कीवर्डहरू -

अन्तर्वाता/विचार

आइसिटी अवार्डका कारण बजारमा \'किताब यात्रा\'प्रतिको विश्वास अझै बढेको छ : सिइओ अधिकारी

आइसिटी अवार्डमा पहिलो पटक समावेश गरिएको पब्लिक च्वाइस आइसिटी अवार्ड किताब यात्रा प्रालिले प्राप्त गर्न सफल भयो । सन २०१७ मा स्थापना भएको किताब यात्रा डटकम अनलाइन बुक स्टोर हो । विभिन्न विधाका पुस्तकहरु अनलाइनबाट खरिद गर्न सकिने यो प्लाटफर्म अहिले लोकप्रिय बनिरहेको छ । ग्राहकको घर दैलोसम्मै किताब पठाउने किताब यात्रा नेपालमा पठन संस्कृतिको विकास गर्न लागिपरेको छ । नेपाल र नेपालबाहिर पनि यसले किताब डेलिभर गरिरहेको छ । पुस्तकमा १० प्रतिशत बढि छुट र काठमाडौ उपत्यकामा निशुल्क डेलिभरी गर्ने भएकाले पनि ग्राहकहरुको संख्या बढिरहेको छ । यसैबीच लिभिङ विथ आइसिटीका लागि सम्पादक शिव बस्नेत ले किताबयात्राका संस्थापक एवं प्रमुख कार्यकारी अधिकृत ऋषिराम अधिकारी सँग गरेकाे कुराकानी यहाँ प्रस्तुत गरेका छाैं :

पब्लिक च्वाइस आइसिटी अवार्ड २०१९ पाइसकेपछि कस्तो प्रतिक्रिया पाइरहनु भएको छ ?
निकै उत्साहजनक प्रतिक्रिया मिलिरहेको छ । जसका लागि काम गरिरहेका छौं, उहाँहरुले नै मन पराइदिनुभएको महसुस भइरहेको छ । यसको लागि हामी उहाँहरुप्रति ऋणी छौ । अवार्डका कारण बजारमा किताब यात्राप्रतिको विश्वास अझै बढाएको छ । बजार विस्तार गर्न अवार्ड ‘मार्केटिङ टुल’को रुपमा रहने छ । यसो भन्दै गर्दा सबैभन्दा ठूलो कुरा यो अवार्डले हामीलाई चुनौती थपिदिएको छ । अवार्डको हामीले इज्जत जोगाउन हरेक दिन अझै कटिबद्ध भएर काम गर्न झक्झकाएको छ । बजार विस्तारका कुराहरु हुन सक्छन, गुणस्तरका कुराहरु हुन सक्छन, ग्राहकसँगको सम्बन्धबारे हुन सक्छन् । ती कुराहरुलाई राम्रो बनाउँदै जाने चुनौतीहरु थपिएका छन् । समग्रमा भन्दा पब्लिक च्वाइस आइसिटी अवार्डले हामीलाई धेरै उत्साहित र आफ्ना भावी योजनामा समर्पित हुन सघाएको छ ।

बिजनेश प्रोस्पेक्टिभ सहितको आइडियामा काम गर्न त्यति सरल हुँदैन । तर काम गर्दै जाँदाको सन्तुष्टि पनि कम्ती मज्जाको हुँदैन । किनकि हामीले गरिरहेको काम समाजका लागि हो, मानिसको लागि हो । पैसाका लागि मात्रै यो अमूल्य जीवन खर्चिदा सायदै सन्तुष्टी मिल्ला ।

किताब यात्रा के हो ? कसरी सुरु भयो ?
किताब यात्राको अवधारणा म भारतमा अध्ययनरत हुँदाखेरी नै आएको हो । चार्टड एकाउन्टेडको विद्यार्थी थिएँ । बिहान १० बजेदेखि साँझको ८/९ बजेसम्म इन्टर्नसिप गर्नुपर्थ्याे । अर्को दिन फेरि उही रुटिन । किताबप्रेमी थिएँ । विभिन्न स्टोरबाट किताब मगाउथेँ । त्यस्तो प्राक्टिस त्यहाँ सफल भइरहेको थियो । त्यही कुरा नेपालमा किन सुरु नगर्ने भन्ने सोच पलायो । नेपालका विकट ठाउँमा महिनौंसम्म पनि किताब नपुग्ने कुुरा थाहा पायौं । ति पाठकहरुलाई पढ्नबाट किन वञ्चित गर्ने ? नेपालमा पठन संस्कृतिको विकासको लागि हामी युवाले किन केही नगर्ने ? यस्तै यस्तै सोचले किताब यात्रा जन्मिन प्रेरित गर्यो । सीएको पुरा पढाइ समेत नभ्याई म यो अवधारणालाई साकार रुप दिन नेपाल आउने निर्णय गरेँ ।

