कीवर्डहरू -

अन्तर्वाता/विचार

पूर्ण रुपमा आइटी पार्क संचालनमा ल्याउन \'आइटी मिट २०१८\' ले सहयोग पुर्याउने छ

हरेक वर्षझैं यस वर्ष पनि काठमाडौं विश्वविद्यालयका विद्यार्थीहरुले आइटी मिटको आयोजना गरेका छन । सन २००६ बाट सुरुवात गरिएको आइटी मिटको यो सातौं संस्करण हो । यस अघिको संस्करण काठमाडौं विश्वविद्यालयमा गरिएपनि यस पटक भने कार्यक्रमलाई बनेपा–पनौती सडकमा अवस्थित आइटी पार्कमा गर्न लागिएको हो ।

काठमाडौं विश्वविद्यालयका कम्प्यूटर साइन्स एवम्  कम्प्यूटर इन्जिनियरिङ्ग विषय अध्ययनरत विद्यार्थीहरु सम्मेलित केयू कम्यूटर कल्बले यस कार्यक्रमको आयोजना गर्न लागेको हो । पुसको २१ र २२ (जनवरी ५ र ६) मा हुन गइरहेको यस आइटी मेलालाई सूचना तथा प्रविधी राज्यमन्त्री बिराज बहादुर विष्टले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । आइटी मिटको पूर्वार्धमा लिभिङ्ग विथ आइसिटीले केयू कम्प्यूटर क्लबकी अध्यक्ष सुमिक्षा भट्टसँग गरेको कुराकानी यहाँ प्रस्तुत गरेका छौं ।

 

केयू आइटी मिट २०१८ को तयारी कस्तो छ ?
हामीले इभेन्टको अन्य कामहरु लगभग सम्पूर्ण पूरा गरिसकेका छौं । अहिले हामीचाहिँ विषेशरुपमा उद्धधाटन समारोहलाई कसरी व्यवस्थित र भव्य बनाउने भन्नेमा केन्द्रित छौं । यस कार्यक्रममा सहभागिता र अवलोकनककर्ताको ब्यापक उपस्थिती होस भन्ने चाहनाका साथ प्रचारप्रसारलाई ब्यापकता दिनमा पनि लागि परेका छौं । हामीले ५ हजार अवलोकनकर्ताले कार्यक्रम अवलोकन गर्ने आंकलन गरेका छौं र त्यसै अनुरुप तयारी गरिरहेका छौं । 

यस पटकको कार्यक्रम पहिलेभन्दा किन विषेश छ ?
यस अघिको संस्करणको केयू मिट हामीले ३ दिनका लागि आयोजना गरेका थियौं जसमा पहिलो दिन ब्यापक सहभागिता भएको थियो भन्दा पछिल्ला दिनहरुमा सहभागि र अवलोकनकर्ताको सङ्ख्या पातलिन पुग्यो । यस पटक भने हामीले २ दिनका लागि कार्यक्रम आयोजना गर्दै छौं र यसपटक विभिन्न डेमोन्स्ट्रेसन र मेन क्याम्प मात्र यो २ दिनको समयमा समावेश गरेका छौं जसकारण उपस्थिती पनि अघिल्लो संस्करणको तुलनामा बाक्लिने अपेक्षा गरेका छौं । २ दिनमा चल्ने मेन इभेन्टका अलावा हामीले १ महिना अघिदेखि नै प्रि–इभेन्टहरु पनि गरिराखेका छौं । 

आइटी पार्कमा नै यस संस्करणको केयू आइटी मिट किन आयोजना गर्दै हुनुहुन्छ ?
हामीले आइटी पार्कमा आयोजना गरेको केयू आइटी मिट यो पहिलो भने होइन । यस अघि २०१६ मा हामीले आइटी पार्कमै कार्यक्रम आयोजना गरेका थियौ भने हाम्रो २०१७ को संस्करण काठमाडौं विश्वविद्यालयमै आयोजना गर्यौ जुन आइटी पार्कमा गरे जत्तिको प्रभावकारी र सफल हुन नसकेको हामीलाई महसुस भयो जसकारण यस वर्षको संस्करण आइटी पार्कमै गर्ने निधो गर्यौ । यसका अलावा आइटी पार्क केन्द्रमा र अवलोकनकर्ता र सहभागिको पहुचका दृष्टिकोणबाट सहज ठाउँमा भएकाले पनि आइटी पार्कमा नै कार्यक्रम गर्ने भएका छौं । 

यस कार्यक्रममा क–कसले सहभागिता जनाँउदैछन ? 
यस कार्यक्रम विषेशतः सूचना प्रविधी (आइटी) का विद्यार्थी र यसमा चासो राख्ने सवैको सहभागिता हुनेमा हामी विश्वस्त छौं । आइटी र कम्प्यूटर इन्जिनियरिङ्ग विषय अध्ययनरत विद्यार्थीहरुको सहभागिता त हनेछ नै यसपटक विआइएस विषय अध्ययनरत विद्यार्थीहरुको पनि सहभागिता रहने सूचना हामीले पाएका छौं । यसका अलावा हामीले कार्यक्रममा विभिन्न प्रतियोगिताहरु समावेश गरेका छौं जसमा आइटीमा दख्खल राख्ने सहभागिहरुले भाग लिनुहने छ । 

