अन्तर्वाता/विचार
नेपालमै पहिलो पटक \'बिग डेटा\' र \'डिजिटल मार्केटिङ\'को कोर्ष सुरु गरेका छौ
जेटकिङ नेपालले कस्ता कस्ता कोर्सहरु संचालन गरिरहेको छ ?
जेटकिंग नेपाल एडभान्स लेभलको कोर्सहरु प्रदान गर्ने उद्देश्यले इंडियाबाट नेपालमा प्रमोट गरिएको हो र यसले विश्वमै उत्कृस्ट हार्डवेयर नेटवर्किंगको करियर कोर्षहरु प्रदान गर्दछ । अन्डर ग्राजुएट,ग्राजुएट र नन टेक्निकल ग्राजुएट तिनै बर्गका बिद्यार्थीहरुका लागी विभिन्न कोर्ष ल्याइएको छ । यसमा उनीहरुको स्तर अनुसारको बर्गिकरण गरेर पढाई हुन्छ । यसको ड्युरेसन छ महिना देखि एक बर्ष सम्म रहेको छ ।
यो हार्डवेयर करियर कोर्समा हार्डवेयरको फण्डामेन्टल,एडमिनिस्ट्रेटिभ पार्ट तथा विन्डोज टेन लगायत सेक्युरिटी र ह्याकिंग नेटवर्किंग लगायतका कुराहरु समाबेश गरिएको छ । त्यस्तै अर्को कोर्समा अनलाइन करियर कोर्स रहेको छ, जसमा डिजिटल मार्केटिंग देखि लिएर बिग डेटा,क्लाउड कम्प्युटीङ जस्ता अहिलेको हाई डीमान्डींग कोर्सहरु पर्दछन्। यी कोर्सहरु पनि चाडै नै संचालनमा ल्याइसकेका छौ ।
जेटकिंग खास कस्तो इन्स्टिच्युट हो ?
जेटकिंग अरु भन्दा भिन्न खालको इन्स्टिच्युट छ किनभने हामि विद्यार्थीको लागि करियर ओरियन्टेड प्रोग्रामहरु तयार गर्छौ । हार्डवेयर नेटवर्किंग सम्बन्धि मात्र नभएर बिध्यार्थिलाई आवश्यक इन्ग्लिश स्पीकिंग,पर्सनालिटी डेभलपमेन्ट जस्ता सम्पूर्ण कुराहरु हामीले नियमित कक्षाको पढाइमा समाबेश गरेका छौ ।
त्यस्तै करियर शुरुवात गर्दा हुनसक्ने समस्याको समाधान गरि कसरि अपर्च्युनीटि अचिभ गर्न सकिन्छ त्यो कुरा बिद्यार्थीहरुलाइ सिकाउछौ । जेटकिंग धेरै एनएसडीसी (नेसनल स्किल डेभलपमेन्ट कर्पोरेसन) जुन इन्डियाको गभर्नमेन्ट बोर्ड बाट एफिलिएटेड इन्स्टिच्युट हो । त्यस्तै जेटकिंगको नेपाल,भारत,बंगलादेश,भियतनाम साउथ अफ्रीकामा गरेर १०० भन्दा धेरै इन्स्टिच्युटहरु छन् । त्यस्तै ती इन्स्टिच्युटहरुबाट १७ लाख भन्दा धेरै बिद्यार्थीहरु उत्पादन भैसकेका छन् ।
क्वालिटीको एजुकेशन दिनका लागि तपाइको इन्स्टिच्युटमा हुमन रिसोर्स कसरि ब्यबस्थापन गर्नु भएको छ ?
यहाँ बिद्यार्थीहरुलाई क्वालिटी एजुकेसन प्रदान गर्नका लागि यस इन्स्टिच्युटमा भारतबाटै यसै इन्डस्ट्रीमा दश(बार्ह बर्ष सम्म अनुभव प्राप्त गर्नुभएका शिक्षकहरु हुनुहुन्छ । क्वालिटीमा १०० प्रतिशत प्रदान गरेका छौ त्यस्तै आफ्टर स्टडी पनि धेरै फेसिलिटी दिने गर्छौ । त्यस्तै हामीले बिध्यार्थीको टायमलाइ मध्य नजर गरेर अनलाइन मार्फत पनि पढ्न मिल्ने ई - लर्निंग प्लाटफर्म राखेका छौ । त्यसमा स्टुडेन्टको सम्पूर्ण सिलेबस त्यसमा छ र उनीहरुले यसमा युजरनेम बाट लगइन गरेर घरमै बसेर पनि पढ्न सक्छन् । त्यसकारण उनीहरुले आफ्टर कोर्स पनि कुनैपनि समयमा यस्को प्रयोग गर्न सक्छन् र फाइदा लिन सक्नेछन् । त्यस्तै पढाईको साथसाथै योग,क्विज ,स्पिकिंग,ग्रुमिंग,ब्रेन स्टोर्मिंग,प्र्याक्टिकल कुराहरु पनि समाबेश गरेका छौ ।
नेपालमा धेरै बिद्यार्थीहरु राम्रो ट्रेनिंग इन्स्टिच्युट छैन, क्वालिटी एजुकेशन छैन अथवा पढाई सकेर पनि जबको सम्भावना छैन,भनेर देश बाहिर पनि गैरहेको अवस्था छ,यसलाई कसरि लिनुभएको छ ?
