कीवर्डहरू -

एनसेलका सीईओ माइकल फोलेले दिए राजीनामा

एनसेलका सीईओ माइकल फोलेले दिए राजीनामा

काठमाडौं । निजी दूरसञ्चार सेवा प्रदायक एनसेलको प्रमुख कार्यकारी अधिकृत (सीईओ) माइकल फोलेले पदबाट राजीनामा दिएका छन् । एनसेल सञ्चालक समितिले उनको राजीनामा स्वीकृत गर्दै नयाँ सीईओ नियुक्त नभएसम्म डिल्लीराम श्रेष्ठलाई अन्तरिम सीईओको जिम्मेवारी दिएको छ ।

श्रेष्ठ हाल एनसेलमा प्रमुख कर्पोरेट तथा नियामकीय मामिला अधिकृतका रूपमा कार्यरत छन् । उनको अन्तरिम नियुक्ति भदौ ९ गतेदेखि लागू हुने गरी गरिएको हो । नयाँ सीईओ नियुक्त नहुँदासम्म कम्पनीको ‘लिमिट अफ अथोरिटी’ समेत श्रेष्ठलाई प्रदान गरिएको एनसेलले जनाएको छ ।

फोलेले २०८२ कात्तिक १५ गतेदेखि एनसेलको सीईओका रूपमा जिम्मेवारी सम्हालेका थिए । पछिल्लो समय उनी नेपाल आएर कार्यालयमा समेत उपस्थित भएका थिए । एनसेलले भने उनको राजीनामाको औपचारिक कारणबारे थप विवरण सार्वजनिक गरेको छैन ।