कीवर्डहरू -

अन्तर्वाता/विचार

नेपालमा पोष्टग्रे एसक्युएल कम्युनिटी विकास गर्न खोज्दै छौः बालकृष्ण बाल (अन्तर्वाता)

आउँदो वैशाख २८ र २९ गते अर्थात मे ११ र १२ तारिखमा धुलिखेलको काठमाडौं विश्वविद्यालयमा पोष्टग्रे कन्फेरेन्स आयोजना हुँदैछ ।

सन् २०१८ मा पहिलो पटक नेपालमा आयोजना भएको कन्फेरेन्स करिब ५ वर्ष पुनः हुँदैछ । कन्फेरेन्स अगाडि पोष्टग्रे एसक्युएल सम्बन्धि तालिम पनि आयोजना हुने बताइएको छ ।

यसै सन्दर्भमा काठमाडौं विश्विद्यालयका असिस्टेन्ट प्रोफेसर तथा कन्फेरेन्सका संयोजक डा. बालकृष्ण बाल सँग आइसिटी समाचारका लागि कमल केसी ले गरेको छोटो कुराकानीको सम्पादित अंशः


पोष्टग्रे कन्फेरेन्स के हो ?

नेपाल पोष्टग्रे एसक्युएल युजर ग्रुपले पोष्टग्रे कन्फेरेन्स आयोजना गर्दैछ । पोष्टग्रे कन्फेरेन्स भनेको पोष्टग्रे एसक्युएल ओपन सोर्स डेटाबेस प्लेटफर्म सम्बन्धि कार्यक्रम हो ।

नेपालमा दोस्रोपटक कन्फेरेन्स हुँदैछ । यसअघि सन् २०१८ मा पहिलो पटक गरेका थियौं । त्यसपछि कोरोना महामारीले गर्दा केही ग्याप भएको थियो । यस पटक ८-९ जना अन्तर्राष्ट्रिय वक्ता आउँदै हुनुहुन्छ ।

कन्फेरेन्समा उद्योग, शैक्षिक, संस्था सरकारी तथा गैर सरकारी संस्थाका प्रतिनिधि सहभागी हुनेछन् । आगामी मे ९ र १० मा तालिम आयोजना हुनेछ ।

तालिमको शुल्क १० हजार नेपाली रूपैयाँ निर्धारण गरिएको छ । त्यससैगरी मे ११ र १२ मा काठमाडौं विश्वविद्यालय धुलिखेलमा मुख्य कन्फेरेन्स हुनेछ ।

प्रोष्टग्रे एसक्युएल भनेको के हो ?

डेटा स्टोर गर्ने, रिट्राइभ गर्ने रोबोष्ट प्लेटफर्म हो । पछिल्लो समय नेपालको हकमा प्रोष्टग्रे एसक्युएल जीआईएस एप्लिकेसनमा बढी प्रयोग भएको पाइन्छ ।

कन्फेरेन्सको प्रि-ईभेन्टको रूपमा तालिम पनि आयोजना गर्दै हुनुहुन्छ । तर त्यसको शूल्क महंगो भएन र ?

तालिमको शुल्क झट्ट हेर्दा अलि धेरै जस्तो देखिन्छ । १० हजार शुल्क किट, तालिम सामग्री र अकोमोडेसन सबै गरेर हो । त्यसमाथि विद्यार्थीहरूलाई २ हजार छुट दिएका छौं ।

झट्ट सुन्दा महंगो देखिए पनि सुविधा अनुसार शुल्क न्योचित नै छ । ट्रेनिङमा हामी आधारभूतदेखि एडभान्ससम्म सिकाउँछौं । अनुभवी व्यक्तिले प्रशिक्षण दिनु हुनेछ । तालिममा सहभागीले प्रमाणपत्र पनि पाउनु हुनेछ ।

कन्फेरेन्समा कस्ता कस्ता व्यक्ति सहभागी हुन सक्छन् ?

कन्फेरेन्समा डेटाबेस एडमिनिष्ट्रेटर, डेटाबेस डेभलपर, आईटी एडमिन, सिस्टम एडमिन, सरकारी आईटी अधिकारी, विद्यार्थी लगायतका सहभागी हुन सक्छन् ।

कसरी सहभागी हुन सकिन्छ पोष्टग्रे कन्फेरेन्समा ?

कन्फेरेन्सको आफ्नै वेबसाइट छ । pgconf.org.np मा गई रजिष्ट्रेसनमा क्लिक गरी तालिम वा कन्फेरेन्स कुनमा सहभागी हुन चाहनुहुन्छ त्यसअनुसार आफ्नो नाम दर्ता गराउन सक्नुहुनेछ ।

तालिमका लागि शुल्क १० हजार रूपैयाँ तोकिएको छ भने कन्फेरेन्समा सहभागी हुन नेपालीका लागि ५ हजार रूपैयाँ शुल्क तोकिएको छ तर पहिलो १५ जनाले अर्लि बड अफरको रूपमा ४ हजार रूपैयाँ शुल्क भुक्तानी गरे पुग्ने छ । विदेशीका लागि शुल्क १०० अमेरिकी डलर तोकिएको छ ।

अन्त्यमा केही भन्न चाहनुहुन्छ ?

