कीवर्डहरू -

अन्तर्वाता/विचार

कस्ता छन् त सन् २०२२ को साइबरसुरक्षा ट्रेन्ड ?

पछिल्लो समय साइबर सुरक्षा जटिल बन्दै गइरहेको छ । जति जति प्रविधि विकसित हुँदै छ, त्यति त्यति साइबर सुरक्षा पनि जटिल हुँदै छ ।

विभिन्न कम्पनीहरू ह्याक गरेर डेटा चोर्ने, पैसा चोर्ने र सेवा नै ठप्प बनाउने जस्ता क्रियाकलाप केहि समययता बढेका छन् ।

सन् २०२२ मा पनि साइबर अपराधका विभिन्न क्रियाकलाप हुनेछन् । साइबर सुरक्षामा चुनौती बढ्दै गएको सन्दर्भमा यो वर्ष सन् २०२२ मा कस्ता कस्ता साइबर सुरक्षा ट्रेन्ड देखिएलान ? आज हामी जानकारी दिदैछौं ।

र्‍यानसमवेयर आक्रमणमा वृद्धि

\"\"

सन् २०२१ मा हामीले धेरै र्‍यानसमवेयर आक्रमणहरु देखेका थियौँ । सन् २०२२ मा पनि र्‍यानसमवेयर आक्रमणको सख्यां बढदै जानेछ । र्‍यानसमवेयर आक्रमन गरेर ह्याकरले फिरौती रकम माग्न सक्नेछन् ।

एडभान्स्ड इन्टेलिजेन्स नामक थ्रेट इन्टेलिजेन्स फर्मका अन्वेषकले  सन् २०२२ मा कन्टी र्‍यानसमवेयर ग्रुप, ट्रिकबोट ग्याङ र इमोटेट अपरेट्ररले झनै बढि र्‍यानसमवेयर आक्रमणहरु सञ्चालन गर्ने बताएका छन् ।

विकेन्द्रीकृत वित्त माथि आक्रमण

\"\"

विकेन्द्रीकृत वित्त जसलाई अंग्रेजीमा डेफी भन्निछ । यो एक ब्लकचेनमा आधारित वित्त हो, जुन केन्द्रिय वित्तिय व्यवस्थामा आधारित हुँदैन् । विकेन्द्रीकृत वित्त सम्बन्धित ह्याकहरु सन् २०२२ मा एकदमै वृद्धि हुने अनुमान गरिएको छ । यसले लाखौँ डलरको घाटा गराउनेछ ।

साइबर जासुसीमा वृद्धि

\"\"

सरकारबाट सञ्चालित ह्याकरहरूले ह्याक गर्ने ट्रेन्डमा एकदमै वृद्धि भएको छ । सरकारबाट सञ्चालित ह्याकरले धेरैजसो सरकारी कार्यालय र महत्वपूर्ण पूर्वाधार माथि लक्षित गर्ने गर्छन् । त्यस्तै स्वास्थ्य, औषधीको क्षेत्र, शिक्षण क्षेत्र र ऊर्जा उद्यम समेत उनीहरूको लक्षितमा हुन्छन् ।

धेरैजसो आक्रमण इन्टेलेक्चुअल प्रोप्रर्टी (बौद्धिक सम्पति) को चोरीका लागि सञ्चालन गर्ने गरिन्छ । अमेरिका,यूरोप र मध्य एसीयालाई लक्षित गरेर रुस, चीन र इरान जस्ता देशहरुले ह्याक गर्न लगाउने अनुमान गर्न सकिन्छ ।

सप्लाइचेन आक्रमणको वृद्धि

सन् २०२२ मा सप्लाइचेन आक्रमणको एकदमै वृद्धि हुने देखिएको छ । यस्तो अक्रमणले धेरैजसो सफ्टवेयर सप्लाई चेनलाई लक्षित गर्ने गर्दछ । बगलाई दुरुपयोग गरेर पनि धेरै साइबर अपराधहरु हुनेछन् । सन् २०२१ सोलारविण्ड र कासेया जस्ता सप्लाइचेन आक्रमणको सफलतासँगै यस्तो किसिमको आक्रमण सन् २०२२ मा बढ्न सक्ने अनुमान गर्न सकिन्छ ।

