कीवर्डहरू -

अन्तर्वाता/विचार

टिकटकमा राजनीति, यस्तो छ विश्व उतारचढाव 

टिकटक अहिले विश्वभर तहल्का पिटिरहेको चिनिया एप हो । यस भिडियो सेयरिङ एपका संस्थापक जाङ्ग यिमिङ हुन, जसले चीनको बेइजिङगमा बाइट–डान्स भन्ने इन्टरनेट टेक्नोलोजी कम्पनी स्थापना गरेका छन् । यो कम्पनी २०१२ मा स्थापना भएको थियो ।

सुरुमा बाइट डान्सले चीनमा यस्तै एपलाई डोइन नामले सेपटेम्बर, २०१६ मा सार्बजनिक गरेका थिए । यो सन् २०१८, अगस्ट २ मा म्यूजिकल लीसँग मर्ज गरेपछि मात्रै पुरै विश्वभर उपलब्ध भएको थियो । यो एप करिब ४० भाषामा उपलब्ध गराइएको छ ।

चार वर्षमा टिकटकले करिब १ अर्बबढि प्रयोगकर्ता बनाइसकेको छ । चीनमा अहिले पनि यो एप डोइनकै नामले चिनिन्छ । टिकटक र डोइनको यूजर इन्टरफेस एउटै भएता पनि यिनीहरु दुवै बेग्लाबेग्लै सर्भरमा चल्छन् र एकअर्काको डाटाबेसमाथि कुनै पँहुच हुँदैन ।

टिकटकको विश्वभरी डुब्लीन, लस आनजेलेस, न्यू योर्क सिटी, लन्डन, प्यारीस, बर्लीन, दुबई, मूम्बई, सिंगापोर, जकरटा, सोल र टोक्यो आदि ठाउँमा हेड–क्वाटर रहेको छ । सार्बजनिक भएदेखि नै सफलता मात्रै देख्दै आएको यो एपले भने धेरै ठाउँमा ठक्कर पनि खानु परेको छ ।

गएको वर्ष जुनमा टिकटकको धेरै उपभोक्ता भएको देश भारतले टिकटकसहित अन्य ५८ एप बन्द गरेको थियो । सिमानामा भएको झडपको कारणले गर्दा भारतले यो एप बन्द गरेको जनाएको छ । भारतमा यो एप बन्दभएसंगै टिकटकले ठूलो संख्यामा प्रयोगकर्ता र आम्दानी गुमाएको छ । भारतमात्रै २० करोड बढि मासिक सक्रिय प्रयोगकर्ता छन् ।

त्यत्ति नै बेला इन्डोनेसियाले टिकटकलाई एक हप्ताको लागी बन्द गरेको थियो । यो एपले अनैतिक र अश्लिल कुराहरुलाई बढावा दिएको भनियो ।

अमेरिकामा तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो देशको गोप्य सूचनाहरु चीनलाई दिइरहेको आरोप लगाएका थियो । माइक्रोसफ्टले टिकटकको ग्लोबल कारोबार नै किन्न खोजेको विषय विश्वभर चर्चाको विषय बन्यो ।

टिकटक बन्द हुनु लगत्तै ट्रिलर, इन्सटाग्राम रील्स, चिंगारी जस्ता एपले टिकटकको जस्तै फिचर ल्याएर त्यो स्थान ओगट्ने प्रयास गरेका थिए ।

टिकटकलाई बन्देज प्रयास पछाडिको राजनीति

जनवरी २०१९ मा पिटरसन इन्सटीटयूट फर इन्टरनेशनल इकोनोमिक्सको अनुसार टिकटकले अमेरिकाको राष्ट्रिय सुरक्षामाथि प्रश्न उठाएको ठहराएको थियो । टिकटकले यूजरको बासस्थान, ईमेज, बायोमेट्रिक डाटा जस्ता गोप्य सूचना आफ्नो चाइनिज प्यारेन्ट कम्पनीलाई दिने बताइएको थियो । चीन इन्टरनेट सुरक्षा कानुनको अनुसार चीन सरकारलाई सबै जानकारी दिनुपर्ने हुन्छ र टिकटकले पनि यही गरिरहेको बताइएको छ ।

