अन्तर्वाता/विचार
‘राज्यलाई आधा धण्टा बत्ति गयो र सर्भर डाउन भयो भन्ने छुट छैन्’
सरकारले ३ महिना अगाडि सूचना प्रविधि (आईटी) क्षेत्रमा देखिएका समस्यालाई समाधान गर्न, नीति निर्माण र सोको कार्यान्वयन गर्न उच्च स्तरीय निकायको महशुस शक्तिशाली विद्युतीय सुशासन आयोग बनाएको थियो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तर्गत रहने आयोगको अध्यक्षमा प्रधानमन्त्री हुने व्यवस्था गरिएको छ । सूचना प्रविधि क्षेत्रका लागि आवश्यक नीति निर्माण गर्ने, अनुगमन र सहजजीकरण गर्ने, आवश्यकता अनुसार निर्देशन तथा सुझाव दिने लगायतका काम आयोगलाई तोकिएको छ ।
करिब ३ महिना अगाडि मन्त्रीपरिषद्को बैठकले विद्युतीय सुशासन आयोगको सीईओमा ४ वर्षका लागि प्रधानमन्त्री आईटी विज्ञसमेत रहेका इन्जिनियर दिपेश विष्टलाई नियुक्त गरेको थियो ।
उनै विष्टसँग विद्युतीय सुशासन आयोगका विविध विषयमा आइसिटी समाचारका लागि कमल केसी ले गरेको कुराकानीको सम्पादित अंशः
तपाई विद्युतीय सुशासन आयोगको सीईओमा नियुक्त हुनु भएको २ महिनाभन्दा बढी भइसकेको छ । कस्तो महशुस गर्नुभएको छ ?
सबैभन्दा ठूलो कुरा जिम्मेवारी महशुस भएको छ । यो २ महिनाको बीचमा दशैं, तिहार, छठ र निर्वाचन जस्ता महत्वपूर्ण चाड पार गर्यौं । नेपालीको मुख्य चाड र निर्वाचले गर्दा आउटपुटमा केही फरक भयो । किनकी राज्यकै सहभागिता यसमा बढी भयो ।
प्रधानमन्त्री शेर बहादुर देउवाज्युको सक्रियतामा आयोग बनेको छ । हामी अहिले नेपालको व्यवस्था परिवर्तन भयो, अवस्था परिवर्तन भएन भन्छौं ।
एउटा एसईई पास गरेको मानिस सरकारी निकायमा पासपोर्ट बनाउन जान्छ, नागरिकता बनाउन जान्छ, लाइसेन्स बनाउन जान्छ वा नो अब्जेक्सन लेटर बनाउन जान्छ । त्यहाँ जाँदै राज्यप्रति नागरिकको धारणा गलत बन्यो । यो धारणालाई परिवर्तन गर्ने जिम्मेवारी सुशासन आयोगलाई छ । हुनु त अहिले भइरहेका संयन्त्रहरूको जिम्मेवारी हो । किनभने जनतालाई दुख होस् भन्ने जिम्मेवारी त कसैलाई छैन् ।
प्रधानमन्त्री देउवाज्युले राज्यका जनतालाई दुख नहोस्, घरबाटै हुने काममा किन लाइन लाग्ने ? त्यसलाई हटाउनु पर्छ भनेर आयोग बनाउनु भएको छ । मलाई दृढ विश्वास छ, हामीले राम्रोसँग काम गर्न सक्यौं भने अहिले जनताले पाइरहेको दुखलाई हटाउन सक्छौं । जनतालाई सहज सेवा प्रवाह गर्न सक्छौं ।
२ महिनाको अवधिमा के के काम गर्नुभयो ?
