कीवर्डहरू -

गाइड

इन्कग्निटो मोडमा ब्राउजिङ गर्दा गोपनीयता सुरक्षा हुन्छ सोच्दै हुनुहुन्छ भने, तपाईं भ्रममा हुनुहुन्छ

इन्कग्निटो मोड प्रयोग गर्दा धेरैलाई लाग्छ—अब आफू पूर्ण रूपमा प्राइभेट भएर इन्टरनेट चलाइरहेको छु। तर यो धारणा गलत छ। प्राइभेट ब्राउजिङ मोड वास्तविक गोपनीयता सुरक्षा होइन; यो केवल कम्प्युटरमा स्थानीय इतिहास (Local History) नछोड्ने सुविधा मात्र हो।

क्रोमले सन् २००८ मा इन्कग्निटो मोड सार्वजनिक गर्दा ‘प्राइभेट’ भन्ने नाम र गाढा रंगको इन्टरफेसले प्रयोगकर्तालाई मनोवैज्ञानिक रूपमा सुरक्षित भएको अनुभूति दिलायो। तर यसको उद्देश्य साझा कम्प्युटरहरूमा ब्राउजिङको ट्रेस नछोड्नु मात्र थियो। समयसँगै धेरैले यसलाई पूर्ण गोपनीयता दिने सुरक्षा उपकरण झैँ बुझ्न थाले, जुन ठुलो भ्रम बन्यो।

यथार्थमा, प्राइभेट ब्राउजिङले ब्राउजिङ इतिहास, क्यास, कुकी र अटोफिल जस्ता स्थानीय डेटा मात्र अस्थायी रूपमा रोक्छ। तर यसले IP एड्रेस लुकाउँदैन, ट्र्याकर्स अवरुद्ध गर्दैन, ब्राउजर फिङ्गरप्रिन्टिङ हटाउँदैन, र आईएसपी, कार्यालय वा विद्यालयका नेटवर्क मोनिटरबाट तपाईंको गतिविधि सुरक्षित राख्दैन। यसैले वेबसाइट, विज्ञापनकर्ता, इन्टरनेट सेवा प्रदायक (ISP) र नेटवर्क एड्मिनहरूले तपाईंको ट्राफिक सजिलै हेर्न सक्छन्।

सन् २०१७ मा प्रिन्सटन र स्ट्यान्फोर्ड विश्वविद्यालयको संयुक्त अध्ययनले इन्कग्निटो मोडमा भेटिएका लिङ्कहरूको विश्लेषणमार्फत ७० प्रतिशतभन्दा बढी प्रयोगकर्तालाई उनीहरूको सामाजिक प्रोफाइलसँग मिलाउन सफल भएको थियो। त्यस्तै, सन् २०२० को युसीएलको अध्ययनले धेरै प्रयोगकर्ताले प्राइभेट ब्राउजिङलाई HTTPS, VPN, Tor वा एन्ड–टु–एन्ड एन्क्रिप्सनजस्ता सुरक्षास्तरसँग तुलना गर्ने गलत धारणा राखेको देखाएको छ।

गूगललाई इन्कग्निटो मोडमा पनि प्रयोगकर्ता ट्र्याकिङ गरेको आरोपमा सन् २०२० मा मुद्दा परेको थियो। गोपनीयतासम्बन्धी उक्त मुद्दा सुल्झाउन ५ अर्ब अमेरिकी डलर तिर्न गूगल सहमति भएपछि, अहिले इन्कग्निटो मोडको डिस्क्लेमर पनि थप स्पष्ट बनाइएको छ।

यद्यपि इन्टरनेटमा वास्तविक गोपनीयता प्राप्त गर्नु चुनौतीपूर्ण छ, तर असम्भव भने होइन। भीपीएनले आईएसपी र सार्वजनिक नेटवर्कबाट ट्राफिक सुरक्षित गर्छ। Brave वा DuckDuckGo जस्ता गोपनीयता–केन्द्रित ब्राउजरले धेरै ट्र्याकर्स हटाउँछन्।

टर ब्राउजरले धेरै–तहको इन्क्रिप्सनमार्फत ट्राफिक रूट गरी प्रयोगकर्तालाई वास्तविक रूपमा लुकाउँछ। uBlock Origin जस्ता एड/स्क्रिप्ट ब्लकर तथा Pi-hole वा NextDNS जस्ता डीएनएस फिल्टरले डेटा सङ्कलन गर्ने स्क्रिप्टहरू लोड हुनुअघि नै ब्लक गर्छन्।

निष्कर्षमा, इन्कग्निटो मोड गोपनीयता होइन— यो केवल मनोवैज्ञानिक राहत हो। वास्तविक अनलाइन सुरक्षा चाहिन्छ भने सही उपकरण, सुरक्षित ब्राउजर र जिम्मेवारीपूर्ण डिजिटल अभ्यास अनिवार्य हुन्छ।

गाइड

प्रविधिका प्रचलित भ्रम: महँगो, नयाँ र ठूलो हुँदैमा सधैं राम्रो अनुभव पाइदैन

प्रविधि हाम्रो दैनिक जीवनको अभिन्न हिस्सा भइसकेको छ। मोबाइल, टिभी, ल्यापटपदेखि विभिन्न ग्याजेटहरू हामीसँग गाँसिएका छन्। 

जेनजी माझ लोकप्रिय सामाजिक सञ्जाल डिस्कोर्ड के हो ?

