काठमाडौं । यामाहा नेपालले दशैं लक्षित ‘चङ्गा चेट, जितको नयाँ अपग्रेड’ अभियान सुरु गरेको छ । अभियानअन्तर्गत यामाहा मोटरसाइकल वा स्कुटर खरिद गर्ने ग्राहकले सवारीको भेरिफिकेसनपछि १० लाख रुपैयाँसम्मको पुरस्कार जित्ने मौका पाउनेछन् ।
यामाहाले खरिदअघि नै क्यूआर कोड स्क्यान गरी रजिस्ट्रेसन गर्ने ग्राहकलाई पनि एक लाख रुपैयाँसम्मको पुरस्कार जित्ने अवसर दिएको छ । रजिस्ट्रेसन गर्नेहरूका लागि हरेक साता विभिन्न हाइटेक ग्याजेटसमेत उपलब्ध गराइने कम्पनीले जनाएको छ ।
अभियानको ग्रान्ड प्राइजमा एक जना विजेताले नयाँ यामाहा आर१५ पाउनेछन् । यो अफर यामाहाका स्पोर्ट्स बाइक, कम्युटर मोटरसाइकल र स्कुटरसहित नेपालमा उपलब्ध सम्पूर्ण मोडलमा लागू हुने बताइएको छ ।
चाडपर्वमा नयाँ दुईपांग्रे खरिद गर्न चाहने ग्राहकका लागि स्पट एक्सचेन्ज र एमएडब्लू हायर पर्चेजमार्फत फाइनान्स सुविधा पनि राखिएको छ । कम्पनीका अनुसार ‘लैजाऊ घर, नागरिकताको भरमा’ योजनाअन्तर्गत आवश्यक प्रक्रिया पूरा गरेर नागरिकताको कागजातका आधारमा सवारी लैजान सकिनेछ ।
यामाहाले अभियानबाट प्राप्त आम्दानीको केही हिस्सा बाढी प्रभावित समुदायको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने घोषणा पनि गरेको छ ।
आईसीटी समाचार