अन्तर्वाता/विचार
क्यास्परस्कीले बजारको मागअनुसारका प्रडक्ट ल्याएको छ
शिवशंकर
ट्यान्जिबल सेल्स म्यानेजर, दक्षिण एसिया
शिवशंकर दक्षिण एसियाका लागि क्यास्परस्कीको ट्यान्जिबल सेल्स म्यानेजर हुन् । २ महिनाअघि मात्रै कार्यभार सम्हालेका उनले मुख्यतः भारत, नेपाल, बंगलादेश र श्रीलंकामा पार्टनर प्रोग्राम, इन्सेन्टिभ प्रोग्राम, कन्जुमर बिजनेस आदिको क्षेत्रमा काम गरिरहेका छन् । हालै नेपाल भ्रमणमा आएका उनीसँग लिभिङ विथ आइसिटीले कुराकानी गरेको छ ः
क्यास्परस्कीको ट्यान्जिबल सेल्स म्यानेजरका रुपमा नेपाल आउनुभएको छ । यस पटकको भ्रमणको उद्देश्य के थियो ?
म यहाँ क्यास्परस्कीको बजार कस्तो छ, कसरी काम भइरहेको छ भनेर बुझ्न आएको हुँ । सागर ग्रुप क्यास्परस्कीको नेपाल पार्टनर हो । यसले १० वर्षदेखि नेपालमा क्यास्परस्की विस्तार गरिरहेको छ । मेरो भ्रमणमा केकस्तो च्यानल पार्टनर प्रोगाम सुरु गर्न सकिन्छ, कस्तो इन्सेन्टिभ प्रोग्राम आवश्यक छ, यसबारे छलफल गरेको छु ।
साथमा एन्ड युजर क्याम्पियन तथा क्यास्परस्कीका नयाँ प्रडक्टको लञ्चका बारेमा कुरा भइरहेको छ । नेपाली बजारको मागअनुसार नयाँ प्रडक्ट कसरी ल्याउन सकिन्छ भन्नेमा हामी केन्द्रित छौं । कन्जुमर मार्केटबाहेक सरकार, टेलिकम, शिक्षा क्षेत्र, बैंक आदिका लागि लक्षित प्रडक्टहरु केके हुन सक्छन् भन्नेबारेमा पनि छलफल भइरहेको छ ।
क्यास्परस्की सुरु भएको दुई दशक पुगिसकेको छ । योबीचको साइबर सेक्युरिटी र क्यास्परस्कीको भूमिकालाई कसरी मूल्यांकन गर्नुहुन्छ ?
हामीले सन् १९९७ मा क्यास्परस्की सुरु गर्दा सन् २०५० सम्मको विश्वको साइबर सुरक्षा विश्लेषण गरेका थियौं । यो २० वर्षमा साइबर सेक्युरिटीको क्षेत्रमा धेरै परिवर्तन आइसकेको छ । यो क्षेत्रमा आएका साइबर आक्रमण र थ्रेट निकै जटिल रहेका छन् । व्यक्तिगत होइन, अहिले संस्थागत आक्रमण भइरहेको छ ।
व्यक्तिगत रुपले हेर्ने हो भने अब व्यक्तिका आर्थिक कारोबारसँग जोडिएका डाटाको सुरक्षा दिनु चुनौतीको विषय बनिरहेको छ । पिसीलाई क्र्यास गरी डाटा चोर्ने र पसर्नल आइडेन्टिटीमा एट्याक गर्ने क्रम बढिरहेको छ । हामी यस्ता समस्या र चुनौतीलाई समाधान गर्न निरन्तर अनुसन्धान तथा प्रडक्ट विकासमा लागिरहेका छौं ।
ग्लोबल साइबर स्पेसमा गम्भीर प्रकारका आक्रमण भइरहेका बेला क्यास्परस्कीका प्रडक्टहरु यो समस्या रोक्न सक्षम छन् ?
