गाइड
फोटोहरू ब्याकअप गर्दै हुनुहुन्छ ? यी केही गल्ती गर्दा वर्षौँका तस्बिर सधैँका लागि मेटिन सक्छन्
प्रत्येक तस्बिरको एउटा कथा हुन्छ । त्यसले उत्सव, रमाइलो, जीवनको कुनै विशेष क्षण वा कसैसँगको अन्तिम मुस्कान बोकेको हुन सक्छ ।
तर ती सबै यादहरू केही सेकेन्डमै हराउन सक्छन् यदि तपाईंले आफ्ना फोटो–भिडियो सुरक्षित राख्ने सही तरिका अपनाउनु भएन भने । आज स्मार्टफोनले कुनै पनि क्षण कैद गर्न सजिलो बनाएको छ, तर तिनलाई दीर्घकालीन रूपमा सुरक्षित राख्नेबारे धेरैजसो मानिस लापरवाह छन्।
पुराना दिनमा तस्बिर प्रिन्ट भएर फोटो एल्बममा राखिन्थ्यो, तर अहिले ती यादहरू हार्ड ड्राइभ वा क्लाउड सेवाहरूमा अनियमित रूपमा थन्किएका हुन्छन् । एक सानो गल्तीले ती यादहरू सधैंका लागि मेटिन सक्छन् ।
३-२-१ नियम
गूगल फोटोज, आईक्लाउड वा अमेजन फोटोज जस्ता सेवामा अपलोड गर्नु राम्रो सुरुवात भए पनि त्यो केवल एक प्रतिलिपि मात्र हो, र एक प्रतिलिपि कहिल्यै पर्याप्त हुँदैन।
खाता ह्याक, लक, वा सेवा प्रदायकको नीतिमा आएको परिवर्तनले वर्षौँका तस्बिर पलभरमै हराउन सक्छन्। यस्तै समस्याबाट जोगिन विशेषज्ञहरूले सिफारिस गर्ने 3-2-1 ब्याकअप नियम अत्यन्तै महत्वपूर्ण हुन्छ ।
3-2-1 नियममा तीन प्रतिलिपि हुन्छ, जसमा दुई प्रकारका भण्डारण माध्यम र एक प्रतिलिपि अफसाइट। उदाहरणका लागि, कम्प्युटरमा मुख्य लाइब्रेरी, बाहिरी हार्ड ड्राइभमा अर्को प्रतिलिपि र क्लाउडमा थप सुरक्षित कपी राख्दा कुनै एक माध्यम विफल भए पनि यादहरू सुरक्षित रहन्छन्।
तर धेरैले सबै ब्याकअप एउटै ठाउँमा राख्ने गल्ती गर्छन्। आगलागी, चोरी वा अन्य दुर्घटनाले एकैचोटि सबै प्रतिलिपि नष्ट हुन सक्छन्। सन् २०२५ को विश्वव्यापी एडब्लुएस आउटेजले पनि एउटा मात्र स्थानमा भर पर्नु कति जोखिमपूर्ण हुन सक्छ भन्ने स्पष्ट देखाएको थियो।
नियमित जाँच गर्ने बानी
त्यति मात्र होइन, मानिसहरूले बनाएका ब्याकअपले अझै काम गर्छ कि छैन भन्ने नियमित जाँच नगर्ने बानीले पनि ठूलो क्षति निम्त्याउँछ। धेरैको अनुभव हुन्छ—वर्षौँसम्म नखोलेका बाहिरी ड्राइभ अचानक नचल्ने र बालबालिकाका तस्बिरहरूजस्ता अमूल्य यादहरू सधैँका लागि हराउने।
यसबाहेक, यात्रा अघि फोनमा ठाउँ बनाउन भन्दै सबै तस्बिरहरू एकै अनियोजित फोल्डरमा फालिदिने गल्ती पनि धेरैले गर्छन्। तस्बिर सुरक्षित त हुन्छन्, तर अव्यवस्थित ‘फोटो डम्प’ कहिल्यै नखुल्ने डिजिटल जंगल बन्न सक्छ। डिजिकाम जस्ता फोटो व्यवस्थापन उपकरणले यस समस्याबाट जोगिन मद्दत गर्न सक्छ।
क्लाउड सेवाहरू स्वयं पनि स्थायी हुँदैनन्। सन् २०२४ मा गूगलले लाखौँ निष्क्रिय खाता हटाउँदा गूगल फोटोजमा रहेका यादहरू समेत सधैँका लागि हराएका थिए। त्यसैले समय–समयमा क्लाउड खातामा लगइन गर्नु, सूचनाहरू हेर्नु, र नियम परिवर्तनबारे सजग रहनु अति आवश्यक छ।
अन्तत, फोटोहरू केवल फाइल होइनन्—ती हाम्रो व्यक्तिगत इतिहासका पाना हुन्। एउटा गल्ती, एउटा बिग्रिएको ड्राइभ, वा एउटा बिर्सिएको पासवर्डले दशकौँका यादहरू मेटिन सक्छन् । त्यसैले अब ढिला नगरी उचित योजना बनाउनुपर्छ।
3-2-1 नियम अपनाउने, अटो–ब्याकअप प्रणाली सेट गर्ने, हरेक तीन महिनामा ब्याकअप परीक्षण गर्ने, अफसाइट–एन्क्रिप्टेड प्रतिलिपि राख्ने, र पुराना ड्राइभ समय–समयमा प्रतिस्थापन गर्ने जस्ता उपायले तपाईंका यादहरू दीर्घकालसम्म सुरक्षित राख्न सक्छन्।
आजै एक घण्टा समय निकालेर आफ्नो ब्याकअप प्रणाली जाँच्नुहोस्—यही सानो कदमले तपाईंका अमूल्य क्षणहरू सदाझैँ सुरक्षित राख्न सहयोग पुर्याउँछ।
गाइड
प्रविधिको क्षेत्रमा सामान वा सेवा किन्दा अक्सर प्रयोग हुने ५ शब्द, जसबाट नझुक्किनुहोस्
प्रविधि क्षेत्रमा उपभोक्तालाई आकर्षित गर्न प्रयोग हुने धेरै शब्दहरू वास्तवमा जति प्रभावशाली देखिन्छन्, त्यति सत्य हुँदैनन्।
…प्रविधिका प्रचलित भ्रम: महँगो, नयाँ र ठूलो हुँदैमा सधैं राम्रो अनुभव पाइदैन
प्रविधि हाम्रो दैनिक जीवनको अभिन्न हिस्सा भइसकेको छ। मोबाइल, टिभी, ल्यापटपदेखि विभिन्न ग्याजेटहरू हामीसँग गाँसिएका छन्। …
जेनजी माझ लोकप्रिय सामाजिक सञ्जाल डिस्कोर्ड के हो ?