भारतबाट आउँदा सोसल मिडियामा ‘मैले २७ हजार ५ सय रुपियाँको किताब लिएर आउँदै छु, यदि नेपालमा नपाइएका कुनै किताब छन् भने मलाई भन्नुहोस है, म ल्याइदिन्छु’ भनेर सेयर गरेको थिएँ । नेपालबाट उत्साहजनक प्रतिक्रिया पाएँ । अनि मैले भारतमा रहँदा कमाएको त्यही रकमबाट अनलाइन बुक सेलर खोल्न लागिपरेँ । यहाँ फर्किसकेपछि नेपालमै केही गर्नुपर्छ भन्ने साथीहरुलाई जोडेँ । यहाँको बजार अध्ययन गर्याैं । भौगोलिक विकटता बारे, डेलिभरीको अवस्था बारे, डेलिभरीका माध्यमहरु के के हुन सक्छन्, नेपालमा किताबहरु कसरी आयात भइरहेका छन्, नेपालमै भएका किताबलाई कसरी डिजिटाइजेशन गर्न सकिन्छ आदिबारे व्यापक अध्ययन गरेपछि किताब यात्रा कम्पनीमार्फत् यी सबै योजना साकार पार्न लाग्यौं । अहिले हामी अनलाइन बुक सेलरको रुपमा परिचित छौं । साथमा पुस्तकालय निर्माण गर्ने, पठन संस्कृतिको विकासका लागि विभिन्न कार्यक्रम आयोजना गर्ने र सम्बन्धित निकायहरुसँग सहकार्य गर्ने लगायतका काम गरिरहेका छौं ।

कम्पनीको बजार कस्तो छ ? कसरी सेवाग्राहीलाई सन्तुष्ट पार्नुभएको छ ?
किताब यात्राको नामबाट नै थाहा हुन्छ हामीले किताबको यात्रा गराउँछौं । पढ्न पाउनु पनि मौलिक अधिकार भइसकेको छ । यसकारण पढ्नबाट कोही पनि वन्चित हुनुहुँदैन भन्ने मान्यतामा किताब यात्राले काम गरिरहेको छ । हामीले सुरुवात गर्दा काठमाडौं उपत्यकाका ३ वटा जिल्लामा सेवा दिएका थियौं । त्यसपछि १२, २७ हुदै अहिले ४६ ठाउँमा किताब यात्रा मार्फत् सेवा पुर्याइरहेका छौं । प्रि–पेमेन्ट गर्ने ग्राहकका लागि जुनसुकै ठाउँमा पुर्याउने व्यवस्था गरेका छौं । विदेश भएका नेपालीहरुको लागि पनि नेपालका जुनसुकै किताबहरु डेलिभरी गर्छाैं । हालसम्म ११ हजारभनदा बढी ग्राहकसँग काम गरिसकेका छौं । हामीले देश विदेशका ३ दर्जनभन्दा बढी विधाका २० हजारभन्दा बढी किताबहरु स्टोरमा राखेका छौं । यसअन्तर्गत साहित्यिकसँगै आर्थिक, स्वास्थ्य, यात्रा, पर्यटन, बालबालिका, धार्मिक, आध्यात्मिक, ऐतिहासिक, गणितीय, लोकसेवालगायत विविध विधाका पुस्तक उपलब्ध गराउँदै आएका छाैं ।