क्यास्परस्की साइबर सेक्युरिटी कम्पनीको रुपमा विश्वप्रसिद्ध छ । हामी रिसर्च एन्ड डेभलपमेन्ट कम्पनीका रुपमा पनि उत्तिकै चिनिन्छौं । क्यास्परस्कीले दैनिक २५ हजार नयाँ मालिसियस मालवेयरहरु डिटेक्ट गर्दछ । यो तथ्यले पनि स्पष्ट गर्छ कि हामी प्रडक्टमा बढी आर एन डी गर्छांै । हामीसँग साइबर सेक्युरिटी स्पेसमा ५० आफ्नै पेटेन्ट छन् । र महङ्खवपूर्ण कुरा हामीसँग सधैं लेटेस्ट टेक्नोलोजीमा काम गर्छौं ।
नेपाली बजारमा क्यास्परस्कीको व्यवसायलाई कसरी विश्लेषण गर्नुहुन्छ ?
मलाई लाग्छ, कन्जुमर सेगमेन्टमा हामी नम्बर वान नै छौं । इन्टरप्राइज सेगमेन्टमा पनि हामीले राम्रो गरिरहेका छौं । हामी सरकार, टेलिकम, शिक्षा आदि क्षेत्रका लागि सम्बन्धित सोलुसन्स लिएर आउने गर्छौं । होम युजरका लागि मात्रै नभई समग्र नेपालका लागि आवश्यकताको अध्ययन गरी सोलुसन्स ल्याइरहेका छौं ।
नेपाल सरकारसँग सहकार्य गरी यसअघि निःशुल्क एन्टिभाइरस प्रडक्ट वितरण गरिएको थियो, पुनः यस कार्यलाई निरन्तरता दिने योजना छ कि ?
हामीले यो कार्य विगतमा गरेका थियौं । पुनः यसलाई अभियानको रुपमा चलाउन सकिने के कस्तो अवस्था छ भनेर मैले हाम्रो नेपाल पार्टनरसँग छलफल गर्दै छु ।
क्यास्परस्कीको दक्षीण एसियाली बजारलाई कसरी हेर्नुहुन्छ ?
हामीले यो क्षेत्रमा टप प्लेयर हौं । भारत बिग मार्केट हो । यसपछि नेपाल, श्रीलंका र बंगलादेशमा राम्रो बजार हिस्सा छ । कन्जुमर सेगमेन्टमा राम्रो व्यवसाय छ भने विस्तारै इन्टरप्राइज लेभलका प्रडक्टहरुमा फोकस गरिरहेका छौं । हामीले इन्डस्ट्रीअनुसारका स्पेसिफक प्रडक्टहरुका लागि काम गरिरहेका छौं । समग्रमा भन्दा सबै सेगमेन्टका लागि राइट सोलुसन्स दिन खोजिरहेका छौं ।
निकट भविष्यमै नयाँ प्रडक्ट ल्याउने तयारी छ कि ?
हामीले क्यास्परस्की २०१९ भर्सन ल्याउँदै छौं । नयाँ प्रडक्टलाइनमा हामीले एन्ड युजरका लागि उपयोगी क्यास्परस्की सेक्युरिटी क्लाउड थपेका छौं । अन्य प्रडक्टमा पनि धेरै नयाँ फिचर र गुणस्तर थपिनेछ ।
नेपाल पार्टनरका रुपमा सागर ग्रुपसँग भइरहेको सहकार्यबाट कत्तिको उत्साही र सन्तुष्ट हुनुहुन्छ ?
उहाँहरुले निकै उदाहरणीय रुपमा काम गरिरहनुभएको छ । सरकार, टेलिकम, शिक्षा आदि क्षेत्रमा पनि क्यास्परस्कीको सफल विस्तार गरिरहनुभएको छ । हामीहरु यो सहकार्यले निकै उत्साही छौं । अहिले साइबर थ्रेट दिनदिनै बढिरहेको छ ।
नेपाली बजारमा अरु पनि सेक्युरटी प्रडक्ट छन् । प्रयोगकर्ताले किन क्यास्परस्की नै रोज्ने ?
