अन्तर्वाता/विचार
स्वदेशी सफ्टवेयरलाई नै किन प्राथमिकता दिने ?
नेपालमा सफ्टवेयर उद्योग फस्टाएको विश्लेषण गरिन्छ । तर सरकारले प्रयोग गर्ने अधिकांश ठूला र मझौला स्तरका सफ्टवेयर अझै विदेशबाट निकासी हुने गरेको छ । बैंक तथा वित्तीय क्षेत्रले पनि विदेशबाट आयातित सफ्टवेयर खरिद गर्ने गरेका छन् । हुँदाहुँदा देशैभरि ग्राहक र कारोबार बढाउँदै आएका लघुवित्तजस्ता वित्तीय संस्थाहरु पनि विदेशी सफ्टवेयरतर्फ आकर्षित भइरहेका छन् । सफ्टवेयरका सम्भावित ठूला उपभोक्ताले अझै नेपाली उत्पादनलाई विश्वास गर्न सकिरहेका छैनन् ।
उच्च ब्यान्डविथ सिस्टम चाहिने, सिस्टम नचल्ने, भनेको बेला रिपोर्ट नआउने लगायतको कारण देखाउँदै नेपाली सफ्टवेयर कमजोर भएको निष्कर्षमा उनीहरु पुगेका छन् । चाहेको भन्दा धेरै फिचर दिने, ठूलो भोल्युममा सपोर्ट गर्न सक्ने सफ्टवेयर नेपालमा नभएपछि स्वभावैले बाहिरबाट सफ्टवेयर र अन्य प्रविधि ल्याउनुपर्ने अवस्था आएको उनीहरु बताउँछन् ।
ठूला प्रोजेक्टमा नीतिगत पद्धतिबाटै नेपाली कम्पनीहरुले प्रतिस्पर्धा गर्न नसक्ने गरी प्रोक्युरमेन्ट भइरहेको छ । अदूरदर्शीपनाका कारण नेपाली कम्पनीहरुले नेपालकै लागि काम गर्न सकेका छैनन्, जसको परिणामस्वरुप विदेशकै लागि आउटसोर्सिङका काम गर्न उनीहरु बाध्य छन् । यसले नेपालमा सफ्टवेयरको उद्योग नबन्ने र अर्थतन्त्रमा समेत खासै योगदान दिन सक्दैन ।
यता नेपली उपभोक्ताको मागअनूकुल स्वदेशमै राम्रा सफ्टवेयर निर्माता रहेपनि विश्वास र प्राथमिकतामा नपारिएको गुनासो आउने गर्छ । केही व्यक्तिहरुले गरेको प्रचारबाजीको आधारमा बाहिरका सफ्टवेयरको माग भएको भन्दै दशकौंदेखि यही क्षेत्रका लागि सफ्टवेयर बनाइरहेका स्वदेशी कम्पनीको अवमूल्यन भएको उनीहरु बताउँछन् । अझै प्रोत्साहन गर्नुको सट्टा नेपाली कम्पनीले गर्नै सक्दैनन् भन्ने आधार देखाएर विदेशी सफ्टवेयर ल्याउने संस्कारले देशमा सफ्टवेयर उद्योग उँभो लाग्दैन ।
नेपालमा सफ्टवेयर उद्योगको गर्विलो इतिहास नभए पनि पछिल्लो समय थुप्रै आशाका किरण देखापर्न पलेका छन् । संवेदनशील र जटिल भनिएका परियोजनामा पनि नेपाली कम्पनीले सफलता हात पारिरहेका छन् । तर विदेशी मोहमै पर्दा स्वदेशी उत्पादनले प्राथमिकता पाउन सकेका छैनन् । नेपालभित्रै उद्योग बनाउने हो भने यहीका सफ्टवेयर कम्पनी र इन्जिनियरहरुलाई अवसर दिनुपर्छ । सूचना प्रविधिको विकासमा नेपालभन्दा पछि रहेको म्यानमारले समेत आफ्नै देशका जनशक्तिबाट यस्तो काम गराउँदै आएको छ । हामीले नसक्ने भन्ने कुरै छैन । नेपालीहरुको सफ्टवेयर क्यापेबिलिटी बढिरहेको छ ।
तर, ठूला प्रोजेक्टमा नीतिगत पद्धतिबाटै नेपाली कम्पनीहरुले प्रतिस्पर्धा गर्न नसक्ने गरी प्रोक्युरमेन्ट भइरहेको छ । अदूरदर्शीपनाका कारण नेपाली कम्पनीहरुले नेपालकै लागि काम गर्न सकेका छैनन्, जसको परिणामस्वरुप विदेशकै लागि आउटसोर्सिङका काम गर्न उनीहरु बाध्य छन् । यसले नेपालमा सफ्टवेयरको उद्योग नबन्ने र अर्थतन्त्रमा समेत खासै योगदान दिन सक्दैन ।