हाम्रो समूहको ‘किताब यात्रा’ अभियान बुझेपछि बुकहिल, फाइनप्रिन्ट, सांग्रिला, बुलबुल कथालयलगायतका पुस्तक प्रकाशकले पुस्तक सहयोग गरे । अहिले यो समूहमा ६० बढी प्रकाशकले प्रत्यक्ष सहकार्य गरिरहेका छन् । संस्थाले विदेशमा रहेका नेपालीका लागि पनि सेवा दिइरहेकाे छ । अष्ट्रेलिया, अमेरिका, दक्षिण कोरिया, मलेसियासहित करिब ५८ देशका नेपालीमाझ नेपाली पुस्तक कुरियरमार्फत पुस्तक पठाउने गरेका छाैं ।

\"Image

किताब यात्राले पुस्तकालय निर्माणमा पनि हात हालेको थियो, यसअन्तर्गत कसरी काम भइरहेको छ ?
हामीले हरेक कुरामा आधुनिकिरण खोजिरहेका छौं । यही सन्दर्भमा हरेक घरमा एउटा पुस्तकालय बनाउनुहोस् भनेर मानिसहरुलाई प्रेरित गरिरहेका छौं । बच्चा उमेरदेखि नै मानिसलाई पठन संस्कृतिमा जागरुक बनाउनुपर्छ भनेर हामीले पुस्तकालयको कनसेप्ट ल्याएका हौं । यसको सुरूवात कर्पोरेट सेक्टरबाट सुरु गर्नुपर्छ भन्ने हेतुले काम थालेका छौं । क्याफे, कफी सपहरुमा पढ्ने परम्परालाई बढाउन सकिन्छ र यी पठन संस्कृतिको एउटा हब बन्न सक्छ भनेर काठमाडौं र बाहिर गरी लगभग लगभग २५ ठाउँमा हाम्रा सेवा सञ्चालनमा छ । त्यहाँबाट तपाईले किताब पढन सकनुहुन्छ । अर्डर पनि गर्न सक्नुहुन्छ । त्यस्तै अस्पताल, जेल वा कारगार, बैंक, मिडिया हाउस आदिका लागि पुस्तकालय जरुरी छ भन्ने हेतुले त्यहाँ पुस्तकालय निर्माणमा जोड दिइरहेका छौं । सीए फर्म, ल फर्म, मिडिया हाउस, स्कुल, ई–कमर्स बिजनेश हाउस आदिका लागि पनि पुस्तकालय बनाउनतर्फ अग्रसर छौं ।

मलाई नै किताब बेचेर कसरी कमाउन सकिन्छ, कसरी सफल हुन सकिन्छ भनेर प्रश्नहरु आउँथे, आइरहन्छन् । तर यसको उत्तर दिएर बसिरहनु पर्छ भन्ने छैन । बरु मैले कतिलाई रोजगारी दिएको छु, समाजमा कतिलाई ‘इन्फ्ल्योइन्स’ पारिरहेको छु, कति युवालाई विदेश नगईकन नेपालमै केही गर्नुपर्छ भनेर ‘मोटिभेसन फ्याक्टर’को रुपमा काम गरिरहेको छु, यो ठूलो कुरा हो ।

नेपालमा पठन संस्कृतिको विकास गर्न के के गर्नुपर्ला ?
हामीले विभिन्न समूह र निकायमा गएर पठन संस्कृतिको विकास गर्न सहकार्य गर्न खोजिरहेका छौं । ४५ ओटा जिल्लाहरुमा हामीले आमा समूह, भजन मण्डली, युवा क्लबदेखि स्थानीय निकायहरुसँग किन पठन संस्कृतिको विकास गर्नुपर्छ भनेर अन्तर्क्रिया गरिसकेका छौं । त्यस्तै कला, साहित्य, मनोरञ्जन, राजनीति, सामाजिक क्षेत्र आदिमा गई पठन संस्कृतिको विकासका लागि सहकार्य जारी राख्ने योजना ल्याइरहेका छौं । कोही न कोहीबाट पठन संस्कृतिको विकास गर्न जरुरी थियो । हामीले अहिले अगुवाई गरिरहेका छौं । खाली समयमा मात्रै पढ्नुपर्छ भन्ने सोच हटाई किताबलाई दैनिकीसँगै जोड्नुपर्छ र किताब पढ्ने बानी बसाल्नुपर्छ ।

