कीवर्डहरू -

आईटीसहितका विभिन्न क्षेत्रमा २ हजार बढीलाई निःशुल्क तालिम दिदै काठमाडौं महानगर, कसरी हुने सहभागी ?

आईटीसहितका विभिन्न क्षेत्रमा २ हजार बढीलाई निःशुल्क तालिम दिदै काठमाडौं महानगर, कसरी हुने सहभागी ?

काठमाडौं महानगरपालिकाले विश्व मजदुर दिवसको अवसरमा वैशाख १९ गते अर्थात आजदेखि ‘सिपमूलक तालिम’ आयोजना गर्ने भएको छ । दिउँसो १ बजेदेखि टुडिखेलमा उद्घाटन हुने सीपमुलक तालिम १ महिनासम्म सञ्चालन हुनेछ । 

सिप मेलामा तालिमका लागि १० वटा क्षेत्र निर्धारण गरिएको छ । क्षेत्रभित्र २९ प्रकारका पेशागत तालिम हुनेछन् । मागका आधारमा थप क्षेत्र र पेशा थप गर्ने महानगरको योजना रहेको छ । 
अहिले अटो इलेक्ट्रिक, अटो एअर कन्डिसन, मोटरवाइक, स्कुटर रिपेयर (इभी), इलेक्ट्रिकल कार रिपेयर (इभी), सिकर्मी, टाइल एण्ड मार्वल फिटर, इलेक्ट्रिसियन, प्लम्बिङ्, वारिस्ता, फुड एण्ड कुक, वेकरी, वार टेन्डिङ् र वेटर-वेट्रेस प्रशिक्षण सञ्चालन हुनेछ । 

यस्तै डिजिटल मार्केटिङ्, ग्राफिक्स डिजाइनिङ्, कम्प्युटर हार्डवेयर एण्ड नेटवर्किङ्, सीसीटिभी क्यामरा, वेल्डिङ्, रेफ्रिजेरेटर एण्ड एसी टेक्निसियन, आर्ट एण्ड स्कप्चर, टेलरिङ्ड्रे-स मेकर, फेसन डिजाइनिङ, आर्ट, मेक अप आर्ट, आइलेस आर्ट, हेअर कट एण्ड स्टाइल, सैलुन, साइन मेकिङ्, पुरोहित र ज्योतिष सम्बन्धी प्रशिक्षण सञ्चारन हुनेछ ।

१ महिनासम्म सञ्चालन हुने तालिममा २ हजार ८१ जनालाई उच्च माग भएका पेशासँग सम्बन्धित निःशुल्क तालिम उपलब्ध हुनेछ । ‘शिक्षालाई सिपसँग’, ‘सिपलाई श्रमसँग’ र ‘श्रमलाई उत्पादनसँग’ जोडेर सिप नहुनेलाई सिपयुक्त बनाउनु, सिप भएकालाई रोजगार तथा स्वरोजगार बनाउनु, रोजगारमा भएका तर सिप नभएकाहरुको व्यावसायिक स्तर वृद्धि गराएर आयमा वृद्धि गराउने उद्देश्यसहित महागरले तालिम सञ्चालन गर्न लागेको हो । 

सीप सिक्न चाहनेले यहाँ क्लिक गरेर अनलाइन आवेदन भर्न सक्ने छन् भने कार्यक्रम स्थल टुँडिखेलमा गएर पनि फाराम भर्न सकिने छ ।