कीवर्डहरू -

विवाहको प्रलोभन देखाई सामाजिक सञ्जालमार्फत ठगी, दुई जना पक्राउ

विवाहको प्रलोभन देखाई सामाजिक सञ्जालमार्फत ठगी, दुई जना पक्राउ

काठमाडौं । विवाह गर्ने प्रलोभन देखाएर सामाजिक सञ्जालको दुरुपयोग गरी ठगी गरेको आरोपमा नेपाल प्रहरीको साइबर ब्युरोले दुई जनालाई पक्राउ गरेको छ ।

साइबर ब्युरोका अनुसार अमेरिकामा रहेको नेपाली बोल्न नजान्ने व्यक्तिको नाम प्रयोग गरी अंग्रेजी भाषामा कुराकानी गर्ने, टिकटकमार्फत सम्पर्क बढाउने र आफूलाई प्रेम तथा विवाहका लागि इच्छुक व्यक्ति भन्दै विश्वासमा पारेर रकम ठगी गर्ने कार्यमा संलग्न व्यक्तिहरू पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार आरोपीहरूले पीडितसँग विवाह गरी अमेरिका लैजाने प्रलोभन देखाउँदै विभिन्न बहानामा पटक–पटक रकम माग गरेका थिए । पीडितबाट करिब १५ लाख १० हजार ५ सय रुपैयाँ ठगी भएको उजुरीका आधारमा साइबर ब्युरोले प्राविधिक अनुसन्धान अघि बढाएको थियो ।

अनुसन्धानका क्रममा उक्त कार्यमा संलग्न रहेको आरोपमा संजिव नेपाली र सरिता पराजुलीलाई पक्राउ गरिएको साइबर ब्युरोले जनाएको छ । उनीहरूले सामाजिक सञ्जालमार्फत सम्पर्क गरी विश्वासमा पारेर विद्युतीय माध्यमबाट ठगी गरेको प्रहरीको भनाइ छ ।

पक्राउ परेकाहरूमाथि थप अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको साइबर ब्युरोले जानकारी दिएको छ ।

null