इन्स्योरेन्स
नेपाल लाइफद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड ५१ लाख सहयोग
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड ५१ लाख रुपैयाँ सहयोग गरेको छ ।
रसुवाको भोटेकोसी नदीमा आएको बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुन:स्थापनाका लागि कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड ५१ लाख रुपैयाँ सहयोग गरेको हाे ।
कम्पनीका सञ्चालक कमलेशकुमार अग्रवाल, पूर्वअध्यक्ष गोविन्दलाल संघाई र प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले संयुक्त रूपमा सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन् ।
कम्पनीले उक्त सहयोगबाट बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको तत्काल उद्धार, राहत तथा पुनःस्थापना कार्यमा थप सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।
नेपाल लाइफले विपद्को कठिन समयमा प्रभावित परिवारहरूप्रति गहिरो सहानुभूति व्यक्त गर्दै मृतकहरूप्रति श्रद्धाञ्जली तथा घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।
साथै, सामाजिक उत्तरदायित्वअन्तर्गत विपद् तथा संकटका समयमा राज्य र समुदायसँग सहकार्य गर्दै जाने प्रतिबद्धता जनाएको छ । कम्पनीले प्रभावित समुदायको राहत तथा पुन:स्थापनाका लागि आ-आफ्नो क्षेत्रबाट सहयोग गर्न सम्पूर्ण नागरिकलाई आग्रहसमेत गरेको छ ।
इन्स्योरेन्स
आइएमई लाइफको नवौं वार्षिकोत्सव, राष्ट्रिय आविष्कार केन्द्रसँग ‘न्यानो नानी’ बेबी वार्मर सम्झौता
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले यही भाद्र १ गते आफ्नो स्थापनाको नौ वर्ष पूरा गरी हर्षोल्लासप…
‘सिटिजन लिडर्स नाइट २०२६’ सम्पन्न, भर्सन नेक्स्ट आई-सोलुसन प्रणालीको शुभारम्भ
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना उत्कृष्ट सिटिजन लिडर तथा शाखाको उत्कृष्ट कार्यसम्पादनक…
आईएमई लाइफको ‘बिजनेस एक्सिलेन्स अवार्ड नाइट’मा उत्कृष्ट अभिकर्ता पुरस्कृत
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८२/८३ मा उत्कृष्ट कार्यसम्पादन गर्ने अभिकर्ताहरू…
नेपाल लाइफको प्रथम बीमा शुल्क १३ अर्ब नाघ्यो, जीवन बीमा क्षेत्रमा नयाँ कीर्तिमान
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षमा १३ अर्ब रुपैयाँभन्दा बढी प्रथम बीमा शुल्क (फस्ट प्रिमियम इन…
आईएमई लाइफ इन्स्योरेन्सलाई ‘नेशनल बेस्ट प्रेजेन्टेड एनुअल रिपोर्ट अवार्ड २०२५’ अन्तर्गत ब्रन्ज अवार्ड
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड लाई नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) द्वारा प्रदान ग…
नेपाल लाइफलाई ‘नेशनल बेस्ट प्रेजेन्टेड एनुअल रिपोर्ट अवार्ड २०२५’ को गोल्ड अवार्ड
काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो स्थापनाक…
आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त
काठमाडौं । आईएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता प्रकाश सपुत नियुक्त भएका छन् । आईएमईले ए…
२६ वर्षको यात्रामा आइएमई : डिजिटल नवप्रवर्तनमार्फत रेमिटेन्स सेवाबाट सामाजिक-आर्थिक रूपान्तरणको लक्ष्य
काठमाडौं । नेपाली रेमिट्यान्स सेवाको पर्यायवाची बन्न पुगेको ‘आइएमई’ले स्थापनाको २६ औं वार्षिकोत्स…
१०० जना विपन्न नागरिकको मोतिबिन्दु शल्यक्रियाका लागि आइएमई लाइफद्वारा आर्थिक सहयोग
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत माट्रिका आइ सेन्ट…
आईएमई लाइफको वित्तीय विश्वसनीयतामा वृद्धि, ‘केयर-एनपी ए -’ मा स्तरोन्नति
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो क्रेडिट रेटिङमा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ । CA…
सम्पत्ति शुद्धीकरण तथा आतंककारी वित्तीय लगानी निवारणबारे सिटिजन लाइफको विशेष कार्यक्रम
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सम्पत्ति शुद्धीकरण, आतंककारी कार्य तथा आम विनाशकारी…
सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी वित्तीय लगानी निवारणबारे नेपाल लाइफको प्रशिक्षण
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्य तथा आम विनाशकारी हात…
मेटलाइफ र खल्ती सुरक्षाद्वारा संयुक्त रूपमा सुरक्षा ३६० डिजिटल बीमा सुरु
काठमाडौं । मेटलाइफ नेपाल र खल्ती सुरक्षाले संयुक्त रूपमा ‘सुरक्षा ३६०’ नामक डिजिटल बीमा योजना …
नेपाल लाइफको विशेष योजना : ३० दिनका लागि विलम्ब शुल्क पूर्ण छुट
काठमाडाैं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो २५ औँ वार्षिकोत्सवको अवसरमा व्यतीत बीमा लेखहरूको पु…
इसेवासँगको सहकार्यमा नेपाल लाइफले ल्यायो टर्म लाइफ इन्स्योरेन्स, वार्षिक ७२५ रूपैयाँबाट सुरु हुने
नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले डिजिटल भुक्तानी सेवा प्रदायक संस्था इसेवासँ…