२ महिनाको अवधिमा हामीले धेरै काम गरिसकेका छौं । पहिलो कुरा हामीले १३ जनाको सचिवालय बनाउँदै छौं । किनभने पहिलो कुरा संस्था बन्नुपर्यो । सुशासन आयोग त नयाँ संस्था हो । सुशासन आयोगको पहिलो कर्मचारी नै म हो । म आउँदा मलाई स्वागत गर्ने कर्मचारी कोही पनि थिएनन् ।
सचिवालयमा एक जना प्रशासनको सह-सचिव, एक जना आइटीको सहसचिव, २ जना आइटी निर्देशक, एक जना प्रशासनको उपसचिव, एक जना कानुन अधिकृत, २ जना कम्प्युटर इन्जिनियर, कम्प्युटर अपरेटर गरेर १३ जनाको सचिवालय बनाउने निर्णय भइसकेको छ । अहिले कार्यान्वयनको चरणमा छ ।
किनभने विभिन्न निकायबाट हामीले ल्याएर राख्नु पर्नेछ । अहिले हामीले भर्ना गर्न सक्ने अवस्था छैन् । त्यसपछि हामीलाई बजेट चाहियो । बजेटका लागि अर्थमन्त्रालयमा लेखर पठाएका छौं । सुशासन आयोगका लागि ठाउँ पनि चाहियो । पुरानो गृह मन्त्रालयमा रहेका केही कोठाहरू प्रयोग गर्दै छौं ।
अर्को कुरा हामीले सुशासनका हिसाबले कस्तो डिजिटल नेपाल बन्नुपर्छ भन्ने तयारी गरिसकेका छौं । हाम्रो भविष्यलाई भिजुअलाइज गरिसकेका छौं । आयोग कसरी काम गर्छ भनेर कार्यविधि चाहियो ? कार्यविधिका लागि प्रक्रिया अगाडि बढाइसकेका छौं ।
यातायात व्यवस्था विभाग, पासपोर्ट विभाग लगायतका संस्थामा जनताले खोजेको जस्तो सेवा प्रवाह पाएका छैनन् । त्यहाँ प्रमुखसँग छलफल भएको छ । समस्या समाधानका लागि काम गर्दैछौं ।
के हो विद्युतीय सुशासन आयोग ? के के काम गर्छ ?
सरकारले सूचना प्रविधिको विकास, प्रवर्द्धन र यस क्षेत्रमा देखिएका समस्यालाई समाधान तथा समन्वय गर्नका लागि विद्युतीय सुशासन आयोग बनाएको छ । यसको मुख्य काम भनेको सेवा प्रवाहलाई सजिलो बनाउनु हो । सरकारी सेवा लिन जाँदा जनताले पाएको दुखलाई हटाउने हाम्रो पहिलो जिम्मेवारी हो ।
यसको नामै सुशासन छ । हिजो यस्तै खालको संस्था उच्चस्तरीय सूचना प्रविधि आयोग बनाइएको थियो । तर आज हामीले सुशासनसँग किन जोड्यौं भने राज्यप्रति जनताको इमेज भनेकै जनताले राज्यबाट पाउने सुविधा कति सजिलै पाउँछन् भन्न कुरासँग जोडिन्छ । पहिलो कुरा सुशासन हो ।
सुशासन कसरी हुन्छ भन्ने पनि हामीले परिकल्पना गरिसकेका छौं । हामीसँग राष्ट्रिय परिचयपत्र आइसकेको छ । राष्ट्रिय परिचयपत्रलाई विभिन्न सेवासँग एकीकृत गर्न सक्छौं । एउटा सिम लिनलाई किन फाराम भर्नुपर्यो ? एउटा मानिसले पाँच ठाउँमा किन बायोमेट्रिक दिनुपर्यो ? १० वटा बैंकमा खाता खोल्दा छुट्टा छुटा केवाईसी किन भर्नुपर्यो ? एउटै विवरण धेरै पटक भर्नु जरूरी छैन् । यसले गर्दा नागरिकलाई दुख भयो ।
अर्को कुरा विश्वका ठूला ठूला सूचना प्रविधि कम्पनीमा नेपालीहरू काम गर्छन् । तर उनीहरूको डाटा हामीसँग छैन् । उनीहरूलाई देशसँग जोड्ने कसले ? यो जिम्मवारी पनि सुशासन आयोगले लिन्छ । तेस्रो कुरा आज हामीसँग सूचना प्रविधिमा काम गर्ने जनशक्ति कति छ भनेर थाहा नै छैन् ।
