काठमाडौं । फिफा विश्वकप २०२६ को फाइनल खेल नेपाल टेलिभिजनको एनटीभी प्लस च्यानलबाट निःशुल्क प्रत्यक्ष प्रसारण हुने भएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिम्सिनाले विश्वकपको बहुप्रतीक्षित फाइनल खेल एनटीभी प्लसले नि:शुल्क प्रत्यक्ष प्रसारण गर्ने जानकारी दिएका हुन् ।
यससँगै नेपाली दर्शकले विश्व फुटबलको सर्वोच्च उपाधिका लागि हुने निर्णायक खेल कुनै अतिरिक्त शुल्क नतिरी एनटीभी प्लसमार्फत हेर्न पाउनेछन् ।
विश्वकपको फाइनलप्रति नेपाली फुटबलप्रेमीको उच्च चासो रहेको अवस्थामा सरकारी टेलिभिजनबाट नि:शुल्क प्रसारण हुने घोषणाले ठूलो संख्यामा दर्शक लाभान्वित हुने अपेक्षा गरिएको छ ।
फिफाको तेश्रो स्थानका लागि भएको फ्रान्स र इंगल्याण्डबीचको खेल समेत एनटिभी प्लसमा नि:शुल्क प्रसारण गरिएको थियो ।
आईसीटी समाचार