अन्तर्वाता/विचार
डिजिटल रूपान्तरणको प्रयासमा नेपाल
डिजिटल रुपान्तरणले हाम्रो बाँच्ने, खेल्ने र काम गर्ने तरिकामा आमूल परिवर्तन ल्याएको छ । प्रविधिमा दिनदिनै बढदो लगानीसँगै परम्परागत व्यवसायमा पनि परिवर्तन आइरहेको छ, जसले अहिलेको युगलाई डिजिटल अर्थव्यवस्था तर्फ डोर्याइरहेको छ ।
केही वर्षदेखि डिजिटल सञ्चार, डिजिटल भुक्तानी, ई–कमर्स र अनलाइन मार्केटिङ एकदमै बढदै गइरहेको छ । अहिलेको समयमा ई–सेवा जस्तो भुक्तानी सेवा र दराज जस्तो किनमेल गर्ने ठाउँले हाम्रो जीवनलाई अझै सहज बनाएको छ ।
डिजिटल अर्थव्यवस्थाको विकासमा कोरोना महामारीले पनि महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । सामाजिक दूरी कायम गर्नका निम्ति वित्तिय संस्थाहरुले क्यासलेस समाजलाई बढावा दिएका छन् ।
नेपालमा अनलाइन खरिदकर्ताको दर पनि बढ्दै गएको छ । दराजका अनुसार ४० प्रतिशत भन्दा बढी कारोबार कार्ड, ई–वालेटद्वारा हुन्छ । इन्टरनेट प्रयोग पनि एकदमै बढ्दै गएको छ किनभने धेरै मान्छेले सामाजिक दूरी कायम गर्नका लागि घरबाटै काम र अध्ययन, अध्यापन गरिरहेका छन् ।
मान्छेले सामाजिक सञ्जालका लागि मात्रै इन्टरनेट प्रयोग नगरेर शिक्षा, स्वास्थ्य, किराना र अरु आर्थिक कार्यमा पनि इन्टरनेट प्रयोग गरिरहेका छन् । यो महामारीको समयमा सबै क्षेत्रमा प्रविधिको उच्चतम प्रयोग भएको छ ।
यसैले नै नेपाल डिजिटल युगमा अगाडि बढेको थाहा पाउन सकिन्छ । नेपालमा डिजिटल अर्थव्यवस्थाको विकास प्रविधि क्षेत्रको विकासलेनै बढ्दै गएको छ । हालैमा नेपाल सरकारले ‘नागरिक एप’ सार्वजनिक गरेको छ जसले एउटा प्लेटफर्मबाटै धेरै खालको सरकारी सुविधाहरु दिन्छ ।
यो एप नागरिकता, पासपोर्ट, वा भोटर आईडि भएकाले प्रयोग गर्न सकिन्छ । यसले अर्थव्यवस्थामा पनि छिटो, भरपर्दो र पारदर्शी रुपमा विकास हुन मद्दत पुर्याउँछ ।
सरकारले सूचना एकीकरण गर्ने काम, नागरिकको सम्बन्धमा विद्युत् शुल्क, आन्तरिक राजस्व, भन्सार महसुल, सवारी चालक अनुमतिपत्र, र नवीकरण जस्ता कामलाई सरल बनाउने प्रक्रिया पनि सुरू गरिसकेको छ ।
दक्षिण एसियामा सुपर–फास्ट कनेक्टिभिटी दिने पहिलो देश बन्न नेपाल प्रयासमा रहेको छ । नेपालमा फाइभजी परीक्षण गर्ने प्रक्रिया समेत सुरू भइसकेको छ । फोरजी सेवा देशका सबै ७७ ओटै जिल्लामा पुगिसकेको छ । यसले कुल जनसंख्याको ८५ प्रतिशतलाई समेटेको छ ।
