कीवर्डहरू -

फोटोन नेपालले पेप्सीकोलामा अत्याधुनिक ईभी कमर्सियल सर्भिस सेन्टर सञ्चालनमा ल्याउँदै

फोटोन नेपालले पेप्सीकोलामा अत्याधुनिक ईभी कमर्सियल सर्भिस सेन्टर सञ्चालनमा ल्याउँदै

काठमाडौं । एमएडब्लू वृद्धि कमर्सियल भेइकल्स प्रालिले विद्युतीय (ईभी) कमर्सियल सवारीसाधनका लागि व्यवस्थित र अत्याधुनिक सुविधासहितको सर्भिस सेन्टर स्थापना गर्न लागेको छ । कम्पनीका अनुसार यसबाट ग्राहकलाई सहज, प्रभावकारी र भरपर्दो बिक्रीपछिको सेवा उपलब्ध हुनेछ ।

काठमाडौंको पेप्सीकोला क्षेत्रमा निर्माण भइरहेको उक्त सर्भिस सेन्टर नेपालकै ठूलो ईभी कमर्सियल सर्भिस सेन्टर हुने कम्पनीको दाबी छ । आधुनिक पूर्वाधार, अत्याधुनिक सर्भिस उपकरण र पर्याप्त सेवा क्षमतासहित सेन्टर निर्माण भइरहेको कम्पनीले जनाएको छ ।

सर्भिस सेन्टरमा फोटोनको अन्तर्राष्ट्रिय संस्थाबाट तालिम तथा प्रमाणपत्र प्राप्त दक्ष प्राविधिक र इन्जिनियरहरूको टोली रहनेछ । सर्भिस सेन्टर सञ्चालनमा आएपछि फोटोनका ग्राहकले बिक्रीपछिको सेवा, जेन्युइन पार्ट्सको उपलब्धता तथा गुणस्तरीय प्राविधिक सेवा सहज रूपमा प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

पेप्सीकोलामा स्थापना भइरहेको नयाँ सर्भिस सेन्टरबाट फोटोनका सवारी साधनको बिक्रीपछिको सेवा, जेन्युइन पार्ट्सको उपलब्धता, ब्याट्री परीक्षण, नियमित मर्मतसम्भार तथा चालक र प्राविधिक तालिम एउटै स्थानबाट उपलब्ध गराउने योजना रहेको छ ।

फोटोन मोटर नेपालका प्रमुख कार्यकारी अधिकृत डा. अनिलकुमार बरालले बिक्रीपछिको गुणस्तरीय सेवा कम्पनीको पहिलो प्राथमिकता रहेको बताए ।

उनले भने, ‘सवारी साधन बिक्री गर्नु मात्र हाम्रो जिम्मेवारी होइन । हरेक फोटोन ग्राहकले आफ्नो सवारीसाधनका लागि गुणस्तरीय सेवा, जेन्युइन पार्ट्स र व्यावसायिक प्राविधिक सहयोग सहज रूपमा प्राप्त गर्न सकून् भन्ने हाम्रो उद्देश्य हो ।’

कम्पनीका अनुसार नयाँ सर्भिस सेन्टर नेपालमा उपलब्ध फोटोनका विभिन्न मोडलका सवारीसाधनलाई प्रभावकारी रूपमा सेवा दिन सक्ने आधुनिक जाँच तथा मर्मत प्रणालीले सुसज्जित हुनेछ ।

फोटोनको अन्तर्राष्ट्रिय संस्थाबाट तालिम तथा प्रमाणपत्र प्राप्त प्राविधिक र इन्जिनियरहरूको टोलीले कम्पनीले निर्धारण गरेका सेवा मापदण्डअनुसार सवारी साधनको निरीक्षण, मर्मतसम्भार, प्राविधिक जाँच तथा आवश्यक मर्मत कार्य गर्नेछ ।

सर्भिस सेन्टरमा फोटोनका सवारी साधनका जेन्युइन पार्ट्स पर्याप्त मात्रामा उपलब्ध हुने गरी सुरक्षित र व्यवस्थित रूपमा भण्डारण गरिने कम्पनीले जनाएको छ । आवश्यक पार्ट्स सहज रूपमा उपलब्ध हुँदा मर्मतसम्भारका क्रममा हुने अनावश्यक ढिलाइ कम हुने, सवारी साधन छिटो मर्मत गरी ग्राहकलाई समयमै हस्तान्तरण गर्न सकिने तथा लामो समयसम्म सवारी साधन सञ्चालनमा राख्न सहयोग पुग्ने कम्पनीको अपेक्षा छ ।

पेप्सीकोलामा सञ्चालनमा आउन लागेको नयाँ सर्भिस सेन्टर फोटोनको बिक्रीपछिको सेवा पूर्वाधार विस्तारका लागि गरिएको महत्वपूर्ण लगानी भएको कम्पनीले जनाएको छ । नयाँ सर्भिस सेन्टरले ग्राहकलाई थप सहज र प्रभावकारी सेवा उपलब्ध गराउनुका साथै उनीहरूसँग दीर्घकालीन सम्बन्ध कायम गर्ने कम्पनीको प्रतिबद्धतालाई समेत थप बलियो बनाउने अपेक्षा गरिएको छ ।