सूचना प्रविधिमा काम गर्ने जनशक्तिको डाटा पनि तयार गर्छौं । अहिले हामीले राज्यका विभिन्न निकायमा प्रयोग भएका सफ्टवेयरको डाटाबेस तयार पारेका छौं । केन्द्रको बनिसकेको छ । प्रदेश र स्थानीय निकायको बन्दै छ । राज्यका निकायमा प्रयोग भएका सफ्टवेयरको जानकारी सरकारसँग हुनुपर्ने हो ? थिएन बनाउँदै छौं । एउटै सिस्टम धेरै निकायमा प्रयोग भइरहेको छ ।
गुनासो गर्ने सिस्टम प्रहरीको एउटा छ, हेलो सरकारको अर्को छ भने अन्य निकायसँग अर्के छ । सरकारले बनाएको एउटा सिस्टमलाई कस्टुमाइज गरेर त्यही कोडबाटै अर्को निकायमा सिस्टम प्रयोग गर्न सकिन्छ ।
राज्यको स्रोत पनि सही तरिकाले उपयोग हुन सकिरहेको छैन् । डुप्लिकेसन भइरहेको छ । यो पनि हाम्रो जिम्मेवारीमा पर्छ । सुशासन आयोग यसलाई समाधान गर्न लाग्छ । सुशासन आयोगका अन्य धेरै जिम्मेवार छन् । तर हामीले पहिलो वर्ष यी समस्या अन्त्य गर्न ध्यान केन्द्रित गर्छौं ।
सरकारले ३ वर्ष अगाडि डिजिटल नेपाल फ्रेमवर्क सार्वजनिक गरेको थियो । पाँच वर्षमा कार्यान्वयन गर्ने भनिएको फ्रेमवर्क ३ वर्ष बितिसक्दा पनि अपेक्षाअनुसार काम भएको छ । यसको प्रभावकारी कार्यान्वयनका लागि आयोगले कसरी काम गर्छ ?
नेपालको आजसम्मको सबैभन्दा राम्रो डकुमेन्ट भनेको डिजिटल नेपाल फ्रेमवर्क हो । फ्रेमवर्कमा ८ वटा क्षेत्र छन् । क्षेत्र भन्ने बित्तिकै त्यसले अन्ततः मन्त्रालयलाई बुझाउछ ।
त्यहाँ निर्देशक समिति, समन्वय समिति, उपसमिति छ । डिजिटल नेपाल व्यवस्थापन कार्यालय खोल्ने भनेर फ्रेमवर्क भनिएको छ तर खुलेन् । त्यो कार्यालयको काम सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गरिरहेको छ ।
व्यवस्थापन कार्यालयले सबै क्षेत्रलाई समन्वय गर्नुपर्ने थियो । तर कार्यालय नबनेपछि त्यो सबै काम सञ्चार मन्त्रालयले गर्यो । सञ्चार मन्त्रालयले आफ्नो मन्त्रालय अन्तर्गत पर्ने डिजिटल फाउन्डेसनको काम राम्रोसँग गरिरहेको छ ।
तर सञ्चार मन्त्रालयले अरू मन्त्रालयसँग समन्वय गर्न सकेन् । त्यसले गर्दा डिजिटल नेपाल फ्रेमवर्कले कल्पना गरेका धेरै सिस्टम बनेका नै छैनन् । डिजिटल परिवर्तन र डिजिटल रूपान्तरणमा फरक छ । जबसम्म प्रधानमन्त्रीको हस्तक्षेप हुँदैन् । तबसम्म छोट समयमा डिजिटल रूपान्तरण हुन सक्दैन् ।
एउटा मन्त्रालयले आफ्ना समानान्तर मन्त्रालयसँग समन्वय गर्न सक्दैन् भन्ने प्रमाणित भइसकेको छ । त्यसो भएर डिजिटल नेपालको समन्वयन, सहजिकरण, अनुगमन र मूल्यांकन गर्ने काम पनि आयोगले गर्छ ।
आयोग प्रधानमन्त्री मन्त्रीपरिषद कार्यालय अन्तर्गत छ । यसको अध्यक्ष नै प्रधानमन्त्री हुनुहुन्छ । त्यसकारण छिटोभन्दा छिटो डिजिटल नेपाल काम गर्छौं ।
विद्युतीय सुशासन आयोगलाई धेरै जिम्मेवारी तोकिएको छ । तपाईले आफ्नो कार्यकालमा कस्ता कस्ता कामहरू प्राथमिकतामा राख्नु भएको छ ?
