अन्तर्वाता/विचार
‘हुलाकमा प्रयोग भएको नयाँ प्रविधिले आपत्कालीन सेवालाई प्रभावकारी बनाउँदै छ’
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले केही समय अगाडि गूगल प्लस कोड सम्बन्धी कार्यविधि स्वीकृत गरेको थियो । कार्यविधि पास भएपछि गूगल प्लस कोड प्रयोग भएर हुलाकमा चिठी पनि आउन थालिसकेका छन् । पछिल्लो समय हुलाक सेवा प्रविधिमैत्री हुँदै गएको छ ।
यसै सन्दर्भमा हालै शुरु भएको गूगल प्लस कोड के हो ? के के सुविधा छन् ? हुलाकमा कस्ता कस्ता प्रविधि भइरहेका छन् ? हुलाक सेवालाई कसरी प्रभावकारी बनाउन सकिन्छ लगायतका विषयमा गोश्वारा हुलाक कार्यालय, काठमाडौंका प्रमुख प्रद्युम्न उपाध्याय सँग आइसिटी समाचारका लागि कमल केसी ले गरेको कुराकानीको सम्पादित अंशः
गूगल प्लस कोड भनेको के हो ?
यो खासै त्यस्तो प्राविधिक कुरा होइन । गूगल प्लस कोड भनेको एउटा कोडिङ सिस्टम हो, जसलाई जिओ लोकेसनको आधारमा तय गरिन्छ । पृथ्वीलाई जुन काल्पनिक रेखाहरू (अक्षांश र देशान्तर)ले बनाएको ग्रिडहरूलाई साना साना बनाउँदै लगेर तल्लो तहसम्म पुगरे स्क्वायरमा एउटा कोड जेनेरेट हुन्छ ।
त्यसलाई गूगल प्लस कोड भनिन्छ । त्यो कोड त्यही ठाउँमा मात्रै हुन्छ, अर्को ठाउँमा पाइँदैन । गूगल प्लस कोड दुई प्रकारको हुन्छ । एउटा ग्लोबल कोड र अर्को लोकल कोड हुन्छ ।
ग्लोबल कोड १० वटा अक्षरको हुन्छ । बीचमा एउटा प्लस चिन्ह हुन्छ । त्यस्तो लोकल कोड ६ अक्षरको हुन्छ । यसमा ठाउँ पनि लेख्नुपर्ने हुन सक्छ । लोकेसन अलि स्पष्ट छैन भने त्यस्तो अवस्थामा १० अक्षरै पूरै लेखेर पठाउन सकिन्छ ।
गूगल प्लस कोडबाट कसरी घर घरमा सामान पुर्याउन सहज हुन्छ ?
सबैभन्दा पहिले मानिसले गूगल म्याप्सबाट आफ्नो गूगल प्लस कोड जेनेरेट गर्नुपर्यो । जहाँ पठाउनु पर्ने हो, त्यो ठाउँको ठेगाना थाहा हुनुपर्यो । जस्तै कुनै एकजना मानिस अमेरिकामा हुनुहुन्छ । उहाँले काठमाडौंको कलंकीमा रहेको आफ्नो घरमा चिठी पठाउनु खोज्नुभयो भने उहाँले गूगल म्याप्समा गएर आफ्नो घरको लोकसेन ट्र्याक गर्नुहुन्छ ।
म्याप्समा गएर आफ्नो चिठी पठाउनु पर्ने लोकेसन जहाँ हो, त्यहाँ थिचेपछि ६ अक्षरको कोड जेनेरेट हुन्छ । त्यो कोड उहाँले आफ्नो पठाउने चिठीमा लेख्नुपर्यो । सो चिठी उहाँले जुन घरको कोड दिनुभएको छ, त्यही घरमा पुग्छ ।
यो सेवा कहिलेदेखि र कहाँ कहाँबाट लिन सकिन्छ ?
