अन्तर्वाता/विचार
‘नयाँ भर्नाको लागि प्रवेश परीक्षा लिइरहेका छौँ’
सन् २००१ मा स्थापना भएको नेपाल कलेज अफ इन्फरमेसन टेक्नोलोजी (एनसीआइटी) पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेज हो । कलेजले ब्याचलर्स तथा मास्टर्सका विभिन्न कोर्षहरु सञ्चालन गर्दैं आएकि छ ।
यो वर्ष कोरोना महामारीले शैक्षिक शत्र केही ढिला हुन गयो र ब्याचलर्सका कोर्षहरु भर्खर शुरु हुने तयारीमा छन् । ब्याचलरका कोर्षहरु भर्खर शुरू हुने तयारी हुँदा कलेजको तयारी कस्तो छ, कस्ता कस्ता कोर्ष पढाइ हुन्छन्, शूल्क कति छ लगायतका विषयमा एनसीआइटी कलेजका प्रिन्सीपल निरञ्जन खकुरेल सँग आइसिटी समाचारका लागि स्नेहा झा ले गरेको कुराकानीः
कोरोना महामारीको समयमा कोर्स र कलेज कसरी सञ्चालन गर्नुभयो ?
हामीले कोरोना महामारीको समयमा नियमित रुपमा कक्षा सञ्चालन गरिरहेका थियौं । विभिन्न भर्चुअल माध्यमहरुको प्रयोग गरेर हामीले नियमित कक्षा सञ्चालन गरेका थियौं ।
अनलाइन कक्षाका लागि एनसीआईटी आफैले विकास गरेको लर्निङ म्यानेजमेन्ट सिस्टम (एलएमएएस) पनि प्रयोग गरेका थियौं । त्यस्तै अनलाइन कक्षाका लागी माइक्रोसफ्ट टिम्स, गूगल क्लासरुम जस्तो भर्चुअल प्लेटफर्महरुको प्रयोग गरेर कक्षाहरु सञ्चालन गरिरहेका थियौं ।
यस वर्षको स्नातक तहका कोर्षहरु भर्खरै सुरु हुने तयारीमा छन्, यसमा तपाईहरुको के कस्तो तयारी रहेको छ ?
कोरोना महामारीले गर्दा यस वर्षको शैक्षिक शत्रमा केही परिवर्तन भयो । तैपनि स्नातक तहका कोर्षहरु राम्रो ढङ्गले सञ्चालन गर्ने कलेजको योजना छ र यसका लागी कलेजले अहिले प्रवेश परीक्षा पनि लिइरहेको छ ।
एनसीआइटीमा कुन कुन कोर्षहरु छन् र कसले पढ्न पाउँछन् ?
एनसीआईटी कलेजले स्नातक र स्नातकोत्तर तहको शिक्षा दिने गर्दछ । कलेजले स्नातक तहमा इन्जिनियरिङ, बीबीए, बीसीएको अध्ययन गराउने गर्दछ भने स्नातकोत्तरमा एमएससी र एमसीआइएस जस्ता कोर्षहरु सञ्चालन गर्दैं आएको छ ।
इन्जिनियरिङ तहमा कम्प्यूटर सफ्टवेयर, आइटी इन्जिनियरिङ, सिभिल इन्जिनियरिङ, सफ्टवेयर इन्जिनियरिङ, इलेक्ट्रोनिक इन्जिनियरिङ आदी कोर्षहरु पढाई हुन्छन् ।
इन्जिनियरिङ तहका कोर्षहरु साइन्स पढेका विद्यार्थीहरुले अध्ययन गर्न पाउँछन् र त्यसमा पनि दुवै बायो र फिजिकल विज्ञानका विद्यार्थीहरुले अध्ययन गर्न पाउँछन् । इन्जिनियरिङ पढ्नका लागी सबै विषयमा सी ग्रेड आएको हुनुपर्छ ।
बीसीए भने म्यानेजमेन्टका विद्यार्थीले पढ्न पाउनेछन् तर ती विद्यार्थीले प्लस टू मा भने कम्प्यूटर साइन्स वा गणित विषय पढेको हुनुपर्छ । एनसीआइटी कलेज पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त रहेको छ । बीबीए पढ्नका लागी कम्तीमा बी प्लस ग्रेड हुनुपर्छ र १.८९ जीपीए हुनुपर्छ ।
नयाँ ब्याचका चार वर्षे प्रोग्राम कसरी सञ्चालन हुन्छ ?
