अन्तर्वाता/विचार
सूचना तथा सञ्चार प्रविधिको रणनीतिक प्रयोग हुनुपर्छ
नेपालमा सूचना तथा सञ्चार प्रविधि प्रयोगको इतिहास खोतल्न सन् १९७१ तिर जानपर्छ । त्यो बेला संयुक्त राष्ट्रिय विकास परियोजना (यूएनडीपी) को सहयोगमा जनसंख्या गणनाका लागि नेपालमा एउटा आईबीएम कम्प्युटर ल्याइएको थियो, जसबाट जनगणनाका तथ्यांकहरु प्रशोधन गरिएको थियो ।
अझ टेलिकमको इतिहास त यो भन्दा पनि पुरानो छ । तर सूचना प्रविधिको रणनीतिक महत्व बुझेर यसरी संगठितरुपमा काम भएको त्यो नै पहिलोपटक थियो ।
यसबाहेक सूचना प्रविधिको प्रयोग र विकासका विभिन्न चरण छन् । नेपालमा इन्टरनेट भित्रियो, त्यसलाई सहज बनाउन नीति नियम बने । तर यसले प्राथमिकता भने सन् २००० को समयमा पाएको हो ।
त्यसबेला नेपालमा पहिलोपटक सूचना प्रविधि नीति आयो, जसले यसको प्रयोग बहुआयामिक बनायो । ई-गर्भनेन्स, ईकमर्श, स्वास्थ शिक्षा तथा विकासको क्षेत्रमा यसको प्रयोग अलि अलि देखिन थाल्यो ।
यसैबिच एकचरणमा आएर सञ्चारको क्षेत्रमा प्रगति पनि एकदमै उत्साहजनक देखियो । विशेषगरी निजी क्षेत्रको सहभागिताका कारण सर्वसुलभ दरमा टेलिफोन पेनिट्रेसन, इन्टरनेट विस्तार भयो, जुन अझै पनि भइ नै रहेको छ ।
सूचना प्रविधि प्रयोगको यति लामो इतिहासमा विभिन्न चरणमा जुन विकास भए ती आशालाग्दा नै थिए । तर जब यो विकासलाई संस्थागत गर्ने अर्थात् सूचना सञ्चारको रणनीतिक प्रयोग गर्ने समय आयो । त्यसपछि हामी चुक्यौं ।
वास्तवमा आजको दिनमा हामीले सूचना सञ्चारको रणनीतिकरुपमा प्रयोग गरी जुन हिसाबले विकासका यावत् चुनौतीलाई सम्बोधन गर्न सक्नुपर्ने हो, त्यो पाटोमा अवस्था एकदमै निराशाजनक छ ।
सार्वजनिक सेवाप्रवाहमा यसको रणनीतिक प्रयोग हुन बाँकी नै छ । सुशासनमा यसको प्रयोग हुन नै बाँकी छ । यसको प्रयोग गरेर शिक्षा, स्वास्थ क्षेत्रको संरचनामा देखिएको समस्यालाई सम्बोधन गर्न सकिन्छ । त्यस्ता सम्भावनाले मूर्तरुप लिन नै बाँकी छ ।
सूचना सञ्चार प्रविधि जन्य उद्यमशिलतालाई बढाएर, त्यसबाट रोजगारी सृजना गर्ने, जीडीपीमा योगदान पुर्याउने जस्ता क्षेत्रतर्फ अर्थपूर्ण तरिकाले योगदान हुन अझै बाँकी छ । पहिलेको अवस्थासँग तुलना गर्दा हामी धेरै अगाडि आईसकेका छौं ।
तर यसको प्रयोग गरेर देशले लिन सक्ने फाइदामा भने हामी अझै पछाडि छौं । यसको प्रयोग गरेर विकासको लक्ष्य, जीडीपी तथा सुशासन कायम गर्न सकिने सम्भावनामाथि अझ धेरै काम हुन बाँकी छ ।
अवसरसँगै सूचना प्रविधिले ल्याएका गोपनीयता, तथ्यांक सुरक्षाका वृहत चुनौतीलाई पनि राम्रोसँग सम्बोधन गर्न नीतिगत व्यवस्था हुनपर्ने हो, त्यो हुन बाँकी नै छ ।
अर्कोतर्फ हामीले सार्वजनिक सेवाप्रवाहमा यसको प्रयोग गर्ने प्रयास नगरेका होइनौ तर जसले सेवा दिन्छु भनेर यी काम सुरु गरेको छ त्यसको ठूलो कमजोरी हुँदा यसले प्रणालीलाई झनै अपाड्ग बनाईदिएको छ । अझै पनि हामी सर्भर र सुस्त इन्टरनेटको आधारभूत समस्यामै अल्झिएर बसिरहेका छौं ।
