अन्तर्वाता/विचार
डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयनका लागि डेडिकेटेड निकाय आवश्यक छ
डिजिटल नेपाल फ्रेमवर्कको कुरा गर्नु अगाडि नेपालमा वि.सं. २०५७ सालमा पहिलो पटक सूचना प्रविधि नीति आएको थियो । त्यसपछि सूचना प्रविधि नीति २०६७ सालमा आयो र २०७२ सालमा सूचना तथा सञ्चार प्रविधि (आईसिटी) आएको थियो । प्रविधि इमर्जिङ हुँदै जाँदा आईटीसँग सञ्चार पनि जोडिएपछि आईसीटी नीति आएको हो ।
पहिला ई-गभर्नेन्स मास्टरप्लान पनि आएको थियो । धेरै काम पनि भएको थियो । ई-गभर्नेन्समा सरकारी काम र सेवालाई कसरी कम्प्युटराइज गर्नेमा केन्द्रित थियो । यसले सबै क्षेत्रलाई समेटेको थिएन । हरेक मुलुक डिजिटलाइज तिर गइरहेको अवस्था थियो ।
नेपालमा पनि विद्युतीकरण बढ्दै थियो, कनेक्टिभिटी पनि राम्रो हुँदै थियो । यस्तो अवस्थामा अब नेपाललाई डिजिटल बनाउनु पर्छ भन्ने लक्ष्यसहित ५ वर्षको डिजिटल नेपाल फ्रेमवर्क ल्याइएको थियो । मन्त्रिपरिषद्बाट पारित भएर नेपाल सरकारको आधिकारिक डकुमेन्टको रूपमा स्थापित भएको फ्रेमवर्कमा शिक्षा, स्वास्थ्य, डिजिटल फाउन्डेसन, शहरी पूर्वाधार, वित्त, कृषि, उर्जा र पर्यटन गरेर ८ वटा क्षेत्र र ८० वटा पहलहरू छन् । २०७६ सालदेखि २०८१ सालसम्म कार्यान्वयन गरिसक्ने भनेर फ्रेमवर्क आएको थियो ।
त्यसअनुसार काम किन भएन भनेर प्रश्न उठिरहेको छ । काम नभएको पनि होइन । पाँच वर्ष र अहिलेको अवस्था फरक छ । फोरजी अहिले स्मुथ छ । सञ्चार राम्रो छ । फ्रेमवर्क अन्तर्गत डिजिटल फाउन्डेसनमा धेरै काम भएका छन् तर अन्य क्षेत्रको प्रगति आशा लाग्दो छैन् ।
अहिले इन्टरनेट कनेक्टिभिटी धेरै ठाउँमा पुगेको छ । सरकारी निकायमा पनि राष्ट्रिय परिचयपत्र, ई-पासपोर्ट लगायतका काम सुरू भएका छन् । डिजिटल नेपालका लागि कनेक्टिभिटी महत्त्वपूर्ण कुरा हो । कनेक्टिभिटी बिना डिजिटल नेपाल सम्भव छैन् ।
कोरोना महामारीमा भर्चुअल बैठक, भर्चुअल अफिस, भर्चुअल शिक्षा, भर्चुअल उपचार लगायतका काम सबै भएको थियो । शिक्षामा पनि केही प्रगति भएको छ । स्कुलहरूमा प्रविधिमैत्री शिक्षा अध्यापन भइरहेको छ । वित्तमा पनि आशा लाग्ने गरी केही विकास भएको छ । अनलाइन कारोबार बढेको छ । तरकारी फलुफुल पसलदेखि रेष्टुरेन्टसम्म डिजिटल भुक्तानीको प्रयोग हुन्छ ।
कारोबारका लागि बैंकसम्म पुग्नु पर्दैन् । अनलाइनबाटै सबै काम हुन्छ । शेयर खरिद बिक्री घरैबाटै गर्न सकिन्छ । विद्युत, खानेपानीको बिल अनलाइनबाटै भुक्तानी हुन थालेको छ । पाँच वर्ष अगाडि यो सम्भव थिएन । अहिले भइरहेको छ । डिजिटलाइजेसनमा भएको यो हाम्रो उपलब्धि हो ।
यस्तै टेलिमेडिसिनमा पनि केही काम भएको छ भने अनलाइन शिक्षामा पनि काम भएको छ । सूचना प्रविधि विभागले कक्षा ४ देखि १२ सम्मको पाठ्यक्रम अनुसार भिडियोहरू तयार पारेर अनलाइनमा राखेको छ । त्यो भिडियोहरू दुर्गममा पनि पठाइएको छ । काठमाडौंको स्ट्याण्डर्ड अनुसार तयार पारिएको भिडियो दुर्गममा समेत पुगेको छ ।
