कीवर्डहरू -

त्रिभुवन विमानस्थलमा इडुरोम सेवा सञ्चालन

त्रिभुवन विमानस्थलमा इडुरोम सेवा सञ्चालन

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सेवा औपचारिक रुपमा सुचारु भएको छ । यो सेवा विश्वविधालयका, वैज्ञानिक अनुसन्धान सम्बन्धि संस्था, उच्च शिक्षक तथा विद्यार्थीहरूलाई शैक्षिक संस्थाबाट अर्को ठाउमा पुग्दा आफ्नो शैक्षिक संस्थाको युजरनेम तथा पासवर्ड बाट इन्टरनेट पहुँच स्थापना हुने सेवा हो। 

हाल  विश्वका ११०  भन्दा बढी देशका इडुरोम  सेवा उपलब्ध रहेको छ । विश्वभर लाखौ भन्दा बढी इडुरोम हटस्पट सञ्चालनमा आइरहेका छन् ।  आज यस्ता इडुरोम सेवा सम्बन्धी हटस्पटको विस्तार दिनानुदिन धेरै भन्दा धेरै स्थानहरू जस्तै लाइब्रेरी, म्युजियम, सार्वजनिक स्थान, रेलवे स्टेसन, एयरपोर्ट तथा कफी शपहरूमा भइरहेको छ। यो यस्तो सेवा हो, जुन संसारभर पूर्ण रुपमा निःशुल्क रूपमा उपलब्ध रहेको  छ।

 त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल तथा डोमेस्टिक टर्मिनल भित्र जडान गरिएका ६० वटा भन्दा बढी एक्सेस पोइन्टबाट इडुरोम  सेवाको पहुँच एकसाथ गर्न सकिने छ ।

यो नेटवर्क सेवा सरल, सुरक्षित, र सजिलो प्रविधिमा आधारित छ। यसले विश्वभरका रोमिङ पहुँचबाट संचालन हुन्छ र रेडियस सर्भरमार्फत सुरक्षित कनेक्सन टनेलिङमार्फत सुरक्षित  रुपमा प्रदान गर्दछ। यो सेवा वैज्ञानिक अनुसन्धानकर्ता, शिक्षक, विद्यार्थी, र सम्बन्धित संस्थाको कर्मचारीहरूका लागि तयार पारिएको छ ।

वैज्ञानिक अनुसन्धान र अन्वेषणमा संग्लग्न, बिश्वविधालय प्राध्यापक, तथा विद्यार्थीले सहज र असुरक्षित रुपमा आफ्नो संस्था भित्र इन्टरनेटमा जोडिन साथै एक संस्थाबाट अर्को संस्था मा गरिने यात्रा को क्रममा इन्टरनेटको पहुँच सम्बन्धि आवश्यकतालाई सहजै पुरा गर्नको लागि इडुरोमको जन्म भएको थियो ।

सन् २००४ डिसेम्बरमा युरोप बाहिरका देशमध्ये यो सेवामा सामेल हुने पहिलो राष्ट्र अष्ट्रेलिया थियो । नेपालमा इडुरोमको सुरुवात सन् २०१७ बाट भएको थियो ।

हाल, काठमाडौँ विश्वविद्यालय, मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय, लुम्बिनी टेक्नोलोजिकल विश्वविद्यालय, नेपाल खुला विश्वविद्यालय, वीर अस्पताल, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान, त्रिभुवन विश्वविद्यालयमा लगायत ४१ वटा संस्थामा इडुरोम  सेवा उपलब्ध भइसकेको छ ।

यसले विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय स्तरका अनुसन्धान, सम्मेलनहरूमा सहभागी तथा अन्तरदेशीय भ्रमण गर्दा इडुरोम सेवा उपलब्ध रहेको क्षेत्रमा सहजै पहुच हुने गर्दछ। नेपालमा शैक्षिक संस्थाहरुमा विद्यार्थीहरूको मोबिलिटी हुँदा इन्टरनेट सहज पहुँच उपलब्ध गराउनु यसको महत्व पूर्ण लक्ष हो ।

एड्युरोमको उपयोग गर्दा, प्रयोग कर्ता  सम्बन्धित संस्थाबाट एक युजरनेम  र  पासवर्ड  अत्यन्त सुरक्षित तरिकाले सुरक्षित  तरिकाले प्राप्त गर्ने गर्दछन । यसले विद्यार्थीहरूलाई इडुरोम सेवा उपलब्ध भएका विभिन्न स्थानीय र अन्तर्राष्ट्रिय लोकेशनहरूमा सहजतासाथ अनलाइन शिक्षा, अनुसन्धान, र कन्फरेन्सहरूमा आवस्यक पर्ने इन्टरनेट को सहजै पहुच पुर्याउने गर्दछ। हाल नेपालमा अहिले यो सेवा ४२ वोटा संस्था मा पुगिसकेको छ। 

नेपालको सन्दर्भमा एडुरोम प्रणालीको कुरा गर्दा यसको आधिकारिक सेवा प्रदायक नेपाल रिसर्च एन्ड एजुकेसन नेटवर्क (एनआरईएन) हो । यो संस्थाबाट एडुरोमको प्रवर्द्धन तथा प्रचार प्रसारका अतिरिक्त सेवा जडान गर्नुका साथै सम्पूर्ण प्राविधिक सहयोग प्रदान हुँदै आइरहेको छ ।