कीवर्डहरू -

गाइड

यसरी विकास भएको थियो हाम्रो जीवनको महत्त्वपूर्ण हिस्सा बनिसकेको जीपीएस प्रविधि

कतै जान होस् या कसैलाई ट्रयाक गर्न नै किन नहोस्, लोकेसन थाहा पाउन ग्लोबल पोजिसनिङ सिस्टम अर्थात जीपीएस प्रविधिको प्रयोग हुन्छ । 

जीपीएसको मद्दतले आफ्नो वा अरूको लोकेसन ट्र्याक गर्न सकिन्छ । एक ठाउँबाट अर्को ठाउँमा सजिलै पुग्न सकिन्छ । आजभोलि जीपीएस मानिसको जीवनको महत्त्वपूर्ण हिस्सा बनिसकेको छ । 
जीपीएस स्याटेलाईटमा आधारित नेभिगेसन प्रणाली हो, जसले जुनसुकै परिस्थितिमा पनि स्थान, गती र समयको जानकारी प्रदान गर्दछ । 

जीपीएसको विकास गर्ने देश हो, अमेरिका । अमेरिकाले बनाए पनि आज जीपीएसको प्रयोग जो कोहीले गर्न सक्छन् र गरिरहेकै छन् ।

जीपीएस नेभिगेसन प्रणाली अमेरिकी रक्षा विभागद्वारा राखिएको २४ उपग्रहहरूको नेटवर्कबाट बनेको छ । खासमा जीपीएसका लागि ३२ वटा स्याटेलाईट अन्तरिक्षमा छन्, ती मध्ये २४ वटा कोर स्याटेलाइट छन् भने बाँकी ८ वटा स्याटेलाइट इमरजेन्सी रिप्लेसमेन्टको लागि राखिएको छ । जीपीएसले संसारको कुनै पनि ठाउँमा, जुनसुकै मौसममा २४ घण्टा काम गर्दछ । 

जीपीएस प्रयोग गर्न कुनै शुल्क शुल्क तिर्नु पर्दैन् । जीपीएस सेवा निःशुल्क प्रयोग गर्न सकिन्छ, जुन तपाई हामीले सबैले सधैं प्रयोग गरिरहेकै छौं । 

जीपीएसको सुरूवात 

सन् १९५७ मा तत्कालिन सोभियत संघ हालको रूसले आफ्नो पहिलो स्याटेलाइट अर्थात भू-उपग्रह स्पुतनिक  प्रक्षेपण गर्यो । 

सोभियत संघले स्याटेलाइट प्रक्षेपण गरेपछि अमेरिकाको जोन हप्किन्स विश्वविद्यालयको अप्लाइड फिजिक्स ल्याबोरेटरी रिर्सच सेन्टरका दुई फिजिसिस्ट विलियम गायर र जर्ज वाईफेन बगले स्पुतनिकको रेडियो ट्रान्समिटर ट्रयाक गर्न थाले । 

फ्रिक्वेन्सीमा भइरहेको परिवर्तन मापन गरेर यी वैज्ञानिकहरूले स्पुतनिकको लोकेसन पत्ता लगाए । त्यसपछि जोन हप्किन्स विश्वविद्यालयको अप्लाइड फिजिक्स ल्याबोरेटरी रिर्सच सेन्टरका अध्यक्ष फ्रयांक म्याकलुअरले स्याटेलाइटमार्फत पृथ्वीमा कुनै पनि वस्तुको लोकेसन पत्ता लगाउने जीपीएस प्रविधिमा काम गर्ने योजना बनाए र यसमा काम सुरू भयो । 

null

सन् १९६० मा स्पुतनिक ट्र्याकिङबाट प्राप्त जानकारी र ज्ञान प्रयोग गरेर अमेरिकाले विश्वकै पहिलो स्याटेलाइट नेभिगेसन प्रणाली ट्रान्जिट लञ्च गर्‍यो । उक्त प्रणाली अमेरिकी नेभीले न्युक्लियर मिसाइल बोक्ने अमेरिकी पन्डुबीहरू ट्रयाक गर्न प्रयोग गर्ने गरेको थियो । तर ट्रान्जिट नेभिगेसन प्रणालीलीले एकुरेट लोकेसन दिन सकिरहेको थिएन । 

यसबीचमा जीपीएस सिग्नललाई सुधार गर्ने प्रयास जारी रह्यो । सन् १९७० को सुरूवातीमा अमेरिकाको रक्षा विभागले बलियो र स्थिर नेभिगेसन प्रणालीको आवश्यकता महशुस गर्‍यो र यसका लागि सन् १९७३ मा पेन्टागनमा १२ इन्जिनियरको गोप्य बैठक राखियो, जसबाट डिफेन्स नेभिगेसन स्याटेलाइट सिस्टम बनाउने निर्णय गर्‍यो । 

