कीवर्डहरू -

विपद्मा दराज नेपालको साथ, बाढी पीडितलाई ४५ लाखको राहत

विपद्मा दराज नेपालको साथ, बाढी पीडितलाई ४५ लाखको राहत

काठमाडौं । नेपालका विभिन्न क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायलाई राहत तथा सहयोग उपलब्ध गराउँदै दराज नेपालले राष्ट्रिय विपद् प्रतिकार्यमा आफ्नो साथ र प्रतिबद्धता दोहोर्‍याएको छ ।

यस राहत पहलअन्तर्गत दराज नेपालले करिब ६०० बाढी प्रभावित परिवारलाई लक्षित गर्दै ३० हजार अमेरिकी डलर (करिब ४५ लाख रुपैयाँ) बराबरको राहत सामाग्री उपलब्ध गराएको छ । साथै, थप आवश्यक सहयोगको योजना तथा तयारी पनि गरिरहेको छ ।

प्रभावित समुदायलाई तत्काल आवश्यक पर्ने सामाग्री पहिचान गर्न दराज नेपालले नेपाल सरकारसँग समन्वय गर्दै ती सामाग्रीको खरिद तथा व्यवस्थापनमा पनि सहयोग गरिरहेको छ ।

null

null

हाल उपलब्ध गराइएका राहत सामाग्रीमा चामल, दाल, चना, नुन, सोयाबिन, खानेतेल, चिया तथा बिस्कुटलगायत लामो समयसम्म सुरक्षित राख्न सकिने अत्यावश्यक खाद्य सामग्री रहेका छन् ।

यी राहत सामाग्री प्रभावित परिवारसम्म पुर्‍याउनका लागि नेपाल सरकारलाई प्रत्यक्ष हस्तान्तरण गरिएको हो । यसले राहत सहयोग स्थानीय आवश्यकताअनुरूप लक्षित गर्न तथा सबैभन्दा बढी सहयोग आवश्यक रहेका समुदायसम्म प्रभावकारी रूपमा पुर्‍याउन सहयोग मिल्ने कम्पनीको अपेक्षा छ ।

तत्कालीन राहत कार्य अघि बढ्दै गर्दा प्रभावित समुदायमा खाना पकाउने तथा खाना वितरणका लागि आवश्यक भाँडाकुँडा र सामाग्रीको आवश्यकता पनि पहिचान भएको छ । दराज नेपालले नेपाल सरकारसँगको समन्वय तथा स्थलगत आवश्यकताको मूल्यांकनका आधारमा राहत सहयोगको आगामी चरणमा यस्ता सामाग्री खरिद गर्ने तयारी गरिरहेको छ ।

हालै आएको विनाशकारी बाढीका कारण नेपालको विभिन्न क्षेत्रमा जनजीवन, रोजगारी तथा जीविकोपार्जन, यातायात र अत्यावश्यक सेवामा समेत गम्भीर असर परेको छ । विपद्को यस अवस्थाले उद्धार तथा राहत कार्यमा खटिएका सुरक्षाकर्मी, स्वयंसेवक, आपत्कालीन उद्धारकर्मी तथा अन्य अग्रपंक्तिमा रहेर काम गरिरहेका व्यक्तिहरूमाथि पनि ठूलो दबाब सिर्जना गरेको छ ।

दराज नेपालले यस्ता विपद्को समयमा सामूहिक प्रयासको महत्त्वपूर्ण भूमिका रहने विश्वास व्यक्त गर्दै निजी क्षेत्रले सरकार र समुदायसँग सहकार्य गरी आफ्ना स्रोत, क्षमता तथा पहुँचलाई आवश्यक स्थानमा परिचालन गरेर राष्ट्रिय विपद् प्रतिकार्यमा अर्थपूर्ण योगदान पुर्‍याउन सक्ने जनाएको छ ।

null

यसैबीच, बाढीका कारण सडक तथा यातायात पूर्वाधारमा आएको अवरोधले विभिन्न क्षेत्रमा लजिस्टिक्स तथा डेलिभरी सेवामा समेत ठूलो चुनौती सिर्जना गरेको छ । दराज नेपालका टोलीहरूले आफ्नो लजिस्टिक्स नेटवर्कअन्तर्गतका विभिन्न मार्ग तथा सञ्चालन अवस्थाको निरन्तर निगरानी र मूल्यांकन गरिरहेका छन् ।

ग्राहक, विक्रेता, डेलिभरी कर्मचारी तथा साझेदारहरूको सुरक्षा कम्पनीको पहिलो प्राथमिकता रहेको दराज नेपालले जनाएको छ । जहाँ अवस्था अनुकूल र सुरक्षित छ, त्यहाँ दराज नेपालले आफ्ना लजिस्टिक्स साझेदार तथा सम्बन्धित सरोकारवालासँगको समन्वयमा सेवा सञ्चालन तथा पुन:स्थापनाका लागि काम गरिरहेको छ ।

यद्यपि, प्रभावित क्षेत्रमा सडक तथा यातायातको अवस्थाका कारण केही समयका लागि डेलिभरी तथा सेवामा ढिलाइ वा अवरोध आउन सक्ने कम्पनीले जनाएको छ । दराज नेपालले विपद्को यस अत्यन्त कठिन परिस्थितिमा प्रभावित समुदायको उद्धार तथा सहयोगका लागि निरन्तर खटिरहेका नेपालका आपत्कालीन उद्धारकर्मी, सुरक्षाकर्मी, स्वयंसेवक तथा अन्य अग्रपंक्तिका सहयोगीहरूप्रति हार्दिक सम्मान र कृतज्ञता व्यक्त गरेको छ ।

कम्पनीले तत्कालीन राहत चरणपछि पनि आफ्नो सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ । तत्कालका उद्धार तथा राहतका आवश्यकता सम्बोधन भइसकेपछि दराज नेपालले नेपाल सरकारसँग निरन्तर समन्वय गर्दै पुनर्निर्माण तथा पुन:स्थापनाका क्षेत्रमा आफ्ना स्रोत र क्षमतामार्फत प्रभावकारी रूपमा योगदान गर्न सकिने सम्भावनाको पहिचान गर्ने जनाएको छ ।

“यस्तो ठूलो संकटका बेलामा सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको स्थलगत आवश्यकतालाई बुझेर छिटो र अर्थपूर्ण रूपमा सहयोग पुर्‍याउनु हो । प्रभावित परिवार तथा समुदायलाई अत्यावश्यक राहत उपलब्ध गराउन र समग्र विपद् प्रतिकार्यमा सहयोग गर्न हामी नेपाल सरकारको साथमा नजिकबाट समन्वय गरिरहेका छौँ,” दराज नेपालका प्रबन्ध निर्देशक बेन योङले भने, “हाम्रो जिम्मेवारी तत्कालीन आपत्कालीन अवस्थासँगै समाप्त हुँदैन । प्रभावित समुदाय पुन:स्थापित हुँदै अघि बढ्ने क्रममा पनि हामी उहाँहरूसँग निरन्तर रहनेछौँ ।”