सूचना प्रविधि प्रयोग गरेर जुन सार्वजनिक सेवा प्रवाहमा भईरहेको बाधा अड्चन त्यसमा देखिन्छ । त्यो वास्तवमा राम्रोसँग परियोजनाहरु व्यवसायिक तरिकाले नलग्दाको परिणाम हो । परियोजना ल्याउनु अघि जुन किसिमको गृहकार्य पहिले गर्नुपर्ने हो त्यसमा म कमी पाउँछु ।
यसमा हामी कहिलेकाँही, भेण्डर, बाहिरका ठेकेदारहरुलाई दोष दिन्छौं तर जसको संलग्नता भए पनि प्रथम जिम्मेवारी सरकारको हो, यसको प्राथमिक उत्तरदायित्व सम्बन्धित सरकारी निकायले लिनुपर्छ । किनभने उनीहरुले राम्रोसँग गृहकार्य नगरी परियोजना सार्वजनिक गरेको कारण यस्तो समस्याहरु देखिएको हो ।
सरकारले डिजिटल नेपालका लागि संगठित रुपमा एकदमै राम्रो वृहत डिजिटल नेपाल फ्रेमवर्क ल्याएको छ । नीति नियम ल्यायो, फ्रेमवर्कभित्रै रहेर केही काम भएका छन्, केही लागू भईरहेका छन्, त्यो राम्रो कुरा हो तर जुन गतिमा अगाडि जान पर्ने हो, त्यो गईरहेको छैन ।
वास्तवमा कार्यक्रम ल्याएर कार्यान्वयन गर्छौं भन्दैमा यो आफै प्रभावकारी ढंगले अगाडि बढ्दैन । यसमा सबैभन्दा महत्वपूर्ण कुरा कार्यान्वयन हो । यसका लागि संरचनात्मक व्यवस्था तथा विद्यमान नीति कस्तो छ भन्ने कुराले महत्व राख्छ, यी सबै मिलेपछि अन्तत्वगत्व यो प्रभावकारीरुपमा कार्यान्वयन हुन्छ ।
तर संरचनाभन्दा संस्थागत अस्तित्व मात्र होइन त्यसभित्रका क्षमताका कुराहरु छन्, ती सबै कुराहरुलाई संस्थागत गर्नमा ध्यान दिनुपर्छ । जुन दिएको देखिँदैन । यसमा चाहिने संस्थागत र संरचनागत व्यवस्था भएनन् भने अपेक्षा एउटा काम अर्कोतिर भएर ग्याप एण्ड ल्याप्सेस देखिन्छन् ।
यसबाहेक डिजिटल नेपालजस्ता कार्यक्रमहरु सफल हुनलाई राजनीतिक इच्छाशक्तिले विशेष भूमिका खेल्छ । यसलाई अगाडि बढाउनलाई राजनीतिक इच्छाशक्ति देखिनुपर्ने खाँचो छ I
केही धेरै जटिल चुनौती यसमा अरु पनि छन् । १० वर्ष अगाडि र अहिलेमा सूचना प्रविधिले ल्याएको अवसर र चुनौतीमा धेरै फरक आइसकेका छन् । यी चुनौतीहरुलाई समयमै सम्बोधन गरिएन भने अवसरहरुले बाटो माड्ने चुनौती देखिन्छ ।
यी सबै चुनौतीलाई एउटै वृहत नीतिगत संरचनाबाट सम्बोधन गर्न सक्ने आईटी विधेयक अहिले पनि सदनमा अड्किएको छ । त्यसमा केही विवादास्पद कुरा अवश्यक छन् । त्यसलाई अलिकति फाइन ट्युन गरेर लग्न सकिन्छ ।
तर प्रविधि विकासको गतिलाई हेर्दा त्यो आउन वास्तवमै ढिला भईसकेको छ ।
अहिले धेरै नयाँ नयाँ प्राविधिक प्याराडाइमहरु आईरहेका छन् । क्रिप्टोमुद्रालाई नै हेर्ने हो भने त्यसमा अवसर पनि छ धेरै ठूलो चुनौती पनि छ । अरु नयाँ कुरा बल्कचेन र एआई पनि आईरहेका छन् । उदयमान प्रविधिलाई ठाउँ दिन पनि नीतिगत स्पष्टताको खाँचो छ, त्यो नहुनु आफैमा एउटा चुनौती हो ।
यसरी धेरै कुरामा नीतिगत स्पष्टता चाहिएको छ, जुन नहुँदा यो क्षेत्रले लिन पर्ने गति लिएको छैन् । अब सूचना प्रविधि विधेयक पनरावलोकन गरेर छिटोभन्दा छिटो ल्याउनुपर्छ । त्यसमा देखिएका विवादस्पद प्रावधानलाई एउटा फ्रेमवर्कमा ल्याएर समाधान गर्नुपर्छ ।