मैले अगाडि पनि भने पहिलो कुरा जनताको राज्यप्रतिको ‘फ्रस्टेसन’ हटाउन काम गर्छौं । लाइसेन्स बनाउँदा किन लाइन बस्नुपर्यो ? मान्छेले रकेट बनाइसकेक हामी लाइसेन्सको सिस्टम बनाउन सक्दैनौं । राज्यलाई आधा घण्टा बत्ति गयो र सर्भर डाउन भयो भन्ने छुट छैन् । त्यो कतैबाट भएको छ भने त्यो अपराध हो ।
यदी यस्तो कतै भएको छ भने त्यो गलत हो, अब यस्तो हुनु हुँदैन् । जहाँ जहाँ कमजोरी छन् त्यसलाई समाधान गर्नुपर्छ । राज्य भनेको अभिभावक हो । यी कुराहरू राज्यले व्यवस्थापन गर्न सक्छ ।
आईटीको सिस्टमलाई दोष दिएर हुँदैन् । हिजो हातले लाइसेन्स लेख्दै गर्दा छिटो हुने आज सिस्टम हुँदा ढिला हुन्छ ? त्यसकारण सुशासन आयोग बनेको हो । मेरो पहिलो प्राथमिकता भनेकै जनतालाई सुख हुने, दुख नपाउने गरी काम गर्ने र घर घरमा सेवा प्रवाह हुने गरी काम गर्ने हो ।
अर्को कुरा सरकारसँग धेरै किसिमिका सिस्टम छन् । तर ती सिस्टमहरू एक आपसमा एकीकृत नहुँदा जनताले दुख पाएका छन् । एउटै मन्त्रालयबाट हुने काममा पनि घन्टौं लाइन बस्नु पर्ने अवस्था छ, यो त ठिक होइन् नी ।
भन्सार विभागले सिंगल विन्डो बनाइ सकेको छ । उद्योग मन्त्रालयमा पनि सिंगल विन्डोका लागि लबिङ गरिरहेका छौं । स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकार भएपनि जनताका लागि त एउटै सरकार हो ।
जनतालाई एउटै सरकारको महशुस गराउने भनेको सिंगल प्लेटफर्मले हो । त्यसमा जान खोजिरहेका छौं । नीतिगत निर्णय हुन बाँकी छ । त्यसकारण सरकारसँग भएका भएका सिस्टमहरूलाई एकीकृत गरेर जनतालाई एकैठाउँबाट सेवा दिने गरी काम गर्छौं ।
सूचना प्रविधिको क्षेत्रमा नवप्रवर्तन, इन्कुबेशन केन्द्र तथा स्टार्टअप व्यवसायको अभिवृद्धि गर्ने पनि आयोगको उद्देश्यमा तोकिएको छ । सुशासन आयोगले स्टार्टअप, इन्नोभेसन र युवाका आईडियालाई प्रवर्द्धन गर्न कसरी सहयोग गर्छ ?
