कीवर्डहरू -

गाइड

किन रोज्ने क्लाउड स्टोरेज ? के छन् फाइदा ?

२१औं शताब्दीसम्म आइपुग्दा विश्वमा विज्ञान तथा प्रविधिको क्षेत्रमा धेरै नयाँ नौला आविष्कार भएका छन् । यसैगरी कम्प्युटर तथा टेक्नोलोजीको क्षेत्रमा पनि अहिले सम्म धेरै ठूलाठूला परिवर्तन तथा विकास भएका छन् ।

केही समय अघिसम्म मानिसले दैनिक जीवन आफ्‌ना कार्यालयलगायत थुप्रै व्यक्तिगत डाटाहरू अथवा फाइलहरू कम्प्युटरको हार्डड्राइभ डिस्कमा र पेनड्राइभलगायतमा राख्ने गर्दथे । तर प्रविधिको परिवर्तनसँगै यसरी डाटा तथा फाइलहरू सुरक्षित साथ राख्न क्लाउड स्टोरेज नामको इन्टरनेट स्टोरेज प्रचलनमा आएको छ ।

हामीले क्लाउड, क्लाउड कम्प्युटिङ अथवा क्लाउड स्टोरेज आदि शब्दहरू मानिसहरूले प्रयोग गरेको सुन्दै आइरहेका छौं। तर वास्तवमा के हो त क्लाउड ? धेरै हदसम्म क्लाउडको मतलब इन्टरनेट हो । अथवा इन्टरनेटभित्रको हामीले प्रयोग गर्ने सम्पूर्ण कुराहरू नै क्लाउड हो ।

क्लाउड स्टोरेजमा पछिसम्म जोगाइराख्नुपर्ने आफ्‌ना फाइल अथवा डाटाहरू सुरक्षित साथ राख्न सकिन्छ । यसमा आफ्‌ना महत्त्वपूर्ण फाइलहरू हराउने तथा चोरी हुने डर हुँदैन । साथसाथै ड्राइभ तथा पेनड्राइभलगायतका स्टोरेज गर्ने सामग्रीहरू बोकेर हिँडिरहने झन्झट पनि रहँदैन ।

इन्टरनेट उपलब्ध भएमा जुनसुकै अवस्थामा जस्तोसुकै डिभाइसबाट पनि क्लाउड स्टोरेजको प्रयोग गर्न सकिन्छ । यसको प्रयोग सरल मितव्ययीसमेत छ । यसकारण पनि हाल क्लाउडप्रतिको आकर्षण बढ्दो छ ।

null

क्लाउड स्टोरेज भनेको क्लाउड कम्प्युटिङ मोडल हो, जहाँ रिमोट सर्भरमा डाटाहरू स्टोर भएर रहेका हुन्छन् । र इन्टरनेटद्वारा यसको प्रयोग गर्न सकिन्छ । यदि कुनै चिज क्लाउडमा छ भन्नुको मतलब त्यो कुरा इन्टरनेट सर्भरमा स्टोर गरिएको छ भन्ने हो। तर यसमा कम्प्युटरको हार्ड ड्राइभको प्रयोग भने भएको हुँदैन ।

क्लाउड स्टोरेजको व्यवस्थापन तथा सञ्चालन क्लाउड स्टोरेज सर्भिस प्रोभाइडरले गर्ने गर्दछ। यसका साथै स्टोरेज सर्भर निर्माणका लागि भर्चुअलाइजेसनको टेक्निकमा गरिएको हुन्छ । क्लाउड स्टोरेजका लागि धेरै सर्भिस प्रोभाइडरहरू रहेका छन् । क्लाउड स्टोरेजको पब्लिक, प्राइभेट र हाइब्रिड गरी तीन प्रकारका स्टोरेज छन् ।

प्राइभेट क्लाउड स्टोरेज

यो स्टोरेज सिस्टम कुनै पनि एउटा संस्था वा व्यक्तिका लागि उसको आवश्यकताअनुसार तयार गरिएको हुन्छ । प्राइभेट क्लाउडको अन प्रिमिस र एक्सटर्नल होस्टेड गरी जम्मा दुई फर्म्याटमा आउँछ ।

दुवैले रामो काम गर्छन् तर प्रिमिस फर्म्याट भने व्यक्तिका लागि नभएर बिजनेसका लागि हुन्छ । यदि सानो खालको बिजनेस छ भने त्यसका लागि यो उपयोगी हुन्छ । यसका साथै आफ्‌नो बिजनेसको आवश्यकता अनुसार प्राइभेट क्लाउडलाई परिवर्तन गर्न सकिन्छ ।