नेपालमा किताब यात्रा जस्ता स्टार्टअपका लागि कस्ता चुनौतीहरु छन् ?
मेरो व्यक्तिगत धारणा के छ भने कुनै पनि नयाँ सोच लिएर हिँड्नुभएको छ भने चुनौती त अवश्य पनि छन् । तर चुनौतीलाई अवसरको रुपमा हेर्नुपर्याे । समस्यालाई अवसरको रुपमा लिएर समाधान गर्न सक्नुपर्दछ । स्टार्टअपलाई लगानीको चुनौती छ भनिन्छ । व्यवसायिक बन्न चुनौती छ भनिन्छ । तर दिमागी सोच, इच्छाशक्ति र निरन्तरको लगावले त्यस्ता समस्याहरु हल गर्दै अघि बढ्न सकिन्छ । मलाई नै किताब बेचेर कसरी कमाउन सकिन्छ, कसरी सफल हुन सकिन्छ भनेर प्रश्नहरु आउँथे, आइरहन्छन् । तर यसको उत्तर दिएर बसिरहनु पर्छ भन्ने छैन । बरु मैले कतिलाई रोजगारी दिएको छु, समाजमा कतिलाई ‘इन्फ्ल्योइन्स’ पारिरहेको छु, कति युवालाई विदेश नगईकन नेपालमै केही गर्नुपर्छ भनेर ‘मोटिभेसन फ्याक्टर’को रुपमा काम गरिरहेको छु, यो ठूलो कुरा हो । आजका दिनमा जुन सोचले अघि बढिरहेका थियौं, त्यसमा अझै उत्साही भएर हिँडिरहेका छौं । चुनौती नआउने त कुन कुरामा होला र ।

आगामी योजना के के छन् ?
हामी नेपालमा पठन संस्कृतिको विकास गर्नुपर्छ भन्ने ध्येयका साथ काम गरिरहेका छौं । धेरैको हात, साथ र हौसला मिलिरहेको छ । आगामी ५ वर्षमा हामी ई–लर्निङ र रिडिङका लागि आफ्नै डिभाइससहितको ‘बुक एन्ड लाइब्रेरी मेकिङ कम्पनी’ बन्न चाहन्छौं । यसका लागि देशका दुर्गमा गाउँबस्तीमा पनि सेवा विस्तार गर्दैछौं भने विभिन्न ठाउँ, कार्यालयहरुमा पुस्तकालय निर्माण गर्दैछौं । बिजनेश प्रोस्पेक्टिभ सहितको आइडियामा काम गर्न त्यति सरल हुँदैन । तर काम गर्दै जाँदाको सन्तुष्टि पनि कम्ती मज्जाको हुँदैन । किनकि हामीले गरिरहेको काम समाजका लागि हो, मानिसको लागि हो । पैसाका लागि मात्रै यो अमूल्य जीवन खर्चिदा अब सायदै सन्तुष्टि मिल्ला ।

किताब यात्रालाई ‘ब्राण्ड’को रुपमा स्थापित गर्न तल्लिन छाैं। त्यसका लागि संस्थाले नेपालका ७७ वटै जिल्लामा ‘सद्भाव दुत’ तोक्ने तयारी गरिरहेको छ। तीन प्रदेशका लागि कला अनुरागी, कर्णाली प्रदेशका लागि इमानसिंह राना र हेटौंडामा विवेक भट्टराईलाई ‘सद्भाव दुत’ तोकिसकिएकाे छ । सद्भाव दुतमार्फत स्थानीय आमा समूह, युवा समूहको सहयोगमा सहरदेखि गाउँतहसम्म पठन संस्कृति बढाउन चाहन्छौं । हाम्रो योजना ‘चिसो भनेकै कोकाकोला’ भने जस्तै ‘किताब भनेकै किताब यात्रा’ बनाउने हो।

अन्तर्वाता/विचार

ई–पेमेन्ट उद्योगमा कनेक्ट आईपीएसको सार्थक योगदान रहने छ : सिइओ प्रधान

निलेशमान सिंह प्रधान नेपाल क्लियरिङ हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत हुन् । करीब २ दशकयता बैंक तथा वित्तीय क्षेत्…

विद्यार्थीहरुले विभिन्न व्यावसायिक तालिम कलेजमै प्राप्त गर्दछन् : विभागीय प्रमुख कार्की

