कीवर्डहरू -

अन्तर्वाता/विचार

आइटी शिक्षालाई अझ गुणस्तरिय बनाउन इण्डस्ट्रीले पनि ओनरसीप लिनुपर्यो - प्रा.डा. शुवर्ण शाक्य

नेपालको कम्युटर तथा आइटी शिक्षामा एउटा गर्विलो नाम हो, प्राध्यापक डा. शुवर्ण शाक्य । शाक्य केहि दिनअघि प्रर्वाञ्चल विश्वविद्यालयको प्राज्ञिक परिषदको सदस्यमा नियुक्त हुनुभएको छ । यसै सन्दर्भमा हामिले उहाँसँग आइटी शिक्षा र पूर्वञ्चाल विश्वविद्यालयको बारेमा केहि कुराकानी गरेका छौ ।  

 

पछिल्लो समय पूर्वाञ्चल विश्वविद्यालयको प्राज्ञिक परिषदको सदस्यमा नियुक्त हुनुभएको छ । यो समितिले कसरी काम गर्दछ ?
हो म हालै मात्र पूर्वाञ्चल विश्वविद्यालयको प्राज्ञिक परिषदको सदस्यमा नियक्ती भएको छु । यो भन्दा अगाडी पनि प्राज्ञिक परिषदको सदस्यमा नियुक्ती भएको थिए ।  प्राज्ञिक परिषदले एकेडेमीको नयाँ प्रोग्राम, नयाँ पाठ्यक्रमहरु पारित गर्ने, शिक्षकहरुको प्रमोसनको लागि मापदण्ड बनाउने, इन्ट्रान्सको लागि चाहिने मापदण्ड बनाउने लगायतका काम गर्छ । 

पूर्वाञ्चल विश्वविद्यालयलाई सुधार्नको लागि परीक्षा प्रणालीलाई प्रभावकारी बनाउने, नयाँ पाठ्यक्रम विकास गर्ने, पाठ्यक्रमलाई अपडेट गर्ने, एजुकेशन सिस्टमाई प्रभावकारी बनाउने, पूर्वाधारको विकास र फ्याकल्टीलाई एक्सटेन्सन गर्ने जस्ता कुरा बढी ध्यान दिनुपर्छ जस्तो लाग्छ मलाई । 

तपाई इन्जिनियरिङ अध्ययन सस्थानमा पनि आवद्ध हुनुहुन्छ ? पूविको कामलाई कसरी हेर्न भ्याउनुहुन्छ ?
परिषदको काम फुल टाइम हैन् । परिषदको मिटिङ भयो भने मात्र त्यसमा सहभागी हुने हो नी । 

पूविको आइटी तथा इन्जिनियरिङ संकायको करिकुलम बनाउन पनि तपाई संलग्न हुनुहुन्थ्यो ? तर त्यसपछि क्रमिक अपग्रेड भएन कोर्सहरु भन्छन नि ?
हो म करिकुलम बनाउन सहभागी भएको थिए । अस्ति मात्रै पनि सिलेबस परिवर्तन गरेको हो । कम्प्युटर इन्जिनियरिङको पनि अपडेट नै छ । इन्फरमेसन सिस्टमको पनि त्यति पुरानो पनि हैन् । बिआईटीको अपडेट भइसकेको हो, त्यसलाई स्वीकृत मात्र नभएको होला ।

अब कसरी सुधार्न सकिएला पूर्वाञ्ल विश्वविद्यालयलाई ? के कस्ता योजना सिफारिस गर्नुहुन्छ भिसिलाई ? 
पूर्वाञ्चल विश्वविद्यालयलाई सुधार्नको लागि परीक्षा प्रणालीलाई प्रभावकारी बनाउने, नयाँ पाठ्यक्रम विकास गर्ने, पाठ्यक्रमलाई अपडेट गर्ने, एजुकेशन सिस्टमाई प्रभावकारी बनाउने, पूर्वाधारको विकास र फ्याकल्टीलाई एक्सटेन्सन गर्ने जस्ता कुरा बढी ध्यान दिनुपर्छ जस्तो लाग्छ मलाई । 
अहिले हामी कोरोना महामारीको विषम परिस्थितिमा छौं । यो समयमा अनलाइन एजुकेशनलाई कसरी प्रभावकारी बनाउने, अनलाइन एजुकेशनलाई कसरी मूल्यांकन गर्ने, ईलर्निङ सिस्टमलाई कसरी विकास गर्ने कुरामा बढि फोकस हुन्छु ।

हो, नेपालमा इण्डस्ट्री र एकेडेमीयाबीच सहकार्य र समन्वय छैन् । अब इण्डस्ट्री र एकेडेमीयाबीच सहकार्य र समन्वय गरी अगाडी बढ्नु पर्छ । 