पब्लिक क्लाउड स्टोरेज

यो क्लाउड सर्भिसमा थोरै प्रसाशनिक नियन्त्रण आवश्यक हुन्छ । अधिकार प्राप्त जोकोहीले पनि यसको प्रयोग गर्न सक्छ । प्राइभेट क्लाउडमा झै यसको सिस्टमलाई समायोजन गरिरहन आवश्यकता पर्दैन। यो पब्लिक क्लाउड स्टोरेज सर्वसाधारणहरूका लागि निःशुल्क इन्टरनेटमा उपलब्ध हुन सक्छ । अथवा यसको प्रयोगको आधारमा निश्चित शुल्कसमेत निर्धारण गरिएको हुन्छ ।

हाइब्रिड क्लाउड स्टोरेज

प्राइभेट र पब्लिक क्लाउडको मिश्रित स्वरूप नै हाइब्रिड क्लाउड हो । हाइब्रिडका फिचरहरू आवश्यकताअनुसार प्रयोग गर्न सकिन्छ। यसभित्र आवश्यक एप्लिकेसनसमेत थप गर्न सकिन्छ । यसमा प्राइभेट क्लाउडमा अति महत्त्वपूर्ण डाटाहरू राख्न सकिन्छ । त्यस्तै कम महत्त्वपूर्ण डाटाहरूलाई भने पब्लिकमा राख्न सकिन्छ । यसको प्रयोगले समय तथा पैसाको बचत गर्न सकिन्छ ।

क्लाउडको प्रयोग किन ? र केका लागि ?

कम्प्युटरमा हार्डड्राइभ डिस्कको प्रयोग नगरी मानिसले क्लाउड रोज्नुको मुख्य कारण सरल र भरपर्दो नै हो । जस्तै जिमेल, याहुजस्ता सञ्जालहरूमा हामीले पहिले नै क्लाउडको प्रयोग गरिसकेका छौं ।

वेब बेस सर्भिसका सम्पूर्ण इमेलहरू कम्प्युटरको हार्ड ड्राइभमा भन्दा पनि सर्भरमा स्टोर भएको हुन्छ । यसको मतलब हामीले इन्टरनेट कनेक्सन भएको जुनसुकै कम्प्युटरबाट पनि आफ्‌नो इमेल भेट्न सक्छौं । त्यसमा थप यदि कम्प्युटरमा केही खराबी भए पनि हामीले आफ्‌नो डाटा क्लाउडमा राखेको छौं भने सुरक्षित भेट्न सक्छौं ।

null

त्यसकारण क्लाउडको प्रयोग भरपर्दो र सरल रहेको छ। यसका साथै क्लाउडको प्रयोग मितव्ययीसमेत रहेको छ। समयको समेत बचत हुने भएका कारण विभिन्न व्यापार तथा व्यवसायका लागि पनि क्लाउड नै उपयुक्त विकल्प बन्दै गएको छ ।

क्लाउड नै रोज्नुका मुख्य कारणहरु

​​​​​​​फाइल स्टोरेज हामीले क्लाउडमा सबै खालका इन्फर्मेसन भएका फाइल तथा इमेलहरू राख्न सक्छौं । इन्टरनेट उपलब्ध भएको कुनैपनि ठाउँ तथा इन्टरनेट कनेक्ट भएका जुनसुकै डिभाइसबाट पनि क्लाउडमा फाइलहरू स्टोर गर्न सकिन्छ । ड्रप बक्स तथा गुगल ड्राइभ अहिलेका प्रचलित क्लाउड बेस स्टोरेज सर्भिसहरू हुन् ।

फाइल सेयरिङ

​​​​​​​क्लाउडले एकैपटकमा धेरै मानिसहरूमाझ फाइल सेयर गर्न मद्दत गर्दछ । जस्तै हामीले फ्लिकर तथा आइक्लाउड फोटोजजस्तो क्लाउड बेस फोटो सर्भिसमा धेरै फोटो अपलोड गयौं भने त्यसलाई चाँडै नै साथीभाइ तथा आफन्तसँग सेयर गर्न सकिन्छ ।

व्याकिङ अप डाटा

डाटा ब्याकअपका लागि पनि क्लाउडको प्रयोग गर्न सकिन्छ। मोजी र कार्बोनाइटजस्ता एप्सहरूले डाटाहरू अटोमेटिक रूपमा ब्याकअप गरेर राख्छन् । त्यसकारण क्लाउडको प्रयोगले यदि कम्प्युटर तथा अन्य डिभाइस हराएमा अथवा खराब भयो भने पनि त्यस्ता ब्याकअप गरिएका सम्पूर्ण - फाइलहरू रिकभर गर्न सकिन्छ ।
 

गाइड

एआईले रोजगारी मात्रै खोस्छ कि सिर्जना पनि गर्छ ?