तर सोचे अनुसार फ्रेमवर्कको कार्यान्वयन हुन सकेन । डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयनका लागि छुट्टै डेडिकेटेड निकाय नहुँदा कार्यान्वयनमा सुस्तता देखिएको छ । डिजिटल नेपालका लागि यो गेमचेन्जर परियोजना हो । गेमचेन्जर परियोजनाको सफल कार्यान्वयन २-४ जनाले सञ्चालन गर्न सक्ने होइन । यसका लागि छुट्टै डेडिकेटेड संयन्त्र चाहिन्छ, जसले हरेक क्षेत्रको लागि स्पेसिफिक प्लान बनाएर कार्यान्वयन गर्न सकोस् ।
अब यसलाई परिमार्जन गर्ने तयारी पनि चलिरहेको छ । एउटा आधार छँदैछ । अब अहिलेसम्मको उपलब्धि र चुनौतीका समाधान पनि समावेश गरेर परिमार्जन गर्नुपर्छ । सरकारले फ्रेमवर्कको नेतृत्व लिएकै हो । तर यसको कार्यान्वयनका लागि सरकारले जुन तहमा नेतृत्वदायी भूमिका खेल्नु पर्थ्यो, त्यो खेल्न सकेको छैन् ।
डिजिटल क्षेत्रको विकासका लागि कर प्रोत्साहन गर्नेदेखि निर्यातमा समेत छुट सुविधा उपलब्ध गराउनु पर्छ । सरकारले आईटी पार्क, सफ्टटेक पार्क, नलेज पार्क जस्ता पूर्वाधार विकास गर्नुपर्छ । विशेष आर्थिक क्षेत्र सेजमा पनि आईटी पार्क बनाउन सकिन्छ । सेजमा आईटी पार्क बनाउँदा धेरै सुविधाहरू प्राप्त हुन्छ । सेजमा आईटी पार्क निर्माणका लागि पहल समेत भएको छैन् ।
डिजिटलाइजेसन भनेको क्रस कटिङ इस्यु हो । राष्ट्रिय परिचयपत्र गृह मन्त्रालय अन्तर्गत छ । तर त्यो कुरा परराष्ट्रलाई पनि चाहिन्छ अन्य निकायलाई पनि चाहिन्छ । त्यसै कारण यसमा सबैको समन्वयकारी भूमिका आवश्यक छ । त्यसका लागि प्रधानमन्त्रीको नेतृत्वमा निर्देशन समिति रहेको छ । मुख्यसचिवको नेतृत्वमा समन्वय समिति समेत रहेको छ । सञ्चार मन्त्रालय अन्तर्गत पनि समिति छ । त्यो सक्रिय हुन सकेन ।
(डिजिटल नेपाल फ्रेमवर्क ल्याउन महत्त्वपूर्ण भूमिका खेलेका सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका पूर्व सहसचिव विरेन्द्र मिश्रसँग गरिएको कुराकानीमा आधारित )
अन्तर्वाता/विचार
फेसबुक पेज ह्याक हुन नदिन के गर्ने ?
पछिल्लो समय फेसबुक पेज ह्याक हुने घटना बढिरहेका छन् । नेपालमा मात्र नभएर संसारभर थुप्रै चर्चित व्यक्ति तथा संस्थाका फेसबुक पेजहर…
१० वर्षमा ६ खर्बको आईटी उद्योग बनाउन सकिन्छ, त्यसका लागि सरकारको सहयोग आवश्यक छ
नेपालको सूचना प्रविधि (आईटी) को वर्तमान अवस्था उत्साहजनक छ । सन् २०२२ मा मात्रै सर्वाङ्गीण विकास अध्ययन केन्द्र (आईआईडीएस) को…
भविष्यको इन्टरनेट ‘वेब ३.०’ के हो ?
वेब ३.० जान्नुभन्दा अगाडि वेब १.० र वेब २.० को बारेमा बुझ्नु पर्ने हुन्छ । वेब १.० सन् १९८९ तिर सुरू भएको थियो । यसमा स्ट्याटिक…
क्यास नबोक्नु मेरो गल्ती होर ?