अमेरिकाले आफ्नो जनताको सूचना बाहिर जाने कुरामा साह्रै असन्तुष्टि जनाएको थियो । अमेरिकाले डिसेम्बर २०१९ मै यूनाइटेड स्टेट्स नेभी र यूनाइटेड स्टेट्स आर्मीलाई टिकटक बन्द गरिदिएको थियो । त्यही कुरा सुनेर अष्ट्रेलियन डिफेन्स फोर्सले पनि आआफ्नो डिभाइसमा टिकटक बन्द गर्न लगाएका थिए ।

टिकटकले यूजरको बासस्थान, ईमेज, बायोमेट्रिक डाटा जस्ता गोप्य सूचना आफ्नो चाइनिज प्यारेन्ट कम्पनीलाई दिने बताइएको थियो । चीन इन्टरनेट सुरक्षा कानुनको अनुसार चीन सरकारलाई सबै जानकारी दिनुपर्ने हुन्छ र टिकटकले पनि यही गरिरहेको बताइएको छ ।

भारतले पनि सार्वभौमिकता र राष्ट्रिय अखण्डतामा यो एपले प्रश्न चिह्न उठाएकाले बन्द गर्नु परेको बताएको थियो । भारत र चीनको सीमा लख्दादमा भएको सीमा विवादले यो कदम चालिएको हो । सीमामा भएको संघर्षको कारणले २० भारतीय जवान मारिएका थिए । त्यो सँगै भारतको थुप्रै यूजरहरुले आफ्नो व्यक्तिगत सूचना दुरुपयोग भएको गुनासो पनि राखेका थिए ।

तर भित्रि रहस्य यो मात्रै नभएर विश्वबजारमा चीनको बढिरहेको दबदबालाइ रोक्ने प्रयास गर्नु पनि हो । हुवावेसँग भएको अमेरिका सरकारको द्वन्द पनि यसैक्रमलाइ जोड्न सकिन्छ । पछिल्लो समय प्रविधि क्षेत्रमा चीनका कम्पनीहरुले विश्व बजारमा दरिलो स्थान बनाउन थालेका छन् । हुवावे, टिकटक, जुम केहि उदाहरण हुन् । यसकारण पनि अमेरिका र भारतजस्ता देशहरु डेटाको इस्यु देखाउदै चिनिया कम्पनिको दबदबा रोक्ने प्रयासमा छन् ।

अमेरिकाले टिकटक किन्न खोज्नुको रहस्य

जब अमेरिकाले टिकटक किन्ने चर्चा चुलीमा पुगेको थियो त्यो बेला टिकटकका सिइयो केभिन मेयरले पदबाट राजीनामा दिएका थिए । उनले अमेरिकी राजनीति दवाव खेप्न नसकेर राजीनामा दिएको पनि तर्क छ । टिकटकले अमेरिकी राष्ट्रपति ट्रम्प विरुद्ध मुद्धा पनि दायर गएर गरेको थियो ।

इनटरप्राइज सफ्टवेयर र क्लाउड कमप्यूटिङ्मा मात्रै काम गरिरहेको माइक्रोसफटले टिकटक किनेर डिजिटल विज्ञापन गर्ने क्षेत्रलाई फराकिलो बनाउन चाहेको थियो ।

टिकटकको करिब अमेरिकामा मात्रै ८० मिलियनभन्दा धेरै प्रयोगकर्ता  छन् । टिकटकको हरेक यूजर बाट १ डलर पर क्वाटर प्राप्त हुन्छ । टिकटकलाई यूजरहरुले दिनमा करिब ५० मिनेट चलाउने अनुमान छ । माइक्रोसफटले टिकटक किनेर युवा वर्गलाई केन्द्रित गर्न पनि खोजेको हो । टिकटकको प्रयोगले माइक्रोसफटले आफ्नो एक्स–बक्सको कारोबार अझै बढाउन खोजेको देखिन्छ । टिकटकको अमेरिकी अप्रेसनको करिब ४२० बिलियन वर्थ रहेको छ ।

अन्तर्वाता/विचार

पूर्ण डिजिटल बैंकले अत्याधिक प्रतिफल दिन्छ, नबिल त्यो लक्ष्यको नजिकै छ : विनय रेग्मी

मुलुकमा कोरोना संक्रमण बढेसँगै डिजिटल कारोबारको चर्चा बढेको छ । चर्चामात्र बढेको छैन विभिन्न च्यानलको प्रयोग गर्दै ड…

