कीवर्डहरू -

नेपालीलाई श्रीलंकाको ३० दिने नि:शुल्क पर्यटक भिसा घोषणा, अनलाइनबाटै दिन सकिनेछ आवेदन

नेपालीलाई श्रीलंकाको ३० दिने नि:शुल्क पर्यटक भिसा घोषणा, अनलाइनबाटै दिन सकिनेछ आवेदन

काठमाडौं । नेपाली नागरिकहरूले अब श्रीलंका भ्रमणका लागि ३० दिने नि:शुल्क पर्यटक भिसा प्राप्त गर्न सक्ने भएका छन् । काठमाडौंस्थित श्रीलङ्काली दूतावासले नेपालीहरूका लागि इलेक्ट्रोनिक ट्राभल अथोराइजेसन (ईटीए) अन्तर्गत नि:शुल्क पर्यटक भिसाको सुविधा लागू गरिएको जानकारी दिएको हो ।

दूतावासका अनुसार श्रीलङ्का सरकारले नेपालसहित विश्वका ४० देशका नागरिकलाई लक्षित गर्दै यो सुविधा विस्तार गर्ने निर्णय गरेको हो । नयाँ व्यवस्था २०२६ मे २५ देखि कार्यान्वयनमा आइसकेको जनाइएको छ ।

नयाँ प्रावधानअनुसार पर्यटन प्रयोजनका लागि श्रीलंका भ्रमण गर्न चाहने नेपाली नागरिकले ३० दिन अवधिको, दुई पटक प्रवेश (डबल एन्ट्री) गर्न मिल्ने पर्यटक भिसा नि:शुल्क प्राप्त गर्न सक्नेछन् । यसअघि यस्ता भिसाका लागि निश्चित शुल्क तिर्नुपर्ने व्यवस्था थियो ।

दूतावासले यस निर्णयले नेपाल र श्रीलङ्काबीचको पर्यटन प्रवर्द्धन तथा द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेको छ । श्रीलंका भ्रमण गर्न चाहने यात्रुले यात्रा सुरु गर्नुअघि अनिवार्य रूपमा ईटीए स्वीकृति लिनुपर्नेछ । यसका लागि श्रीलंका अध्यागमन विभागको आधिकारिक वेबसाइटमार्फत अनलाइन आवेदन दिन सकिनेछ भने काठमाडौंस्थित श्रीलङ्काली दूतावासमार्फत पनि आवश्यक जानकारी लिन सकिने जनाइएको छ ।

null