काठमाडाैं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो २५ औँ वार्षिकोत्सवको अवसरमा व्यतीत बीमा लेखहरूको पुनर्जागरण गराउने उद्देश्यले विलम्ब शुल्कमा विशेष छुट दिने योजना सार्वजनिक गरेको छ ।
वर्तमान आर्थिक कठिनाइका कारण धेरै बीमा लेखहरू व्यतीत भइरहेका अवस्थामा, सहज रूपमा नवीकरण बीमा शुल्क भुक्तानीमार्फत त्यस्ता व्यतीत बीमा लेखहरू पुन: सक्रिय गरी बीमितहरूको आर्थिक सुरक्षा सुनिश्चित गर्न आवश्यक रहेको महसुस गर्दै कम्पनीले मिति २०८३/०१/०७ देखि २०८३/०२/०५ सम्म व्यतीत बीमालेख पुनर्जागरण गर्दा विलम्ब शुल्कमा १००% सम्म छुट प्रदान गर्ने गरी विशेष बीमा पुनर्जागरण योजना २०८२/०८३ लागू गरेको जनाएको छ ।
रजत जयन्तीको अवसरमा बीमितहरूका लागि पहिलो पटक विलम्ब शुल्क छुट योजना ल्याएको कम्पनीले जनाएको छ । ३० दिनको अवधिका लागि ल्याइएको यस अवसरलाई बीमालेख व्यतीत भएका आम बीमितहरूले भरपूर रूपमा उपयोग गरी विलम्ब शुल्क छुटको लाभ लिन सक्ने कम्पनीले जनाएको छ ।
आईसीटी समाचार