जनकपुर । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले जनकपुरमा नयाँ आधिकारिक सोरुम सञ्चालनमा ल्याएको छ । सोरुम शुभारम्भसँगै कम्पनीले प्रोटोनको नयाँ विद्युतीय गाडी ‘द अल न्यू प्रोटोन इ.मास ५’ समेत सार्वजनिक गरेको छ ।
कम्पनीका अनुसार इ.मास ५ नेपालमा प्रोटोन ब्रान्डको दोस्रो विद्युतीय सवारी हो । सहरी जीवनशैली र दैनिक यात्रालाई सहज, स्मार्ट तथा आधुनिक बनाउने उद्देश्यले तयार गरिएको यो गाडीमा अत्याधुनिक प्रविधि र व्यावहारिक फिचर समावेश गरिएको छ ।
हालै मलेसियामा आयोजित ‘Allianz DSF Vehicle of the Year Awards 2026’ मा इ.मास ५ ले ‘Electric Compact Vehicle of the Year 2026’ को अवार्ड जितेको कम्पनीले जनाएको छ ।

इ.मास ५ मा १४.६ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, वायरलेस एप्पल कारप्ले तथा एन्ड्रोइड अटो उपलब्ध छन् । त्यस्तै, ७० लिटरको फ्रन्ट फ्रङ्क, ३७५ लिटरसम्म विस्तार गर्न सकिने पछाडिको लगेज स्पेस तथा ३२ वटा स्टोरेज कम्पार्टमेन्ट रहेका छन् ।
सोरुम उद्घाटन तथा गाडी सार्वजनिक कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साह, व्यवसायिक साझेदार, सञ्चारकर्मी, अटो पत्रकार तथा अन्य अतिथिको उपस्थिति थियो ।
कार्यक्रममा जनकपुर तथा आसपासका क्षेत्रमा विद्युतीय सवारीप्रति बढ्दो आकर्षण देखिएको कम्पनीले जनाएको छ । कार्यक्रममा बोल्दै जगदम्बा मोटर्सका सिनियर जनरल म्यानेजर सुशील क्षेत्रीले जनकपुरका ग्राहकलाई आधुनिक प्रविधि, सुरक्षा, व्यावहारिकता र आकर्षक मूल्यको संयोजन भएको इ.मास ५ उपलब्ध गराउन पाउँदा उत्साहित भएको बताए ।
उनका अनुसार भक्तपुरबाट सुरु भएको इ.मास ५ को क्षेत्रीय सार्वजनिककरण अभियान धनगढी हुँदै जनकपुर पुगेको हो । आगामी कार्यक्रम वीरगञ्जमा आयोजना हुने तथा नेपालभरका प्रोटोन सोरुममार्फत गाडीलाई ग्राहकसम्म पुर्याउने कम्पनीको योजना छ ।
इ.मास ५ प्राइम र प्रिमियम गरी दुई भेरियन्टमा उपलब्ध छ । जनकपुरमा सार्वजनिक गरिएको अवसरमा प्राइम भेरियन्टको विशेष सुरुवाती मूल्य ३२ लाख ९९ हजार रुपैयाँ र प्रिमियम भेरियन्टको ३६ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।
नयाँ सोरुमबाट ग्राहकले इ.मास ५ को प्रत्यक्ष अवलोकन तथा टेस्ट ड्राइभ गर्न सक्नेछन् । कम्पनीले नेपालभर प्रोटोनको पहुँच विस्तार गर्दै विद्युतीय सवारीको बजारलाई थप विस्तार गर्ने लक्ष्य लिएको जनाएको छ ।
आईसीटी समाचार