कीवर्डहरू -

अन्तर्वाता/विचार

‘साइबर सुरक्षालाई खर्च होइन, बिजनेस इनेबलरको रूपमा लिनुपर्छ’

पछिल्लो समय टेलिकम कम्पनीहरूको आम्दानी घटिरहेको छ । घट्दो आम्दानीका निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल यतिबेला व्यवसायलाई दिगो बनाउन विविधिकरणमा अगाडि बढेको छ । 

परम्परागत व्यवसाबाट मात्र टिक्न गार्‍हो पर्न थालेपछि एनसेल अब इन्टरप्राइजमा पनि केन्द्रित हुन थालेको हो । यसै अनुसार भर्खरै एनसेलले फिनल्याण्डको साइबर सुरक्षा कम्पनी विथसेक्योरसँग ‘एक्सक्लुसिभ’ साझेदारी गरेको छ । 

यद्यपी यसको औपचारिक घोषणा भने चाँडै हुने बताइएको छ । यसै सन्दर्भमा विथसेक्योरका उपाध्यक्ष पाओलो पालुम्बोसँग गरिएको छोटो कुराकानीको सम्पादित अशः 


विथ सेक्योर के हो ? 

विथसेक्योर फिनल्याण्डमा आधारित साइबर सुरक्षा कम्पनी हो । ३५ वर्षदेखि हामीहरूले साइबर सुरक्षाको क्षेत्रमा काम गरिरहेका छौं । हाम्रो मिसन भनेको कर्पोरेट र इन्टरप्राइजहरूलाई साइबर हमलाबाट जोगाउनु हो । 

साइबर सुरक्षाको क्षेत्रमा नेपालमा कस्तो छ ? 

नेपालको डिजिटल बजार द्रुत रूपमा बढिरहेको छ । डिजिटल एडप्सन र व्यवसायको गती पनि तिव्र छ । डिजिटलाइजेसनको कुरा गर्दा साइबर सुरक्षा पनि सँगै जोडिन्छ । डिजिटलाइजेसन तीव्र बढिरहेको नेपालमा साइबर सुरक्षा कम्पनीका लागि पनि धेरै अवसर छन् । त्यसैले एनसेलमार्फत विथसेक्योर नेपाली बजारमा प्रवेश गर्दैछ । 

नेपाली बजारमा प्रवेश गर्नका लागि विथसेक्योरले एनसेल नै किन रोज्यो ? 

व्यवसाय विस्तारका लागि सबैभन्दा पहिला उपयुक्त पार्टनर खोज्न आवश्यक छ । उपयुक्त पार्टनर हुनलाई सम्बन्धित बजारको बारेमा विस्तृत ज्ञान, विश्वासिलो र भरपर्दो हुनुपर्छ । नेपालमा पनि हामीले त्यस्तो उपयुक्त पार्टनरको रूपमा एनसेल भेट्यौं, जुन करिब २ दशकदेखि निरन्तर सेवारत नेपालको अग्रणी दूरसञ्चार कम्पनी समेत हो । एनसेलसँग सहकार्य गर्न पाउँदा हामी एकदमै उत्साहित छौं ।

null

यस सहकार्यले एनसेलका इन्टरप्राइज ग्राहकलाई कसरी सहयोग गर्छ ? 

एनसेलका इन्टरप्राइज ग्राहकले अब विश्वकै अब्बल साइबर सेक्युरिटी प्रडक्ट प्रयोग गर्न पाउने छन् । ग्राहक सपोर्ट पनि चुस्त र दुरूस्त हुनेछ । यस सहकार्यले नेपाली इन्टरप्राइजलाई साइबर संसारमा सुरक्षित रहन मद्दत गर्नेछ । 

तपाईको बुझाइमा, साइबर सुरक्षाको क्षेत्रमा नेपाली बजारका चुनौतीहरू के के छन् ? 

पछिल्लो समय साइबर सुरक्षा उद्योग तीव्र रूपमा परिवर्तन भइरहेको छ । यसबाट नेपाल पनि अछुतो रहन सक्ने सम्भावना छैन् । प्रविधिको विकासलाई आत्मसात् गर्दा जोखिम पनि सँगसँगै आउँछ । जोखिम कम गर्न नेपालले डिजिटलाइजेसन र साइबर सुरक्षाको बारेमा स्पष्ट लक्ष्य बनाएको छ । तर यो लक्ष्यलाई पूरा गर्न सामुहिक प्रयास आवश्यक छ । 

डिजिटल स्पेशमा काम गरिरहेका नेपाली बिजनेसहरूलाई तपाईको सुझाव के छ ? 

साइबर सेक्युरिटीलाई खर्चको रूपमा नहेर्नुहोस् । यसलाई बिजनेस इनेबलरको रूपमा हेर्नुपर्छ । त्यसपछि मात्रै तपाई साइबर थ्रेट, बिच, डेटा लिकको चिन्ता नगरी व्यवसायमा केन्द्रित हुन सक्नुहुन्छ । मेरो एउटा मात्रै सन्देश छ – साइबर सुरक्षालाई खर्चको रूपमा नभएर लगानीको रूपमा हेर्नुहोस् । त्यसपछि मात्रै तपाई बिजनेस फ्लोरिस हुन्छ ।

अन्तर्वाता/विचार

सफ्टवेयर विकासमा एआई क्रान्ति

प्रविधि क्षेत्र निकै तीव्र रूपमा अगाडि बढिरहेको छ । पछिल्लो समय प्रविधिको नेतृत्व कृत्रिम बुद्धिमत्ता अर्थात एआईले लिइरहेको छ ।&nb…