जनवरी २०२१ को मध्यसम्म ८२.७९ प्रतिशतमा जनसंख्यामा ब्रोडब्याण्ड इन्टरनेट विस्तार भइसकेको थियो । यो संख्याले हामी नयाँ प्रविधि अपनाइरहेका छौं र डिजिटल अर्थतन्त्रको लागि मार्ग निर्माण गर्न इच्छुक छौं भन्ने देखाएको छ ।
हामी मुख्य डिजिटल रूपान्तरणमा अगाडि बढिरहेका छौं । तर त्यहाँ अब र आगामी दिनमा थुप्रै चुनौतीहरू आउँदै छन् । त्यसमध्येको मुख्य चुनौती हो, दक्ष जनशक्तिको अभाव ।
अर्को समस्या भनेको त्यस्ता प्रविधि अपनाउन अपर्याप्त पूर्वाधार हो । भिडियो डाटा र उच्च ब्यान्डविथ कनेक्टिभिटी लागू गर्न एकदमै आवश्यकता देखिएको छ ।
देशभरका मानिसहरूलाई सस्तो र उच्च गतीको इन्टरनेटसँग जोड्नु डिजिटल नेपालको मुख्य आधार हो ।
हामीले डिजिटल भुक्तानी र इ–कमर्समा प्रगति गरेका छौं । तर यसको उपलब्धता काठमाडौं उपत्यका र केही प्रमुख शहरहरूमा मात्रै सीमित छ । दीर्घकालीन नीति योजना र व्यवस्थापनको अभाव हाम्रो लागि ठूलो समस्या भएको छ । विश्वव्यापी डिजिटल क्रान्तिसँग अगाडि बढ्न योजनाकार र नीति निर्माताको भूमिका महत्वपूर्ण हुन्छ ।
विकासको हरेक पूर्वाधारमा प्रविधिको प्रयोगलाई प्राथमिकता दिदै उच्च लगानीमा मात्र नेपालको डिजिटल रूपान्तरण सम्भव हुनेछ ।
रूपान्तरणलाई द्रुत गतिमा अघि बढाउन विच्छेदन गरिएको उद्यम, बलियो डाटाबेसको अभाव, तथ्यको अभाव, खराब सेवा डेलिभरी र असक्षम बजार लगायतका केही मुख्य अवरोधहरू रहेका छन् ।
सरकार र स्थानीय स्तरको भ्रष्टाचार तथा सशक्तिकरणको अभावले पनि समान रूपमा बाधा सिर्जना गरिरहेको छ ।विश्वको ध्यान अब डिजिटल अर्थव्यवस्थाको अन्वेषण र विकासमा केन्द्रित भएकाले हाम्रो अर्थव्यवस्था पनि डिजिटल रूपान्तरण गर्नु प्रमुख आवश्यकता रहेको छ ।
यद्यपि यो लामो समय लाग्ने काम हो तर डिजिटल नेपालको यात्रा त्यति गाह्रो हुँदैन किनकि इन्टरनेट सुविधा र मोबाइल सेवाहरूको बृद्धि सबैभन्दा उत्साहजनक रुपले भईरहेको छ ।
हामीसँग खल्ती, पठाओ, फुडमाण्डु लगायतका धेरै कम्पनिहरू रहेका छन् जसले हाम्रो दैनिक जीवनलाई सहज बनाइरहेका छन् । डिजिटल नेपाल बनाउँदा यस्ता प्लेटफर्महरूले विश्वसनीयता बढाउनेछ र नेपालका सबै ठाउँमा डिजिटल रुपान्तरणको उपलब्धता विस्तार गर्नेछ ।
कम्पनीहरूले एक अर्कासँग सम्बन्ध राख्नुपर्नेछ र सरकारसँग भविष्यको योजना पत्ता लगाउन छलफल गर्नु पर्छ जुन उद्योगका लागि राम्रो कुरा हो । हामीले अन्तर्राष्ट्रिय कम्पनीहरुलाई आकर्षित गर्नु पर्छ र स्थानीय उद्यमहरुलाई हाम्रो बजारमा लगानी गर्न प्रोत्साहित गर्नुपर्ने देखिन्छ ।
