कीवर्डहरू -

अन्तर्वाता/विचार

के पढ्ने आइटीमा ?

त्रिभुवन विश्वविद्यालयअन्तर्गत रहेका मूख्य आइटीकोर्सहरुमा बिएससी सिएसआइटी र बिआइटी रहेका छन् । पूर्वाञ्चल विश्वविद्यालयका स्नातक तहमा रहेका मूख्य आइटीकोर्सहरु कम्प्युटर इन्जिनियरिङ, कम्प्युटर एप्लिकेशन (बिसिए), कम्प्युटर एप्लिकेशन (अनर्स) र बिआइटी रहेका छन् । काठमाण्डौ विश्वविद्यालयको मूख्य आइटी कार्यक्रमको रुपमा बिइ (कम्प्युटर इन्जिनियरिङ) रहेको छ ।

पोखरा विश्वविद्यालयको स्नातक तहका आइटि कोर्सहरुमा कम्प्युटर साइन्स, कम्प्युटर इन्जिनियरिङ, इन्जिनियरि, इन्जिनियरिङ इन इन्फरमेशन टेक्नोलोजी, सफ्टवेर इन्जिनियरिङ र कम्प्युटर एप्लिकेशन रहेका छन् ।
यसैगरी, ब्रिटिस कलेज, इस्लिङ्टन कलेज, सफ्टवेरिका कलेजलगयतका नेपालमा सञ्चालित कलेजहरुले वेलायत तथा विदेशी विश्वविद्यालयहरुका आइटी कार्यक्रमह उपलब्ध गराउदै आएका छन् ।

ब्याचलर्स अफ कम्प्युटर इन्जिनियरिङ (बिइ इन्जिनियरिङ)
नेपालमा पहिलोपटक सन् १९९४ मा काठमाडौं विश्वविद्यालयले कम्प्युटर इन्जिनियरिङ कोर्स सुरु गरेको हो । पछि त्रिभुवन, पूर्वाञ्चल र पोखरा विश्वविद्यालयले यो कोर्स ल्याएपछि कम्प्युटर इन्जिनियरिङकै लागि विदेशिनु पर्ने बाध्यता हटेको छ । सबै विश्वविद्यालयले बनाएका कोर्स चार वर्षे छन् । यसमा कम्प्युटरका हार्डवेयर र सफ्टवेयर सिस्टम, फिजिक्स, ड्रइङलगायतका विषय अध्ययन गराइन्छ ।


कम्प्युटर इन्जिनियरले सफ्टवेयर, हार्डवेयर, इलेक्टोनिक्स, इलेक्टिकल, टेलिकम्युनिकेशनजस्ता उद्योगमा आकर्षक तलबमा रोजगारी पाउछन् । उनीहरु सिस्टम एनालिस्ट, प्रोगामर, प्रडक्ट म्यानेजर, सिस्टम एडमिनिष्टेटर, डाटाबेस एडमिनिष्टेटर, वेब डेभलपरजस्ता विभिन्न क्षेत्रमा करियर बनाउन सक्छन् ।


कम्प्युटर इन्जिनियरिङ पढ्न प्लस टुमा विज्ञान लिएर प्रथम श्रेणीमा उत्तिर्ण भएको हुनुपर्छ ।। पुल्चोक इन्जिनियरिङ अध्ययन संस्थानमा नाम निकाल्न सकेमा  एक लाखभन्दा कम शुल्कमै यो कोर्स पढ्न सकिन्छ । त्यसैगरी पूर्वाञ्चल विश्वविद्यालयको आंिगक क्याम्पस पुसेटमा पनि छाज्ञवृत्तिमा सस्तोमै यो कोर्स पढ्न सकिन्छ । निजी कलेजले यो कोर्स अध्यापन गर्न ६ देखि १२ लाखसम्म लगानी गर्नुपर्छ । कुनै कलेजहरुले यसको लागि बैंकबाट स्टुडेन्ट लोनको सुविधा पनि दिन थालेका छन ।