पुल्चोकमा हुने यस्तै किसिमको कार्यक्रम ‘लोकस’ भन्दा यो कसरी फरक छ ?
पुल्चोकले गर्ने लोकस भन्ने कार्यक्रम उसको आफ्नो इभेन्ट हो जसअन्तर्गत दुई–तीन वटा मात्रा इभेन्ट हुने गरेको छ भने हामीले चाहीँ केयू आइटी मिटलाई एउटा मेघा इभेन्ट जस्तो बनाएर यसमा दजर्नको हाराहारीमा विभिन्न प्रतियोगिता र इभेन्ट गरिरहेका छौं । साथै पुल्चोकको लोकस त्यहाँ अध्ययनरत विद्यार्थीहरुको प्रोजेक्ट डेमोन्स्ट्रेसनमै सिमीत रहेको हामीले पाएका छौं । त्यसकारण पुल्चोकको लोकस भन्दा हामी फरक रहेका छौं । 

बार्षिक रुपमा आयोजना गर्ने हेतुले यस केयूआइटी मिटलार्इ २००६ मा पहिलोपल्ट आयोजना गरिएको थियो तर विचका वर्षहरुमा विभिन्न कारणवश कार्यक्रम संचालन नभएकाले यो सातौं संस्करणको कार्यक्रम हामी यस वर्ष आयोजना गर्दैछौं । पछिल्ला केहिबर्षहरुमा भने कार्यक्रम निरन्तर हरेक वर्ष भइरहेको छ र यसलाई निरन्तरता दिने उदेश्यका साथ काम गरिरहेका छौं ।

काठमाडौं बाहिरबाट पनि सहभागीहरुले उपस्थिती जनाउने छन ? 
काठमाडौं बाहिरको कुरा गर्दा लुम्बिनी र चितवका रहभागीहरु आइसक्नु भएको छ साथै अन्य स्थानबाट पनि आउने क्रम जारी रहेको छ । यसका साथै भारतको लभ्ली प्रोफेसन यूनिभर्सिटी र दक्षिण कोरियाको चिङ्गु टेक्निकल यूनिभर्सिटीबाट पनि यसर्य संस्करणमा सहभागिता जनाउने जानकारी पाएका छौं । 

नेपाल सरकार लगायतका सरकारी निकायबाट के कस्तो सहयोग पाउनु भएको छ ? 
सूचना तथा संचार मन्त्रालयबाट हामीले प्रतियोगिताको पुरस्कार राशीमा आर्थीक सहयोग प्राप्त गरेका छौं । यसैगरि सूचना प्रविधि विभाग अन्तर्गत पर्ने आइटी पार्कमा कार्यक्रम -गर्नको लागि स्थान सरकारी स्तरबाट उपलब्ध गर्न सहयोग पाएका छौं । यसका अलावा सरकारी कर्मचारीहरुबाट पनि प्रत्यक्ष, अप्रत्यक्ष सहयोग मिलेको छ । 

आइटी मिट हरेक वर्ष आयोजना हुन्छ ? यो कार्यक्रम केयूका कुन ब्याचका विद्यार्थीले आयोजना गर्ने कार्यक्रम हो ? 
बार्षिक रुपमा आयोजना गर्ने हेतुले यस केयूआइटी मिटलार्इ २००६ मा पहिलोपल्ट आयोजना गरिएको थियो तर विचका वर्षहरुमा विभिन्न कारणवश कार्यक्रम संचालन नभएकाले यो सातौं संस्करणको कार्यक्रम हामी यस वर्ष आयोजना गर्दैछौं । पछिल्ला केहिबर्षहरुमा भने कार्यक्रम निरन्तर हरेक वर्ष भइरहेको छ र यसलाई निरन्तरता दिने उदेश्यका साथ काम गरिरहेका छौं । विषेशगरि यो कार्यक्रम  केयू डिपार्टमेन्ट अफ कम्प्यूटर साइन्स एण्ड इन्जिनियरिङ्ग अन्तर्गत चौथो वर्षका आइटी र कम्प्यूटर इन्जिनियरिङ्ग अध्ययनरत विद्याथीहरुले आयोजना गर्दछन । चौथो बर्षका विद्यार्थीहरुले नेतृत्तवदायी भूमिका खेल्ने यस कार्यक्रममा बाकीँ सबै बर्षका विद्यार्थीहरुको पनि प्रत्यक्ष अप्रत्यक्ष भूमिका रहेको छ । 