‍गत वर्षको एउटा घटनालाई हामी अध्ययन गर्न सक्छौं । अमेरिकी कम्पनी कासेयामाथि र्‍यान्समवेयर आक्रमण गरेर ह्याकरले ७० मिलियन डलर माग गरेका थिए । यो आक्रमणमा १ मिलियन कम्प्यूटर संक्रमित भएका थिए ।

डिप फेकको चुनौती

\"\"

प्रविधिको विकाससँगै डिप फेक प्रविधि पनि अझै बढि विकसित हुँदै गइरहेको छ । यसले साइबर सुरक्षामा थप चुनौती थपेको छ । आगामी दिनमा यसले एकदमै ठूल्ठूला आक्रमणहरु निम्त्याउन सक्ने छ । ह्याकरहरुले कुनै पनि प्रतिष्ठित व्यक्तिको भिडियो वा अडियो नक्कल गरेर पैसा पठाउनका लागि भन्न सक्नेछन् ।

ह्याकरहरुको समेत डिप फेक प्रविधि प्रति झुकाव एकदमै बढदै गएको छ । यो अहिले एउटा विश्वव्यापी समस्याको रूपमा रहेको छ । त्यसकारण ‘डिप फेक’ पत्ता लगाउने प्रविधि फेसबुकले विकास गरेको छ । उक्त प्रविधिबाट ‘डिप फेक’ कहाँबाट आएको हो भन्ने पनि पत्ता लगाउन सकिन्छ ।

साइबर सुरक्षा सिपको अभाव

\"\"

साइबर सुरक्षा भनेको कम्प्युटर सिस्टम र नेटवर्कलाई क्षति या चोरी हुनबाट बचाउनु हो । यसले गर्दा डेटा र सफ्टवेयरको सुरक्षा गर्न सकिन्छ । तर नाटकिय रूपमा साइबर सुरक्षा सिपको अभाव तिब्र हुने र केही वर्षमा साइबर सुरक्षा स्थिति खराब हुने बताइएको छ ।

भविष्यमा साइबर सुरक्षा प्रोफेसनलको माग बढ्दै जानेछ । पछिल्लो समय साइबर सुरक्षा महत्वपूर्ण र चुनौतीपूर्ण रहेको कम्पनीहरुले बुझ्दै गएका छन् । यसप्रति सचेत हुँदै गएकाले साइबर सुरक्षामा लगानी पनि बढन थालेको छ । विस्तारै डिभाइस, सफ्टवेयर तथा नेटवर्क पनि गुणस्तरीय प्रयोग हुन थाल्ने छ । कम्पनीहरुले आफ्ना कर्मचारीलाई तालिमको पनि व्यवस्था गर्नेछन् ।

इन्टरनेट अफ थिङ्ग्स

\"\"

इन्टरनेट अफ थिंस (आईओटी)ले मार्केटिङ सुधार गर्न, बिक्री बढाउन तथा लागत घटाउन आवश्यक डाटा प्रदान गरेर व्यवसायलाई अगाडि बढाउन मद्द्त पुर्‍याउँछ । इन्टरनेट सँग जोडिएका सबै डिभाइसहरुलाई आईओटी भनिन्छ । सन् २०२२ मा साइबर अपराधीहरुले आईओटीलाई एकदमै लक्षित गर्ने देखिन्छ । आइओटीलाई लक्षित गर्न ह्याकरहरुले अझै एडभान्सड मालवेयरको निर्माण गर्नेछन् ।

स्याटेलाइट ह्याक

\"\"

पछिल्लो समय अन्तरिक्षमा स्याटेलाइट पठाउने होडबाजी चलेको छ । संरकारी संस्थादेखि ठूला ठूला कम्पनीसम्म अन्तरिक्ष मिसनमा लागेका छन् ।

यस्तो अवस्थामा ह्याकरहरु पनि त्यतै तिर आकर्षित हुन थालेका छन् । साथै ह्याकरहरूले आफुलाई स्याटेलाइटमा मात्रै केन्द्रित नगरेर अन्तरिक्ष सम्बन्धि इन्टेलेक्चुअल प्रपर्टी चोरी गर्न प्रयास गर्नेछन् ।