पहिलो कुरा ज्ञान (नलेज) पार्क स्थापना गर्नु पर्छ । यसका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालय धेरै अगाडि बढिसकेको छ । अमेरिकामा कुनै मान्छेले केही नयाँ बनायो भने उसलाई मेटासम्म पुग्न कुनै गार्हो छैन् । सम्भावना भएका आईडिया वा स्टार्टअप माथि ठूला कम्पनीले लगानी गर्छन् वा खरिद गर्छन् ।
पहिले ह्वाट्सएप अरूकै कम्पनी थियो पछि मेटाले किन्यो । यस्ता उदाहरण धेरै छन् । तर नेपालमा बनेका प्रडक्टले प्लेटफर्म पाउँदैन् । प्लेटफर्म पाउने धेरै ठूलो कुरा हो । अमेरिकामा सजिलै प्लेटफर्म पाइन्छ । त्यसकारण नेपाली स्टार्टअप, इन्नोभेसका लागि सरकारले अन्तर्राष्ट्रिय कम्पनीसँग सहकार्य गर्नुपर्छ ।
यसका लागि फेसबुकसँग मेलै मिटिङ गरिसकेको छु । मैले उहाँहरूलाई संस्थागत सामाजिक उत्तरदायित्व अन्तगर्त देशमा के के गर्न सकिन्छ ? त्यो गरौं भनेको छु । अर्को कुरा फेसबुकसम्म नेपालको प्रत्यक्ष पहुँच छैन् । त्यसकारण तपाईको कार्यालय वा एजेन्सी नेपालमा हुनुपर्यो भनेर मैले मिटिङमा भनेको छु ।
अरू कम्पनीसँग पनि कुराकानी भइरहेको छ । नेपाली उद्यमीलाई अन्तराष्ट्रिय प्लेटफर्मसँग जोड्ने कुरा एउटा छ । नीति बनाउन बाँकी छ । राष्ट्रिय योजना आयोगसँग पनि स्टार्टअप प्रवर्द्धनका लागि फण्ड छ । प्रत्येक बैंकले स्टार्टअप उद्यमीलाई पैसा दिनुपर्ने राष्ट्र बैंकको नियम छ ।
सबैभन्दा पहिला स्टार्टअपलाई राज्य हाम्रो तपाईहरूको अभिभावक हो, तपाईहरू ढुक्क हुनुहोस् भन्ने वातावरण बनाउनु पर्छ । उहाँहरूलाई विश्वास दिलाउन सक्नु पर्छ । त्यो बनाउन नीति तयार गरेर हामी अगाडि बढ्छौं । नेपाललाई हामी एक्सिलेन्सी सेन्टरको रूपमा विकास गर्न सक्छौं ।
आउटसोर्सिङलाई मेनस्ट्रिम ल्याउने कुरा त छदैछ । तर हामीसँग के छ ? भारतले आउटसोर्सिङ बढी ध्यान दिदा आफ्नो प्रडक्ट बनाउन ढिला गर्यो । आज हामी माइक्रोसफ्ट अफिस पैसा तिरेर प्रयोग गर्छौं । एउटा इन्टेलेक्चुअल पर्पर्टी भएको भरमा माइक्रोसफ्टले अर्बों पैसा कमाइरहेका छन् । हाम्रो पैसा कमाउने आधार के ? त्यसका लागि नेपालमै बनेको र इन्टेलेक्चुअल पर्पर्टी भएको सफ्टवेयर हुनुपर्यो ।
वाईवाई चाउचाउले त कमाइ रहेको छ । किनभने त्यो देशको प्रडक्ट हो । आफ्नै सफ्टवेयर प्रडक्ट बनाउन राज्यले पनि लगानी गर्नुपर्छ, निजी क्षेत्र पनि आउनु पर्छ । सफ्टवेयर कसले बनाउन भन्ने कुरा असिमित छ ।
नेपालको अर्गानिक केही हुनुपर्यो, त्यसले डिजिटल अर्थतन्त्रमा टेवा पनि पुर्याओस र विश्वभर पहिचान देओस् । कल्पना गर्नुस् त, अमेरिकीहरू हामीले बनाएको सफ्टवेयर प्रयोग गर्न सहकार्यका लागि नेपाल आएको । त्यो दिन पनि कुनै पनि बेला आउन सक्छ । त्यस्तो वातावरण निर्माणका लागि पनि हामी काम गर्छौं ।
सूचना प्रविधिसँग सम्बन्धित नीति तयार गर्ने, प्रभावकारी कार्यान्वयनका लागि समन्वय र सहजीकरण गर्ने, अनुगमन गर्ने तथा निर्देशन दिने पनि आयोगको काम तोकिएको छ । यी सबै काम गर्न सकियो भने नेपाललाई सुचना प्रविधिको हब बनाउन सकिन्छ । नेपाललाई सूचना प्रविधिको हब बनाउन सुशासन आयोगको भूमिका कस्तो हुन्छ ?
