काठमाडौं । सरकारले स्टार्टअप व्यवसायलाई प्रोत्साहन गर्न ‘स्टार्टअप नेपाल पोर्टल’मार्फत एकैदिनमा कम्पनी दर्ता, कर छुट तथा बिउ पुँजी (सीड क्यापिटल) लगायतका सेवा उपलब्ध गराउने घोषणा गरेको छ ।
आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले स्टार्टअप उद्यमीलाई सहज सेवा प्रवाह गर्ने उद्देश्यले ‘स्टार्टअप नेपाल पोर्टल’ सञ्चालनमा ल्याइने जानकारी दिएका हुन् ।
सरकारका अनुसार उक्त पोर्टलमार्फत कम्पनी दर्ता, कर छुटको सुविधा तथा बिउ पुँजी उपलब्ध गराउने प्रक्रिया एकीकृत रूपमा सञ्चालन गरिनेछ । यस व्यवस्थाले स्टार्टअप व्यवसाय स्थापना र सञ्चालन प्रक्रियालाई थप सहज, छरितो र प्रविधिमैत्री बनाउने अपेक्षा गरिएको छ ।
आईसीटी समाचार