कीवर्डहरू -

अन्तर्वाता/विचार

के हो डिजिटल मार्केटिङ र के छ यसकाे उपयोगिता ?

डिजिटल मार्केटिङ ईन्टरनेटको माध्यमबाट ग्राहकहरू सम्म पुग्नको लागि एउटा वृहत सञ्जाल हो। जसमा प्रयोगकर्ताहरु प्रत्यक्ष रूपमा इमेल, इन्टरनेट,सामाजिक सञ्जाल साथै सर्च इन्जिनको माध्यामबाट लाभान्वित हुने गर्छन् ।

यो माध्यामबाट सजिलै कुनै पनि कम्पनीको ब्रान्ड वा उत्पादनलाई ईन्टरनेटको माध्यमबाट प्रबर्द्धन गरी विश्वको जुनसुकै कुनामा पनि कम लागत सँगै सीमित लगानीमा वस्तु तथा सेवाको प्रबंधन गर्नको लागि बिश्वासिलो पाटोलाई अंगाल्दै डिजिटल मार्केटिङ्ग अहिलेको डिजिटल युगमा परम्परागत मार्केटिङ्ग लाई पूर्ण विराम लगाउने होडमा अगाडि बढ्दै गरेको देख्न सकिन्छ।

डिजिटल मार्केटिङ किन ?

आजको युग प्रविधिको पुरा सँगै प्रतिस्पर्धामा अगाडि बढ्दै गइरहेको अवस्था साथै बढ्दो इन्टरनेट(सामाजिक सञ्जाल) प्रयोगलाई मध्यनजर राखेर हेर्दा पनि यसको आबश्यकता र महत्त्व लाई उच्च बिन्दुमा नियाल्न सकिन्छ ।

तपाईं हामीले अपनाइरहेको परम्परागत मार्केटिङ्ग जस्तै टेलिभिजन, रेडियो, पत्रपत्रिका जस्ता मार्केटिङ तरिकाहरू भन्दा एकदम सस्तो साथै परम्परागत माध्यमहरू पनि प्रविधि मैत्री बन्दै इपेपर, वेबसाइट जस्तो डिजिटल साइट तिर रूपान्तरण हुँदै जनुले पनि डिजिटल मार्केटिङको उचाई प्रष्ट नाप्न सकिन्छ ।

समय, भौगोलिक अवस्था लगायतका कुराहरूको असीमितताले गर्दा पनि यसबाट प्रतक्ष्य लाभान्वित हुन सकिन्छ। सम्भावना बोकेको, भविष्य लामो र विश्वमा उदयमान रूपमा साथै डिजिटल डिभाइसको अधिकतम प्रयोग बढ्नुले पनि र घरमै बसेर आफ्नो सञ्जाललाई विस्तार गर्न सकिने भएकोले पनि यसको महत्व लाई प्रष्टाउन सकिन्छ ।

डिजिटल मार्केटिङ कसरी गर्ने ?

डिजिटल मार्केटिङ्ग एउटा मार्केटिङको मेरुदण्डको रूपमा उदाउँदै गए जस्तै सर्वप्रथम वेभसाईट लाई यसको मेरुदण्डको रुपमा लिईन्छ । वेबसाइट लाई गुगल लगायत सर्च इन्जिन मैत्री बनाउँदै लगेमा पनि त्यसबाट प्रत्यक्ष फाइदा लिन सकिन्छ।

साथै सामाजिक सञ्जाल जस्तै फेसबूक तथा युट्युब च्यानल माध्यमबाट बुस्ट गरेर संसँगै इन्टरनेट मार्केटिङ्ग बाट पनि पनि डिजिटल मार्केटिङ्ग गर्न सकिन्छ ।

(लेखक आइसबर्ग टेक्नोलोजीका प्रबन्ध निर्देशक हुन्)

अन्तर्वाता/विचार

क्रिप्टोकरेन्सीमा १२ वर्षीय बेन्यामिनको सफलता, करोडौं कमाउन थाले 

नन फन्जिबल टोकन (एनएफटी)ले आजभोलि चर्चा पाइरहेको छ । आफ्नो कामलाई डिजिटाइज गर्न स…

दोस्रो हुन सफल कविता : ‘पूरा होस् मेरो सपना : डिजिटल नेपालको !’ (भिडिओ)

सपना हरिया
तर, क्रन्दन सहेर
निस्किरहेछन् ढुङ्गाको कापबाट

हामी डिजिटल क्रान्तिको यस्तो ठाउँमा छौं, जसले परिवर्तन होइन रूपान्तरण ल्याउन सक्छ

डिजिटल नेपाल फ्रेमवर्क तयार गर्नमा मैले पनि योगदान गरेको छु । मलाई सुन्दै जाँदा क…

सूचना प्रविधिको विकासका लागि अर्को एक ‘कुलमान’ चाहिएको छ 

सूचना प्रविधिको विकासमा नेपालको इतिहास भनेको सरकारी क्षेत्रभन्दा पनि निजी क्षेत्रले…

प्रथम पुरस्कार जित्न सफल निबन्ध : मेरो डिजिटल नेपाल ! मेरो परिकल्पना !! 

आजको २१ औं शताब्दीमा मानवजातिको चेतना र परिकल्पनाबाट निर्मित सिद्धान्त र सिर्जनाहरुले यस विशाल संसारलाई एक विश्वव्या…

डिजिटल नेपालप्रति नयाँ पुस्ताको बुझाई प्रशंसायोग्य छ

आज हामी डिजिटल नेपालको कुरा गर्दै छौं । ‘माइ डिजिटल नेपाल माइ इम्याजिनेसन’ कति राम्रो स्लोगन छ । एउटा सोच्न सक्ने,…

इन्टरनेटको मूल्य घटाउने र डिजिटल साक्षरता बढाउने मेरो प्राथमिकता हुनेछ

मैले हिजो (बिहीबार) मात्रै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आफ्नो कार्यभार सम्हाल…

डिजीहबले एकै ठाँउबाट फाइनान्सियल टेक्नोलोजी सेवा दिने इकोसिस्टम बनाएको छ- सीईओ ढकाल   

सूचना, सञ्चार तथा प्रविधि क्षेत्रमा हरेक वर्ष सयौं नयाँ कम्पनीहरु आउँछन् । त्यसमध्ये क…

सिरियाको इलेक्ट्रोनिक आर्मीले द न्युयोर्क टाइम्समाथि गरेको त्यो अनौठो ह्याक 

सन् २०१३ को अगस्ट २७ करिब १:१९ दिउँसो एउटा रिर्सचरले थाहा पाए न्युयोर्क टाइम्सको वे…

अमेजनको अन्तरिक्ष इन्टरनेट कार्यक्रम बारे जान्नै पर्ने दश तथ्य

पृथ्वीको अर्बिटमा स्याटेलाइटलाई पठाउने कम्पनी एलन मस्कको स्टारलिकं इन्टरनेट सेवा मात्…

‘सर्भर आक्रमण’ सेक्युरिटी फर्मको स्क्यान्डल पनि हुनसक्छ– एमडी डिल्ली अधिकारी (अन्तर्वार्ता)

आइतबार सरकारको स्वामित्वमा रहेको दूरसञ्चार कम्पनी नेपाल टेलिकमको सर्भर ह्याक भएको समाचार आए । उक्त ह्याकमा चिनिया सर…