कीवर्डहरू -

अन्तर्वाता/विचार

नेपाली आइटी कम्पनीका ५ समस्या

द्राेण पराजुली
महासचिव, वेब एशाेसिएशन नेपाल (वान)

१. बिना धितो सहुलियत दरमा ऋण प्रवाह नहुनु
स्टार्टअपलाई प्रवद्र्धन गर्ने भन्दै न्यूनतम ५ लाखदेखि ५ करोडसम्मको बिना धितोमा सहुलियत दरमा ऋण प्रवाह गर्नुपर्छ । आइटी कम्पनीका लागि यो आकर्षक अवसर हुने थियो । स्टार्टअपले पेश गरेका प्रस्तावनाको मूल्याकंन गरिसकेपछि सरकार त्यसमा फन्डिङ गर्न बाध्य हुनुपर्छ । यसले गर्दा इन्नोभेटिभ आइडियामा काम गर्ने प्लाटफर्म बढ्ने थियो । हचुवाका भरमा जो कोही कम्पनीलाई कर्जा दिने कुरा पनि हुँदैन ।  यसका लागि ‘क’ वर्गका बैंकहरुलाई नीति बनाएर पठाइदिने र राष्टबैंकले नियमन गर्ने गरी कार्यक्रम ल्याउने हो भने देशमा पचासौ हजार थप रोजगारी हुनेछ ।

२. संस्थागत विकासमा ध्यान नपुग्नु
नेपालमा न आइटी कम्पनीको यकिन तथ्याकं छ न इन्जिनियर र अन्य जनशक्तिको । आइटी कलेजबाट ठ्याक्कै कति जनशक्ति उत्पादन भइरहेका छन्, त्यसको आधिकारिक तथ्याकं कोहीसँग छैन । यस्तो भद्रगोल अवस्था छ । सबै डाटा संकलन गरेर सेन्ट्रल डाटाबेस सिस्टम बनाउने हो भने हाम्रो स्थान के छ, सम्भावना के छ, त्यसको खाका आउने थियो । इन्टरनेश्नल प्रोजेक्टहरुमा हामी काम गर्न सक्छौं भन्ने प्रमाण दिन सक्ने थियौं । अहिले ठूला ठूला प्रोजेक्ट नेपालीले गर्न सक्दैनन् भन्ने नाममा विदेशी कम्पनीले पैसा लगिरहेका छन् ।

३. अस्तव्यस्त बजार
आइटीसम्बन्धी सेवामूलक कामको ठ्याक्कै यति मूल्य भन्न हामीलाई कठिन भएपनि कम्तिमा व्यवस्थित गर्न सकिन्थ्यो । प्रोजेक्टको माइलेज, रिक्वायरमेन्ट, फिचर आदिका आधारमा प्राइस रेञ्ज निर्धारण गर्न सकिन्थ्यो । मूल्यमा १० देखि २० प्रतिशत फरक पर्ला । ५ लाखको सट्टामा ५० हजार तलमाथि पर्ला । तर ५ लाखको सट्टा २५ लाख वा ५ हजार भन्ने त हुँदैन ।  तर अहिले नेपालमा यस्तै भइरहेको छ । मार्केट अस्तव्यस्त छ । यहाँ ५ हजारमा काम गर्ने पनि छन् । २५ लाखमा काम गर्ने पनि छन् । अब हामीले राष्ट्रिय किसिमको बहस चलाऔं । डाइनामिक वेबसाइट, ई–कमर्स, न्युज पोर्टलको यति मूल्य, सर्भर, सपोर्ट, सेक्यु्रिटीको यति मूल्य भनेर राखौं । अनि हामी ढुक्कले काम गथ्र्यौं । बार्गेनिङ नि हुँदैन । सबैले उही क्वालिटीको सर्भिस दिन सक्ने थिए ।

४. राष्टिय परियोजनाको प्राथमिकतामा नपर्नु
नेपाली कम्पनीले ठूला इआरपी प्रोजेक्ट गर्नै सक्दैनन् भन्ने आशयले विदेशी कम्पनीलाई नै जिम्मा लगाइदै आइएको छ । हाम्रो कमजोर धरातल छ, कमजोर इन्जिनियर छन् भन्ने नाममा अर्बौ रुपियाँ विदेश पठाउन सक्ने, तर नेपाली कम्पनीलाई प्रोत्साहन गर्ने, विश्वास गर्न नसक्ने वा विश्वास गर्न लायक नबनाउने पनि राज्य र केही ठूला व्यापारी नै हुन् । कुन कम्पनीले कस्तो खालको परफमेन्स दिन सक्छ, हामीसँग कस्तो सम्भावना छ, कस्ता स्किलमा काम गर्न सक्छौं भनेर लिस्ट बनाउने र सोअनूकलुकको माहोल बनाउनुपर्छ । एकचोटी नेपाली कम्पनीलाई अवसर दिऔं न त भन्ने सोच पनि नभएको अवस्था छ ।