पछिल्लो समय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को विकाससँगै बजारमा अनेक चर्चा हुन थालेको छ । एआईलाई सकारात्मक र नकारात्मक दुबै तरि…

सर्भरहरू कति प्रकारका हुन्छन् ?

आज हामी सबैले इन्टरनेटको प्रयोग गर्छौं । आजको समयमा इन्टरनेट हाम्रा लागि धेरै महत्त्वपूर्ण छ । त्यसमाथि इन्टरनेटमा खोज्ने सामग्रीमा पहुँच दिने सर्भरको महत्त्व पन…

फ्लाइटमा वाईफाईले कसरी काम गर्छ ?

धेरै मानिसहरू हवाई यात्रा गर्न मन पराउँछन् । यसरी हावामा यात्रा गर्दा छुट्टै प्रकारको अनुभव हुनुका साथै यस्तो यात्राले धेरै मानि…

किन प्रयोग गर्ने भीपीएन ?

गूगलमा तपाईंले कुनै एउटा वेबसाईट खोज्नु भयो तर त्यो खुलेन, के गर्ने? टिकटक हेर्नुपर्याे के गर्ने ? युट्युबमा कुनै भिडियो खोल्नु…

कस्तो छ सबैले पढ्न मिल्ने आईटी कोर्ष बीसीए ?

कक्षा १२ सकिसकेपछि स्नातक तहमा सूचना प्रविधि (आईटी) सम्बन्धी विभिन्न कोर्षहरु हुन्छन् । आइटी कोर्ष पढ्न पहिले प्लस टूमा अनिवार्य विज्…

कस्तो छ त्रिविको बीएससी सीएसआईटी कोर्ष ?

नेपालमा २०६४ सालदेखि बीएससी सीएसआईटी कार्यक्रम अध्ययापन गराउन सुरू गरिएको थियो । यो कोर्ष त्रिभुवन विश्वविद्यालयले सञ्चालन गर्दै…

सर्भर के हो ? सर्भर कति प्रकारका हुन्छन् ?

आज हामी सबैले इन्टरनेटको प्रयोग गर्छौं । आजको समयमा इन्टरनेट हाम्रा लागि धेरै महत्त्वपूर्ण छ । त्यसमाथि इन्टरनेटमा खोज्ने सामग्रीमा…

अटोमोटिभ उद्योगबाट सुरू भएको क्युआर कोड कसरी लोकप्रिय भयो ?

सन् १९६० को दशकमा जापानको आर्थिक वृद्धि तीव्र गतिमा बढिरहेको थियो । सुपरमार्केटहरूले खाद्य वस्तुहरूको बिक्रीबाट आफ्नो दायरलाई कप…

स्मार्टफोनलाई प्रतिस्थापन गर्न सक्ने प्रविधि

स्मार्टफोन हाम्रो जीवनको एक महत्त्वपूर्ण भाग बनिसकेको छ । पहिलेको जमानामा फोनबाट सीमित काम मात्र हुन्थ्यो ।

स्पाइवेयर के हो? यसबाट कसरी बच्ने?

स्पाईवेयर एन्ड्रोइड प्रयोगकर्ताहरूको लागि एक सामान्य समस्या हो जुन सामान्यतया गलत एप डाउनलोड, शङ्कास्पद लिङ्क वा जुुन मन लाग्यो त्यह…

प्रयोगकर्ताको डेटा सुरक्षित राख्न सघाउने सामसङको ‘सेक्योर फोल्डर’ के हो ?

नेपालमा मोबाइल फोन केही वर्षदेखि एकदमै लोकप्रिय भइरहेको छ । विभिन्न ब्राण्डका स्मार्टफोन नेपाली बजारमा भित्रिएका छन् । उक्त स्मार्ट…

पिक्सेल र मेगापिक्सेलबीच के छ फरक ?

पिक्सेल शब्द दुई शब्दहरू पिक्स र एल मिलेर बनेको छ । पिक्स शब्द पिक्चरबाट लिइएको हो भने एल इलिमेन्टबाट लिइएक…

किन आवश्यक पर्छ जिप फाइल ? कसरी बनाउन सकिन्छ ?

जीप फाइलको मद्दतले तपाईले ठूला साइजका फाइलहरूलाई कम्प्रेस गरेर सानो साइजमा रूपान्तरण गर्न सक्नुहुन्छ । यसले फाइलहरूलाई ४० देखि…

गूगल एडसेन्स के हो ? कति पैसा कमाउन सकिन्छ ?

गूगल एडसेन्स अनलाइन माध्यमबाट पैसा कमाउने सबैभन्दा राम्रो तरिका हो । विशेष गरी मानिसहरूले ब्लगिङमा बढी ध्यान दिइरहेका छन् र गू…