कीवर्डहरू -

बिहीबार नेशनल आईसीटी दिवस, यी सात विधामा अवार्ड प्रदान गर्दै सरकार

बिहीबार नेशनल आईसीटी दिवस, यी सात विधामा अवार्ड प्रदान गर्दै सरकार

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले वैशाख २० गते बिहीबार राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि पुरस्कार (नेसनल आईसीटी अवार्ड) वितरण गर्ने भएको छ । 

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा सरकारले नेसनल आईसीटी अवार्ड २०२४ वितरण गर्न लागेको हो । 

बिहीबार प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ को प्रमुख आतिथ्यतामा ‘सम्वृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नारासहित मनाइने उक्त दिवसमा विभिन्न ७ विधामा अवार्ड पनि प्रदान गरिने छ । 

कार्यक्रम बिहीबार बिहान ९ बजेदेखि राष्ट्रिय सभागृहमा सुरू हुनेछ । सूचना तथा सञ्चार प्रविधिमा विशेष योगदान पुऱ्याउने व्यक्ति तथा सार्वजनिक संस्था/कार्यालय/कम्पनीलाई अवार्ड वितरण गरिने मन्त्रालयले जनाएको छ ।

यस वर्ष नेसनल आइसिटी एक्सिलेन्स अवार्ड २०२४ , नेसनल आइसिटी एक्सिलेन्स अवार्ड २०२४ (वुमन), नेसनल आइसिटी इनोभेसन अवार्ड २०२४, नेशनल आइसिटी अवार्ड २०२४ (पब्लिक सेक्टर), नेसनल आइसिटी अवार्ड २०२४ (प्राइभेट सेक्टर), नेसनल आईसिटी अवार्ड २०२४ (प्राइभेट सेक्टर – प्रोभिन्सियल) र नेसनल आईसिटी स्टार्टअप अवार्ड २०२४ प्रदान गरिने छ ।