फागुन १० गते मात्रै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गूगल प्लस कोड सम्बन्धी कार्यविधि स्वीकृत गरेको हो । स्वीकृत भएपछि हामीले यसको कार्यान्वयन गरिसकेका छौं । फागुन १८ गते हामीले कुरा गरिरहँदा २ वटा चिठी पनि आइसकेका छन् । एउटा विदेशबाट र अर्को स्वेदशबाट ।
अब विस्तारै गूगल प्लस कोड प्रयोग भएर चिठी आउन थाल्छन् । अहिले यो सेवा काठमाडौं उपत्यकामा मात्रै पाइलटिङ गर्ने भन्ने कुरा भएको छ । विदेशबाट चिठी आउँदा त बाहिरका पनि आइहाल्ने भए । त्यो चिठी पनि हामीले पु¥याउँछौं । अहिले मेन फोकस चाहिँ हामीले काठमाडौंलाई गरेका छौं ।
काठमाडौंको गूगल प्लस कोड लेखेर कुनै चिठी आउँछ भने हामीले डेलिभरी गर्न पनि तयार छौं । हाम्रो मेकानिजम पनि तयार छ । गूगल प्लस कोडले डेलिभरीको चुनौतीलाई अलिकति कम गर्ने भएको छ । यसबाट ठ्याक्कै लोकेसन पनि थाहा हुने भयो । कोड सर्च गरेपछि तुरुन्तै वास्तविक लोकेसन देखाइहाल्छ ।
कुन बाटो बाट जाने रूट पनि देखाउँछ । त्यसपछि त्यो इलाकाको पोष्ट म्यानले प्लान गरेर डेलिभरी गर्नुहुन्छ । यसले हुलाकको वस्तुहरू वितरण गर्न त सजिलो हुने नै भयो ।
त्यो बाहेक सार्वजनिक सेवाहरू पनि विवतरण गर्न सजिलो हुन्छ । यसबाट आपत्कालीन सेवाहरू (प्रहरी, दमकल, एम्बुलेन्स) लिन पनि सजिलो हुन्छ । यसले सबैलाई फाइदा हुन्छ ।
हुलाक कार्यालयलाई डिजिटाइज गर्न कस्ता कस्ता योजनाहरू अगाडि बढाउनु भएको छ ?
हुलाकको मुख्य काम भनेको वितरण हो । वितरण सेवालाई प्रभावकारी बनाउन सकियो भने हुलाकको छवि अर्के हुन्छ । हुलाकप्रति मानिसको विश्वास बढ्छ । वितरणलाई प्रभावकारी बनाउन हामीले गूगल प्लस कोड प्रयोगमा ल्याएका हौं । हुलाक भनेको सामान पठाउने एउटा सस्तो माध्यम पनि हो ।
हामीसँग भएको नेटवर्कलाई बढीभन्दा बढी प्रभावकारी तरिकाले परिचालन गर्ने मेरो योजना छ । गोश्वारा हुलाक अन्तर्गत हाल १८ वटा इलाका स्तरका कार्यालय र ५३ वटा अतिरिक्त हुलाक कार्यालय छन् । तिनीहरूलाई बलियो बनाउने र त्यहाँको जनशक्तिलाई ट्रेन गर्ने, वितरणमा आएका समस्यालाई समाधान गर्ने योजना छ ।
यो बाहेक आन्तरिक रूपमा प्रविधिमा के के सुधार गर्न सकिन्छ । अहिले साधारण चिठीहरूको ट्र्याकिङ हुन सकेको छैन । रजिष्ट्री र एक्सप्रेस मेल सर्भिसको मात्रै ट्र्याकिङ हुन्छ ।
अब साधारण चिठीको ट्र्याकिङ गर्ने, विश्व हुलाकको जुन नम्सहरू छन्, त्यो अनुसार हामी चल्न सकेका छैनौं । त्यसलाई पनि आत्मसात गर्दै लैजाने हाम्रो योजना छ ।
हाल हुलाकबाट के के सेवाहरू पाउन सकिन्छ ?
हुलाकबाट पत्र वितरण गर्ने रिसिभ गर्ने, पार्सल पठाउन सकिने, इएमएस लगायतका सेवा प्रदान गरिरहेका छौं । त्यस्तै साना बचतकर्ताबाट रकम संकलन गरी त्यसलाई लगानी गरेर बचत परिचालन पनि गरिरहेका छौं ।
यसको काम हामीले हुलाक बचत बैंकबाट गरिरहेका छौं । यो हाम्रो कोर फङ्सन त होइन, साइड फङ्सन हो । टिकट विक्री, धनादेश सेवा पनि प्रदान गरिरहेका छौं ।
हुलाक सेवालाई प्रभावकारी बनाउन तपाईंका आगामी योजनाहरू के के छन् ?
