कीवर्डहरू -

नवप्रवर्तनमा सरकारको विशेष फोकस, सूचना पार्क र औद्योगिक क्षेत्र विस्तार गरिने

नवप्रवर्तनमा सरकारको विशेष फोकस, सूचना पार्क र औद्योगिक क्षेत्र विस्तार गरिने

काठमाडौं । सरकारले विदेशी लगानी आकर्षित गर्न लगानीसम्बन्धी कानुन संशोधन गर्ने तथा स्वचालित मार्ग (अटोमेटिक रुट) विस्तार गरी कार्यान्वयनमा ल्याउने नीति अघि सारेको छ ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सरकारले तोकेको न्यूनतम सीमाभन्दा माथि लगानी गर्ने विदेशी लगानीकर्तालाई नेपालमा लगानी भिसा उपलब्ध गराइने व्यवस्था गर्ने उल्लेख गरिएको छ । यस कदमले वैदेशिक लगानी भित्र्याउन सहजता हुने अपेक्षा गरिएको सरकारको भनाइ छ ।

सरकारले औद्योगिक विकासलाई प्राथमिकतामा राख्दै देशका विभिन्न स्थानमा औद्योगिक ग्राम निर्माण गर्ने योजना पनि अघि सारेको छ । साथै, सूचना प्रविधिमा आधारित उद्योग प्रवर्द्धनका लागि सूचना पार्क स्थापना तथा नवप्रवर्तन (इनोभेसन) आधारित औद्योगिक क्षेत्र विस्तार गरिने नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।

सरकारले यी कार्यक्रममार्फत औद्योगिकीकरणलाई गति दिनुका साथै रोजगारी सिर्जना र आर्थिक गतिविधि विस्तार गर्ने लक्ष्य लिएको जनाएको छ ।