आइटी पार्कमा केयूले के के कार्यक्रम गरिरहेको छ , के अब आइटी पार्क राम्रोसँग संचालनमा आएको हो ? 
केयूले २ वटा संस्करणको आइटी मीट आइटी पार्कमा आयोजना गरिसकेका छौं । काठमाडौं विश्वविद्यालयबाट अलि टाढा भएपनि हामीले हाम्रा प्रोजेक्ट डेमोन्सट्रेसन र विभिन्न प्रोजेक्हरुपनि आइटी पार्कमै गर्ने गरेका छौ । हामीले त्यहा आइटी ल्याबमा पनि काम गरेका छौं साथै मास्टर्स अध्ययनरत विद्यार्थीहरुले पनि आफ्नो प्रोजेक्ट त्यही गर्दै आएका छन । केही हद सम्म आइटी पार्क राम्ररी संचालन भएको छ । 

 

अन्तर्वाता/विचार

स्टार्टअपलाई रविको सल्लाह : बिजनेशमा आउनुअघि ‘म्याक्सिमम होमवर्क’ गर्नुहोस्

रवि फुयाल नेपाल आन्टप्रेनर्स हबका सह–संस्थापक हुन् । नेपालमा दीर्घकालीन रुपमा उद्यमशीलताको प्रवद्र्धन गर्न एवम् स्टार्टअप कम्युनिटीला…

अबको आवश्यकता ‘इन्टरनेट अफ थिङ्स’ र ‘यु–लर्निङ’ नै हो – डा. मनिश पोखरेल

डा. मनिश पोखरेल काठमाडौं विश्वविद्यालयका एशोसिएसट प्रोफेसर हुन् । ई–गभर्नेन्स र क्लाउड कम्प्युटिङ विषयमा विद्यावारिधी हासिल गरेका पोखरेल २० वर्ष…

विश्वमा बढ्दो ट्रेन्ड ‘मोबाइल मनि’

\"\"

नेपालको बैंकिङ क्षेत्रमा साइबर सुरक्षा

नेपालमा पछिल्लो समय बैंक तथा वित्तीय संस्थाको साइबर सुरक्षाका विषयमा थुप्रै प्रश्न उठ्ने गरेका छन् । एनआइसी एसिया बैंकको स्विफ्ट प्रणाली ह्याक गरेर रकम स्थानान्त…

युवाहरुलाई अवसर अनलाइन जब

अनुज कुलुङ

\"\"

फूल फ्लेजमा चल्ने आइइआर इम्प्लिमेन्टेसन सिस्टम लागू हुदैछ

मीन प्रसाद अर्याल
प्रवक्ता, नेपाल दूरसञ्चार प्राधिकरण

 

यसअघि हामी म्यानुअल सिस्टममा थियौ । अब आइएमइआर दर्तालाई अनलाइन प्रणा…

भविष्यको आधार आइटी शिक्षा : कुन कोर्स पढ्ने ? कहाँ पढ्ने ?

हामी नेपालमा भविष्य नै छैन भन्दै विदेश दगुरिरहेका हुन्छौं । देश, नेता र यहाँको बेथिती सराप्दै मुग्लान छिर्नु धेरैको रहर नहोला तर, २१औं शताब्दी र विश्…

क्यान कमटेक २०१७ सञ्चार प्रविधिसँग सम्बन्धित वृहत् प्रदर्शनी हो : सुनैना घिमिरे

कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघको आयोजनामा हुन लागेको दोस्रो संस्करणको सुबिसु क्यान कमटेक २०१७ को तयारी अन्तिम चरणमा पुगेको छ । यही भदौ २९ देखि…

दूरसञ्चारको क्षेत्रमा स्पष्ट परिवर्तन देखिने गरी काम गरेका छौं : अध्यक्ष झा

दिगम्बर झा नेपालको दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष हुन् । २०६९ मंसिर २९ मा अध्यक्षमा नियुक्त भएका उनीविरुद्ध अध्यक्षका ल…

प्राविधिक शिक्षा पढ्न कस्तो कलेज छान्ने ?

काठमाडौं । नेपालमा पछिल्लो समयमा प्राविधिक शिक्षा प्रतिको आकर्षण बढ्दै गईरहेको छ । नेपाली शिक्षा क्षेत्रमा देखिएको बेथिति र भड्किलो शिक्षा प्रणालीका कारण धैरै…

खरिद गरेको मोबाइलको भ्याट बिल र बक्स सुरक्षित राख्नुहोस

गुरु शर्मा
प्रवन्ध निर्देशक, मोवाइल क्लब

खरिद गरेको मोबाइलको भ्याट बिल र बक्स सुरक्षित राख्नुहोस

गुरु शर्मा
प्रवन्ध निर्देशक, मोवाइल क्लब

नेपाल खाद्य बैंकका अध्यक्ष रामराजा श्रेष्ठलाइ नाइजेरियामा बिशेष सम्मान

काठमाडौँ – नेपाल खाद्य बैंक लिमिटेडका कार्यकारी अध्यक्ष रामराजा श्रेष्ठ पश्चीम अफ्रिकी मुलुक नाईजेरियामा हुन गईरहेको कार्याक्रम मा जाँदै हुनुहुन्छ जहाँ विश्…