हुलाक सेवालाई प्रभावकारी बनाउन पहिलेबाटै स्थापित भएको नेटवर्कलाई राम्रो तरिकाले परिचालन गर्ने नै हो । त्यस्तै जनशक्तिलाई प्रविधिमैत्री बनाउने र तालिम दिने ।
प्रविधिमा आएका नयाँ नयाँ परिवर्तनहरूलाई आत्मसात गर्ने योजना छ । साथै वितरण सेवालाई पनि प्रभावकारी बनाउने योजना छ । त्यस्तै अहिले वितरण नभएका सवारी चालक अनुमतिपत्रलाई हुलाकको संयन्त्र प्रयोग गरी घर घरमा वितरण गर्न सकिन्छ । पासपोर्टहरूलाई पनि हुलाकले घर घरमा पुर्याउन सके राम्रो हुन्थ्यो ।
जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिएर घर घरमै पुर्याउने पनि हाम्रो योजना छ । राष्ट्रिय परिचयपत्र वितरण पनि हुलाक मार्फत गर्न सकिन्छ । सार्वजनिक सेवा प्रवाह गर्ने निकायसँग सहकार्य गरेर सेवा प्रदान गर्ने समेत हाम्रो योजना छ । यो गर्न सकियो भने आगामी दिनमा हुलाक सेवा प्रभावकारी हुने देखिन्छ ।
यो बाहेक ई–कमर्शमा जाने कुरा पनि हुन सक्छ । यो काम तत्काल त गर्न नसकिएला । अहिले हाम्रो जनशक्ति हाम्रो पूर्वाधारले भ्याउँदैन, प्रणाली पनि त्यस्तो छैन । यसका लागि हामीसँग नेटवर्क छ । प्रणाली बनाउनु पर्छ ।
ह्युमन रिसोर्स व्यवस्थापन कसरी गरिरहनु भएको छ ?
देशभर लगभग चार हजार हुलाक कार्यालयहरू छन् । हुलाकमा देशभर करिब १८ हजार जनशक्ति कार्यरत छ । गोश्वारा हुलाक कार्यालयमा ३६० जनशक्ति कार्यरत छन् । ३६० जनशक्तिलाई गोश्वारा हुलाक कार्यालय, इलाका हुलाक कार्यालय र अतिरिक्त हुलाक कार्यालय सबैतिर बाँडेर हामीले परिचालन गरिरहेका छौं ।
हामीले केही जनशक्ति करारमा लिएर पनि काम गरिरहेका छौं । हुलाकमा अहिले कर्मचारीको अभाव छैन । यदि हामीले सेवा विस्तार गर्दै गयौं भने जनशक्ति आवश्यक पर्छ ।
हुलाकका कर्मचारीलाई ट्रेनिङको आयोजना गर्नुहुन्छ ?
कर्मचारीहरूलाई तालिमको आयोजना भइरहेको छ । हुलाकका कर्मचारीहरूलाई रेगुलर तालिम प्रदान गर्ने हुलाक प्रशिक्षण केन्द्र रहेको छ । यो बाहेक हाम्रो कार्यालयले समेत तालिमको आयोजना गरिरहेको हुन्छ ।
२ वर्षअघि हामीले पिट्स (पोस्टल इन्टरनल ट्र्याकिङ सिस्टम) नामक डोमेस्टिक ट्र्याकिङ सिस्टम प्रयोग गर्न शुरु गरेका थियौं । यसको जानकारी दिन हामीले देशभर पिट्सको तालिम आयोजना गर्छौं ।
अहिले त्यसको तालिम आयोजना भइरहेको छ । साथै हामीले गूगल प्लस कोडको बारेमा केहीलाई तालिम प्रदान गरिसकेका छौं भने अरुलाई पनि तालिम दिने हाम्रो योजना रहेको छ ।
हुलाक सेवामा अहिले कस्ता कस्ता प्रविधि प्रयोग भइरहेका छन् ?
