कीवर्डहरू -

अन्तर्वाता/विचार

थपिएको लगानीसँगै बजारमा आक्रामक रूपमा जाने हाम्रो योजना होः संस्थापक अधिकारी (अन्तर्वाता)

आजभन्दा ११ वर्ष अगाडि स्थापना भएको फुडमाण्डु नेपालको पहिलो अनलाइन फुड डेलिभरी कम्पनी हो । फुडमाण्डुले कोरेको बाटोमा आज एक दर्जन बढी स्टार्टअप आएका छन् ।

जुन बेला बजार थिएन्, त्यो बेला नेपालमा अनलाइन फुडको बजार बनाउँदै अगाडि बढेको हो फुडमाण्डु । हालै मात्र फुडमाण्डुले डोल्मा इम्प्याक्ट फन्डबाट ४६ करोड लगानी उठाउने एमओयु गरेको छ ।

यसैसन्दर्भमा डोल्मा इम्प्याक्ट फन्डले गर्ने उक्त लगानी के के मा परिचालन हुन्छ ? अब फुडमाण्डु कसरी अगाडि बढ्छ ? लगायतका विषयमा फुडमाण्डुका संस्थापक मनोहर अधिकारी सँग आइसिटी समाचारका लागि कमल केसी ले गरेको कुराकानीको सम्पादित अंशः


फुडमाण्डुमा डोल्मा इम्प्याक्ट फन्डले ४६ करोड रुपैयाँ लगानी गर्ने सम्झौता भएको छ । यसबारे केही बताइदिनुहोस् न ?

फुडमाण्डुमा ४६ करोड लगानीका डोल्मा इम्प्याक्ट फन्डसँग हामीले एमओयु गरेका छौँ । यो तेस्रो राउन्डको लगानी हो ।

यसभन्दा अगाडि हामीले २ पटक लगानी उठाइसकेका छौं । सन् २०१६ मा टिएनए र सन् २०२० मा टिम भेन्चर कम्पनीले लगानी गरेका छन् ।

यसअघि पहिलो र दोस्रो राउन्डमा कति लगानी उठाउनुभएको थियो ?

सन् २०१६ मा टिएनए र सन् २०२० मा टिम भेन्चर कम्पनीले गरेको लगानी खुलाउन मिल्दैन । तर, हालको भन्दा कम स्केलमा रकम उठेको थियो ।

डोल्मा इम्प्याक्टबाट आउने लगानी केके मा परिचालन हुन्छ ?

डोल्मा इम्प्याक्टबाट आउने लगानी फुडमाण्डुको ग्रोथमा परिचालन हुन्छ । ग्रोथका लागि चाहिने पूर्वाधार, ह्युमन रिसोर्स, मार्केटिङ, प्रविधि, सेवाविस्तार र नयाँ भर्टिकलमा प्रयोग हुन्छ ।

यसभन्दा अगाडि आएको लगानीको उपलब्धि कस्तो रह्यो ?

यसभन्दा अगाडि उठेको रकम चाहिँ कोर बिजनेसमा प्रयोग भएको थियो । त्यो रकम फुड डेलिभरीको ग्रोथका लागि लगाएको हो । त्यो सानो स्केलमा थियो ।

पैसा पनि हामीले सानो स्केलमा उठाएका थियौं । अहिले ठुलो स्केलमा फन्डिङमा भएको छ ।

फुडमाण्डु अहिले काठमाडौं उपत्यका र पोखरामा सीमित छ । देशका अन्य सहरमा सेवा विस्तार गर्ने योजना छ ?

विस्तार अन्य सहरमा पनि सेवा विस्तार गर्ने हाम्रो योजना छ । अहिले हामी कुन सहरमा जाँदा राम्रो हुन्छ भनेर फिजिबिलिटी हेर्दै छौं । त्यसपछि फुडमाण्डु अन्य सहरमा पनि जान्छ ।

कोरोना महामारीपछि तपाईंहरूको व्यवसायमा कस्तो परिवर्तन आयो ?