नेपालि बिद्यार्थीहरुमा भविष्यमा आफु कुन पेशा अंगाल्ने भनेर सहि निर्णयको अन्योलता भएको देखिन्छ । जुन कामको लागि स्कोप छ, त्यो बिषय नपढेको कारण नेपालमा प्रशस्त कामको अवसर भएता पनि जनशक्ति विदेशिएको अवस्था छ । त्यस्तै फर्महरुले पनि उचित ज्ञान भएका जनशक्तिको अभावको अवस्थालाई झेल्नु परेको छ ।
नेपालमा पनि राम्रा ट्रेनिंग इन्स्टिच्युटहरु छन् जसले क्वालिटी एजुकेशन प्रदान गर्दछन् । तर बिद्यार्थीले पनि सोहि अनुसारको मेहनत गर्न जरुरि हुन्छ । पढाई पछाडी कुन(कुन क्षेत्रमा कस्तो(कस्तो कामको स्कोप छ, त्यसको राम्रो संग रिसर्च गरेर बिद्यार्थी हरुले आफुले पढ्ने बिषयको छनौट गर्नु पर्दछ । यसो गर्नाले स्वदेशमै राम्रा राम्रा रोजगारीको अवसर पाउन सकिन्छ ।
बिगडेटा र डिजिटल मार्केटिंग जस्ता बिषयमा पढाई संचालनका लागि कस्तो काम गरिरहनु भएको छ ?
डिजिटल मार्केटिंग एकदमै धेरै स्कोप भएको कोर्स हो । यसको विश्वब्यापी रुपमा ट्रेन्ड नै बसिसकेको छ ।आजकल साना देखि धेरै ठुला कम्पनिहरुले डिजिटल मार्केटिंग गरिरहेका हुन्छन् । विश्वमा फेसबुक,गुगल जस्ता ठुला – ठुला कम्पनिहरु डिजिटल मार्केटिंगमा चलेका छन् । त्यसकारण डिजिटल मार्केटिंगको स्कोप नेपालमा मात्र नभएर बिश्व भरिनै धेरै छ । त्यसकारण नेपालमा यो सम्बन्धित एडभान्स कोर्सको आवश्यकता छ र त्यसलाई नै मध्यनजर गर्दै यहि २०१८ को जनवरी बाट डिजिटल मार्केटिंगको कोर्स भित्र्याउदै छौ ।
त्यस्तै आगामी वर्ष तिर डिजिटल मार्केटिंगमै ब्याचलर्स डिग्री दिने पनि हामीले तयारी गरिरहेका छौ । बिग डेटापनि बिद्यार्थीहरुले यहाँको इन्स्टिच्युटहरुमा सजिलै पढ्न पाइरहेको अवस्था छैन् र प्रोग्रामिंग सफ्टवेयर तथा डेटा साइन्सको कोर्सहरु गर्न इच्छुक् बिद्यार्थीहरुलाई लक्षित गरेर यो कोर्स ल्याईएको हो ।
यति धेरै एडभान्स कोर्सहरु नेपालमा ल्याउनुभएको छ, सबैलाइ जान्न इच्छा होला कि यी कोर्सहरुको फि स्ट्रक्चर कति होला भनेर,कुन कुन कोर्स कसरि पढाई रहनु भाको छ ?
इन्स्टिच्युटहरुको तुलनामा हाम्रोमा यी बिषयहरु एकदमै अफोर्डेबल छन,कोर्सको ड्युरेसन पनि खासै धेरै छैन् । अरु इन्स्टिच्युटहरुमा एउटा कोर्समा लाग्ने खर्चले हाम्रोमा ४ वटा कोर्सहरु पढ्न पुग्छ । माइक्रोसफ्ट,रेडहट, लिनक्स र ईसीकाउन्सिल यी चारवटै कोर्ससहित हामि लगभग ६० देखि ७० हजार सम्ममा पढ़ाउँछौ ।
त्यस्तै,अन्य ठाउँमा यी बिषयहरु छुट्टा छुट्टै पढाई हुन्छ तर हाम्रो इन्स्टिच्युटमा भने यी चारवटै मेजर आइटीका कोर्सहरु एकैचोटीमा सिकाउँछौ । त्यसैले हामि बिद्यार्थीहरुको सिप बिकाशका लागि एउटा एउटा मात्र नभएर नेटवर्किंग, सर्वर तथा सिस्टम सबैकुराको ज्ञान प्रदान गरेर मात्रै उनीहरुलाई जब मार्केट मा पठाऊछौ । त्यस्तै हाम्रो बाट कोर्स सक्ने विद्यार्थीहरुको लागि शत प्रतिशत जब प्लेसमेन्टको पनि व्यवस्था रहेको छ ।
तपाइको इन्स्टिच्युटमा कस्ता कस्ता बिद्यार्थीहरु अध्ययनरत छन् ?