ब्याचलर अफ इन्फमेर्शन टेक्नोलोजी (बिआइटी)
पूर्वान्ञल विश्वविद्यालयले विंसं २०५८ सालमा आफ्नो आंगिक कलेज पुसेट कलेज विराटनगरबाट बिआइटी कार्यक्रम सुरु गरेको हो । ८ सेमेस्टरमा सञ्चालन हुने एकाडेमिक कार्यक्रममा कोर युनिट र एड्भान्स्ट युनिट रहेका छन् । कोर युनिट अन्तरगत विद्यार्थीले प्रोग्रामिङ, सिस्टम डिजाइन, कम्प्युटर नेटवर्क र कम्युनिकेशनको ज्ञान लिन्छन् भने एड्भान्स्ट युनिटअन्तर्गत विद्यार्थीले अफूले जानेका ज्ञान तथा शिप मल्टिमिडिया, आर्टिफिसल इन्टेलिजेन्स, मोबाइल कम्प्युनिकेशन, इन्टरनेट र वल्र्ड वाइड वेबमा उपयोग गर्नसक्नेछन् ।


अहिले यो कार्यक्रम पुसेटबाहेक काठमाडौंको सिइआइटीइ, ह्वाइट हाउस, कान्तिपुर सिटी, किस्ट कलेजलगायतमा पढाई भइरहेको छ । बिआइटी अध्ययन गरेर नेटवर्क म्यानेज्मेन्ट, इन्टरनेट तथा इन्ट्रानेट म्यानेज्मेन्ट, डेटाबेस एड्मिनिस्ट्रेटरलगायमा करिअर बनाउन सक्नेछन् । कलेज अनुसार यो कोर्सको शुल्क फरक छ । पुर्वाञ्चल विश्वविद्यालयमा यो कोर्स अध्ययन गर्न २ लाखदेखि ६ लाखसम्म लगानी गर्नुपर्छ भने विदेशी विश्वविद्यालयको कोर्समा १० लाख बढि रकम खर्च हुन्छ ।

\"\"

बिएससी कम्प्युटर साइन्स एण्ड इन्फमेर्शन टेक्नोलोजी (बिएससी सिएसआइटी)
त्रिभुवन विश्व विद्यालयअन्तर्गत सञ्चालन भएको आइटी कार्यक्रम हो देशभर ५२ भन्दा बढी कलेजमा पढाइ भइरहेको छ । यस कार्यक्रममा पनि कम्प्युटर इन्जिनियरिङमा जस्तै कम्प्युटर सिस्टम, एप्लिकेशन, प्रागामिङजस्ता विषय पढाइ पाइन्छ । कम्प्युटर साइन्स र आइटीलाई ब्लेन्ड गरेर १२६ क्रेडिको कोर्स डिजाइन गरिएको छ ।

सिएसआइटीमा हार्डवेयरको कुरा थोरै मात्र गरिन्छ । ७० क्रेडिट आवरभन्दा बढी कम्प्युटर साइन्सको कोर्स छ । नेपालमा सबैभन्दा  बढी पढाइहुने कोर्सको रुपमा बिएससी सिएसआइटी रहेको छ । यो कोर्स सरकारी कलेजले २ लाख २५ हजारमै पढाइरहेका छन् भने निजी कलेजले ३ लाख ५० हजारदेखि १० लाखसम्म लिने गरेको पाइन्छ ।

ब्याचलर अफ इन्फरमेसन म्यानेजमेन्ट (बिआइएम)
त्रिभुवन विश्वविद्यालयले सुरु गरेको यो कोर्समा विद्यार्थी आकर्षण बढ्दो छ । विज्ञान र व्यवस्थापनका प्लस टु सकेर दोश्रो क्षेणीमा उतिर्ण विद्यार्थीले यो कोर्स एप्लाइ गर्न सक्छन् । आइटी र म्यानेजमेन्टलाई मिलाएर यो डिजाइन गरिएको कोर्समा कम्प्युटर एप्लिकेशन, प्रोग्रामिङ, नेटवर्किङ, मार्केटिङलगायतका विषय पढाइ हुन्छ ।


नेपालमा कलेज अफ अप्लाइड बिजनेस (सिएबी), कान्तिपुर कलेज अफ म्यानेज्मेन्ट एन्ड इन्फरमेशन टेक्नोलोजी, अर्किड इन्टरनेशनल कलेज, नागर्जुना कलेज अफ इन्फरमेशन टेक्नोलोजी, किस्ट कलेजजस्ता कलेजहरुले बिआइएम अध्यापन गराउदै आएका छन् ।

