कीवर्डहरू -

स्थानीय आवश्यकताबाट विश्व बजारसम्म, आर्कबोको एचआर प्रविधि यात्रा

स्थानीय आवश्यकताबाट विश्व बजारसम्म, आर्कबोको एचआर प्रविधि यात्रा

काठमाडौं । नेपालमा डिजिटल रूपान्तरणको बहस तीव्र बन्दै जाँदा अधिकांश संस्थाको मानव स्रोत (एचआर) व्यवस्थापन अझै पनि परम्परागत प्रक्रियामा निर्भर छ । कर्मचारीको कार्यसम्पादन मूल्याङ्कन, तालिम व्यवस्थापन, सिकाइको अभिलेख, नेतृत्व विकास र संस्थागत ज्ञान व्यवस्थापनजस्ता काम अझै पनि धेरै संस्थामा कागजी अभिलेख वा छुट्टाछुट्टै सफ्टवेयरमार्फत सञ्चालन भइरहेका छन् । यस्तै चुनौतीलाई लक्षित गर्दै स्थापना भएको हो आर्कबो टेक्नोलोजिज प्रालि ।

सन् २०२३ मा काठमाडौंमा स्थापना भएको आर्कबो टेक्नोलोजिजले मानव स्रोत व्यवस्थापन, कर्मचारी विकास र संस्थागत सिकाइलाई डिजिटल बनाउने उद्देश्यसहित आफ्ना समाधान विकास गर्दै आएको छ । कम्पनीको नेतृत्व रवि न्यौपाने (सीईओ), क्षितिज न्यौपाने (सीटीओ), भूषण राज गिरी (अध्यक्ष तथा सीओओ) र ओमप्रकाश भण्डारी (अनुसन्धान तथा विकास निर्देशक) ले गरिरहेका छन् ।

स्थानीय समस्याका लागि स्थानीय समाधान
नेपाली संस्थाहरूले लामो समयदेखि विदेशी एचआर प्रणाली प्रयोग गर्दै आएपनि ती समाधान स्थानीय कार्यशैली, कानुनी व्यवस्था र संस्थागत आवश्यकतासँग पूर्ण रूपमा मेल नखाने अनुभव व्यवसायहरूले गर्दै आएका छन् । आर्कबोले यही अन्तरलाई अवसरका रूपमा लिएर स्वदेशमै विकसित एचआर प्रविधि समाधान तयार गरेको हो ।

कम्पनीका अनुसार यसको प्रमुख उत्पादन ARKBO Strategies People Development System ले कर्मचारी विकासको सम्पूर्ण चक्रलाई एउटै प्लेटफर्ममा समेट्छ । प्रणालीमा Learning Management System (LMS), Training Management, Online Examination, Training Need Identification (TNI), Competency Mapping, Performance Evaluation, Succession Planning तथा Training Budget Management जस्ता मोड्युल समावेश छन् ।

यसले संस्थालाई कर्मचारीको सिकाइ, तालिम, मूल्याङ्कन तथा करिअर विकाससम्बन्धी गतिविधि डिजिटल रूपमा व्यवस्थापन गर्न सहयोग गर्ने कम्पनीको दाबी छ ।

एचआरभन्दा बाहिर पनि विस्तार
आर्कबोको सेवा एचआर व्यवस्थापनमा मात्र सीमित छैन । कम्पनीले कार्यालयको दैनिक प्रशासनिक कार्यलाई डिजिटल बनाउने Office Automation Solution पनि विकास गरेको छ । यसमा फाइल व्यवस्थापन, कर्पोरेट च्याट, भिडियो कन्फरेन्स, इमेल, प्रोजेक्ट तथा टास्क व्यवस्थापन, डिजिटल डकुमेन्ट भण्डारणलगायत सुविधा उपलब्ध छन् ।

साथै, संस्थाको आवश्यकताअनुसार Custom Software Development, Website Development, Mobile Application Development, DevOps Services तथा VPS Hosting सेवा पनि प्रदान गर्दै आएको छ ।

बीटुबी सास मोडेलमा सेवा
आर्कबोले आफ्नो सेवा Business-to-Business Software as a Service (B2B SaaS) मोडेलमा उपलब्ध गराउँदै आएको छ । कम्पनीका समाधान बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, शैक्षिक संस्था, उत्पादनमूलक उद्योग, आईटी कम्पनी, कर्पोरेट संस्था तथा अन्तर्राष्ट्रिय ग्राहकले प्रयोग गरिरहेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार हालसम्म ३५ भन्दा बढी संस्थाले यसको समाधान अपनाइसकेका छन् भने २० हजारभन्दा बढी सक्रिय प्रयोगकर्ता विभिन्न डिजिटल प्लेटफर्ममार्फत आबद्ध छन् ।

एआईलाई पनि प्राथमिकता
विश्वभर एआईको प्रयोग बढिरहेका बेला आर्कबोले आफ्ना समाधानमा कृत्रिम बुद्धिमत्ताको प्रयोग सुरु गरेको जनाएको छ । कम्पनीका अनुसार एआईको प्रयोगले कर्मचारी विकास, सिकाइको विश्लेषण तथा संस्थागत निर्णय प्रक्रियालाई थप डेटा–आधारित र प्रभावकारी बनाउन मद्दत पुर्‍याउनेछ ।

यद्यपि कम्पनीले एआईलाई पूर्ण स्वचालित निर्णय प्रणालीका रूपमा नभई संस्थालाई निर्णय लिन सहयोग गर्ने उपकरणका रूपमा विकास गरिरहेको बताएको छ ।

आईसीटी अवार्डबाट सम्मानित
सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा योगदान पुर्‍याएको भन्दै आर्कबो टेक्नोलोजिजलाई ICT Foundation Nepal र Living with ICT ले प्रदान गर्ने ICT Award 2025 बाट सम्मानित गरिएको थियो । कम्पनीका अनुसार उक्त सम्मानले स्वदेशी प्रविधिप्रतिको विश्वास अझ मजबुत बनाएको छ ।

विश्व बजारतर्फ लक्ष्य
आर्कबोको दीर्घकालीन योजना नेपाली बजारमा सीमित छैन । कम्पनीले नेपालमै विकास गरिएका सफ्टवेयर समाधानलाई अन्तर्राष्ट्रिय बजारमा विस्तार गर्ने रणनीति लिएको जनाएको छ । डिजिटल रूपान्तरणलाई तीव्र बनाउने, विदेशी सफ्टवेयरमाथिको निर्भरता घटाउने तथा नेपाललाई सफ्टवेयर उत्पादन र निर्यात गर्ने मुलुकका रूपमा स्थापित गर्ने लक्ष्यसहित कम्पनीले आफ्ना उत्पादन र सेवा विस्तार गरिरहेको छ ।

नेपालमा एचआर प्रविधिको प्रयोग अझै प्रारम्भिक चरणमै रहेका बेला स्थानीय आवश्यकता बुझेर विकसित भएका समाधानले आगामी दिनमा संस्थागत डिजिटल रूपान्तरणलाई थप गति दिन सक्ने सम्भावना देखिएको छ । आर्कबो टेक्नोलोजिज त्यही सम्भावनालाई व्यावसायिक उत्पादनमा रूपान्तरण गर्ने प्रयासमा रहेको नेपाली प्रविधि कम्पनीमध्ये एक हो ।