यहाँ धेरै अन्डर ग्राजुएट बिद्यार्थीहरु छन् ,जस्तै प्लस टु सकेका छन्,त्यस्तै कोहि ब्याचलर पढिरहेका तथा कोइ दश सकेर बसेका बिद्यार्थीहरु पनि छन् । खासमा हाम्रोमा तिनवटा क्याटगोरिका बिद्यार्थीहरु छन् । यी सबै बिद्यार्थीहरुको समस्या एउटै हो कि उनीहरुको नन टेक्निकल एजुकेशनले गर्दा काम पाइरहेको हुँदैन । र त्यस्ता स्टुडेन्टहरु यो मेजर आइटी शिक्षा पढे भने भबिस्यमा कामको खोज्नको लागि धेरै भौतारिनु पर्दैन । हाम्रो इन्स्टिच्युटले शिपमुलक शिक्षा प्रदान गरेर जब मार्केटमा बिद्यार्थीहरुलाई आउनको लागि सहयोग गर्दछ ।
यो भन्दा बाहेक आइटी सेक्टरमा अन्य के कस्ता कार्यहरु गरिरहनु भएको छ वा भबिस्यका योजना हरु के के छन् ?
हालसाल चाही हामि यहि एजुकेसनलाई नै प्रमोट गरिरहेका छौ । अहिलेको अवस्थामा नेपालमा दक्ष जनशक्ति निर्माणका लागि आइटी शिक्षा एकदमै जरुरि देखिन्छ । नेपाल अरु क्षेत्रमा कम्जोर भएता पनि आइटी फिल्डमा भने मानिसहरुको क्रेज हामीले देख्न सक्छौ । त्यसैले अबको पाँच वर्षमा लगभग ५ हजार जना व्यक्तिहरुलाई आइटी शिक्षा प्रदान गरेर दक्ष जनशक्ति निर्माण गर्ने योजनामा हामि छौ ।
भोलि विदेशमा नै गएता पनि नेपाली हरुले आइटीकै क्षेत्रमा काम पाउन सकुन । र बढी भन्दा बढी मानिसलाई स्किल्ड गराउन सकु भन्ने हाम्रो उद्देश्यका रहेको छ । त्यसको लागि देशका बिभीन्न ठाउंहरुमा जेडकिंगको सेन्टरहरु पनि विस्तार गर्ने पनि सोचेका छौ। अबको ३ बर्ष भित्र हामि काठमाण्डौ भन्दा बाहिरका ठाउँहरुमा पनि ७ देखि ८ वटा सम्म जेटकिंगको सेन्टरहरुको विस्तार गरिसक्ने योजनामा छौ ।
अन्तर्वाता/विचार
२ वर्षका लागि क्यान महासंघको रोडम्याप बनाएका छौ
रञ्जित पोदार
केन्द्रीय महासचिव, क्यान महासंघ
आज चौथो दिनसम्म आउँदा क्यान इन्फोटेक कसरी सञ्चालन भइरहेको पाउनुभएको…
चितवनमा अब हरेक वर्ष इन्फोटेक गर्ने योजनामा छौं
विष्णुप्रसाद लामिछाने
उपाध्यक्ष, क्यान महासंघ चितवन
क्यान इन्फोटेकको विशेष आकर्षण केके हुन् ?&nb…
एनपी सिग २०१८ मा इन्टरनेटका मल्टीस्टेकहोल्डरहरु सहभागी हुँदैछन् : अर्याल
आगामी जनवरी १९ र २० मा ललितपुरको इन्जिनियरिङ संस्थान पुल्चोकमा रहेको इन्फर्मेशा कम्युनिकेशन सेन्टरमा
पूर्ण रुपमा आइटी पार्क संचालनमा ल्याउन \'आइटी मिट २०१८\' ले सहयोग पुर्याउने छ
हरेक वर्षझैं यस वर्ष पनि काठमाडौं विश्वविद्यालयका विद्यार्थीहरुले आइटी मिटको आयोजना गरेका छन । सन २००६ बाट सुरुवात गरिएको आइटी मिटको यो सातौं संस्करण हो …
नेपालको बैंकिङ क्षेत्रमा साइबर सुरक्षा
नेपालमा पछिल्लो समय बैंक तथा वित्तीय संस्थाको साइबर सुरक्षाका विषयमा थुप्रै प्रश्न उठ्ने गरेका छन् । एनआइसी एसिया बैंकको स्विफ्ट प्रणाली ह्याक गरेर रकम स्थानान्त…
युवाहरुलाई अवसर अनलाइन जब
अनुज कुलुङ
फूल फ्लेजमा चल्ने आइइआर इम्प्लिमेन्टेसन सिस्टम लागू हुदैछ
मीन प्रसाद अर्याल
प्रवक्ता, नेपाल दूरसञ्चार प्राधिकरण
यसअघि हामी म्यानुअल सिस्टममा थियौ । अब आइएमइआर दर्तालाई अनलाइन प्रणा…