बिसिए (व्याच्लर अफ कम्प्युटर एप्लिकेशन)
प्लस टुमा जुनसुकै विषय पढेपनि कम्तीमा ४५ प्रतिशत ल्याएका विद्यार्थीले यो कोर्स पढ्न पाउछन् । नेपालमा पूर्वाञ्चल र पोखरा विश्वविद्यालयले बिसिए कार्यक्रम सञ्चालन गर्दै आएकोमा यस वर्षदेखि त्रिभुवन विश्वविद्यालयले मानविकी तथा सामाजिक संकायअन्तर्गत यो कोर्स सुरु गरेको छ । साथै विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएर  केही कलेजले कम्प्युटर एप्लिकेशन कार्यक्रम सञ्चालन गरिरहेका छन् ।

कम्प्युटर सफ्टवेयर, डाटावेस, सिस्टम एनालाइसिस, वेब डेभलपमेन्टमा यसको करियर रहेको छ । यसपश्चात अझ उच्च शिक्षाका लागि नेपालमा नै एमसिए अध्ययन गर्न पनि पाइन्छ । यो कोर्स पढेपछि मास्टर्समा एमएस्सी आइटी, एमबिएलगातका कोर्स पढ्न पाइन्छ । यो कोर्स अध्ययन गर्न कलेज अनुसार फरक शुल्क छ । त्रिवीका नयँ कलेज र शुल्क बारे जानकरी नभएपनि पुर्वाञ्चल विश्वविद्यालयको कोर्स अध्ययन गर्न ३ लाख बढि लाग्दछ ।


बिई–आइटी
पोखरा विश्वविद्यालयले सञ्चालमा ल्याएको बिई आइटी कोर्स र बिई कम्प्युटरमा खासै फरक नभए पनि बिई–आइटी अलि बढि सफ्टवेयर इन्जिनियरिङमा फोकस गरिएको कोर्स हो । यो कार्यक्रम पोखरा विश्वविद्यालयले मात्र सञ्चालन गरेको छ । यो कोर्समा अपरेटिङ सिस्टम, सफ्टवेयर, नेटवर्क डाटाबेस, बिइआइटी अध्ययनका लागि बिई कम्प्युटरसरह ८ लाख हाराहारीमा शुल्क लाग्छ ।

यो काठमाडौ“को एनसिआइटी र कसमस कलेजमा सञ्चालनमा रहेको छ  । यस कोर्षले विद्यार्थीलाई कोर कम्प्युटर टेक्नोलोजीको बारे ज्ञान प्रदान गर्दछ । यस कोर्ष अध्ययन गरेकाले सिस्टम एड्मिनिस्ट्रेटर, नेटवर्क इन्जिनियर, ओएस डेभलपर र इथिकल ह्याकरजस्ता प्रोफेसनल करिअर बनाउन सक्दछन् ।


ब्याचलर्स अफ सफ्टवेयर इन्जिनियरिङ
पोखरा विश्वविद्यालयले सञ्चालनमा ल्याएको सफ्टवेयर इन्जिनियरिङ कोर्समा कम्प्युटर एप्लिकेशन, प्रोग्रामिङ र सफ्टवेयर डेभलपमेन्टका विषयमा पढाइ हुन्छ । कोर्स सफ्टवेयर क्षेत्रमा नै काम गर्न चाहनेहरुको लागि यो कोर्स उपयुक्त छ । विज्ञान र कमर्शमा प्लस टु सकेका विद्यार्थीहरुले यो कोर्स अध्ययन गर्न सक्नेछन ।

यसमा आन्ट्रप्रनर्सिप विकास गर्न त्यस अनुरुपका केहि विषयहरु थप गरिएको छ । चार वर्षे शैक्षिक कार्यक्रमको लागि ४ लाखको हाराहारीमा शुल्क लाग्नेछ । हाल यो कोर्स गण्डकी कलेज अफ इन्जिनियरिङ पोखरा, एनसिआइटी कलेज काठमाडौंलगायतमा पढाइ हुन्छ ।