कम्पनीले बनाउने सफ्टवेयर, विक्रीपछि दिने सेवा, मेन्टिनेन्स, स्तरीय जनशक्ति र सही डकुमेन्टेशनका आधारमा रेटिङ गर्न सकिन्छ । त्यस्तै सफ्टवेयर बनाउँदा प्रयोग गरिने लजिक, सफ्टवेयर पोलिसीले पनि गुणस्तर निर्धारण गर्छ । फङ्क्शनल, सेक्युरिटी र पर्फर्मेन्स टेस्ट र युजर फ्रेन्ड्लीका आधारमा पनि गुणस्तर निर्धारण हुन्छ ।
नेपालीहरुबाटै यस्ता सफ्टवेयर बनाउने परिपाटीको विकास गर्ने हो भने सफ्टवेयर इन्जिनियरहरु विदेश पलायन हुने थिएनन् । देशमै प्रशस्त रोजगारी सिर्जना हुने थियो । नेपालको पैसा नेपालमै बस्ने थियो । सफ्टवेयरका लागि चाहिने निरन्तर अपडेट र सपोर्टका काम सुलभ र सस्तोमा नेपालमै उपलब्ध हुने थियो । तर, नेपाली कम्पनीले पनि पत्याउनका लागि त्यस्तै खालको राम्रो काम गर्नुपर्ने हुन्छ ।
नेपाली सफ्टवेयर कम्पनीका पनि आफ्नै बाध्यता र सिमितता छन् । पूर्वाधारमा लगानी हुँदैन । रिसर्च र डेभलपमेन्टको धेरै अभाव छ । अर्कोतर्फ स्वदेशमै व्यवसाय गर्न घरलाई बैंकमा राखेर कम्पनी खडा गर्ने जमात बढेको छ । एनजिओ, आइएनजिओजस्ता दाता र सरकारले फन्डिङ गरेका कम्पनीहरुसँग स्वदेशी कम्पनीले प्रतिस्पर्धा गर्नुपरेको अवस्था छ । क्यापासिटी बिल्डिङका कार्यक्रमहरु गर्न सकिएको छैन ।
कन्जुमरले पनि क्वालिटी प्रडक्टका लागि पैसा लाग्छ भन्ने सोच ल्याउनपर्छ । विदेशी कम्पनीका लागि ४ करोड रुपैयाँ दिन तयार हुने तर नेपाली कम्पनीका लागि ४ लाख रुपैया पनि दिन नचाहने प्रवृत्ति पनि यहीँ छ । नेपालमै अन्तर्राष्ट्रियस्तरका सफ्टवेयर निर्माता कम्पनी भए पनि प्रचारप्रसारको अभावले प्रभावकारी हुन सकेको देखिँदैन । नेपालमा सफ्टवेयर कम्पनीहरूको संख्या बढे पनि तिनीहरूले आफ्नो कामको गुणस्तरको प्रत्याभूति गर्न सक्ने अवस्था छैन ।
कम्पनीले बनाउने सफ्टवेयर, विक्रीपछि दिने सेवा, मेन्टिनेन्स, स्तरीय जनशक्ति र सही डकुमेन्टेशनका आधारमा रेटिङ गर्न सकिन्छ । त्यस्तै सफ्टवेयर बनाउँदा प्रयोग गरिने लजिक, सफ्टवेयर पोलिसीले पनि गुणस्तर निर्धारण गर्छ । फङ्क्शनल, सेक्युरिटी र पर्फर्मेन्स टेस्ट र युजर फ्रेन्ड्लीका आधारमा पनि गुणस्तर निर्धारण हुन्छ । विदेशी कम्पनीले यी सबै आधारभूत पक्षमा ध्यान दिन सक्ने भएकाले उनीहरूले बनाएका सफ्टवेयरलाई बढी विश्वसनीय मानिएको हो ।
तर, नेपाली कम्पनीहरूले पनि यी सबै आधारभूत पक्ष पूरा गर्ने हो भने उनीहरूको सफ्टवेयरमाथि पनि विश्वास बढ्छ । स्थानीयस्तरमै यस्ता परियोजनाको जिम्मेवारी दिने हो भने समयान्तरमा देशको जिडिपीमा सफ्टवेयर उद्योगले योगदान दिनेमा दुईमत छैन ।
यसकारण ज्ञानमा आधारित यो क्षेत्रको वृत्ति विकासका लागि सरकारी र अन्य सम्बन्धित सरोकारवालाहरु लाग्नुपर्ने बेला आएको छ । ‘ग्लोबल कम्पिटिशन’ वा ‘ग्लोबल रिच’को अवधारणा आइरहेकाले स्वदेशी सफ्टवेयर नै प्रयोग गर्नुपर्छ भन्ने छैन । आवश्यकताअनुसार सफ्टवेयर खरिद जताबाट पनि गर्न सकिन्छ ।
बरु नेपाली कम्पनीका सफ्टवेयर विदेशी कम्पनीका उत्पादनसँग प्रतिस्पर्धा गर्न लायक बनाउनुपर्ने आवश्यकता आएको छ । सोहीस्तरका प्रडक्टको विकास गर्न सके स्वदेशमै उपलब्ध सफ्टवेयरको माग बढ्ने थियो ।
अन्तर्वाता/विचार
अनुसन्धानमा डिजिटल फरेन्सिक : के नेपालमा सम्भव छ ?