नेपालमा हामीले पोष्टग्रे एसक्युएल कम्युनिटी विकास गर्न खोजेका छौं । दोस्रो पटकसम्म कन्फेरेन्स आयोजना गर्न अन्तर्राष्ट्रिय सहयोग पनि प्राप्त भएको छ ।

तेस्रो पटकदेखि यो हामीले नै गर्नुपर्ने जरूरी छ । पोष्टग्रेमा लाग्नु भएका र यसमा इच्छुक सबैलाई यस कम्युनिटीमा गोलबद्द हुन म आह्वान गर्दछु ।



अन्तर्वाता/विचार

सूचना प्रविधि सम्भावना बोकेको क्षेत्र हो, यसले सबैका लागि समान अवसर सिर्जना गर्नुपर्दछ

कोभिड-१९ महामारीले एडभान्स नेटवर्क र डिजिटल प्रविधिहरूमा पहुँच हुनु केवल विलासित…

१५ वर्षदेखि ऐन संशोधन हुन सकेको छैन्, नियामक धार नभएको भुत्ते खुकुरी जस्तै भएको छ

सबै तिरबाट डिजिटल प्रदुषण भइरहेको छ । सफ्टवेयर, हार्डवेयर, कन्टेन्ट सबैमा प्रदुषण छ…

लैंगिक समानताको बलियो आधारः सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार

संयुक्त राष्ट्रसंघको सन् २०२२ को प्रतिवेदन अनुसार विश्वमा ३७ प्रतिशत महिलाहरु इन्टरने…

डाटा सेन्टर के हो अनि कति प्रकारका हुन्छन् ?

डाटा सेन्टर भनेको सुविधा सम्पन्न, सुरक्षित तथा स्वचालित तथ्याङ्क भण्डारण केन्द्र हो, जह…

नेपालमा सूचना प्रविधि पूर्वाधारको अवस्था र चुनौती

पृष्ठभूमि

पछिल्लो समय नेपाल विद्युतीय सवारीसाधनको लोकप्रियता बढ्दै गएको छ । सरकारले विद्युती…

सरकार अब डिजिटल इकोसिस्टम बनाउन लाग्नै पर्छ 

१९ वर्ष अघि देशमै केही गरौं भन्ने हुटहुटीले मैले इन्फोडेभलपर्स सुरु गरेको थिए । त्…

एसईओ र्‍यांकिङ मात्रै होइन्, ब्राण्ड मार्केटिङ हो 

एसईओ के हो ?

क्लाउड कम्प्युटिङ भनेको क्लाउड सेवा प्रदायक संस्थाहरुले क्लाउड प्लेटफर्म मार्फत सुरक्षित…

प्रविधिमा भौतिक विज्ञानको भूमिका

प्रविधि भनेकै भौतिक विज्ञान तथा विज्ञानको अरु शाखाहरुको व्यवहारिक प्रयोग गर्नु नै ह…

यस्ता छन् इन्फोडेभलपर्स आइसिटी अवार्डका विजेताहरु 

पुस ८ गते शुक्रबार विभिन्न १४ विधामा इन्फोडेभलपर्स आइसिटी अवार्ड २०२२ वितरण गरिएको…

‘राज्यलाई आधा धण्टा बत्ति गयो र सर्भर डाउन भयो भन्ने छुट छैन्’

सरकारले ३ महिना अगाडि सूचना प्रविधि (आईटी) क्षेत्रमा देखिएका समस्यालाई समाधान गर्न, नीति निर्माण र सोको कार्यान्वयन गर्न उच्च स्तरीय निकायको महशुस शक्तिशा…

बैंकमा म्यानुअल्ली हुने कामलाई फास्ट बैंकिङले डिजिटाइज गर्छः सीईओ भुजु

विगत २० वर्षदेखि नेपालको वित्तिय क्षेत्रलाई डिजिटल बनाउन तल्लिन संस्था हो । स्मार्ट च्वाइस टेक्नोलोजी (एससीटी) । कार्डबाट सुरू भएको एससीटीको यात्रा फास्ट ब…

ओपन सोर्स कहाँबाट आएको हो ? यसबाट कसरी फाइदा लिने ?

ओपन सोर्स सफ्टवेयर भनेको सार्वजनिक रुपमा सबैले सोर्स कोर्ड हेर्न र परिवर्तन गर्न मिल्न…

सन् २०२२ का १० इमर्जिङ प्रविधि

पछिल्लो समय प्रविधिको विकास तीब्र रूपमा भइरहेको छ । हरेक दिन प्रविधिमा केही न केह…