ब्याचलर्स अफ कम्प्युटर एण्ड इन्फर्मेशन सिष्टम (बिसिआइएस)
नेपालमा पोखरा विश्वविद्यालयले सञ्चालनमा ल्याएको यो कार्यक्रम आइटी र व्यवस्थापनका विषयलाई मिलाएर डिजाइन गरिएको हो । यो कोर्स पढ्नका लागि व्यवस्थापन वा विज्ञान संकायबाट प्लस टुमा कम्तीमा ४५ प्रतिशत ल्याएर उत्तीर्ण गरेको हुनुपर्दछ । यो कोर्समा कम्प्युटर सिस्टम, एप्लिकेशन, प्रोग्रामिङ, नेटवर्किङ लगायतका विषयमा बढि लक्षित छ ।

प्र“ेगामर, सिस्टम एनालिष्ट, इन्फर्मेशन एनालिष्ट, डाटा बेस म्यानेजर, नेटवर्क एडमिनियटेटर, ट्रेनरलगायतका क्ष्“ेत्रमा करियर बनाउन सकिन्छ । ४ वर्षे शैक्षिक कार्यक्रममा सञ्चालन हुने यस कोर्स अध्ययनको लागि ४ लाख बढि शुल्क लाग्नेछ ।


बिएस्सी इन इन्फरमेशन टेक्नोलोजी (बिएस्सी आइटी)
यो कोर्स विदेशी विश्वविद्यालयहरुबाट सम्वन्धन लिएका कलेजहरुले सञ्चालन गरेका छन । इस्लिङ्टन कलेजले लन्डन मेट्रोपोलिटन युनिभर्सिटीका बिएससिआइटी कोर्स अध्यापन गराउ“दै आएको छ । यसैगरी ब्रिटिश कलेजले बेलायतको लिड्स बेकेट विश्वविद्यालयको सम्वन्धनमा बिएससी (हन्स) कम्प्युटिङ कोर्स सञ्चालन गरेको छ भने सफ्टवेरिका कलेजले बेलायतको एनसिसि एजुकेशनबाट कम्प्युटिङ कोर्स (ब्याचलर्स इन आइटी) मा शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको छ ।

यसैगरि नेपालको निजि क्षेत्रको अग्रणी आइटी कलेज लर्ड बुद्द र पाटनले अन्तरास्ट्रिय डिग्रीको कोर्षहरु संचालन गरिरहेको छ । ब्याचलर, मास्टर्समा समेत कलेजले आइटीका उत्कृस्ट कोर्षहरु संचालन गरिरहेको छ  ।

आइसिटी

बि.स. २०६६ बाट  शिÔा शास्त्र संकायमा बिएड आइसिटी शिक्ष्“ा त्रिविका पाच“वटा आङगिक क्यामपसहरु सानोठिमी क्याम्पस, बुटवल बहुमुखी क्याम्पस, सिराहा क्याम्पस, सुर्खेत क्याम्पस, डडेल्धुरा क्याम्पस र बि.स. २०६९ बाट  नौवटा सामुदायिक क्याम्पसमा संचालनमा गरिएको छ ।

बिएड आइसिटी पढ्नका लागि कुनै पनि संकायमा १० + २ उतिण्र्“ गरको हुनु पर्दछ । सानोठिमी क्याम्पसमा १ लाख रुपैयामा नै यो कोर्स अध्ययन गर्न सकिन्छ भने अन्य प्राइभेट कलेजमा तीन लाख बराबर लाग्नेछ । सानोठिमी क्याम्पसमा ८० जना विद्यार्थीहरुको कोटा छुट्याइएको छ । शिक्षा क्षेत्रमा सूचना प्रविधि विषय अध्यापन गराउने व्यत्तिहरुको लागि यो कोर्स उपयुक्त हुनेछ । यसवाहेक वेब एप्लिकेशन तथा डाटावेसमा पनि काम गर्न सकिनेछ ।

अन्तर्वाता/विचार

वर्डप्रेस कम्युनिटी र वर्डक्याम्पको क्रेज

सर्वप्रथम मलाई साथ दिई वर्डप्रेस कम्युनिटीमा भूमिका निर्वाह गर्नुभएका उज्ज्वल थापा, सकिन श्रेष्ठ र चन्द्र महर्जनलाई सम्झेर विचार…

वर्डप्रेस कम्युनिटी र वर्डक्याम्पको क्रेज

सर्वप्रथम मलाई साथ दिई वर्डप्रेस कम्युनिटीमा भूमिका निर्वाह गर्नुभएका उज्ज्वल थापा, सकिन श्रेष्ठ र चन्द्र महर्जनलाई सम्झेर विचार…

