काठमाडौं । नेपालका लागि भेस्पा तथा अप्रिलियाको आधिकारिक वितरक डेल्टा अटोकर्प प्रालिले धनगढीमा नयाँ शोरुम विस्तार गरेको छ । कम्पनीका अनुसार युवापुस्तामा भेस्पा र अप्रिलियाप्रति बढ्दो रुचि तथा ग्राहकको सहजतालाई ध्यानमा राख्दै असोज ९ गते विशेष कार्यक्रमबीच शोरुम उद्घाटन गरिएको हो ।
उद्घाटन समारोहमा डेल्टा अटोकर्पका निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत विजयकुमार महतोले भेस्पा र अप्रिलियालाई देशभर सहज रूपमा उपलब्ध गराउने योजनाअनुसार धनगढीमा शोरुम विस्तार गरिएको बताए । नयाँ शोरुमबाट अन्य शोरुमसरह सेवा तथा सुविधा उपलब्ध गराइने उनको भनाइ छ ।
ग्राहकको आवश्यकता र अपेक्षाअनुसार सेवा तथा सुविधा विस्तार गर्दै लैजाने प्रतिबद्धता पनि कम्पनीले जनाएको छ । डेल्टा अटोकर्पले देशभर आफ्नो शोरुम तथा आधिकारिक सर्भिस सेन्टरको सञ्जाल विस्तार गर्दै आएको जनाएको छ ।
धनगढी उपमहानगरपालिका ४ स्थित वेस्टर्न म्याक नेपाल प्रालिबाट हालै नाडामा सार्वजनिक गरिएको अप्रिलिया एसआर १७५ सहित भेस्पा तथा अप्रिलियाका विभिन्न मोडल र रङका स्कुटर खरिद गर्न सकिनेछ । कम्पनीका अनुसार भेस्पाका नयाँ लाइल्याक र ओरो गोल्डेन रङका स्कुटरसमेत नयाँ शोरुममा उपलब्ध हुनेछन् ।
आईसीटी समाचार