म केही समय अगाडि भारतको गुडगाउँ गएको थिए । त्यहाँ एउटा साइबर हब बनाइएको रहेछ । साइबर हबमा विश्का प्रायजसो सूचना प्रविधिमा काम गर्ने कम्पनीहरू त्यहाँ आएर बसेका छन् ।
साइबर हबमा हजारौंले रोजगारी पाएका छन, क्लब, रेष्टुरेन्ट त्यही छन्, अन्तर्राष्ट्रिय कम्पनी त्यही छन्, कर्पोरेट कल्चर त्यहाँ विकास भएको छ । हामीले पनि त्यही अवधारणामा आईटी पार्क निर्माण गरेका होइन ? तर त्यो अवधारणमा कार्यान्वयन भएन । अहिले नलेज पार्कको अवधारणा सरकारले ल्याइरहेको छ ।
नेपालमा कुनै कम्पनी खोल्नुभयो भने अनेकौं समस्या आउँछन् । भर्खरको उद्यमी, जसले आइटीमा इन्नोभेसन ल्याउछु भनेर काम गर्न खोजेको छ । राज्यले उसका कम्तिमा एउटा ठाउँ बनाइदिन सक्छ । जहाँ आएर नयाँ आईडिया भएका उद्यमीहरू ढुक्कले काम गर्न सकुन् ।
अहिले नलेज पार्कको अवधारणा सरकारले ल्याइरहेको छ । इन्क्युबेसन सेन्टर बनाउने कुरा पनि आइरहेका छन् । स्टार्टअप र नवप्रवर्तनलाई प्रवर्द्धन गर्न आयोगले काम गर्छ ।
नेपालमा समस्या धेरै ठाउँमा छ तर विशेष गरी ‘डिसिजन मेकिङ’मा समस्या छ । हामीले कुनै पनि निर्णय गर्न धेरै समय लगाउँछौं । नीति निर्माणमा धेरै समय लगाउँछौं । सुशासन आयोग पनि धेरै आरोह अवरोह झेल्दै बनेको हो ।
सूचना प्रविधि विधेयकमा पनि सुशासन आयोगलाई राख्ने कुरा भएको छ । कानुनमै आयपगलाई राखियो भने हत्तपत्त संस्थालाई खारेज गर्न गार्हो हुन्छ ।
हब बनाउन सुशासन आयोगको भूमिका किन हुन्छ भने यसको अध्यक्ष आफै प्रधानमन्त्री हुनुहुन्छ । आयोगको सदस्यमा सञ्चारमन्त्री, मुख्य सचिव, सञ्चार सचिव, प्रधानमन्त्री कार्यालयका सचिवसँगै अन्य २ जना विज्ञ सदस्य पनि हुनुहुन्छ ।
नेपाललाई सूचना प्रविधिको हब बनाउन आवश्यक पर्ने सबै सरोकारवालाहरू सुशासन आयोगमै हुनुहुन्छ । यसले गर्दा सबै ठाउँ भौतारिरहनु पर्ने भएन । अर्को कुरा सूचना प्रविधिको हब बनाउन राजनीतिक प्रतिबद्धता चाहिन्छ ।
नेपाललाई सूचना प्रविधि हबको रूपमा विकास गर्ने भनेरै प्रधानमन्त्री शेर बहादुर देउवाज्युले आयोग बनाउनु भएको छ । सरकारी सेवा लिँदा झेल्नु पर्ने अनेकौं झन्झट हटाउनलाई प्रधानमन्त्रीले आयोग बनाउनु भएको हो । हटाउँछौं पनि, त्यसका लागि केही समय लाग्छ ।
नेपाललाई आईटी हब बनाउन सुशासन आयोगको भूमिका महत्वपूर्ण छ तर यसलाई कमजोर बनाएर हुँदैन् । ऐनमै आयोगलाई समावेश गर्नुपर्छ । व्यक्ति नियुक्त भएर आउने कुरा महत्वपूर्ण होइन्, संस्थाको स्थायित्व महत्वपूर्ण कुरा हो । विद्युतीय सुशासन आयोग देशलाई चाहिने संस्था हो ।
विश्वका ठूला सूचना प्रविधि कम्पनीहरूले नेपालबाट वर्षेनी अर्बौ रूपैयाँ लगिरहेका छन् । तर उनीहरूको आम्दानी वापतको कर सरकारलाई तिर्दैनन् । यसलाई कसरी हेर्नुभएको छ ?