डिस्कोर्ड अहिले नेपाली जेनजीहरू माझ लोकप्रिय छ । जेनजी अर्थात युवाहरूको …
अन्य ब्राउजरभन्दा कसरी फरक छ टोर ब्राउजर ?
ह्याकिङको दुनियाँमा परिचित नाम हो, टोर ब्राउजर । टोरलाई द ओनियन राउटर पनि भनिन्छ । टोर ब्राउजरको कन्सेप्ट एकदमै फ…
इन्टरनेट सुरक्षित रूपमा प्रयोग गर्न अपनाउनुहोस् यी महत्वपूर्ण टिप्स
इन्टरनेट एक शक्तिशाली उपकरण हो, तर यससँगै साइबर थ्रेट्स, स्क्यामहरू, र प्राइभेसी ब्रेक जस्ता जोखिमहरू पनि आउँछन् । यस्ता जोखिमका क…
यसरी विकास भएको थियो हाम्रो जीवनको महत्त्वपूर्ण हिस्सा बनिसकेको जीपीएस प्रविधि
कतै जान होस् या कसैलाई ट्रयाक गर्न नै किन नहोस्, लोकेसन थाहा पाउन ग्लोबल पोजिसनिङ सिस्टम अर्थात जीपीएस प्रविधिको प्रयोग हुन्छ ।&n…
कत्तिको हानिकारक छ मोबाइलको विकिरण ?
स्मार्टफोन हाम्रो जीवनको ठूलो हिस्सा बनिसकेको छ । हामी खाना बिना केही समय बाँच्न सक्छौं तर स्मार्टफोन र इन्टरनेट बिना बाँच्न गाह्र…
किन चर्चामा छ डिपसिक एआई ?
चिनियाँ एआई स्टार्टअप डिपसिकले यतिबेला अमेरिकामा हलचल मच्चाइरहेको छ । एआईको क्षेत्रमा रहेको अमेरेकी वर्चस्वलाई डीफसिकले ठूलो च…
प्रम्प्ट इन्जिनियरिङ के हो ? कसरी सिक्ने ?
पछिल्लो समय एआईको चर्चा निकै छ । एआईको विकास भएसँगै लाखौं मानिसको जागिर जाने निश्चित छ । तर, एआईको विकास जागिर खाने मात्र न…
सोशल मिडिया व्यवस्थापनलाई एआई टुल्सले सजिलो बनाउँदै , के के हुन् ती टूल्स ?
पछिल्ला केही वर्षहरूमा एआईले तीव्र गतिमा आफ्नो स्थान बनाएको छ । अब लगभग हरेक क्षेत्रमा यसको प्रभुत्व देख्न सकिन्छ । धेरै यस्ता टूलह…
एपीआईले कसरी काम गर्छ ?
एपिआईको पूरा नाम एप्लिकेशन प्रोग्रामिङ इन्टरफेस हो, जुन एप्लिकेशन बनाउनमा मद्दत गर्दछ । यो एउटा यस्तो प्रोग्रामिङ हो जसले कुनै पन…
थ्रिडी प्रिन्टर के हो ? यो प्रविधि किन महँगो छ ?
अहिलेसम्म प्रिन्टरको सहयोगमा कागज प्रिन्ट भएको वा छापिएको देख्नु भएको होला । तर थ्रीडी प्रिन्टरले कुनै पनि वस्तुलाई थ्रीडीमै&…
बढ्दै छ डीपफेक, कसरी रहने सुरक्षित ?
आर्टिफिसियल इन्टेलिजेन्स अर्थात् एआईको बढ्दो दायरा मानिसका लागि फाइदाजनक तथा हानिकारक दुवै बन्दै गएको छ । तपाईंले डिपफेक बारे …
साँच्चै के ई–सिगरेट सुरक्षित छ ?
ई–सिगरेटलाई इलेक्ट्रोनिक डिभाइसको रूपमा सोच्न सक्नुहुन्छ । यसलाई प्राविधिक रूपमा एण्ड्स (इलेक्ट्रोनिक निकोटिन डेलिभरी प्रणाल…
स्मार्टफोनको क्यामेरामा हुने चार सेन्सरको काम के हो ?
नयाँ स्मार्टफोन किन्नु अघि सबैभन्दा बढी प्राथमिकता क्यामेरा गुणस्तरलाई दिइन्छ । धेरै प्रयोगकर्ताबीच धारणा यो हुन् सक्छ कि यदि फोनमा…