अर्को महत्वपूर्ण कुरा भनेको ब्रोडब्याण्डको पहुँच । सबैतिरका नागरिकहरुमा सहज, सुलभ मूल्यमा इन्टरनेटको पहुँच पुगोस् भनेर ब्रोडब्याण्डको उपलब्धता खाँचो भएको छ ।
तर त्यसमा पनि धेरै काम हुनुपर्ने देखिन्छ यो पनि एउटा ठूलै चुनौती हो । यसले गर्दा डिजिटल डिभाइडको खॉडल भने बढ्दै गइरहेको छ कोभिड़को समयमा त अझ यो सतहमा आएको थियो ।
त्यसो त डिजिटल डिभाईडका दुईटा पाटो छ । कनेक्टिभिटी प्राथमिक समस्या भईहाल्यो, एकातिर कनेक्टिभिटी पुगेको छ अर्को तिर पुगेको छैन ।
अर्को त्यसको प्रयोगमा पनि डिभाइड छ । कनेक्टिभिटी त पुगेको छ तर प्रयोगमा छैन । त्यसबाट स्वास्थ, शिक्षा तथा सेवाजस्ता फाइदाहरु एक वर्गले लिन सकिरहेका छैनन्, जसलाई कन्टेन्ट डिभाइडभन्दा उपयुक्त होला ।
यसरी हेर्दा कन्टेन्टको दृष्टिमा पनि डिभाइड छ र पूर्वाधरको दृष्टिमा पनि डिभाइड छ । पूर्वाधार विस्तार गर्नु मात्र ठूलो कुरा भएन, विषयबस्तु पनि विकास गर्नसक्नु पर्छ । यो समस्या मान्छेलाई आवश्यक सामग्रीको विकास र सेवाप्रवाहमा पनि प्रविधिको अधिकतम प्रयोग गर्दै लगेर सम्बोधन गर्न सकिन्छ ।
डिजिटल डिभाइड ल्याउने अर्को प्रमुख कारण साक्षरता पनि हो । यसले गर्दा मान्छे ठगिने, सामाजिक सञ्जालका कारण विकृति आउने आदि भइरहेका छन् । यसैले डिजिटल साक्षरतातिर पनि काम गर्नुपर्ने देखिन्छ ।
कनेक्टिभिटी, कन्टेन्ट र डिजिटल साक्षरतातिर घनिभूतरुपमा लाग्नुपर्ने खाँचो देखिन्छ । यसैगरी साइबर सेक्युरिटी र डेटा सुरक्षाको पाटोमा पनि धेरै काम हुनपर्ने आवश्यकता देख्छु ।
यसका लागि चाहिने संरचना नहुँदा, त्यसले पनि चुनौती ल्याएको देखिन्छ । यसमा चाँडोभन्दा चाँडो काम हुनुपर्छ ।अर्को महत्वपूर्ण कुरा भनेको तथ्यांकबाट चल्ने हाम्रो आईसीटी क्षेत्रको आफ्नै तथ्यांक छैन । हामी विश्वव्यापी रूपमा कहाँ छौं भनेर पनि अध्ययन हुनुपर्ने खाँचो देख्छु ।
वास्तवमा सञ्चार तथा सूचना प्रविधि क्षेत्र नेपाललाई रूपान्तरण गर्न सक्ने सम्भावना बोकेको क्षेत्र हो । तर त्यतिकै रुपान्तरणको सपना देख्नु यथार्थपरक हुँदैन ।
हामीले समग्र आईसीटी क्षेत्रलाई कसरी अगाडि लैजाने भनेर राष्ट्रिय सोच बनाउन जरूरी छ । प्रविधिभन्दा पनि राजनीतिक इच्छाशक्तिको काम मूर्तरुपमा परिपूर्ति हुन आवश्यक छ ।
डिजिटल फ्रेमवकलाई राम्रोसँग लिएर जाँदा धेरै ठूलो परिवर्तन ल्याउन सकिन्छ । तर हामीले यी सबै कुरालाई कसरी प्रभावकारीरुपमा कार्यान्वयन गर्न सक्छौं त्यसमा भर पर्छ ।
हामीसँग त्यो क्षमता छ की छैन त ? डिजिटाइजेसनको कुरा गर्दा हामीले कहिल्यै बिर्सन नहुने र सधै अगाडि राख्न पर्ने कुरा भनेको निजी क्षेत्रको सहभागिता हो । यो सरकारले मात्र गरेर पूरा हुने कुरा होइन ।
अहिले आईस्पानहरु सबै आन्दोलित छन् । इन्टरनेट जस्तो अत्यावश्यक कुरामा बन्द हुने चुनौती थपिरहँदा समेत केही गरिदैन भने त्यसमा राजनीतिक इच्छाशक्ति छ भनेर भन्न मिल्दैन । त्यसैले यसमा उनीहरुको सहभागिता कसरी बढाउन सकिन्छ भनेर सोच्छ त्यतिकै जरुरी छ ।
