काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को पूरक (ग्रेडवृद्धि) परीक्षा आगामी असार १ गतेदेखि सञ्चालन गर्ने भएको छ । बोर्डले सोमबार राति एसइईको नतिजा सार्वजनिक गर्दै पूरक परीक्षा असार १ गतेदेखि ९ गतेसम्म सञ्चालन हुने जानकारी दिएको हो ।
बोर्डका अनुसार अन्तिम ग्रेड ‘सी’ वा ‘सी’भन्दा कम प्राप्त गरेका विद्यार्थीहरू पूरक परीक्षामा सहभागी हुन पाउनेछन् । यस वर्षको एसइई नतिजाअनुसार परीक्षामा सहभागीमध्ये १ लाख ४६ हजार ५०७ विद्यार्थी नन-ग्रेडेड भएका छन् । ती विद्यार्थीलाई ग्रेड सुधार गर्ने अवसर प्रदान गर्न पूरक परीक्षा सञ्चालन गर्न लागिएको बोर्डले जनाएको छ ।
आईसीटी समाचार