कम्पनीले बग बाउन्टी कार्यक्रम किन शुरू गर्नुपर्छ ? यी हुन् ६ कारण

बग बाउन्टी कार्यक्रम भनेको प्रयोगकर्ताहरुलाई कम्पनीले आफ्नो एप वा प्रणालीमा कुनै समस्य…

यस्तो अवस्थामा पनि टेलिकमको ‘कोर’ आम्दानी बढेको छ, जुन राम्रो सूचक हो : डिल्ली अधिकारी

कोरोना संक्रमणले देशभर निशेषधाज्ञा भइरहँदा टेलिकम क्षेत्रलाई दोहोरो प्रभाव परिरहेको छ । पहिलो, डेटाबाट बढे पनि भ्व…

‘सीपले नेपाल सरकारसँग मिलेर रोजगारीको अवसर सिर्जना गर्ने काम थालेको छ’ - बलजीत भोरा, युकेएड सीप

जेनेस एकेडेमीले जेठ १८ गते आज अर्थात देखि इन्जिनियरिङ अध्ययन संस्थान (आईओ…

‘दक्ष जनशक्ति उत्पादन गर्न आईओई र सिपसँग मिलेर एडब्ल्युएस क्लाउड एकेडेमी सञ्चालन गर्दैछौं’

जेनेस सोलुसन नेपालको बहुराष्ट्रिय कम्पनी हो । नेपालसहित अन्य विभिन्न देशमा…

इन्टरनेटको भाषा र डिजिटल डिभाइड

इन्टरनेट कुन भाषामा बोल्छ ? यस प्रश्नको मुख्य मर्म हो इन्टरनेटमा हुने सामाग्रीहरू कुन भाषामा उपलब्ध छन् ।

जब अर्थव्यवस्था अधिक डिजिटल हुन्छ, त्यसले डाटाको विशाल ताल उत्पन्न गर्छ

हालका केही महिना यता विश्व एक असाधारण चुनौती, अनिश्चितता र जटिलता सामना गरिरहेक…

क्युआर कोड के हो र कसरी काम गर्छ ?

क्युआर कोडको नाम त सुन्नु भएकै होला । हेर्दा प्रष्ट बुझ्न नसकिने सानो कोडमा थुप्रै ज…

यस्तो छ सिलिन्डरमा अक्सिजन भर्ने प्रकृया 

कोभिडको महामारी बढेसँगै अक्सिजनको माग पनि एकदमै बढ्दै गइरहेको छ । कोरोनाका कारण…

डिजिटल रूपान्तरणको प्रयासमा नेपाल

डिजिटल रुपान्तरणले हाम्रो बाँच्ने, खेल्ने र काम गर्ने तरिकामा आमूल परिवर्तन ल्याएको …

फेसबुक र गुगलसँगको सम्झौता मार्केटिङको लागि ‘ब्रेक थ्रु’ हो– सीईओ रवि सिंघल  

फिट इन्टरनेसनल नेपालमा फेसबुक विज्ञापनको आधिकारिक रिसेलर बन्ने पहिलो कम्प…

नागरिक एप संचालनको टिमसहित तीन चरणको कार्ययोजना बनेको छ

सन् २०१८ मा‘आइसिटी डे’को दिन भृकुटीमण्डपमा एउटा कार्यक्रम थियो । त्यही कार्यक्रममा नागरिक एपको कन्सेप्ट पहिलो पटकप्रस्त…

हामी थप परिष्कृत भएर आएका छौं 

आज चौथो राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस । सर्वप्रथम यस दिनको अवसरमा यहाँ सम्पूर्णमा हार्दिक शुभकामना बाँड्न चा…

कतै हामी ‘डिजिटल दुर्व्यसनी’मा फसिरहेका त छैनौं ? 

कोरोना भाइरसको माहामारीले संसारलाई अत्याइहेको छ र अझ केहि समय अत्याउने देखिन्छ । यसले व्यापार, व्यवसाय, उद्योगलगाय…

किन बढ्दै बिटक्वाइनको लोकप्रियता ? कसरी लगानी गर्ने ?

पछिल्लो समय बजारमा बिटक्वाइन धेरै चर्चामा रहेको छ । बढ्दो मूल्यसँगै यसको लोकप्रियता…