हरेक दिन २ पटक यातायात व्यवस्था कार्यालय अगाडीकै बाटो हिँड्ने म लाइसेन्स रिन्यू गर्ने बेला भएको छ भन्ने थाहा हुँदाहुँदै भैरब अर्…
इन्ड्राइभ दर्ता प्रक्रियाको अन्तिम चरणमा छः पवित नन्दा (अन्तर्वाता)
पछिल्लो समय नेपालमा राइड शेयरिङ प्लेटफर्मको रूपमा इन्ड्राइभ लोकप्रिय हुँदै गइरहेको छ ।
तर नेपालमा सेवा सुरू गरिसकेको करिब द…
‘कर्णालीमा रूखको टुप्पोमा गएर टावर लाग्छ कि भनेर मोबाइल घुमाउनु पर्ने अवस्था छ’
आईसीटी अवार्ड २०२३ वितरण कार्यक्रममा कर्णाली प्रदेशलाई सम्झिनु भयो आयोजकलाई धन्यवाद । यहाँ आउँदा नेपालको डिजिटल विकास धेरै भएक…
‘नेपालको आईटी क्षेत्र दश वर्ष पछाडि छ, यस्तै ढिलासुस्ती हुँदै गयो भने झन झन पछाडि पर्छ’
सूचना प्रविधिले गर्दा विश्वलाई एउटै ग्लोबल भिलेजको रूपमा अगाडि बढाएको छ । हामीहरू विदेशको काम नेपालको कुनै पनि ठाउँमा ब…
‘साइबर सुरक्षाका नयाँ ट्रेन्डहरूलाई सम्बोधन गर्ने गरी नयाँ कानुन ल्याउन आवश्यक छ’
नेपालमा सूचना प्रविधिको प्रयोग र विस्तार बढिरहेको छ । देशको अधिकांश भुभागमा इन्टरनेट पुगेको छ । सबैको हातहातमा डिजिटल डिभाइहरू पुग्न थालेका छन् । प्र…
‘३ करोड जनसंख्या भनेको सानो होइन, सम्भावना देखेरै इन्ड्राइभ नेपाल आएको हो’
करिब डेढ वर्ष अगाडि नेपालमा विदेशी राइड शेयरिङ प्लेटफर्म इन्ड्राइभ सुरू भएको थियो …
नेपालमा अवसर देखेरै लिडस्क्वार्ड आएको होः श्रीधर सम्पत (अन्तर्वार्ता)
लिडस्क्वार्ड एक सास प्रडक्ट हो । सन् २०२३ देखि लिड स्क्वार्डले मेन्टर ल्याबसँग स…
‘डिजिटल स्वास्थ्यका लागि पूर्वाधारको काम अबिलम्ब अगाडि बढाउनु पर्छ’
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले २०७६ साउन ४ अर्थात आजकै दिन तयार गरि कार्यान्वयनमा …
‘एआईको युग सुरू भएको छ, कार्यान्वयनको खाँचो छ’
च्याटजीपीटी सार्वजनिक भएपछि विश्वभर आर्टिफिसयल इन्टेलिजेन्स (एआई) अर्थात कृतिम बौद्धिकताको चर्चा व्यापक भइरहेको छ । नेपालमा पनि एआईको चर्चा हुन थालेको छ …
भाषाको संरक्षण र प्रवर्द्धनमा एआईको प्रयोग
आर्टिफिसियल इन्टेलिजेन्स (एआई) अर्थात् मेसिन इन्टेलिजेन्स यी दुवै शब्दले कृत्रिम बौद्धि…
भविष्यमा विश्वभर डिजिटल डिप्लोमेसी वृद्धि हुनेछ, सामाजिक सञ्जालको दुरूपयोग अझै बढ्ने छ
सूचना तथा सञ्चार प्रविधिको विकास र विस्तारले विश्व अहिले एक सानो गाउँमा रुपान्तरण …
नेपालमा पोष्टग्रे एसक्युएल कम्युनिटी विकास गर्न खोज्दै छौः बालकृष्ण बाल (अन्तर्वाता)
आउँदो वैशाख २८ र २९ गते अर्थात मे ११ र १२ तारिखमा धुलिखेलको काठमाडौं व…