काठमाडौं । सनवे कलेजले कृत्रिम बुद्धिमत्ता (AI), बिजनेस इन्टेलिजेन्स (BI) र डिजिटल व्यवसाय प्रणालीमा केन्द्रित BSc (Hons) Business Information Technology (BIT) नामक नयाँ शैक्षिक कार्यक्रम सुरु गरेको छ । यो कार्यक्रम सूचना प्रविधि र व्यवस्थापन शिक्षाको संयोजनमार्फत बदलिँदो कर्पोरेट आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यले ल्याइएको हो ।
कलेजका अनुसार आजको डाटा–केन्द्रित र एआई-प्रेरित व्यवसायिक वातावरणमा प्रविधि र व्यवस्थापनको एकीकृत ज्ञान अनिवार्य बन्दै गएको छ । यही आवश्यकतालाई मध्यनजर गर्दै यो कार्यक्रम डिजाइन गरिएको हो ।
कक्षा १२ पछि व्यवस्थापन वा सूचना प्रविधि रोज्ने सामान्य अन्योललाई सम्बोधन गर्दै यो कार्यक्रमले दुवै क्षेत्रलाई एउटै पाठ्यक्रममा समेट्ने अवसर प्रदान गर्ने कलेजले जनाएको छ । कार्यक्रमबारे बोल्दै कलेजका प्रिन्सिपल कुशल रेग्मीले प्रविधि र व्यवसायको एकीकृत अध्ययन अबको आवश्यकता भएको उल्लेख गरे ।
“आजको बजारमा प्रविधि विना व्यवसाय र व्यवसायिक बुझाइ विना प्रविधि दुवै अपूरा हुन्छन् । यो कार्यक्रमले विद्यार्थीहरूलाई डेटा, एआई र विजनेस इन्टेलिजेन्सको प्रयोगमार्फत रणनीतिक निर्णय क्षमता विकास गर्न सहयोग गर्नेछ,” उनले भने ।
पाठ्यक्रममा Business Intelligence & Data Analytics, व्यवसायमा एआईको प्रयोग, डिजिटल व्यवसाय रणनीति तथा टेक्नोलोजी र वित्तीय व्यवस्थापन जस्ता विषयहरू समावेश छन् । कार्यक्रम पूर्ण रूपमा उद्योग-केन्द्रित (industry-oriented) सिकाइमा आधारित रहेको जनाइएको छ ।
शैक्षिक कार्यक्रमसँगै सनवे कलेजले स्टार्टअप इन्क्युबेशन (Startup Incubation) कार्यक्रम सञ्चालन गर्दै आएको छ, जसअन्तर्गत विद्यार्थी तथा युवा उद्यमीहरूलाई आफ्ना आइडिया विकास, व्यवसायिक रूपान्तरण र बजार प्रवेशमा सहयोग प्रदान गरिँदै आएको छ ।
हालै कलेजले AI Innovation Center मार्फत एआई सम्बन्धी अनुसन्धान, प्रयोगात्मक सिकाइ र नवप्रवर्तन (innovation) गतिविधिहरूलाई पनि अघि बढाएको छ । यसले विद्यार्थीहरूलाई वास्तविक समस्या समाधानमा आधारित प्रविधि प्रयोग गर्ने अवसर प्रदान गरिरहेको छ ।
कलेजले सुरु गर्न लागेको नयाँ शैक्षिक कार्यक्रम पूरा गरेपछि विद्यार्थीहरूले Business Intelligence Analyst, AI Business Consultant, Digital Entrepreneur तथा Data and Systems Manager जस्ता क्षेत्रमा करियर बनाउन सक्ने अपेक्षा गरिएको छ ।
सनवे कलेजले यस कार्यक्रमका लागि भर्ना खुला गरेको जनाएको छ । प्रारम्भिक चरणमा सीमित सङ्ख्यामा मेधावी विद्यार्थीहरूका लागि छात्रवृत्तिको व्यवस्था समेत रहने बताइएको छ । यो BSc (Hons) Business Information Technology कार्यक्रम बर्मिङ्घम सिटी युनिभर्सिटी (United Kingdom) सँग सम्बन्धित (affiliated) रहेको छ ।
सनवे कलेजले नयाँ शैक्षिक सत्रका लागि BSc (Hons) Business Information Technology (BIT) मा भर्ना खुला गरिसकेको छ । ५० प्रतिशत छात्रवृत्तिको अफर पहिलो ५० जनाका लागि मात्र लागू हुने भएकाले इच्छुक विद्यार्थीहरूलाई यो अवसरमा जोडिन कलेजले आग्रह गरेको छ ।
आईसीटी समाचार