सुवास कार्की
प्रमुख, सिएसआइटी विभाग
काठफोर्ड इन्टरनेशनल कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजम…

‘हामीले विद्यार्थीलाई कलेजमै इन्डस्ट्रीको ‘स्पेसल एक्सपोजर’ दिएका छौं’

भेषराज पाेखरेल
सिइओ, टेक्सास इन्टरनेश्नल कलेज

व्यवहारिक र प्रयोगात्मक आइटी शिक्षामा समर्पित छौं : क्याम्पस प्रमुख कट्टेल 

राजु कट्टेल
क्याम्पस प्रमुख, कान्तिपुर सिटी कलेज (केसीसी), काठमाडौं 

कान्तिपुर सिटी कलेजले पूर्वाञ्चल विश्वविद्यालयबा…

लोकसेवाको तयारी मोबाइल एपबाटै 

अशोक बस्नेत
सिइओ, मन्त्र आइडियाज


Note 10+ versus P30 Pro: Which flagship smartphone is the best?

With t…

के गर्दै छन् स्टार्टअप आइसिटी अवार्ड विजेताहरू ? ९ स्टार्टअपकाे कथा

नेपालको आइसिटी क्षेत्रको प्रतिष्ठित सम्मान हो, आइसिटी अवार्ड । ४ वर्षदेखि लिभिङ विथ आइसिटीले आयोजना गर्दै आएको यो अवार्ड कार्यक्रमको चर्च…

अनलाइनबाट यसरी कमाउनुहोस्

सूचना प्रविधिको तीव्र विकास र विस्तारका कारण हरेक काम सहज र सरल भएका छन् । यति मात्रै होइन, रोजगारीका नयाँ अवसर सृजना …

इन्टरनेटमा कर होइन, नि:शुल्क बनाऊ 

सबै प्रकारका ब्यापार व्यवसायले राज्यलाई कर तिर्नु पर्दछ । राज्यले आवश्यकता अनुसार कुनै व्यवसायमा कर छुटसमेत गर्ने गर्छ । वर्त…

किन गर्ने डिजिटल मार्केटिङ ? कस्ता छन् मार्केटिङका टुल्स ?

यो डिजिटल दुनियाँ हो जहाँ इन्टरनेट सबैलाई अपरिहार्य भइसकेको छ । डिजिटल युगमा मान्छेले युरोप अमेरिकाको काम घरम…

इन्टरनेटमा बच्चालाई कसरी सुरक्षित राख्ने ? 

संसारभरी इन्टरनेटको व्यापक प्रयोगसँगै नेपालमा पनि हातहातमा मोबाइल फोन र घरघरमा इन्टरनेट घरघर पुगेको छ । नेपाल दूरसञ्चा…

के पढ्ने आइटीमा ?

त्रिभुवन विश्वविद्यालयअन्तर्गत रहेका मूख्य आइटीकोर्सहरुमा बिएससी सिएसआइटी र बिआइटी रहेका छन् । पूर्वाञ्चल विश्वविद्यालयका स्नातक तहमा रहेका मूख्य आइटीकोर्सहरु …

नेपालमा आइटी : हामी कता अलमलिरहेका छौं ?

सूचना प्रविधि क्षेत्रमा नेपालको प्रवेश भएको अहिले होइन । भारतमा भन्दा पहिले कम्प्युटर यहाँ भित्रिएको थियो । अहिले भारतीय …

ह्याकरले आफ्नो शीप गलत काममा प्रयोग गर्न हुँदैन : एलेक्स धिताल

१६ वर्षका एलेक्स धिताल आफूलाई साइबर सेक्युरिटीका रिसर्चर र इथिकल ह्याकर भनेर चिनाउन चाहन्छन् । केही प्रसिद्ध संस्थाका लागि बग बाउन्टी गरिरहेका उनी युवा र विद्…

मास्टर्समा पहिलाेपटक इन्फमेर्शन टेक्नोलोजी म्यानेजमेन्ट सम्बन्धी काेर्श ल्याएका छाैं : जालान

पंकज जालान
कार्यकारी निर्देशक, लर्ड बुद्द एजुकेशन फाउन्डेशन

लर्डबुद्ध एजुकेशन फाउन्डेशनले मास्टर्समा कस्ता आइटी कार्…