कीवर्डहरू -

एथर अपग्रेड गर्ने विशेष अवसर : नयाँ स्कुटर खरिदमा १ लाख रुपैयाँसम्म क्यासब्याक !

एथर अपग्रेड गर्ने विशेष अवसर : नयाँ स्कुटर खरिदमा १ लाख रुपैयाँसम्म क्यासब्याक !

काठमाडौं । नेपालमा एथर इनर्जीको आधिकारिक वितरक वैद्य इनर्जी प्रा. लि.ले नयाँ विद्युतीय स्कुटर खरिद गर्ने ग्राहकलाई लक्षित गर्दै ‘एथर अपग्रेड फेस्टिभल’ सञ्चालन गर्ने भएको छ । कम्पनीका अनुसार कार्तिक १५ देखि २२ गतेसम्म सञ्चालन हुने आठदिने अभियानमा एथरका नयाँ स्कुटर खरिद गर्दा ग्राहकले १ लाख रुपैयाँसम्म क्यासब्याक पाउनेछन् ।

चाडपर्वलाई लक्षित गरी ल्याइएको यस योजनामार्फत ग्राहकले एथरका विद्युतीय स्कुटर खरिदमा विशेष सुविधा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । सीमित अवधिका लागि सञ्चालन हुने यो अभियान देशभरका सहभागी एथर एक्सपिरियन्स सेन्टरमा उपलब्ध हुनेछ ।

एथरका स्कुटरमा गुगल म्याप्स नेभिगेसन, टचस्क्रिन ड्यासबोर्ड, क्रुज कन्ट्रोल र म्याजिक ट्विस्टलगायतका फिचर उपलब्ध छन् । कम्पनीले लागू हुने वारेन्टीका सर्तअनुसार ब्याट्रीमा आठ वर्षसम्मको वारेन्टी पनि उपलब्ध गराउँदै आएको छ ।

कम्पनीका अनुसार अभियानमा काठमाडौं उपत्यकाका नक्साल, भक्तपुर, टेकु, झम्सिखेल र बौद्धसहित पोखरा, चितवन, इटहरी, बुटवल, जनकपुर, बिर्तामोड, वीरगञ्ज, धरान, विराटनगर, नेपालगञ्ज, सुर्खेत र धनगढीका एथर एक्सपिरियन्स सेन्टर सहभागी हुनेछन् ।

ग्राहकले ती सेन्टरमा पुगेर उपलब्ध स्कुटरका मोडेल, अफर तथा खरिद सुविधाबारे जानकारी लिन सक्नेछन् । क्यासब्याक तथा अन्य सुविधाका लागि लागू हुने नियम र सर्त पालना गर्नुपर्ने कम्पनीले जनाएको छ ।

वैद्य इनर्जी प्रा. लि. नेपालमा एथर इनर्जीको आधिकारिक वितरक हो । कम्पनीले विद्युतीय सवारी साधनको बिक्रीसँगै सर्भिस सेन्टर, एक्सपिरियन्स सेन्टर तथा चार्जिङ पूर्वाधारको सञ्जाल विस्तार गर्दै आएको छ ।