कीवर्डहरू -

अन्तर्वाता/विचार

प्रविधिमा समान पहुच : आजको आवश्यकता

दामोदर पौडेल

सूचना र सञ्चार प्रविधिको माध्यमबाट धेरै देशले आर्थिक क्रान्ति गरिसक्दा पनि हाम्रो देश नेपालमा यसको प्रयोग र विकासमा सरकारीस्तरबाट खासै ध्यान दिइएजस्तो देखिदैन । निजीक्ष्ँेत्रले आफ्नो व्यापार बढाउन केही मात्रामा सूचना प्रविधिलाई प्रयोग गरे पनि सूचना प्रविधिको छोटो समयमै भएको तीव्र विकासलाई हेर्ने हो भने हामीले प्रयोग गरेको प्रविधि एकदमै न्यून देखिन्छ । विचारणीय कुरा त के छ भने हामी केही नेपालीले बनाएका सफ्टवेयर विकसित देशका नागरिकले प्रयोग गरिरहेका छन् । तर, आफ्नै देशका धेरै आमजनतालाई यसबारे कुनै जानकारी र उपयोगिता नै थाहा छैन । समग्र रूपमा हेर्ने हो भने सूचना प्रविधिको क्ष्ँेत्रमा हामी बामे सर्दै छौं भन्दा मात्र हुन्छ ।


हामीले गरेको अध्ययनले के देखाउछ भने सूचना प्रविधिमा अध्ययन र प्रयोगमा मानिसको चासो नहुनु, यसबाट हुने लाभबारे जानकारी नहुनु नै आइसिटी विकासका चुनौती हुन् । कतिपयलाई त सामाजिक सञ्जालको प्रयोग गर्नु नै प्रविधिको अधिकतम उपयोग हो भन्ने लागेको छ । विभिन्न अनौपचारिक अध्ययनका अनुसार नेपालमा सूचना प्रविधिको विकास सोचेजसरी नहुनुमा ‘जेनेरेशन ग्याप’ नै देखिञ्छ ।


प्रविधिको विकास तीव्र भए पनि पढाउने शिक्षक, सरकारी निकायका कर्मचारी र नीति निर्माण तहका अधिकारीहरूमा प्रविधिको सामान्य जानकारी नहुनु र उनीहरू नै सधैं शक्तिमा विराजमान छन् । अर्कोतर्फ कम्प्युटर शिक्षालाई स्कुल तथा कलेजमा अनिवार्य विषय बनाइएको छैन । कर्मचारीतन्त्र प्रविधि सिकेर आफ्नो कामलाई तीव्रता दिन चाह“दैन । किनभने, हामीभन्दा अघिल्लो पुस्ता प्रविधिलाई आत्मसात् गर्न अझै अप्ठ्यारो महसुस गरिरहेछ । त्यसैले अबको एउटै मात्र सरकारी तथा गैरसरकारी संस्थाबाट चाल्नुपर्ने कदम भनेको सूचना प्रविधिसम्बन्धी चेतना, यसको शिक्षा र शीपमूलक तालिम नै हो ।

शहरमै बस्ने भए पनि महिलाहरूमा अझै प्राविधिक विषय अध्ययनमा रुचि नपाइएको र पाए पनि सूचना प्रविधिमा उनीहरूको उपस्थिति धेरै कम रहेको अध्ययनले देखाउछ ।


सूचना प्रविधि शिक्षा र तालिमविना देशले प्रगति हासिल गर्न सक्दैन । अहिलेको पुस्ता प्रविधिको प्रयोग गरेर आफ्नो भविष्य उज्यालो बनाउन चाहन्छ । तर, शिक्षा र तालिमको अभावकै कारण उनीहरू स्वोदेशमै बेरोजगार भएका कारण खाडी मुलुक गएर कठिन काम गर्न बाध्य छन् ।