त्यसपछि यसको नाम परिवर्तन गरेर नेभस्टार राखियो । केही वर्षपछि अमेरिकाले ग्लोबल पोजिसनिङ सिस्टम बनाउने निर्णय गर्‍यो । यसका लागि २४ स्याटेलाइट आवश्यक पर्थ्यो । प्रत्येक स्याटेलाइटले पृथ्वीको चक्कर २ पटक लगाउन सक्थे । यसबाट अमेरिकीले चौबिसै घन्टा विश्वलाई ट्रयाक गर्न सक्थ्यो । 

यस मिसन अन्तर्गत अमेरिकाले स्याटेलाइटमा एटोमिक क्लक समेत राखेको थियो । जसले गर्दा प्रकाशको गतिमा सिग्नल प्राप्त हुन थाल्यो । अनि जीपीएसमार्फत एकुरेट लोकेसन पत्ता लगाउन सजिलो भयो । 

सन् १९७८ मा पहिलो न्याभ स्टार स्याटेलाईट लन्च गरिएको थियो । यसको फाइदा अमेरिकी नेभि, सेना र एयरफोर्सको मिल्यो । भने अमेरिकाका मिसाइलहरूले टार्गेट सहजै हिट गर्न थालेका थिए । 

सुरुवाती वर्षहरूमा अमेरिकी सेनालाई मात्रै जीपीएस प्रयोग गर्ने अनुमति थियो । तर सन् १९८३ मा कोरियन एयरलाइन्सको प्लेनकोमाथि सोभियत संघले आक्रमण गर्यो । त्यसबेला जीपीएसको आवश्यकता बोध भयो र सन् १९८३ सेप्टेम्बर १६ मा अमेरिकाले सबैका लागि जीपीएस प्रविधि खुला गर्‍यो । 

त्यसपछि ओपन जीपीएसको फाइदा एयरक्राफ्टसँगै आम जनतालाई यसको फाइदा पुग्यो । तर अमेरिकी सरकारले उक्त जीपीएस मन लागेको समयमा खोल्न र बन्द गर्न सक्थ्यो । मार्च १९९० मा यस्तै केही घटना देखा पर्‍यो । त्यसबेला अमेरिकाले जानेरै, आम जनताको जीपीएस रेन्ज कम गरेको थियो । यसले गर्दा लोकेसन ट्रयाक गर्न कठिन भयो । 

सन् १९९५ सम्म नेभस्टार मिसन पूरा भयो, अन्तरिक्षमा २४ वटा जीपीएस स्याटेलाइट राखिएको थियो । अब अमेरिकाले २४ सै घन्टा विश्वलाई ट्रयाक गर्न सक्थ्यो । तर व्यवसायीक रूपमा जीपीएसको पूर्ण प्रयोग सन् २००० बाट भएको थियो ।

जब अमेरिकी तत्कालिन राष्ट्रपति बिल किलिन्टनले जीपीएस सिग्नल कुनै बेला कम र कुनै बेला बढी गर्ने अप्रोचको अन्त्य गरे । यो बेलासम्म विश्वका अन्य देशले पनि जीपीएसको महत्त्व बुझिसकेका थिए । रूस, चिन, युरोपियन युनियन, हाम्रो छिमेकी देश भारतले आफ्नै जीपीएस सिस्टम बनाइसकेका छन् । 

अहिले जीपीएस प्रविधिको प्रयोग स्मार्टफोन, कार, बोट्स, एयरप्लेन, फिटनेस ट्रयाकिङ, आकश्मिक सेवा, फ्लिट व्यवस्थापन, मौसम पूर्वानुमान, वन्यजन्तु ट्रयाकिङ लगायत विभिन्न काममा हुने गरेको छ । जीपीएस हाम्रो जीवनको एउटा हिस्सा बनिसकेको छ । 

एक स्थानबाट अर्को ठाउँमा जान, ट्रयाकिङ, म्यापिङ र कुनै ठाउँमा पुग्न कति समय लाग्छ मापन गर्न गर्न जीपीएसको प्रयोग हुने गरेको छ ।
 

गाइड

सोशल मिडिया व्यवस्थापनलाई एआई टुल्सले सजिलो बनाउँदै , के के हुन् ती टूल्स ?

पछिल्ला केही वर्षहरूमा एआईले तीव्र गतिमा आफ्नो स्थान बनाएको छ । अब लगभग हरेक क्षेत्रमा यसको प्रभुत्व देख्न सकिन्छ । धेरै यस्ता टूलह…

एपीआईले कसरी काम गर्छ ?