राज्यले तयार गरेको करको दायरामा जो भएपनि आउनु पर्छ । मैले पनि कुरा गर्दैछु । फेसबुकसँग एक चरणमा कुरा भएको छ । अन्य कम्पनीसँग पनि कुरा गर्छु । करको दायरामा ल्याउने मुख्य काम सञ्चार मन्त्रालयको हो । उसले पनि काम गरिरहेको छ । सुशासन आयोगले पनि सहयोगी भूमिका निर्वाह गर्छ ।
अर्को कुरा ठूला ठूला सूचना प्रविधि कम्पनीले नेपालमा कार्यालय खोल्न सम्भावना गार्है रहेछ । उहाँहरूले बजार पनि हेर्नुहुन्छ । नेपालको बजार सानो छ । तर उहाँहरूको उपस्थिति नेपालमा हुनु पर्छ ।
उहाँहरू कतै न कतैबाट राज्य संयन्त्रसँग सहयोगी भूमिका निर्वाह गर्नुपर्छ । नेपालबाट आम्दानी गरिरहनुभएको छ भने उहाँले नेपाल सरकारलाई कर तिर्नु पर्छ । आखिर उहाँहरूले तिरेको कर, जनताको भनाइका लागि खर्च हुने हो ।
अन्त्यमा केही भन्न चाहनुहुन्छ ?
राज्यलाई विद्युतीय सुशासन गराउने कुरामा हामी प्रतिबद्ध छौं । यसमा राजनीतिक प्रतिबद्धता पनि छ । राजनीतिक प्रतिबद्धता नभएको भए संस्थाको उत्पति हुने थिएन् । संस्था बन्न सहज छैन् । त्यहाँ अस्तित्वमा भएका अन्य संस्था छन् । कसैलाई रूची हुन्छ, कसैलाई हुँदैन् ।
विभिन्न अवरोधकाबीच विद्युतीय सुशासन आयोग बनेको छ । तर अल्टिमेटल्ली हाम्रो केन्द्रविन्दु त जनता हुन् । प्रधानमन्त्री वा संसद जनताका प्रतिनिधि हुन् । उहाँहरूको सोच आयोगलाई बलियो बनाउने र नेपालको सुशासनलाई बलियो बनाउने छ । केही समय अगाडि पोलको भाडा नतिरेको भनेर इन्टरनेटको लाइन काटियो ।
त्यो भनेको जनताको अधिकार खोसेको होइन् ? इन्टरनेट काटेर जनतालाई दुख भयो, जसको खल्ती छ उसलाई कारवाही गरे भयो त । त्यसकारण सुशासन आयोगले जनतालाई दुख दिदैन् । जनतालाई सुख हुने काम गर्छ । जनतालाई सकारात्मक अनुभव प्रदान गर्ने कुरामा हामी लागेका छौं । यो संस्था काम गर्नका लागि बनेको हो, गरेर देखाउँछौं ।
अन्तर्वाता/विचार
कस्ता छन् त सन् २०२२ को साइबरसुरक्षा ट्रेन्ड ?
पछिल्लो समय साइबर सुरक्षा जटिल बन्दै गइरहेको छ । जति जति प्रविधि विकसित हुँदै छ, …
३२ बिट र ६४ बिट प्रोसेरमा के फरक छ ?
