कीवर्डहरू -

अन्तर्वाता/विचार

नेपाली बजारमा म्याकक्याफेका सेक्युरिटी प्रडक्ट विस्तार गरेका छाैं : धर

नेपाली डिजिटल कन्जुमरको माझ सेक्युरिटीका लागि म्याकक्याफेले नयाँ प्रडक्टहरु सार्वजनिक गरेको छ । डिसेम्बर २० मा होटल अन्नपूर्णमा विशेष कार्यक्रम गरी एलिना इन्फोटेले म्याकक्याफेका ४ नयाँ प्रडक्टहरु सार्वजनिक गरेको हो । एन्टिभाइरस, इन्टरनेट सेक्युरिटी, टोटल सेक्युरिटी र मोबाइल सेक्युरिटीका अपडेटेड भर्शनहरु बजारमा उपलब्ध छ । यसै सन्दर्भमा म्याकक्याफेका दक्षिण एशिया बिजनेश म्यानेजर सन्दीप धर सँग शिव बस्नेतले केही कुराकानी गरेका छन् :

ग्लोबल आइटी सेक्युरिटी प्रडक्टको सन्दर्भमा म्याक्याफेको उपस्थिति कस्तो छ ? यसको बजार हिस्सा कस्तो छ ?
सूचना प्रविधिविनाको विश्व अब सम्भव छैन । यो ‘कनेक्टेड वल्र्ड’ हो । डिजिटल लाइफको अभ्यास भइरहेको छ । हरेक दिन नयाँ कुरा आइरहेको छ । सेक्युरिटी रिस्क फ्याक्टर पनि दिनदिनै आइरहेको छ । यसको महत्वपूर्ण समाधान हो, म्याकक्याफे । म्याकक्याफेको उपस्थिति विश्वमा जहीँतहीँ छ । यो ओइएम सप्लायरको हिसाबमा नम्बर वान सेक्युरिटी कम्पनी हो, जसले एचपी, डेल, लेनोभो, आसुस जस्ता ब्रान्डका लागि प्रि–लाडेडेड सेक्युरिटी सोलुसन्स प्रदान गरिरहेको छ । हामीले विश्वको दुई तिहाइ लार्जेस्ट फरच्युन कम्पनीहरुलाई सेक्युर बनाइरहेका छौं । हाम्रा ग्राहक ४ बिलियन पुगिसके । र यसले पिसी र मोबाइल सेक्युर गर्ने काम गरिरहेको छ । हाम्रो बजार हिस्सा विश्वव्यापी छ ।

नेपाली बजारमा हालसालै म्याकक्याफे विस्तार गर्नुभएको छ, कसरी बजार बढाउने सोचमा हुनुहुन्छ ?
हामीले नेपालमा भर्खरै प्रडक्ट लञ्च गरेका छौं । सेक्युरिटीको वल्र्ड क्लास सोलुसन्स नेपालीहरुका लागि ल्याएका छौं । हामीले पार्टनर सेन्ट्रिक अप्रोच ल्याई बजार बढाउँदै छौं । ९० प्रतिशत पार्टनरमार्फत बजार विस्तार हुन्छ भने बाँकी भर्टिकल एप्रोचबाट गर्नेछौं । हाम्रो एक्स्क्लुुसिभ पार्टनरमा अलिना इन्फोटेक रहेको छ भने अन्य रिजनल पार्टनर रहेका छन् ।

नेपालमा फिक्स्ड मार्केट भएका अरु सेक्युरिटी प्रडक्टहरु पनि छन्, उनीहरुसँग प्रतिस्पर्धा गर्न के कस्ता रणनीति छन् ?
हामी धेरै ढिला पनि भएका छैनौं नेपाली बजारमा । तर ओइएम सप्लायर भएकाले यहाँ ल्यापट प्रयोगकर्ताले हाम्रो सेक्युरिटी सोलुसन्सको अनुभव लिइसक्नु भएको छ । हामी पहिला डिलरहरुसँग राम्रोसँग काम गर्छौं र त्यसपछि कस्टुमरकोमा गएर राम्रो काम गर्छौं । हामीसँग बेटर प्रडक्ट बेटर प्राइसमा रहेको छ । विक्रीको आधारमा बजारमा प्रतिस्पर्धा छ । तर यसका लागि धेरै देशहरुमा विक्री गरेर आएको हाम्रो अनुभव छ । भारतमा ३५ प्रडक्ट छन्, तर हामी अरुभन्दा अघि छौं । म्याकक्याफे एन्टिभाइरस कम्पनी मात्रै होइन । हाम्रो आफ्नै स्ट्रेन्थ छ, थोरै कम्पनीमध्ये धेरै आरएन्डीमा खर्चिने कम्पनीमध्ये एक हो, म्याकक्याफे । सेक्युरिटी ल्यान्डस्क्याप डेभलपमेन्टमा हाम्रो लामो अनुभव छ । ४ बिलियन क्वेरिज हामीले हरेक दिन ह्यान्डल गर्छौं । र्यानसमवेयर, वान्नाक्राई जस्ता भाइरसबाट सुरक्षित भएको एक मात्र प्रडक्ट हो । कस्टुमरलाई कुनै कम्प्रोमाइज बिनाहाइ क्वालिटी प्रडक्ट दिएका छौं,