हाम्रोमा पहिलाभन्दा परिवर्तन भएको छ । तर, अन्य डिजिटल क्षेत्रको तुलनामा त्यति धेरै परिवर्तन आएको छैन । पहिलाभन्दा ग्रोथ भएको छ । डिजिटल पेमेन्टको कुरामा एकसमै ग्रोथ भएको छ ।

पहिला १० प्रतिशतभन्दा पनि कम डिजिटल पेमेन्ट हुन्थ्यो । अहिले ४० प्रतिशत जति पेमेन्ट अनलाइनबाट हुन्छ । अनलाइन फुडको जनचेतनामा पनि अलिकति बल पुगेको छ । राम्रो हुन्थ्यो होला तर हामीले राम्रोसँग व्यवसाय सञ्चालन गर्न पाएनौं ।

तपाईंहरूले एक दशकअगाडि फुडमाण्डु सुरु गर्नुभयो । अहिले तपाईंहरूले कोरेको बाटोमा थुप्रै फुड डेलिभरी स्टार्टअप जन्मिएका छन् । यसलाई कसरी हेर्नुहुन्छ ?

यसलाई म सकारात्मक तरिकाबाट हेर्छु । बजार धेरै ठुलो छ । बजार भन्नाले पहिले नै सिर्जना भएको बजार होइन यो । विस्तारै बढ्दै जाने बजार हो । हाम्रो बजार ब्स्तिारै बढ्दै गइरहेको छ ।

यो नयाँ उद्योग भयो । राम्रो स्कोप छ । ग्रो गर्ने बजार भएपछि नयाँ उद्योगलाई एउटा मात्रै खेलाडीले त ग्रो गर्न सक्दैन । त्यो हिसाबमा यसको विकास र विस्तारका सबैको महत्वपूर्ण रोल हुन्छ र छ ।

आइपिओमा जाने केही योजना छ ?

अल्टिमेट हाम्रो लक्ष्य भनेको पब्लिकमा जाने छ । समय कति लाग्ला अहिले नै भन्न सकिदैन तर अल्टिमेट गोल पब्लिकमा जाने छ ।

तपाईंहरूका आगामी योजनाहरू के के छन् ?

नयाँ लगानीसँगै अब आक्रामक रूपमा जाने हाम्रो योजना छ । हाम्रो ग्रोसरी डेलिभरी फुडमाण्ड फ्रेसलाई व्यवस्थित तरिकाले अगाडि बढाउँदै छौं, गरिरहेका पनि थियौं त्यसलाई अब व्यवस्थित लैजाने हाम्रो योजना छ ।

टेक्नोलोजिकल एडभान्समेन्टमा पनि काम गर्छौ, त्यसले स्केलअप गर्न सजिलो हुन्छ । अन्य सहरमा सेवा विस्तार गर्ने योजना छ । फुडकै वरिपरि बसेको के गर्न सकिन्छ, ग्राहकलाई नयाँ सेवा के दिन सकिन्छ, त्यसमा हामी एक्सप्लोर गरिरहेका छौं । फुडभन्दा बाहिर हामी जाँदैनौं ।

अन्तर्वाता/विचार

विस्तारै मान्छे र मेशिनबीचको अन्तर छुट्याउन गाह्रो हुने समय आउँदै छः एआई विज्ञ पौडेल

एआई एउटा यस्तो प्रविधि हो, जसले आफै निणर्य लिन सक्छ । पछिल्लो समय प्रविधि उद्योगमा ए…

एनएफटीः भविष्यको डिजिटल स्वामित्व

अब विश्व वेब ३.० तर्फ अघि बढ्दै छ । वेब ३.० इन्टरनेटको तेस्रो पुस्ता हो । यसलाई स्मा…