अन्तर्वाता/विचार

विद्यार्थीलाई अन्तर्राष्ट्रिय एक्सपोजर र सिकाइको प्लेटफर्म दिएका छौंः जेसन लि

सीड्स फर द फ्युचर सबैभन्दा लामो चलिरहेको हाम्रो ग्लोबल फ्ल्यागशिप सिएसआर कार्यक्रम हो …

स्टार्टअपका लागि १५ प्रतिशतको लगानी पोर्टफोलियो बनाउँदैछौंः डा. मनिष थापा

सन् २०१९ मा स्थापना भएको ग्लोबल इक्विटी फण्ड, प्राइभेट इक्विटी तथा भेन्चर क्या…

डिजिटल रूपान्तरण सोलुसन र इकोसिस्टम 

डिजिटल रूपान्तरणले कर्पोरेट संस्था र उनीहरूको व्यापार प्रक्रियाहरूको पूर्ण सुधार गर्छ…

सकारात्मक सोच र परिवारको सहकार्यले ब्रोडवे इन्फोसिस सफल भएको होः राजु अधिकारी (अन्तर्वाता)  

ब्रोडवे इन्फोसिस बिहीबारदेखि १४ वर्ष पूरा गरी १५ औं वर्षमा प्रवेश गरेको छ । नेपालको आईटी क्षेत्रमा दक्ष जनशक्…

टुटल बन्द भएको छैन्, परिस्कृत भएर आउँदैछ: शिक्षित भट्ट

काठमाडौं । लोकप्रिय नेपाली राइड शेयरिङ एप टुटल केही समयदेखि निस्क्रिय छ । वेबसाइ…

चालकबाट ६ महिनासम्म कमिसन लिदैनौं, त्यसपछि पनि अरूको तुलनामा कम हुनेछः पवित नन्दा (अन्तर्वाता) 

पछिल्लो समय नेपालमा राइड शेयरिङ लोकप्रिय भइरहेको छ । केही समय अगाडि अन्त…

विद्युतीय सुशासन निर्माणका लागि नेतृत्वको अपनत्व आवश्यक छ 

काठमाडौं । विद्युतीय सुशासनको अवधारणाभित्र नागरिक, प्र…

‘दिगो आइसिटी उद्योग र इकोसिस्टम विकासका लागि फाइभजी स्पेक्ट्रम व्यवस्थित गर्नुपर्छ’

२०२२ मा, नेपाल सरकार पाइलट साइटहरूमा देशको पहिलो फाइभ जी  परीक्षण पेश गर्न तयार…

‘विदेशमा पिएसओ र पिएसपी छुट्याएर लाइसेन्स दिने चलन छैन्, बैंकलाई पनि प्रतिस्पर्धामा राखिदैन्’ 

नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त मोरू डिजिटल वालेट सन् २०२० देखि सञ्चालन…

आवर विराटनगरले डिजिटल साक्षरतामा सहयोग पुर्‍याएको छः प्रबन्ध निर्देशक दाहाल (भिडियो)

आवर विराटनगर प्रदेश १ को पहिलो अनलाइन म्यागजीन हो । पूर्वमा अनलाइन मिडिय…

भीपीएन के हो र कसरी काम गर्छ ? किन प्रयोग गर्ने भीपीएन ?

गूगलमा तपाईंले कुनै एउटा वेबसाईट खोज्नु भयो तर त्यो खुलेन, के गर्ने? युट्युबमा कु…

वेब ३.० को बारेमा रोचक तथ्य

प्रविधि तथा विज्ञानको क्षेत्रमा अत्याधुनिक प्रविधिहरुको विकाससँगसँगै विश्वमा अनेकौ अ…

स्मार्ट सिटीका लागि पाँच महत्वपूर्ण आधार

स्मार्ट सिटीको उद्देश्य जीवनस्तरको विकास तथा डिजिटल प्रविधिको उपयोग गरेर आर्थिक लाभह…

रोबोटको बारेमा राेचक इतिहास

रोबोट एक प्रकारको मानव निर्मित यन्त्र र कम्प्युटर प्रोग्राम हो, यसलाई हेर्दा लाग्छ यो य…

ओपन सोर्स सफ्टवेयर भनेको के हो ? कसरी फाइदा लिने ?

ओपन सोर्स सफ्टवेयर भनेको सार्वजनिक रुपमा सबैले सोर्स कोर्ड हेर्न र परिवर्तन गर्न मिल्न…