यो कुरा निजी क्षेत्रका सेवाप्रदायक र निजी क्षेत्रको व्यवसायहरुको सन्दर्भमा पनि आवश्यक पर्छ । उनीहरुको व्यवसाय प्रवर्द्धन गर्न र सहयोग गर्न हामी त्यो किसिमको नीतिगत स्पष्ट व्यवस्था गरिदिन सक्छौ ।
नविनतम प्रविधिहरु पनि आईरहेका छन् । यसको राम्रोसँग प्रभावकारी ढंगले काम गर्न सकेको खण्डमा यसबाट हामीले खोजेको रुपान्तरण ल्याउन सक्छौँ ।
म आउने दिनहरु एकदमै राम्रो देख्छु । निजी क्षेत्रको सक्रियता अहिले पनि एकदमै राम्रो देखिन्छ । नयाँ प्रविधि एआई, रोबोटिक्स ब्लकचेनहरु पनि यहाँ आएर लागू भएको हामीले देख्न सक्ने छौं ।
आगामी पाँच वर्षभित्र यो क्षेत्रले धेरै छिटो फड्को मार्नेछ । यसका लागि सरकारले पनि रणनीतिक पाइलाहरु चाल्नुपर्ने आवश्यक छ ।
(भट्टराई आइसिटी विज्ञ हुन्)
अन्तर्वाता/विचार
दिगो डिजिटल व्यापारको निर्माण गर्दै ह्वावे
एशिया-प्यासिफिक डिजिटल रूपान्तरणका लागि अवसरहरूसित परिपक्व छ । महामारीले यसलाई ग…
सबै बिटक्वाइन माइन भएमा के हुन्छ ?
बिटकोइन हामी नेपालीहरुका लागि अलि 'अचम्म' कै विषय हो भन्दा फरक नपर्ला । हाम्रो दे…
के हो कम्प्युटर प्रोसेसर ३२ बिट र ६४ बिट भनेको ?
कम्प्युटरमा मुख्य २ प्रकारको प्रोसेसर हुन्छ । ३२ बिट र ६४ बिट । प्रोसेसरले मात्र कम्प्य…
ओपन सोर्स सफ्टवेयर भनेको के हो ? कसरी फाइदा लिने ?
ओपन सोर्स सफ्टवेयर भनेको सार्वजनिक रुपमा सबैले सोर्स कोर्ड हेर्न र परिवर्तन गर्न मिल्न…
वेब ३.० को बारेमा केही रोचक तथ्य
प्रविधि तथा विज्ञानको क्षेत्रमा अत्याधुनिक प्रविधिहरुको विकाससँगसँगै विश्वमा अनेकौ अ…
मोबाइलको लतमा कसरी फस्दै छन् मानिस ?
मानिसले इन्टरनेटको एउटा जालो बनायो र आज मानिस त्यही जालाेमा फस्दैछ । समस्या स्मार्ट…
डिजिटल लर्निङ सम्बन्धि १२ रोचक तथ्य
आज डिजिटल लर्निङ डे । हरेक वर्ष विश्वभर फेब्रुअरीमा ‘डिजिटल लर्निङ डे’ मनाइन्छ । ने…
बीआईटी शुरू भइसक्यो, अर्को वर्षदेखि एमआईटी पनि शुरू गर्दै छौंः प्रमुख पौडेल (अन्तर्वाता)
२०७६ सालदेखि त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले बीआईटी कोर्ष पढाउन शुरू गर…
थपिएको लगानीसँगै बजारमा आक्रामक रूपमा जाने हाम्रो योजना होः संस्थापक अधिकारी (अन्तर्वाता)
आजभन्दा ११ वर्ष अगाडि स्थापना भएको फुडमाण्डु नेपालको पहिलो अनलाइन फुड डेल…
साइबर सुरक्षा बारे जागरूक गराउन भिडियो प्रतियोगिता आयोजना गरेका हौंः निर्देशक राय
नेपाल दूरसञ्चार प्राधिकरणले अनलाइन बाल सुरक्षा सम्बन्धि भिडियो प्रतियोगिता …
किन करोडौं रकम खर्चेर एनएफटी किन्छन् मानिस ?
आज सुरक्षित इन्टरनेट दिवस । नेपालसहित विश्वका १७० भन्दा बढी देशमा सुरक्षित…
विस्तारै मान्छे र मेशिनबीचको अन्तर छुट्याउन गाह्रो हुने समय आउँदै छः एआई विज्ञ पौडेल
एआई एउटा यस्तो प्रविधि हो, जसले आफै निणर्य लिन सक्छ । पछिल्लो समय प्रविधि उद्योगमा ए…