एपिआईको पूरा नाम एप्लिकेशन प्रोग्रामिङ इन्टरफेस हो, जुन एप्लिकेशन बनाउनमा मद्दत गर्दछ । यो एउटा यस्तो प्रोग्रामिङ हो जसले कुनै पन…

थ्रिडी प्रिन्टर के हो ? यो प्रविधि किन महँगो छ ?

अहिलेसम्म प्रिन्टरको सहयोगमा कागज प्रिन्ट भएको वा छापिएको देख्नु भएको होला । तर थ्रीडी प्रिन्टरले कुनै पनि वस्तुलाई थ्रीडीमै&…

बढ्दै छ डीपफेक, कसरी रहने सुरक्षित ?

आर्टिफिसियल इन्टेलिजेन्स अर्थात् एआईको बढ्दो दायरा मानिसका लागि फाइदाजनक तथा हानिकारक दुवै बन्दै गएको छ । तपाईंले डिपफेक बारे …

साँच्चै के ई–सिगरेट सुरक्षित छ ?

ई–सिगरेटलाई इलेक्ट्रोनिक डिभाइसको रूपमा सोच्न सक्नुहुन्छ । यसलाई प्राविधिक रूपमा एण्ड्स (इलेक्ट्रोनिक निकोटिन डेलिभरी प्रणाल…

स्मार्टफोनको क्यामेरामा हुने चार सेन्सरको काम के हो ?

नयाँ स्मार्टफोन किन्नु अघि सबैभन्दा बढी प्राथमिकता क्यामेरा गुणस्तरलाई दिइन्छ । धेरै प्रयोगकर्ताबीच धारणा यो हुन् सक्छ कि यदि फोनमा…

कसरी विकास भयो क्युआर कोड ?

सन् १९६० को दशकमा जापानको आर्थिक वृद्धि तीव्र गतिमा बढिरहेको थियो । सुपरमार्केटहरूले खाद्य वस्तुहरूको बिक्रीबाट आफ्नो दायरलाई कप…

किन रोज्ने क्लाउड स्टोरेज ? के छन् फाइदा ?

२१औं शताब्दीसम्म आइपुग्दा विश्वमा विज्ञान तथा प्रविधिको क्षेत्रमा धेरै नयाँ नौला आविष्कार भएका छन् । यसैगरी कम्प्युटर तथा टेक्नोलोजी…

बायोमेट्रिक प्रविधिले कसरी काम गर्छ ?

कुनै पनि व्यक्तिलाई उसको व्यवहार तथा उसको शारीरिक विशेषताबाट पहिचान गर्ने स्वचालित प्रक्रिया नै बायोमेट्रिक हो । उक्त विशेषताहरू…

जीपीएस प्रविधिले कसरी काम गर्छ ?

पृथ्वीको कुनै पनि ठाउँमा गएर पनि तपाईं आफैले आफ्नो लोकसन थाहा पाउनु सक्नुहुन्छ । यो सम्भव गराउने प्रविधि हो, ज…

मोबाइलको फिंगरप्रिन्टले कसरी काम गर्छ ?

पिनकोड, पासवर्ड, प्याटन लक गर्ने चलन यसघि नै चलेको थियो । कुनै समय मोबाइलका गोप्य दस्तावेज र आफ्ना डाटालाई सुरक्षित गर्न पिनकोड…

एआईले रोजगारी मात्रै खोस्छ कि सिर्जना पनि गर्छ ?

पछिल्लो समय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को विकाससँगै बजारमा अनेक चर्चा हुन थालेको छ । एआईलाई सकारात्मक र नकारात्मक दुबै तरि…

सर्भरहरू कति प्रकारका हुन्छन् ?

आज हामी सबैले इन्टरनेटको प्रयोग गर्छौं । आजको समयमा इन्टरनेट हाम्रा लागि धेरै महत्त्वपूर्ण छ । त्यसमाथि इन्टरनेटमा खोज्ने सामग्रीमा पहुँच दिने सर्भरको महत्त्व पन…

फ्लाइटमा वाईफाईले कसरी काम गर्छ ?

धेरै मानिसहरू हवाई यात्रा गर्न मन पराउँछन् । यसरी हावामा यात्रा गर्दा छुट्टै प्रकारको अनुभव हुनुका साथै यस्तो यात्राले धेरै मानि…

किन प्रयोग गर्ने भीपीएन ?

गूगलमा तपाईंले कुनै एउटा वेबसाईट खोज्नु भयो तर त्यो खुलेन, के गर्ने? टिकटक हेर्नुपर्याे के गर्ने ? युट्युबमा कुनै भिडियो खोल्नु…