अर्को कुरा, आधा आकाश ढाकेका नेपाली महिलाहरू अझै पनि प्रविधिको पहु“चमा पुग्न नसक्नु र उनीहरूमा जनचेतनाको कमी हुनुले सूचना प्रविधिलाइ सबैको पहु“च र प्रयोगमा ल्याउन गाह्रो परिरहेको छ । शहरमै बस्ने भए पनि महिलाहरूमा अझै प्राविधिक विषय अध्ययनमा रुचि नपाइएको र पाए पनि सूचना प्रविधिमा उनीहरूको उपस्थिति धेरै कम रहेको अध्ययनले देखाउछ । त्यसैले अबको पहिलो काम चेतनामूलक कार्यक्रम गाउ“शहरका  स्कुल तहदेखि सुरु गर्ने र स“गस“गै उनीहरूलाई विभिन्न सामान्यदेखि उच्चस्तरका तालिम प्रदान गरेर दक्ष बनाउनुपर्ने देखिन्छ ।


धेरैभन्दा धेरै दक्ष जनाश्क्ति उत्पादन गर्ने र उनीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अथवा देशविदेशमा रोजगारीका लागि सक्षम बनाउदा कालान्तरमा देशले नै फाइदा पाउछ । दक्ष जनशक्ति विदेश जा“दैमा र त्यहा“ गएर अझ बढी दीक्षित हु“दैमा राष्ट्रलाई घाटा हु“दैन, राष्ट्रलाई त घाटा त्यतिबेला हुन्छ, जतिबेला त्यो दीक्षित जनशक्ति स्वदेश फर्किंदैन र त्यही“ बस्ने निर्णय गर्छ । त्यसैले, त्यो दीक्षित जनशक्तिलाई स्वदेश फर्किन चाहिने वातावरण राज्यले बनाइदिनुपर्छ. । जब त्यो दक्ष जनशक्ति स्वोदेश फर्केर काम गर्छ, तब मात्र देशले आर्थिक समृद्धिको बाटो समाउछ ।


(लेखक सूचना र सञ्चार प्रविधि समाज नेपालका अध्यक्ष हुन्, [email protected] )

अन्तर्वाता/विचार

होम डेलीभरी ब्यापार कसरी सुरु गर्ने ?

के हो \'ब्लकचेन\' प्रविधि ?  के छन यसँका फाइदाहरु 

ब्लकचेन भनेको पियर टु पियर (सहकर्मीहरु)बीचको नेटवर्क हो । सन् २००८ को अक्टोबरमा बिटक्वाइनको प्रोपोजलको एक भागको रुपमा यसलाई परिचित गराइयो । …

राम्रा साइबर हाइजिन अभ्यासहरु , कसरी सुरक्षित रहने ?

उपयुक्त सेक्युरिटी तथा पर्याप्त साइबर हाइजिनका लागि चामत्कारिक समाधान छैन । सम्भावित साइबर आक्रमणहरु हुन नदिन तपाईंको डिभाइस, नेटवर्क र साइबर क्षेत्र मेन्ट…

नेपालमा ब्रोडव्याण्ड इकोसिस्टम बनाउन जरुरी 

सुमनलाल प्रधान, पूर्वअध्यक्ष, इन्टरनेट सेवा प्रदायक संघ नेपाल

समग्र नेपालको इन्टरनेट क्षेत्रलाई विश्लेषण गर्ने हो भने उत्साहज…

डिजिटल पेमेन्ट सोलुसनका लागि  पूर्वाधार विकास गरिरहेका छौं

कुसुम लामा 
अध्यक्ष, प्रभु म्यानेजमेन्ट

 

नेपालको डिजिटल पेमेन्ट सोलुसनमा प्रभु पेको कस्तो य…

छोटो समयमै सेल पे स्थापित हुन सफल भएको छ 


पवन प्रधान
प्रबन्ध निर्देशक, सेल पे


आजको विश्व र प्रविधिको विकास