सुबिसु कन्क्लेभमा इमर्जिङ टक्नोलोजी र ट्रेन्डबारे गम्भीर छलफल हुनेछ : अधिकारी

सुबिसु केबल नेटको आयोजनामा काठमाडौंमा दोस्रो संस्करणको ‘सुबिसु…

‘स्कुलका लागि डिजिटल लर्निङ प्लाटफर्म ‘निमा एकेडेमी’ ल्याएका छौं’ : प्रधान

‘डिजिटाइजिङ एजुकेशन’को नारासहित नेपालका स्कुल र विद्यार्थीलाई स्मार्ट बनाउन उद्धेश्यले सुरु डिजिटल लर्निङ प्लाटफर्म सुरु गर…

अबको एक वर्षमा कुलल्याब्स सफ्टवेयर ५ सय विद्यालयमा लैजादै छौं : पाैड्याल

अधिप पाैड्याल डिजिटल लर्निङ प्लाटफर्म कुलल्याब्स डटकमका संस्थापक एवं कार्यकारी निर्देशक ह…

नास्टमा ‘इन्नोभेसन फर प्रस्परिटी’ कार्यक्रम ल्याउँदै छु : उपकुलपति श्रेष्ठ

डा. सुनिलबाबु श्रेष्ठ नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट)को उपकलपति हुन् । उनी …

कसरी बन्छ स्मार्ट स्कुल ?

स्मार्ट स्कुल भन्नेबित्तिकै अध्ययन अध्यापन पद्धतिमा सहज र भरपर्दो शैली र व्यवस्था आएको बुझिन्छ । प्रत्येक विधार्थीको दैनिक क्रिया…

पेमेन्ट इन्डस्ट्रीमा एनपेको सार्थक योगदान हुनेछ : प्रबन्ध निर्देशक श्रेष्ठ

११ वर्षदेखि नेपालको पेमेन्ट इन्डस्ट्रीमा काम गरिरहेका प्रताप श्रेष्ठ डिजिटल सेवा प्रदाय…

मिदासले ५ हजारभन्दा बढी विद्यालयसँग काम गरिरहेको छ : निर्देशक बानियाँ

शिक्षामा प्रविधिको प्रयोगका लागि १६ वर्षदेखि मिदासले निरन्तर काम गरिरहेको छ । अहिले पछिल्ला २ वर्षलाई हेर्ने हो भने शिक्षण…

विद्यालयलाई ‘स्मार्ट लर्निङ सेन्टर’ बनाउन आवश्यक

विद्यालयमा चाँडै नै नयाँ शैक्षिक सत्र सुरु भएको छ । विद्यार्थी अर्को कक्षामा उक्लिँदै छन् । साना नानीहरू पनि कखरा सिक्न विद्…

इन्टरनेटजन्य अपराधमा बालबालिकाको संख्या बढ्दो छ

महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखामा इन्टरनेटजन्य अपराधका घटना लिएर आउनेको संख्या बढिरहेको छ । यसमध्ये बालबालिका र किशोर उमेर समूहका पीडितका उजुरी …

मोवाइल पुस्ता \'१ जी देखि ५ जी\'को विकासक्रम 


रेडियो टेलिफोन अझ विकास हुदै गयो र १ जीको नामले चिनिन थाल्यो जसलाई पहिलो जेनरेशनको वायरेस टेलिफोन टेक्नोलोजी मानिन्थ्यो । १९८०मा पहिलो एनलग ट…

नेप्सेको सफ्टवेयरमा व्यापक घोटाला


-  जहा वाईको, त्यहा घोटाला
- २९ मिनेट पनि राम्रोसग चलेन २९ करोडमा बनाइएको सफ्टवेर

के हो \'एम–गर्भनेन्स\' ?

मदन कडरिया

\"मदन

पहिलो महिला कम्प्युटर इन्जियिर \'गुणकेशरी\'

आइटीमा नेपाली महिलाको नाम लिने बित्तिकै सम्झिइने नाम हो, गुणकेशरी प्रधान । उनी नेपालको पहिलो महिला कम्प्युटर इन्जिनियर हुन् ।