‘अहिले नेपालमा कार्यालय खोल्ने टिकटकको योजना छैन्, तर स्थानीयकरणमा जोड दिएका छौं’

टिकटक विश्वकै लोकप्रिय सामाजिक सञ्जाल हो । नेपालमा पनि टिकटक उत्तिकै लोकप्रिय छ । 

‘महिलाहरूसँग जन्मजात नै नेतृत्व क्षमता हुन्छ, समान अवसर दिनुपर्छ’

आईटी क्षेत्रमा महिलाहरूको अपार सम्भावना छ । आईटी उद्योग आफैमा इन्नोभेसन र ग्रोथका लागि अनगिन्ती अवसरहरू प्रदान गर्ने क्षेत्र हो, ज…

‘आईटी कम्पनीमा महिलाले फरक दृष्टिकोण लिएर आउँछन्, प्रोत्साहन गर्नुपर्छ’

सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा महिलाहरूको सहभागीता थोरै छ । सूचना प्रविधिमा महिला (डब्लुआईआईटी) संस्थाले हालै गरेको अध्ययनम…

‘एआई प्रविधि आयात मात्रै गर्नुपर्ने अवस्था आयो भने अत्यन्तै ठूलो समस्या हुन्छ’

कुन आधारभूत सिद्धान्तमा टेकेर एआई नीति बनाउने भन्ने कुरा मुख्य हो । मेरो एउटा निश्चित धारणा छ त्यो कुरा एआई नीतिको मस्यौदामा अ…

‘सामाजिक सञ्जाल विधेयकले स्टार्टअपलाई नियन्त्रण गर्न खोजेको छ, फेक र बेनामी आईडी एउटै होइन’

हालसालै नेपाल सरकारले सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनाएको एउटा चर्चित विधेयक राष्ट्रिय …

‘इन्ड्राइभ अब सस्टेनेबिलिटीमा केन्द्रित हुन्छ, प्लेटफर्ममा धेरैभन्दा धेरै ईभीलाई जोड्छौं’

राइड हेलिङ प्लेटफर्म इन्ड्राइभ नेपालमा लोकप्रिय छ । यसमा चालक र यात्रु दुबैले बार्गेनिङ गर्न सक्छन् । 

साइबर ठगीमा टेलिग्रामको प्रयोग बढ्दो, बच्ने कसरी ?

नेपालमा साइबर अपराधका घटनाहरू पछिल्ला केही वर्षमा उल्लेखनीय रूपमा बढ्दै गएका छन्, जसले आम नागरिकको सुरक्षा र गोपनीयता सम्बन्धी …

बैंकिङमा एआई र नवीन प्रविधिको प्रयोग

पछिल्लो समय एआई प्रविधि निकै चर्चामा छ । सन् २०२२ मा च्याटजीपीटी सार्वजनिक भएसँगै चौतर्फी एआई प्रविधिले लोकप्रियता अझै बढि पायो …

इन्ड्राइभ कम्फर्टले यात्रुलाई प्रिमियम यात्राको अनुभूति गराउने छ: अविक कर्मकार (अन्तर्वाता)

विश्वव्यापी मोबिलिटी सेवा प्लेटफर्म इन्ड्राइभले हालै नेपालमा आरामदायक र उच्च गुणस्तरको विकल्पसहित 'इनड्राइभ कम्फर्ट&rs…

उद्यमशीलता राष्ट्रको मेरूदण्ड हो, विद्यालय तहबाटै उद्यमी सोच जगाउनु पर्छ

उद्यमशीलता २ वटा कुरासँग जोडिएर आउँछ । एउटा आर्थिक स्वतन्त्रता र अर्को व्यक्तिगत स्वतन्त्रता । युवाहरूको ग्रोथका यी दुवै कुरा महत्त्व…

‘नेपालको हाइड्रोजन भविष्यमा विश्वबजारमा बिक्री हुन्छ, आजैदेखि काम थाल्नु पर्छ’

पछिल्लो समय नेपालमा ग्रीन हाइड्रोजन चर्चामा छ । काठमाडौं विश्विविद्यालयले ग्रीन हाइड्रोजन ल्याब नै स्थापना गरी नेपालको पहिलो …

नेपालमा स्याटेलाइट इन्टरनेटको सम्भावना र चुनौती

पछिल्लो समय नेपालमा पनि स्याटेलाइट इन्टरनेटको चर्चा बढ्न थालेको छ । विपद्को बेला र दुर्गम ठाउँमा स्याटेलाइट इन्टरनेट एकदमै म…

सूचना प्रविधिमा नेपालः विगत, वर्तमान र भविष्य

सूचना प्रविधि (आईटी) आधुनिक समाजको एक आधारभूत तत्व भएको छ, जसले हाम्रो जीवन, काम र सञ्चारमा सहजता थपेको छ । पछिल्लो समय…

ग्राहकको सन्तुष्टि इन्ड्राइभको शीर्ष प्राथमिकतामा छः मार्केटिङ निर्देशक नतालिया माकारेन्को (अन्तर्वार्ता)

इन्ड्राइभ हाल नेपालमा सबैभन्दा लोकप्रिय राइड–हेलिङ सेवाहरू मध्ये एक हो । यसको मुख्य कारण भनेको सवारी चालक र ग्राहक दुवैल…