नयाँ ब्याचका कक्षाहरु भौतिक रुपमा नै सञ्चालन हुने हुँदा कोर्ष पढाउन र सम्पन्न गर्नमा कुनै समस्या हुदैन् ।
विद्यार्थीहरुका लागी केही विशेष छुट, छात्रवृत्ति या अफर छ ?
विद्यार्थीहरुले अहिले भइरहेको प्रवेश परिक्षाको आधारमा राम्रो गरेमा केही विशेष छुट पाउन सक्छन् । त्यस्तै आन्तरिक परिक्षामा शिर्ष स्थानको विद्यार्थीलाई कक्षा छात्रवृत्ति प्रदान गरिनेछ । ११ र १२ कक्षाको जीपीएको आधारमा पनि छुट दिइनेछ ।
कोर्षहरु केही परिमार्जित गरिएको छ, यो वर्ष ?
यस वर्ष कोर्षमा कुनै परिवर्तन छैन तर समय सापेक्ष इलेक्टीभ या स्पेसिलाइजड कोर्ष भने बिचमा थपिन सक्छ ।
एडमिसन प्रक्रिया र शुल्क बारे केही जानकारी गराइदिनुस न ।
एडमिसन प्रक्रिया र शूल्कको जानकारी कलेजको आधिकारिक
वेबसाइट
बाट लिन सकिन्छ । त्यहाँबाट लाइभ परामर्श समेत लिन सकिन्छ । अनलाइन बाटै इन्ट्रान्सको फर्म पनि भर्न मिल्छ । शुल्क हेर्दा छात्रवृत्ति बाहेक सिभिल इन्जिनियरिङको १२ लाख र अरु कोर्सको १० देखि ११ लाख रहेको छ ।
अन्तर्वाता/विचार
५ जी : क्रमागत विकास कि क्रान्ति ?
ई. कैलाश कार्की
उपप्राध्यापक, नेपाल ईन्जिनियरिङ्ग कलेज
मोबाइल प्रविधिमा हामि एनालग प्रविधिमा आधारित पहिलो पुस्…
ब्लग के हो ? ब्लगबाट कसरी पैसा कमाउने ?
के तपाई आफ्नो लेखलाई घर बसीबसी कमाउने माध्यम बनाउन चाहनुहुन्छ ? त्यो पनि लाखौंमा …
किन सफल भएनन आइटीका सरकारी प्रोजेक्टहरु ?
आइसिटी अन्तगर्तका धेरैजसो सरकारी प्रोजेक्टहरु पुर्णरुपमा सफल नभएको देखिन्छ । एडिबी र विश्व बैंकको अनुदानकै प्रोजेक्टहरु पनि मास्टरप्लानमै कता हराएजस्तै भान …
‘साइबर सेक्युरिटीमा सरकारको तयारी र योजना कामचलाउ मात्रै भयो’
साइबर सुरक्षा विज्ञ राजनराज पन्त
फोटोः सौगात पोखरेल
केह…
‘ह्याकर’ भन्ने बित्तिकै नराम्रो तरिकाले बुझ्ने एउटा गलत धारणा छ
कोभिडले नेपालमा ल्याएको डिजिटल तरंग
अहिले पूरै विश्व नै कोभिड कहरले ग्रस्त बनेको छ । देशहरू कोभिडको खोप खोज्नमा तत्पर …
एएसपी डटनेटमा भ्यु स्टेटको चर्चा
CTO at BRAINDIGIT | MVP (Visual Studio and Development Technologies) at Microsoft Most Valuable Professional
एएसपी डटनेटमा यसरी गर्नुहोस् सर्भर कन्ट्रोल
फोटोः आलोक कुमार पाण्डे
CTO at BRAINDIGIT | MVP (Visual Studio and Development Technologies) at Microsoft Most Valuable Professional …
बिज्ञान प्रविधिमा नेपाल, विकास एजेन्सीको भूमिका के हुन्छ ?
तपाई कस्ता सफ्टवेयरहरु प्रयोग गरिरहनुभएको छ ? नेपालमा सक्कली सफ्टवेयर प्रयोग गर्नेहर…
यसरी बनाउनुहोस् एएसपी डटनेटमा वेबसाइट
आलोक कुमार पाण्डे
CTO at BRAINDIGIT | MVP (Visual Studio and Development Technologies) at Microsoft Most Valuable Professional
विज्ञान दिवसको मूल उदेश्य नै इन्नोभेसन र नवप्रवर्तनलाई प्रवर्द्धन गर्ने हो - गणेश शाह
गणेश शाह, पूर्वमन्त्री, विज्ञान तथा प्रविधि
पूर्व मन्त्…