कीवर्डहरू -

नि:शुल्क अस्थायी इमेल ठेगाना बनाउने वेबसाइट ‘IncognitoMail’ सार्वजनिक

नि:शुल्क अस्थायी इमेल ठेगाना बनाउने वेबसाइट ‘IncognitoMail’ सार्वजनिक

काठमाडौं । नयाँ अनलाइन सेवा IncognitoMail ले प्रयोगकर्तालाई अस्थायी इमेल ठेगाना बनाउने सुविधा उपलब्ध गराएको छ । यो सेवा प्रयोग गर्दा वास्तविक इमेल प्रयोग नगरी विभिन्न वेबसाइटमा दर्ता गर्न, कन्फर्मेसन इमेल प्राप्त गर्न तथा अनावश्यक स्पाम इमेलबाट बच्न सजिलो हुने बताइएको छ ।

यस सेवामा प्रयोगकर्ताले होमपेज खोल्नेबित्तिकै स्वत: एउटा अस्थायी इमेल ठेगाना प्राप्त गर्छन् । कुनै पनि प्रकारको दर्ता (रजिस्ट्रेसन) आवश्यक नपर्ने यो सेवा प्रयोग गरी तुरुन्तै इमेल प्रयोग गर्न सकिन्छ ।

प्रयोगकर्ताले यस इमेल ठेगाना प्रयोग गरेर अनलाइन साइनअप गर्न, विभिन्न सेवामा दर्ता गर्न तथा कन्फर्मेसन इमेल प्राप्त गर्न सक्छन् । प्राप्त भएका इमेलहरू निश्चित समयपछि स्वत: मेटिने व्यवस्था गरिएको छ, जसले गोपनीयता सुरक्षित राख्न मद्दत गर्ने दाबी गरिएको छ ।

IncognitoMail मा “+” बटनमार्फत थप अस्थायी इमेल ठेगाना बनाउन सकिने, साथै एकैपटक धेरै इमेल ID हरू व्यवस्थापन गरी बीचमा स्विच गर्न सकिने सुविधा पनि उपलब्ध छ । साथै, प्रत्येक इमेल ठेगानाका लागि QR कोड जेनरेट गर्ने विकल्प पनि रहेको छ ।

यो सेवा विशेष गरी स्पाम इमेलबाट बच्न उपयोगी मानिन्छ । कम्पनीका अनुसार, यो प्लेटफर्म पूर्ण रूपमा विज्ञापनरहित छ र प्रयोगकर्ताको व्यक्तिगत डेटा संकलन वा बिक्री गरिँदैन, जसले गोपनीयता सुरक्षित राख्न सहयोग गर्ने बताइएको छ ।