कीवर्डहरू -

बाढी पीडितको साथमा साओमी : २०० सेट आवश्यक घरायसी सामाग्री सहयोग

बाढी पीडितको साथमा साओमी : २०० सेट आवश्यक घरायसी सामाग्री सहयोग

काठमाडौं । बाढी पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्ने उद्देश्यले शाओमी नेपालले २०० सेट आवश्यक घरायसी सामाग्री सहयोग गरेको छ । शाओमी फर कम्युनिटी’ (Xiaomi For Community) अन्तर्गत २०० वटा राहत सामाग्रीका सेट काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेललाई हस्तान्तरण गरिएको छ ।

हालै आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित परिवारहरूको दैनिक जीवनमा केही सहजता ल्याउने उद्देश्यले शाओमी नेपालले राहतस्वरूप आवश्यक भान्साका सामाग्रीसहितका २०० सेट सहयोग गरेको हो ।

प्रत्येक राहत सेटमा १ वटा प्रेसर कुकर, १ वटा कराइ, ५ वटा प्लेट, ५ वटा चम्चा, ६ वटा कप, ५ वटा कचौरा र १ वटा थर्मस बोतल समावेश गरिएको छ । यसरी २०० सेटमार्फत बाढी पहिरो प्रभावित परिवारका लागि दैनिक खाना पकाउन तथा खानपिनका लागि आवश्यक घरायसी सामाग्री उपलब्ध गराइएको छ ।

कुल २०० सेटमा २०० वटा प्रेसर कुकर, २०० वटा कराइ, १,००० वटा प्लेट, १,००० वटा चम्चा, १,२०० वटा कप, १,००० वटा बाउल र २०० वटा थर्मस बोतल रहेका छन् । दैनिक जीवनको पुनर्निर्माणमा सहयोगी हात’ (A Helping Hand to Rebuild Everyday Life) भन्ने भावनाका साथ गरिएको यस सहयोगले बाढी पहिरोबाट प्रभावित परिवारलाई पुन: सामान्य जीवनतर्फ फर्किने क्रममा केही राहत र सहजता प्रदान गर्ने विश्वास शाओमी नेपालले लिएको छ ।

शाओमी नेपालले यसअघि पनि भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुन:स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २० लाख रुपैयाँ सहयोग गरेको थियो । 

पछिल्लो राहत सामाग्री वितरणसँगै शाओमी नेपालले बाढी पहिरोबाट प्रभावित समुदायको तत्कालीन आवश्यकतामा सहयोग पु¥याउने प्रयासलाई निरन्तरता दिएको हो । विपद्को कठिन परिस्थितिमा प्रभावित समुदायसँग ऐक्यबद्धता जनाउँदै शाओमी नेपालले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत राहत, उद्धार तथा पुन:स्थापनाका प्रयासमा निरन्तर सहयोग गर्दै आएको जनाएको छ ।