हामी आफैले टप हौं भन्दैनौं । नेपालीहरुले विगत १० वर्षदेखि यो प्रडक्ट प्रयोग गरिरहेका छन् । ग्राहकले यति लामो समयसम्म देखाएको माया नै हाम्रा लागि सबैथोक हो । यहीकारण क्यास्परस्कीको व्यापार बढिरहेको छ । हामीले हरेक संस्करणमा बेस्ट फिचर दिँदै आएका छौं ।
हरेक समयमा नयाँ प्रडक्ट र नयाँ टेक्नोलोजी आइरहेका छन् । हामी प्रडक्ट बनाउने मात्रै कम्पनी नभई रिसर्च कम्पनी पनि हो । त्यसैले मार्केटको आवश्यकताअनुसार बढीभन्दा बढी सोलुसन्स ल्याइरहेका छौं । सन् २०१७ मा विभिन्न निकायले गरेका ८६ ओटा स्वतन्त्र परीक्षणमा ७२ परीक्षणमा क्यास्परस्की पहिलो नम्बरमा परेको थियो । यसबाट पनि थाहा हुन्छ क्यास्परस्की नै किन रोज्ने भनेर ।
अन्त्यमा, नेपाली प्रयोगकर्ताका लागि केकस्ता सचेतना कार्यक्रम ल्याउने तयारी हुनुहुन्छ ?
यसबारे मैले नेपाल पार्टनर सागर ग्रुपसँग छलफल गरिरहेको छु । पहिलो एजेन्डा त पार्टनर प्रोग्रामकै बारेमा छ । अन्य क्षेत्रको आवश्यकता के कस्तो छ, यसका बारेमा छलफल भइरहेको छ । मेरो विचारमा मोबाइल सेक्यरिटी अवेयरनेसका कार्यक्रम सञ्चालन गर्न आवश्यकता देखेको छु । यसका लागि प्रयोगकर्तालाई क्यास्परस्की एन्ड्रोइड सेक्युरिटी प्रयोग गर्न सल्लाह पनि दिन्छु ।
अन्तर्वाता/विचार
अहिले हरेक सरकारी विभागलाई आइसिटी चाहिएको छ, तर धेरैलाई पोलिसी नै थाहा छैन - आनन्दराज खनाल (भिडियो सहित)
आनन्दराज खनाल
बरिष्ठ निर्देशक, नेपाल दुरस…
नेपालमा प्रविधिको प्रयोग, यी ४ कुराले गर्नेछ देशको विकास
महेश बर्तौला
अध्यक्षका मुख्य दाबेदार, अनेरास्ववियु
…
आइटी बिज्ञको रुपमा मेरो प्राथमिकता \'आधुनिकता र देशको समृद्धि\'मा रहनेछ - अस्गर अलि
अस्गर अलि, नव नियुक्त सल्लाहकार (आइटी बिज्ञ), प्रधान…
नेपालमै पहिलो पटक \'बिग डेटा\' र \'डिजिटल मार्केटिङ\'को कोर्ष सुरु गरेका छौ
जेटकिङ नेपालले कस्ता कस्ता कोर्सहरु संचालन गरिरहेको छ ?
जेटकिंग नेप…
ब्लकचेन त्यस्तो शक्तिशाली किन ?
ब्लकचेननै त्यो प्रबिधि हो, जसबाट बिटकोईन , इथेरिएम जस्ता क्रिप्टोकरेन्सिहरु बनाईएको छ । ब्लकचेन प्रबिधिको बहुआयमिक उपयोगिता रहेको छ, क्रिप्टोकरेन्स…
पोखरामा डिजिकम क्यान इन्फोटेक : कसले के भन्छन् ?
प्रविधिलाई स्थानीयस्तारमा विस्तार गर्न क्यान इन्फोटेकले सहयोग गरेको छ
२ वर्षका लागि क्यान महासंघको रोडम्याप बनाएका छौ
रञ्जित पोदार
केन्द्रीय महासचिव, क्यान महासंघ
आज चौथो दिनसम्म आउँदा क्यान इन्फोटेक कसरी सञ्चालन भइरहेको पाउनुभएको…
चितवनमा अब हरेक वर्ष इन्फोटेक गर्ने योजनामा छौं
विष्णुप्रसाद लामिछाने
उपाध्यक्ष, क्यान महासंघ चितवन
क्यान इन्फोटेकको विशेष आकर्षण केके हुन् ?&nb…