५. सहकार्यको अभाव
यो गहिरो कुरा हो । क्यान महासंघ, वान, विभिन्न एशोसिएसनहरु समूहमा बाँडिनुभन्दा हामी संयुक्त रुपले काम गर्ने वातावरण होस् । हामी सबैले संस्थागत रुपमा आइटी क्षेत्रको व्यवसायिक हितका लागि काम गर्ने हो । तर आइटी क्षेत्रका लागि आवाज उठाउनेहरु नै एक जुट हुन सकिरहेका छैनौं । अर्कोतर्फ कम्पनीहरुबीच अस्वस्थ प्रतिष्पर्धा छ । यसतर्फ ध्यान दिनुपर्ने बेला आएको छ ।

अन्तर्वाता/विचार

क्रिकेट छोडेर आइटीमा जम्दै \'भावना भिमिरे\'

भावना घिमिरे लाई धेरैले नेपाल क्रिकेट संघ (क्यान)को पहिलो प्रमुख कार्यकारी अधिकृत (सिइओ)को रुप…

नेपालमा आर्टिफिसियल इन्टेलिजेन्स : अवसर र सम्भावना

संसारमा सबैभन्दा बढी विवेकी प्राणी को होला ? धेरैको स्वाभाविक उत्तर ‘मानिस’ नै हुने गर्छ । हुन पनि मानिसको दिमाग यति त…

अनुसन्धानमा डिजिटल फरेन्सिक : के नेपालमा सम्भव छ ?

डिजिटल फरेन्सिक भन्नाले सञ्चित विद्युतीय सूचनाको गहिरो अध्ययन हो । र यो पछिल्लो समय देखा परेको फरेन्सिक विज्ञानको एउटा हा…

कसरी सुरु भयो रोबोट ? यस्ताे छ राेचक इतिहास

रोबोट एक प्रकारको मानव निर्मित यन्त्र र कम्प्युटर प्रोग्राम हो, यसलाई हेर्दा लाग्छ यो यन्त्रभित्र पनि जीवन छ । रोबोटको निर्माण …

किन जरुरी छ नेपालमा ड्रोन ? 

भौगोलिक क्षेत्रफलमा निकै नै सानो भए पनि विभिन्न प्राकृतिक सम्पदाको धनी नेपालका यस्ता कैयौं कुरा र विशेषताहरु छन्, जसले न…

इन्टरनेटकै कारण मेरो किताब ‘बेस्ट सेलर’ भयो : निमेष पौडेल

निमेष पौडेल (२१) ‘फाइभ मन्थ्स’ उपन्यासका लेखक हुन् । बुलबुल प्रकाशनको 'बेस्ट सेलर बुक' बन्न सफल यो उपन्यासपछि पौडेलले द…

इन्टरनेटकै कारण मेरो किताब ‘बेस्ट सेलर’ भयो : निमेष पौडेल

निमेष पौडेल (२१) ‘फाइभ मन्थ्स’ उपन्यासका लेखक हुन् । बुलबुल प्रकाशनको बेस्ट सेलर बुक ब…

डिजिटल नेपालको रोडम्याप बनाउन आवश्यक : अध्यक्ष चौरासिया

'समृद्ध नेपाल र सुखी नेपाली अभियान' साकार पार्न आइसिटीको भूमिका : मेरा ५ सुझाव

समृद्ध नेपाललाई सहयोग पुग्ने पाठ्यक्रम आवश्यक : प्रा.डा. शाक्य

हरेक तहमा आइसिटी शिक्षा 
मैले एनआइटिसीको कार्यकारी निर्देशक हुँदादेखि नै भन्दै आएको थिएँ कि समृद्ध नेपाल बनाउनु छ भने विद्य…

समृद्ध नेपाललाई सहयोग पुग्ने पाठ्यक्रम आवश्यक : प्रा.डा. शाक्य

हरेक तहमा आइसिटी शिक्षा
मैले एनआइटिसीको कार्यकारी निर्देशक हुँदादेखि नै भन्दै आएको थिएँ…

\'प्रविधिबिनाको जीवन कष्टकर\'

म जन्मजात नै दृष्टिविहीन हुँ । अहिले म नेपाल मेघा कलेजमा स्नातक तहमा सोसल वर्क विषय अध्ययन गरिरहेकी छु । मेरो जीवनमा प्रविधिको सहयोगकै कारण यहाँसम्म आउन …

स्मार्ट सिटीका लागि यी महत्वपूर्ण ५ आधार

स्मार्ट सिटीको उद्देश्य जीवनस्तरको विकास तथा डिजिटल प्रविधिको उपयोग गरेर आर्थिक लाभहरुको सिर्जना गर्नु हो । अबको तीन दशकपछ…

आइसिटी क्षेत्रमा कहाँ कहाँ छ अवसर ?

शिव बस्नेत-
सरकारले चालु बजेटमा ५ वर्षमा ५ लाखलाई रोजगारी दिने योजना ल्याएको सन्दर्भमा य…

इन्टरनेट अफ थिङ्क्स (आइओटी) ले सिर्जना गरेका रोजगारीका अवसर

प्रविधि तथा विज्ञानको क्षेत्रमा अत्याधुनिक प्रविधिहरुको विकाससँगसँगै विश्वमा अनेकौ असम्भव कुराहरु सम्भव भएका छन् । अर्थात् के…

पिजिडिसिए : स्नातकपछि सबैले पढ्ने मिल्ने आइटीको शैक्षिक कार्यक्रम

शिव बस्नेत-
तपाईं स्नातक तहमा आइटी विषय नपढे पनि अब आइटी विषय पढ्न चाहिरहनु भएको छ ? आ…