कीवर्डहरू -

फोटोनलाई ‘कर्पोरेट कर्मसियल भेइकल अवार्ड २०२६’

फोटोनलाई ‘कर्पोरेट कर्मसियल भेइकल अवार्ड २०२६’

काठमाडौं । विश्वकै अग्रणी कमर्शियल भेहिकल ब्रान्डमध्ये एक FOTON ले नेपालको यातायात क्षेत्रको विकासमा पुर्‍याएको योगदानको कदर गर्दै प्रतिष्ठित Corporate Commercial Vehicle Award 2026 प्राप्त गरेको छ ।

आधुनिक प्रविधि, उच्च सुरक्षा, दिगो गतिशीलता तथा वातावरणमैत्री यातायात समाधानमार्फत नेपालको कमर्शियल यातायात क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएको मूल्यांकनका आधारमा कम्पनीलाई उक्त सम्मान प्रदान गरिएको हो ।

होटल र्‍याडिसनमा आयोजित एक कार्यक्रममा MAW Vriddhi Commercial Vehicles Pvt. Ltd. का प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल कुमार बरालले उक्त अवार्ड ग्रहण गरेका हुन् ।

कम्पनीका अनुसार यो सम्मानले नेपाली कमर्शियल सवारी बजारमा FOTON को बढ्दो प्रभाव तथा नेपाललाई स्वच्छ, हरित र प्रभावकारी यातायात प्रणालीतर्फ अघि बढाउने कम्पनीको प्रतिबद्धतालाई थप पुष्टि गरेको छ ।

हालसम्म नेपालभर २ हजारभन्दा बढी FOTON कमर्शियल सवारीसाधन आपूर्ति भइसकेका छन् । कम्पनीका ट्रक, भ्यान तथा विद्युतीय कमर्शियल सवारीसाधनले व्यवसायिक यातायातलाई थप प्रभावकारी बनाउनुका साथै दिगो यातायात विकासका राष्ट्रिय लक्ष्य हासिल गर्न समेत योगदान पुर्‍याइरहेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार उक्त अवार्डले विद्युतीय मोबिलिटी प्रवर्द्धन, कार्बन उत्सर्जन न्यूनीकरण, स्वच्छ ऊर्जा प्रयोगको विस्तार तथा नेपालको यातायात पूर्वाधार विकासमा अत्याधुनिक कमर्शियल सवारी प्रविधि भित्र्याउने नेतृत्वदायी भूमिकालाई सम्मान गरेको हो ।