नेपालमा पछिल्लो समय आइटी तथा इन्जिनियरिङको शिक्षा कसरी अघि बढिरहेको छ ? सन्तोषजनक छ प्रविधिको विस्तारलाइ हेदा ?
पहिले भन्दा अहिले अनुसन्धानका क्रियाकलापहरु चाही अगाडी बढेका छन् । प्रोफेसनल करिअर पनि अगाडी बढिरहेको हामीले देखेका छौं । पाठ्यक्रम त आफ्नै किसीमको छ । तर विद्यार्थीहरुले इन्टरनेटको प्रयोग गरी नयाँ नयाँ प्रविधिको अध्ययन गरिरहेका छन् । प्रविधिको विकासलाई हेर्दा शिक्षा त्यति सन्तोषजनक त छैन् । पूर्वाधार तथा प्रविधिको विकासमा हामीले ध्यान दिनु जरुरी छ ।अहिले हामी अनलाइन शिक्षामा फड्को मार्न सक्छौ। गाउँ गाउँमा इन्टरनेट कनेक्टिभिटी छैन् । समस्या त हुन्छन् समस्यालाई समाधान गर्दै अगाडी बढ्नुप¥यो । 

इन्डस्ट्री र एकेडेमियाबिच सहकार्य र समन्वय छैन भनिन्छ नि त !
हो, नेपालमा इण्डस्ट्री र एकेडेमीयाबीच सहकार्य र समन्वय छैन् । अब इण्डस्ट्री र एकेडेमीयाबीच सहकार्य र समन्वय गरी अगाडी बढ्नु पर्छ । इण्डस्ट्रीले पनि ओनरसीप लिनुप¥यो । विद्यार्थीहरुलाई इन्टनसीप गराउने, ट्रेनिङ दिने र रोजगारी दिने गरियो भने विद्यार्थीले राम्रै गर्न सक्छन् । त्यस्तो खालको एउटा मोडालिटी बनाउनु पर्छ ।   
 

अन्तर्वाता/विचार

मेसिन लर्निङ र डेटा साइन्सको वर्कशप जारी, नेपाललाई एआई हब बनाउन सकिने आयोजकको भनाई

गत साउन १५ गतेदेखि सुरु भएको राष्ट्रिय स्तरको डेटा साइन्स तथा मेसिन लर्निङ सम्बन्धी …

आइटी उद्योग र एकेडेमियाबीचको ग्यापलाई पूरा गर्न ब्रोडवे आएको हो - राजु अधिकारी


राजु अधिकारी
प्रमुख कार्यकारी अधिकृत, ब्रोडवे इन्फोसिस

एकेडेमिया र इन्डस्ट्रीको ब्रिजिङ गर्ने…

कोरोना महामारीसँगै डिजिटल बैंकिङको अपरिहार्यता


नविन थापा ‘नूतन’


कोभिड–१९ले विश्वव्यापी रूपमा अर्थतन्त्रलाई असर गर्ने प्रष्ट छ । व्यवसाय निरन्तरता र सुनिश्चित गर्न डिजिटल बैंकिङ से…

डिजिटल समाजका आधारहरु

ई. कैलाश कार्की

शिक्षा क्षेत्रलाई डिजिटल रूपान्तरणमा सघाउन ‘फ्युज क्लासरुम’ ल्याएका हौं - पराग श्रेष्ठ

पराग श्रेष्ठ
निर्देशक, फ्युज क्लासरुम, फ्युज मेशिन्स


आर्टिफिसियल इन्टेलिजेन्स (एआई)मा…

घरबाटै रोजगारी – घरमै कामदार

आर्टिफिसियल इन्टेलिजेन्स (एआई) अर्थात कृतिम वुद्धि जसले मानि…

प्रबिधि र मानव सभ्यता - \'ढुङ्गे युगदेखि कृत्रिम वौद्धिकता सम्मको यात्रा\'

ई. कैलाश कार्की
उपप्राध्यापक, नेपाल ईन्जिनियरिङ्ग कलेज

प्रविधि मावन जिवनका अभिन्न अंगको रुपमा स्थापित भइसकेको …

के अब सबै सामाजिक अपराध ‘विद्युतिय अपराध’ को रुपमा रुपान्तरण हुदैछन् ?

भरत श्रेष्ठ ।

केहि समय पहिले मेरो आँखा एक राष्टिय दैनिक पत्रिकामा अडिन पुग्यो, त्यसमा स्पष्ट लेखिएको थियो पहिले पहिले चो…

परम्परागत शिक्षा भर्सेज डिजिटल शिक्षा


समिक्षा गौतम

प्रविधिले एकदमै फड्को मारिरहेको अहिलेको यो समयमा सबै क्षेत्रमा यसको प्रभाव् उत्तिकै परेको छ । विद्यालर्य ्शिक्…

प्रविधिमा समान पहुच : आजको आवश्यकता

दामोदर पौडेल

सूचना र सञ्चार प्रविधिको माध्यमबाट धेरै देशले आर्थिक क्रान्ति गरिसक्दा पनि हाम्रो देश नेपालमा यसको प्रयोग र …

भर्चुअल शिक्षा र गाउँको पीडा 

नेपाल सरकारले अहिले मुख्य योजनाको रुपमा अगाडि सार्न लागेको अनलाईन कक्षा र त्यसको प्रभवकारिताबारे पुनर्बिचार गर्न पर्ने देखिएको छ । शहर केन्द्रित अवस्थालाई …

बढ्दैछ सूचना प्रविधिमा महिलाको क्रेज र पहिचान

८ वर्षअघिको कुरा हो । सफ्टवेयर कम्पनी लगप्वइन्ट नेपालमा मोना न्याच्छों गोपाजुले काम सुरु गर्दा एक्ली महिला कर्मचारी थिइन् । डेनिसबेस्ड यो कम्पनीमा अवसर पाउनु…