छ । सोही अवसरमा विभिन्न विधाका विजेताहरू घोषणा गरिनेछन् ।
नेपालका पाँच कम्पनीहरू तीन फरक अन्तर्राष्ट्रिय विधामा नामांकित तथा सर्टलिस्ट हुनु नेपालको फिनटेक इकोसिस्टमका लागि उल्लेखनीय उपलब्धि हो । यसले नेपाली कम्पनीहरू घरेलु बजारमा मात्र सीमित नभई क्षेत्रीय तथा अन्तर्राष्ट्रिय स्तरमा समेत प्रतिस्पर्धा गर्न सक्षम हुँदै गएको संकेत गर्दछ ।
नेपाली फिनटेक उद्योगका लागि गौरवको क्षण
यस उपलब्धिले नेपालको डिजिटल वित्तीय रूपान्तरण, डिजिटल भुक्तानी, वित्तीय समावेशिता, मर्चेन्ट डिजिटाइजेसन तथा डिजिटल सार्वजनिक पूर्वाधारको क्षेत्रमा भइरहेको प्रगतिलाई अन्तर्राष्ट्रिय मञ्चमा उजागर गरेको छ ।
Citytech Group, eSewa, IME Khalti, IMARK र Fonepay को विभिन्न विधामा अन्तर्राष्ट्रिय अवार्डका लागि नामांकन तथा सर्टलिस्ट हुनु नेपाली फिनटेक तथा डिजिटल वित्तीय इकोसिस्टमको सामूहिक उपलब्धिका रूपमा समेत हेरिएको छ ।
आईसीटी समाचार