स्टार्टअपहरूलाई समर्थन र राम्रो व्यापार वातावरण सिर्जना गर्नु पनि उतिकै महत्त्वपूर्ण हुने गर्दछ । सार्वजनिक सेवाहरू अनलाइनबाट प्रदान गर्नु पर्छ ।
प्रविधिले नगरपालिकाका सेवाहरूको उत्पादकत्व बढाउनेछ र अझ राम्रो सामाजिक र सामुदायिक परिणाम प्रदान गर्नेछ । यो निरन्तर गरिरहनु पर्ने प्रक्रिया हो ।
डिजिटल नेपालका कारणले मान्छेहरुले आफ्नो डिजिटल हस्ताक्षर प्रयोग गरेर विश्वको कुनै पनि भागमा हुँदा इन्टरनेटको मार्फतले संसद सदस्यलाई मतदान गर्न पाउनेछन् ।
प्रविधिको पूर्ण प्रयोगले सरकारलाई छिटो र उत्तम निर्णय लिन मद्दत पुर्याउँछ जसले अन्ततः राम्रो सार्वजनिक सेवा प्रदान गर्ने किसिमले व्यवसाय गर्न र नागरिकहरूको बदलिएको आवश्यकतालाई सम्बोधन गर्न सहज हुन्छ ।
हामीले हाम्रो शिक्षा प्रणालीमा क्रान्तिकारी परिवर्तन गर्नै पर्छ किनकि यो हरेक वर्ष बढी परम्परागत हुँदै गइरहेको छ । यसको मुख्य कारण भनेको प्रविधिको उचित उपयोग बारे सचेतनाको कमी हो ।
हामीले डिजिटल नेपालको सफलता र विश्वव्यापी रूपमा सक्षम मानव संसाधन उत्पादन गर्न शिक्षा प्रणालीलाई आधुनिकीकरण गर्नै पर्ने हुन्छ ।
नेपालले आफ्ना छिमेकी राष्ट्र चीन र भारतबाट सिक्नुपर्छ जुन सबभन्दा छिटो डिजिटलाइज भएको अर्थतन्त्र हो र विश्वव्यापी शक्तिको रूपमा चिनिन्छ ।
आर्थिक वृद्धि र बढ्दो उत्पादकत्व विश्वको दुई सबैभन्दा धेरै जनसंख्या भएका देशहरूमा डिजिटलाइजेशनको प्रमुख अपेक्षित परिणामहरू हुन् । यदि ति राष्ट्रहरुले सक्छन् भने, हामीले किन सक्दैनौं ?
नेपाल एक त्यस्तो देश हो जोसँग आर्थिक वृद्धिको ठूलो सम्भावना छ । अहिलेका लागि सबैभन्दा महत्वपूर्ण कुरा भनेको एक सुधारिएको शिक्षा प्रणाली हो जसले राष्ट्रलाई डिजिटल क्रान्तिको बाटोमा लैजान र दक्ष जनशक्ति उत्पादन गर्न सहयोग पुर्याउँछ ।
हाम्रो अर्थव्यवस्था डिजिटलाइज गर्नुको आवश्यकता केवल आधुनिकीकरण मात्र नभई हाम्रा जनताको जीवनस्तर उकास्नु पनि हो । म पक्कै पनि यो कुरामा विश्वस्त छु कि हाम्रो डिजिटल नेपालको सपना अब त्यति टाढा पनि छैन् ।
(लेखक हाल काठमाडौं इन्जिनियरिङ कलेज कालिमाटीमा स्नातक तहमा कम्प्युटर इन्जिनियरिङ अध्ययन गरिरहेका छन् )
अन्तर्वाता/विचार
कतै हामी ‘डिजिटल दुर्व्यसनी’मा फसिरहेका त छैनौं ?
कोरोना भाइरसको माहामारीले संसारलाई अत्याइहेको छ र अझ केहि समय अत्याउने देखिन्छ । यसले व्यापार, व्यवसाय, उद्योगलगाय…
किन बढ्दै बिटक्वाइनको लोकप्रियता ? कसरी लगानी गर्ने ?