डिजिटल फरेन्सिक भन्नाले सञ्चित विद्युतीय सूचनाको गहिरो अध्ययन हो । र यो पछिल्लो समय देखा परेको फरेन्सिक विज्ञानको एउटा हा…
कसरी सुरु भयो रोबोट ? यस्ताे छ राेचक इतिहास
रोबोट एक प्रकारको मानव निर्मित यन्त्र र कम्प्युटर प्रोग्राम हो, यसलाई हेर्दा लाग्छ यो यन्त्रभित्र पनि जीवन छ । रोबोटको निर्माण …
किन जरुरी छ नेपालमा ड्रोन ?
भौगोलिक क्षेत्रफलमा निकै नै सानो भए पनि विभिन्न प्राकृतिक सम्पदाको धनी नेपालका यस्ता कैयौं कुरा र विशेषताहरु छन्, जसले न…
इन्टरनेटकै कारण मेरो किताब ‘बेस्ट सेलर’ भयो : निमेष पौडेल
निमेष पौडेल (२१) ‘फाइभ मन्थ्स’ उपन्यासका लेखक हुन् । बुलबुल प्रकाशनको 'बेस्ट सेलर बुक' बन्न सफल यो उपन्यासपछि पौडेलले द…
इन्टरनेटकै कारण मेरो किताब ‘बेस्ट सेलर’ भयो : निमेष पौडेल
निमेष पौडेल (२१) ‘फाइभ मन्थ्स’ उपन्यासका लेखक हुन् । बुलबुल प्रकाशनको बेस्ट सेलर बुक ब…
डिजिटल नेपालको रोडम्याप बनाउन आवश्यक : अध्यक्ष चौरासिया
'समृद्ध नेपाल र सुखी नेपाली अभियान' साकार पार्न आइसिटीको भूमिका : मेरा ५ सुझाव
समृद्ध नेपाललाई सहयोग पुग्ने पाठ्यक्रम आवश्यक : प्रा.डा. शाक्य
हरेक तहमा आइसिटी शिक्षा
मैले एनआइटिसीको कार्यकारी निर्देशक हुँदादेखि नै भन्दै आएको थिएँ कि समृद्ध नेपाल बनाउनु छ भने विद्य…
समृद्ध नेपाललाई सहयोग पुग्ने पाठ्यक्रम आवश्यक : प्रा.डा. शाक्य
हरेक तहमा आइसिटी शिक्षा
मैले एनआइटिसीको कार्यकारी निर्देशक हुँदादेखि नै भन्दै आएको थिएँ…
\'प्रविधिबिनाको जीवन कष्टकर\'
म जन्मजात नै दृष्टिविहीन हुँ । अहिले म नेपाल मेघा कलेजमा स्नातक तहमा सोसल वर्क विषय अध्ययन गरिरहेकी छु । मेरो जीवनमा प्रविधिको सहयोगकै कारण यहाँसम्म आउन …
स्मार्ट सिटीका लागि यी महत्वपूर्ण ५ आधार
स्मार्ट सिटीको उद्देश्य जीवनस्तरको विकास तथा डिजिटल प्रविधिको उपयोग गरेर आर्थिक लाभहरुको सिर्जना गर्नु हो । अबको तीन दशकपछ…
आइसिटी क्षेत्रमा कहाँ कहाँ छ अवसर ?
शिव बस्नेत-
सरकारले चालु बजेटमा ५ वर्षमा ५ लाखलाई रोजगारी दिने योजना ल्याएको सन्दर्भमा य…
इन्टरनेट अफ थिङ्क्स (आइओटी) ले सिर्जना गरेका रोजगारीका अवसर
प्रविधि तथा विज्ञानको क्षेत्रमा अत्याधुनिक प्रविधिहरुको विकाससँगसँगै विश्वमा अनेकौ असम्भव कुराहरु सम्भव भएका छन् । अर्थात् के…
पिजिडिसिए : स्नातकपछि सबैले पढ्ने मिल्ने आइटीको शैक्षिक कार्यक्रम
शिव बस्नेत-
तपाईं स्नातक तहमा आइटी विषय नपढे पनि अब आइटी विषय पढ्न चाहिरहनु भएको छ ? आ…
नेपाली बजारमा म्याकक्याफेका सेक्युरिटी प्रडक्ट विस्तार गरेका छाैं : धर
नेपाली डिजिटल कन्जुमरको माझ सेक्युरिटीका लागि म्याकक्याफेले नयाँ प्रडक्टहरु सार्वजनिक गरेको छ । डिसेम्बर २० मा होटल अन्नपू…
मास्टर्समा आइटी : कहाँ पढ्ने ? किन पढ्ने ?
शिव बस्नेत-
सूचना प्रविधि क्षेत्रको विकास र विस्तार भइरहँदा यससम्बन्धी औपचारिक शिक्षाको क्रे…