सरकारले अब देखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको प्रगति आफ्नै वेबसाइटमा सार्वजनिक गर्ने भएको छ। पारदर्शिता कायम गर्न तथा सेवाग्राहीलाई सहज जानकारी दिनका लागि छापिएका लाइसेन्सको डेटा नियमित रूपमा अपडेट गरिने सरकारले जनाएको छ।
यसअनुसार अब सेवाग्राहीले आफ्नो लाइसेन्स छापिएको छ कि छैन भनी टेलिफोन वा कार्यालय धाउनु पर्ने अवस्था अन्त्य हुनेछ। सरकारको केन्द्रीय सवारी अनुमति प्रणाली (एसपीसी) अन्तर्गत सञ्चालित वेबसाइटमा प्रिन्ट भएका लाइसेन्सको सूची हेर्न सकिनेछ।
सरकारी स्रोतका अनुसार वेबसाइटको लिङ्क https://spc.gov.np/pages/driving-license-print-page/ मा गएर जुनसुकै समय लाइसेन्स छपाइको प्रगति अवलोकन गर्न सकिने छ। यसले लाइसेन्स वितरण प्रक्रियालाई थप प्रभावकारी र पारदर्शी बनाउने अपेक्षा गरिएको छ।
सरकारको यो कदमलाई प्रशासनिक सुधार र डिजिटल सेवा विस्तारको दिशामा महत्वपूर्ण प्रगतिको रूपमा हेरिएको छ। सेवाग्राहीले आफ्नो लाइसेन्सको अवस्था अनलाइन नै थाहा पाउन सक्ने भएपछि समय, पैसा र मेहनत सबैको बचत हुने विश्वास गरिएको छ।
आईसीटी समाचार