पछिल्लो समय बजारमा बिटक्वाइन धेरै चर्चामा रहेको छ । बढ्दो मूल्यसँगै यसको लोकप्रियता…
‘हुलाकमा प्रयोग भएको नयाँ प्रविधिले आपत्कालीन सेवालाई प्रभावकारी बनाउँदै छ’
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले केही समय अगाडि गूगल प्लस कोड सम्बन्धी क…
नेपालले एक दशकमा दूरसञ्चार प्रविधिमा पाएका सफलता, यी हुन अझ सस्तो र प्रतिस्पर्धी बनाउने उपाय
हामी सबैलाई थाहा छ दूरसञ्चार क्षेत्र क्रसकटिङ विषय हो । यसले सबै क्षेत्रलाई छोएको छ । शिक्षा, स्वास्थ्य, खानेपानी, उर्जा, पर्यटन, सरकारी सेवा होस् सबै क्षेत्रमा …
‘सानिमा बैंकले डिजिटल बैंकिङलाई प्राथमिकतामा राखेको छ’
कोरोना महामारी पछि नेपालमा प्रविधिको प्रयोग बढेको छ । सामान खरिद देखि क…
फाइभजीको भू–राजनैतिक पाटो
ई. रवीन्द्र फोजू
नेपाल चौथो पुस्ताको मोबाइल प्रविधि (एलटिई) दे…
‘हाम्रो बजार सधैंभरि निःशुल्क नै रहन्छ’ - रोहित तिवारी
विगत १० वर्षदेखि सञ्चालनमा रहेको इकमर्स कम्पनी हाम्रो बजारलाई मुभर्स एण्ड से…
नेपालमा सफ्टवेयर इन्जिनियरिङ र यसको क्षेत्र
प्रविधिको प्रयोगले भइरहेका अकल्पनिय परिवर्तनहरुको पछाडी सफ्टवेयरको सबैभन्दा ठुलो भुमिका छ । कुरा गरिरहनु पर्दैन कि,…
‘डिजिटल लर्निङको जनचेतना फैलाउन र यसको महत्व देखाउन डिजिटल लर्निङ डे मनाइन्छ’
आगामी फ्रेबुअरी २५ अर्थात् फागुन १३ गते नेपालमा ‘डिजिटल लर्निङ डे’ मनाइने…
‘ह्वावे कहिल्यै विविधीकरणको पछि लाग्ने छैन’
सन् १८८७ मा चीनको एउटा अपोर्टमेन्टबाट शुरु भएको हुवावे आज १७० भन्दा बढि द…
‘हाम्रो कलेजमा पढ्ने विद्यार्थी चारवर्ष पछि यात उद्यमी बन्ने छन् यात राम्रो जब पाउने छन्’
बिगत केही वर्षदेखि नेपालमा आइटी लगायतका अन्य शिक्षा प्रदान गरिरहेको छ । स…
‘तपाई जस्तो प्रतिभावान व्यक्तिका लागि संसार कुर्दैं छ’
सोफी एलकर्न हुवावे आइसिटी अवार्ड २०२० की सल्लाहकार हुन् । उनी अमेरिकाको क्…
हामीले विद्यार्थीलाई गुणस्तरीय शिक्षाको प्रतिवद्धतासँगै उत्कृष्टलाई छात्रवृत्तिको व्यवस्था गरेका छौं- गंगा सुब्बा
त्रिभुवन विश्वविद्यालयबाट मान्यता प्राप्त सगरमाथा कलेज अफ साइन्…
‘हामीले विद्यार्थीलाई २५ देखि १०० प्रतिशतसम्म स्कलरसीपको व्यवस्था गरेका छौं’
स फ्टवेरिका कलेजले विगत एक दशक देखि नेपालमा आइटी शिक्षा प्रदान गरिरहेक…
डिजिटल मार्केटिङ र यसकाे उपयोगिता
डिजिटल मार्केटिङ ईन्टरनेटको माध्यमबाट ग्राहकहरू सम्म पुग्नको लागि एउटा वृहत सञ्जाल ह…