गोश्वारा हुलाकमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दुवै प्रविधिहरू प्रयोग भइरहेका छन् । विश्व हुलाक संगठनको डकपोष्ट भन्ने सफ्टवेयर हामीले प्रयोग गरिरहेका छौं । डकपोष्टले विदेशबाट आएका चिठीहरूको ट्र्याकिङ गर्छ । इएमए ट्र्याकिङका लागि पनि हामीले सफ्टवेयर प्रयोग गरिरहेका छौं ।
साथै पिट्स, गूगल प्सल कोड लगायतका प्रविधिहरू प्रयोग गरिरहेका छौं । आगामी दिनमा हुलाक सेवालाई प्रभावकारी बनाउन थप प्रविधिहरू प्रयोग गर्दै जाने हाम्रो योजना छ ।
अन्तर्वाता/विचार
‘हाम्रो बजार सधैंभरि निःशुल्क नै रहन्छ’ - रोहित तिवारी
विगत १० वर्षदेखि सञ्चालनमा रहेको इकमर्स कम्पनी हाम्रो बजारलाई मुभर्स एण्ड से…
नेपालमा सफ्टवेयर इन्जिनियरिङ र यसको क्षेत्र
प्रविधिको प्रयोगले भइरहेका अकल्पनिय परिवर्तनहरुको पछाडी सफ्टवेयरको सबैभन्दा ठुलो भुमिका छ । कुरा गरिरहनु पर्दैन कि,…
‘डिजिटल लर्निङको जनचेतना फैलाउन र यसको महत्व देखाउन डिजिटल लर्निङ डे मनाइन्छ’
आगामी फ्रेबुअरी २५ अर्थात् फागुन १३ गते नेपालमा ‘डिजिटल लर्निङ डे’ मनाइने…
‘ह्वावे कहिल्यै विविधीकरणको पछि लाग्ने छैन’
सन् १८८७ मा चीनको एउटा अपोर्टमेन्टबाट शुरु भएको हुवावे आज १७० भन्दा बढि द…
‘हाम्रो कलेजमा पढ्ने विद्यार्थी चारवर्ष पछि यात उद्यमी बन्ने छन् यात राम्रो जब पाउने छन्’
बिगत केही वर्षदेखि नेपालमा आइटी लगायतका अन्य शिक्षा प्रदान गरिरहेको छ । स…
‘तपाई जस्तो प्रतिभावान व्यक्तिका लागि संसार कुर्दैं छ’
सोफी एलकर्न हुवावे आइसिटी अवार्ड २०२० की सल्लाहकार हुन् । उनी अमेरिकाको क्…
हामीले विद्यार्थीलाई गुणस्तरीय शिक्षाको प्रतिवद्धतासँगै उत्कृष्टलाई छात्रवृत्तिको व्यवस्था गरेका छौं- गंगा सुब्बा
त्रिभुवन विश्वविद्यालयबाट मान्यता प्राप्त सगरमाथा कलेज अफ साइन्…
‘हामीले विद्यार्थीलाई २५ देखि १०० प्रतिशतसम्म स्कलरसीपको व्यवस्था गरेका छौं’
स फ्टवेरिका कलेजले विगत एक दशक देखि नेपालमा आइटी शिक्षा प्रदान गरिरहेक…
डिजिटल मार्केटिङ र यसकाे उपयोगिता
डिजिटल मार्केटिङ ईन्टरनेटको माध्यमबाट ग्राहकहरू सम्म पुग्नको लागि एउटा वृहत सञ्जाल ह…
‘नयाँ भर्नाको लागि प्रवेश परीक्षा लिइरहेका छौँ’
सन् २००१ मा स्थापना भएको नेपाल कलेज अफ इन्फरमेसन टेक्नोलोजी (एनसीआइटी) पो…
‘सबै स्थानिय निकाय र सरकारी कार्यालयको डेटा सेन्ट्रलाइजड गर्न आवश्यक छ’
नेपाल सरकारको आईटी सम्बन्धि विज्ञ निकायको रुपमा रहेको सूचना…
कनेक्टिभिटी र डाटा मार्फत डिजिटल नेपाल यात्राको सशक्तिकरण
पछिल्ला २१ बर्षदेखि, ह्वावेले नेपालको आईसीटी उद्योगमा सेवा गर्दै आएको छ । सूचना र …
‘ह्वावे अरु कसैको स्वामित्वमा नभई यसको कर्मचारीहरूको हो’
स्विडेनको टेलिकम नियामक पीटीएसले हालसालै देशका अपरेटरहरूलाई उनीहरूको फाइभजी ने…
५ जी : क्रमागत विकास कि क्रान्ति ?
ई. कैलाश कार्की
उपप्राध्यापक, नेपाल ईन्जिनियरिङ्ग कलेज
मोबाइल प्रविधिमा हामि एनालग प्रविधिमा आधारित पहिलो पुस्…
ब्लग के हो ? ब्लगबाट कसरी पैसा कमाउने ?
के तपाई आफ्नो लेखलाई घर बसीबसी कमाउने माध्यम बनाउन चाहनुहुन्छ ? त्यो पनि लाखौंमा …