काठमाडौं । सरकारले दूरसञ्चार प्राधिकरण विधेयक संसदमा पेश गर्ने घोषणा गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार संघीय संसदको संयुक्त सदनमा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत दूरसञ्चार क्षेत्रको नियामकलाई हेर्ने गरि छुट्टै विधेयक संसदमा पेश गर्ने नीति लिएको छ ।
हाल दूरसञ्चार ऐन २०५३ मार्फत दूरसञ्चार प्राधिकरण अस्तित्वमा छ । अर्थमन्त्री वाग्लेले सूचना तथा सञ्चार क्षेत्रका लागि पाँच अर्ब ९३ करोड रुपैयाँ विनियोजन गरेको छ । चालू आर्थिक वर्ष २०८२/८३ मा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको लागि ७ अर्ब ७२ करोड रुपैयाँ विनियोजन गरिएको थियो ।
आईसीटी समाचार