नेपालमा कुन कुन नयाँ प्रडक्ट सार्वजनिक गर्नुभएको छ ?
विश्वबजारमा सार्वजनिक भएका नयाँ प्रडक्ट यहाँ ल्याएका छौं । कम्पनीले एन्टिभाइस, इन्टरनेट सेक्युरिटी, टोटल सेक्युरिटी र मोबाइल सेक्युरिटी प्रडक्टहरु ल्याएको छ । हाम्रा नयाँ प्रडक्ट मल्टिडिभाइस प्रडक्ट हुन् । यी डिभाइसले पिसी, म्याक र एन्ड्रोइडका लागि काम गर्दछन् । यिनीहरुमा धेर्र नयाँ र आकर्षक फिचर रहेका छन् । एलिना इन्फोटेक मार्फत यि प्रडक्टहरु देशभरि विस्तार भएका छन । आशा छ, नेपाली उपभोक्ताले हाम्रो मेहनतसँगै गुणस्तरीय प्रडक्ट नै छान्नुहुनेछ ।

अन्तर्वाता/विचार

आरटिडिएफको करिब ३० अर्ब रुपियाँ डिजिटल नेपाल निर्माणमा खर्च हुनेछ - मिनप्रसाद अर्याल

आइसिटी क्षेत्रको नियमन एवं व्यवस्थापनका लागि नेपाल दूरसञ्चार प्राधिकरणले आफ्ना गतिविधिहरु तीव्रताका साथ अगाडि बढाइरहेको छ । पछिल्लो तथ्यांक हेर्ने हो भने अहि…

बिसिएको लहर सम्बन्धनको ब्यापार !

प्रविधि सिकेर मात्रै हुदैन, त्यसको समाजमा कसरी प्रयोग गर्ने ? बदलिदो जमानाअनुसार समाजको कसरी विश्लेषण गर्ने ? वा प्रविधिको दृष्टिकोणमा समाज र सामाजिक क्रि…

अपाङ्गको पहुँचबाहिर आइसिटी (विशेष रिपोर्ट)

शिव बस्नेत
मार्च १४ । विश्वले भौतिक विज्ञानका महान् वैज्ञानिक स्टेफन हकिगंको भौतिक शरीर गु…

ई कमर्समा ठगिँदै उपभोक्ता, बच्ने कसरी ?

शिव बस्नेत
इन्टरनेट अहिले खुद्रा व्यापारको केन्द्र बनेकोमा आशंका छैन । नेपालमा पनि करिब ६…

काठफोर्डले \'बिसिए प्लस(BCA +)को अवधारणा ल्याएको छ

– ई. सुवास कार्की
प्रोग्राम कोओर्डिनेटर, काठफोर्ड कलेज


शिक्षा क्षेत्रमा १५ वर्षदेखि क्रियाशील काठफोर्ड इन्ट…

किन जरुरी छ नेपालमा ड्रोन ? 

दर्पण पुणासैनी

भौगोलिक क्षेत्रफलमा निकै नै सानो भएपनि विभिन्न प्राकृतिक सम्पदाको धनी नेपालका यस्ता कयौं कुराहरू र विशेष…

मलेसियाको प्रसिद्ध विश्वविद्यालयको आइटी डिग्री ल्याएका छौं


अमरदिप मण्डल, हेड, मार्केटिङ एन्ड एडमिसन, पाटन कलेज फर प्रोफेसनल स्टडिज&nb…

आइटीमा स्थापित कलेज भएकोले सिएसआइटीसँगै बिसिएको लागि प्राइम उत्कृष्ट गन्तब्य हो

सत्यबहादुर श्रेष्ठ
भाइस प्रिन्सिपल, प्राइम कलेज


प्राइम कलेज आइटी शिक्षाका लागि नेपालकै प्रसिद्ध कलेज हो । ह…

सरकारले पोलिसी ल्याउने हो भने \'स्मार्ट ट्रान्सपोर्टेशन\' टाढाको कुरा होइन

प्रा. डा. ज्ञानेन्द्रप्रसाद जोशी


डोटीमा विसं. २०३५ सालमा जन्मिएका प्रा. डा. ज्ञानेन्द्रप्रसाद जोशी संयुक्त…

स्मार्ट सिटीको लागि \'स्मार्ट अर्थतन्त्र\' 

स्मार्ट सिटिको उद्देश्य जिबनस्तरको बिकास तथा डिजिटल प्रविधिको उपयोग गरेर आर्थिक लाभहरूको सिर्जना गर्नु हो । अबको तीन दशक पछि सात बिलियन मानिसहरु सहरी क्षे…

टेक्सासले एकेडेमिया र इन्डस्ट्रीको ग्याप हटाएको छ


शंकरप्रसाद शर्मा
प्रमुख, सिएसआइटी विभाग, टेक्सास इन्टरनेश्नल कलेज

 

टेक्सास इन्टरनेश्नल कलेज काठमा…

स्वदेशी सफ्टवेयर कम्पनीलाई विश्वास गर्ने बेला आएको छ

उमेश रघुवंशी, सिइओ, इन्फोडेभलपर्स प्रालि

सबैभन्दा…

इन्टरनेटमा कर थोपरेर चुस्ने काम मात्रै भयो


सुधीर पराजुली
अध्यक्ष, सुबिसु केबल नेट …

अपाङ्गको पहुँचबाहिर \'सूचना प्रविधि\' 


शिब बस्नेत

मार्च १४ । विश्वले भौतिक विज्ञानका महान् वैज्ञानिक स्टेफन हकिगंको भौतिक शरीर गुमाएको दिन । आफ्नो जीवन नै ब्रम्हाण्डको खोज अुनसन्…