डिस्कोर्ड अहिले नेपाली जेनजीहरू माझ लोकप्रिय छ । जेनजी अर्थात युवाहरूको …

अन्य ब्राउजरभन्दा कसरी फरक छ टोर ब्राउजर ?

ह्याकिङको दुनियाँमा परिचित नाम हो, टोर ब्राउजर ।   टोरलाई द ओनियन राउटर पनि भनिन्छ । टोर ब्राउजरको कन्सेप्ट एकदमै फ…

इन्टरनेट सुरक्षित रूपमा प्रयोग गर्न अपनाउनुहोस् यी महत्वपूर्ण टिप्स

इन्टरनेट एक शक्तिशाली उपकरण हो, तर यससँगै साइबर थ्रेट्स, स्क्यामहरू, र प्राइभेसी ब्रेक जस्ता जोखिमहरू पनि आउँछन् । यस्ता जोखिमका क…

यसरी विकास भएको थियो हाम्रो जीवनको महत्त्वपूर्ण हिस्सा बनिसकेको जीपीएस प्रविधि

कतै जान होस् या कसैलाई ट्रयाक गर्न नै किन नहोस्, लोकेसन थाहा पाउन ग्लोबल पोजिसनिङ सिस्टम अर्थात जीपीएस प्रविधिको प्रयोग हुन्छ ।&n…

कत्तिको हानिकारक छ मोबाइलको विकिरण ?

स्मार्टफोन हाम्रो जीवनको ठूलो हिस्सा बनिसकेको छ । हामी खाना बिना केही समय बाँच्न सक्छौं तर स्मार्टफोन र इन्टरनेट बिना बाँच्न गाह्र…

किन चर्चामा छ डिपसिक एआई ?

चिनियाँ एआई स्टार्टअप डिपसिकले यतिबेला अमेरिकामा हलचल मच्चाइरहेको छ । एआईको क्षेत्रमा रहेको अमेरेकी वर्चस्वलाई डीफसिकले ठूलो च…

प्रम्प्ट इन्जिनियरिङ के हो ? कसरी सिक्ने ?

पछिल्लो समय एआईको चर्चा निकै छ । एआईको विकास भएसँगै लाखौं मानिसको जागिर जाने निश्चित छ । तर, एआईको विकास जागिर खाने मात्र न…

सोशल मिडिया व्यवस्थापनलाई एआई टुल्सले सजिलो बनाउँदै , के के हुन् ती टूल्स ?

पछिल्ला केही वर्षहरूमा एआईले तीव्र गतिमा आफ्नो स्थान बनाएको छ । अब लगभग हरेक क्षेत्रमा यसको प्रभुत्व देख्न सकिन्छ । धेरै यस्ता टूलह…

एपीआईले कसरी काम गर्छ ?

एपिआईको पूरा नाम एप्लिकेशन प्रोग्रामिङ इन्टरफेस हो, जुन एप्लिकेशन बनाउनमा मद्दत गर्दछ । यो एउटा यस्तो प्रोग्रामिङ हो जसले कुनै पन…

थ्रिडी प्रिन्टर के हो ? यो प्रविधि किन महँगो छ ?

अहिलेसम्म प्रिन्टरको सहयोगमा कागज प्रिन्ट भएको वा छापिएको देख्नु भएको होला । तर थ्रीडी प्रिन्टरले कुनै पनि वस्तुलाई थ्रीडीमै&…

बढ्दै छ डीपफेक, कसरी रहने सुरक्षित ?

आर्टिफिसियल इन्टेलिजेन्स अर्थात् एआईको बढ्दो दायरा मानिसका लागि फाइदाजनक तथा हानिकारक दुवै बन्दै गएको छ । तपाईंले डिपफेक बारे …

साँच्चै के ई–सिगरेट सुरक्षित छ ?

ई–सिगरेटलाई इलेक्ट्रोनिक डिभाइसको रूपमा सोच्न सक्नुहुन्छ । यसलाई प्राविधिक रूपमा एण्ड्स (इलेक्ट्रोनिक निकोटिन डेलिभरी प्रणाल…

स्मार्टफोनको क्यामेरामा हुने चार सेन्सरको काम के हो ?

नयाँ स्मार्टफोन किन्नु अघि सबैभन्दा बढी प्राथमिकता क्यामेरा गुणस्तरलाई दिइन्छ । धेरै प्रयोगकर्ताबीच धारणा यो हुन् सक्छ कि यदि फोनमा…

कसरी विकास भयो क्युआर कोड ?

सन् १९६० को दशकमा जापानको आर्थिक वृद्धि तीव्र गतिमा बढिरहेको थियो । सुपरमार्केटहरूले खाद्य वस्तुहरूको बिक्रीबाट आफ्नो दायरलाई कप…