क्रिप्टोकरेन्सी, बिटक्वाइन र नेपाल 

नेपालमा पछिल्लो समय क्रिप्टोकरेन्सी, बिटक्वाइन लगायत भर्चुअल मुद्राको बारेमा चर्चा बढ्…

कोभिड–१९ ले ल्याएको केहि प्राविधिक तरङ्ग

यो महामारीले विश्वभरिनै डिजिटल युगको आयाम ल्याएको छ । सामाजिक दूरी कायम गर्नुपर्ने तर जनजीवनलाई भएसम्म सामान्यनै राख्नुपर्ने बाध्यताले अत्याधिक मात्र…

‘निमा एकेडेमीले बच्चाहरूलाई बुझाउने गरी कन्टेन्ट विकास गरिरहेको छ’ (भिडियो अन्तर्वाता)

नेपालको शिक्षा प्रणालीलाई डिजिटन बनाउने महत्वाकांक्षी योजनाका साथ अगाडि बढेको निम…

टेक्नोलोजिकल एक्सपोजरका लागि प्रोजेक्ट एक्जिबिसन आयोजना गरेका हौंः उमेश पनेरू

शुक्रबार अर्थात भोलि नेपाल कलेज अफ इन्फर्मेसन टेक्नोलोजी (एनसीआईटी) ले प्रो…

डिप फेक पत्ता लगाउने फेसबुकको प्रविधि, कसरी गर्छ काम ?

प्रविधिको विकाससँगै डिप फेक प्रविधि पनि अझै बढि विकसित हुँदै गइरहेको छ । यसले स…

पासवर्डको रूपमा घरपालुवा जनावरको नाम प्रयोग हुँदै, तपाई पनि प्रयोग गर्नुहुन्छ भने होसियार   

यो ईमेल तथा इन्टरनेटको युग हो । अहिले विश्वभरका धेरै मानिसहरु सामाजिक संजालका ए…

सन् २०२२ का साइबर सुरक्षा ट्रेन्डः र्‍यानसमवेयर आक्रमणदेखि स्याटेलाइट ह्याकसम्म

पछिल्लो समय साइबर सुरक्षा जटिल बन्दै गइरहेको छ । जति जति प्रविधि विकसित हुँदै छ, …

कोरोना महामारीः डिजिटल रुपान्तरणको सारथी !

२०७६ साल चैत ११ गतेदेखि जनजीवन एक्कासी ठप्प भयो । किनकी नेपालमा कोरोना भाइरस सं…

इन्जिनियरिङ, बीबीए र बीसीएमा नयाँ भर्ना खुलेको छः प्रिन्सीपल एनसीआईटी कलेज

गत मंसिरमा कक्षा १२ को नतिजा सार्वजनिक भएको थियो । यतिबेला प्लस टु पास गरेका विद्…

किन प्रयोग गर्ने भीपीएन ? के के छन् यसका फाइदा ? यसरी सजिलै बुझ्नुहोस्

गूगलमा तपाईंले कुनै एउटा वेबसाईट खोज्नु भयो तर त्यो खुलेन, के गर्ने? युट्युबमा कु…

इन्टरनेट अफ थिङ्क्सले सिर्जना गरेका रोजगारीका अवसर

प्रविधि तथा विज्ञानको क्षेत्रमा अत्याधुनिक प्रविधिहरुको विकाससँगसँगै विश्वमा अनेकौ अ…

ब्याचलर्समा आईटीमा के पढ्ने ? यस्ता छन् सूचना प्रविधि अध्ययन र प्रयोगका नयाँ विधाहरू

शुक्रबार मात्रै राष्ट्रिय परिक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गर्‍यो । नतिजा व…

के हो बिटकोइन ? कसरी हुन्छ कारोबार ?

पछिल्लो समय बिटकोइनले बजार तताएको छ । केही समयदेखि यसको मूल्यमा उछाल आएको छ । आ…