कम्प्युटरमा मुख्य २ प्रकारको प्रोसेसर हुन्छ । ३२ बिट र ६४ बिट । प्रोसेसरले मात्र कम्प्य…
दूरशिक्षाबाट तालिम लिएका विद्यार्थीहरू खालि छैनन्, जब प्लेसमेन्ट राम्रो छ - सीईओ पाण्डे
पछिल्लो समय नेपालमा सूचना प्रविधिको प्रयोग बढ्दै गइरहेको छ । कोरोना महामा…
नेपालमा सूचना प्रविधिको भविष्य राम्रो छ, त्यसका लागि हामीले नयाँ नयाँ सिप सिक्नुपर्छः पन्थी
भक्तपुरका कोविद पन्थी उमेरले १८ वर्ष भए । १८ वर्षकै उमेरमा उनले २ वटा कम्प…
विद्यार्थीलाई अन्तर्राष्ट्रिय एक्सपोजर र सिकाइको प्लेटफर्म दिएका छौंः जेसन लि
सीड्स फर द फ्युचर सबैभन्दा लामो चलिरहेको हाम्रो ग्लोबल फ्ल्यागशिप सिएसआर कार्यक्रम हो …
स्टार्टअपका लागि १५ प्रतिशतको लगानी पोर्टफोलियो बनाउँदैछौंः डा. मनिष थापा
सन् २०१९ मा स्थापना भएको ग्लोबल इक्विटी फण्ड, प्राइभेट इक्विटी तथा भेन्चर क्या…
डिजिटल रूपान्तरण सोलुसन र इकोसिस्टम
डिजिटल रूपान्तरणले कर्पोरेट संस्था र उनीहरूको व्यापार प्रक्रियाहरूको पूर्ण सुधार गर्छ…
सकारात्मक सोच र परिवारको सहकार्यले ब्रोडवे इन्फोसिस सफल भएको होः राजु अधिकारी (अन्तर्वाता)
ब्रोडवे इन्फोसिस बिहीबारदेखि १४ वर्ष पूरा गरी १५ औं वर्षमा प्रवेश गरेको छ । नेपालको आईटी क्षेत्रमा दक्ष जनशक्…
टुटल बन्द भएको छैन्, परिस्कृत भएर आउँदैछ: शिक्षित भट्ट
काठमाडौं । लोकप्रिय नेपाली राइड शेयरिङ एप टुटल केही समयदेखि निस्क्रिय छ । वेबसाइ…
चालकबाट ६ महिनासम्म कमिसन लिदैनौं, त्यसपछि पनि अरूको तुलनामा कम हुनेछः पवित नन्दा (अन्तर्वाता)
पछिल्लो समय नेपालमा राइड शेयरिङ लोकप्रिय भइरहेको छ । केही समय अगाडि अन्त…
विद्युतीय सुशासन निर्माणका लागि नेतृत्वको अपनत्व आवश्यक छ
काठमाडौं । विद्युतीय सुशासनको अवधारणाभित्र नागरिक, प्र…
‘दिगो आइसिटी उद्योग र इकोसिस्टम विकासका लागि फाइभजी स्पेक्ट्रम व्यवस्थित गर्नुपर्छ’
२०२२ मा, नेपाल सरकार पाइलट साइटहरूमा देशको पहिलो फाइभ जी परीक्षण पेश गर्न तयार…
‘विदेशमा पिएसओ र पिएसपी छुट्याएर लाइसेन्स दिने चलन छैन्, बैंकलाई पनि प्रतिस्पर्धामा राखिदैन्’
नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त मोरू डिजिटल वालेट सन् २०२० देखि सञ्चालन…
आवर विराटनगरले डिजिटल साक्षरतामा सहयोग पुर्याएको छः प्रबन्ध निर्देशक दाहाल (भिडियो)
आवर विराटनगर प्रदेश १ को पहिलो अनलाइन म्यागजीन हो । पूर्वमा अनलाइन मिडिय…
भीपीएन के हो र कसरी काम गर्छ ? किन प्रयोग गर्ने भीपीएन ?
गूगलमा तपाईंले कुनै एउटा वेबसाईट खोज्नु भयो तर त्यो खुलेन, के गर्ने? युट्युबमा कु…