कीवर्डहरू -

अन्तर्वाता/विचार

भिजिट नेपाल २०२० लाई सफल पार्न एसइओ र डिजिटल मार्केटिङ आवश्यक

सूचना प्रविधिमा सर्च इन्जिन अप्टिमाइजेसन (एसईओ) एक आकर्षक क्षेत्रको रुपमा विकास भइरहेको छ । एसइओ एउटा यस्तो रणनिति र सीप हो, जसले वेबसाइटमा गुणस्तर र भिजिटरहरुको ट्राफिक बढाउन मद्धत गर्दछ ।

यसले वेबसाइटलाई सर्च इन्जिनको माथि ल्याउँछ । एसइओ ‘अन पेज’ र ‘अफ पेज’ गरेर २ किसिमको हुन्छ । अन पेज एसइओमा कीबोर्ड, मेटा टाइटल, मेटा डिस्क्रिपसन, इन्टर्नल लिंक आदि पर्छन् । त्यसैगरी अफ पेज एसइओमा ब्याकलिंक, डोमेन अथ्योरिटी, सोसल मिडिया प्रोमोशन आदि पर्छन् ।

इन्टरनेटमा एक महिनामा १३ विलियन सर्च हुन्छ । नेपालमा पनि इन्टरनेट र सूचना प्रविधिको पँहुच सजिलो बनिरहेको छ । विकसित देशहरुको उदाहरण हेर्ने हो भने हरेक उद्योग अनलाइनमा गइसकेका छन् ।

वेबसाइट व्यवसायमा अनिवार्य जस्तै भइरहेको छ । नेपालमा पनि अहिले ७८ प्रतिशत जनताले इन्टरनेट प्रयोग गरिरहेका छन् । अब वेबसाइट बनाएर एसईओ गर्ने हो भने व्यवसायमा प्रोत्साहन मिल्छ भन्ने धारणाको विकास भइसकेको छ ।

एसईओ एक सस्तो मार्केटिङ हो जसमार्फत् कुनै पनि प्रडक्ट र सेवाको प्रोमोशन गर्न सहज हुन्छ । अहिले पर्यटनसँग सम्बन्धित व्यवसायीहरुले एसइओलाई मुख्य प्राथमिकता दिन थालेका छन् ।

ट्राभल र ट्रेकिङ एजेन्सीहरुका साथै होटेलहरुले आफ्ना वेबसाइटमा एसइओ गर्दै सर्च इन्जिनमा माथि ल्याउने र सम्भावित पर्यटक वा ग्राहकलाई आफ्नो सेवा प्रयोग गर्न आकर्षित गर्न थालेका छन् । यसर्थ परम्परागत विज्ञापन वा बजारीकरणको शैलीबाट अब पुग्दैन भन्ने प्रमाणित भइसकेको छ ।

नेपालमा ३९.४ मिलियन जनताले मोबाइल प्रयोग गरिरहेका छन् । यो भनेको नेपालको जनसंख्याभन्दा बढि हो । मोबाइल प्रयोगकर्तालाई लक्षित गरेर बजारमा धेरै स्टार्टअप र इनोभेटिभ आइडियाहरु आइरहेका छन् ।

एसइओले सर्च इन्जिनमा माथि ल्याउन सहयोग गर्नुको साथसाथै व्राण्ड, आइडियालाई छिटो ग्राहकसामु पुर्याउन मद्दत गर्छ ।

सानो व्यापार होस या ठुलो व्यापार होस एसइओ अनिवार्य नै भइसकेको छ । यो डिजिटल युगमा डिजिटल मार्के्टिङ गर्ने धेरै तरिका हरु छन। नेपालमा सामाजिक सञ्जाल प्रयोगकर्ता दिन दिनै बढिरहेका छन।

त्यसैले व्यापारलाई वृद्धि गर्नको लागी डिजिटल मार्के्टिङ अनिवार्य भै सकेको छ। एसइओमा सोसल मिडिया मार्के्टिङ र गुगल मार्के्टिङ आदि एकीकृत हुन्छन।

भिजिट नेपाल २०२० का लागि डिजिटल मार्केटिङ

आगमी सन् २०१९ लाई नेपाल सरकारले भ्रमण वर्षको रुपमा मनाउँदैछ । यो अभियान सफल पार्न डिजिटल मार्केटिङ एक कोशेढुंगा साबित हुन सक्छ । पर्यटन व्यापारमा फरक–फरक देशका फरक फरक मान्छेसँग सम्झौता गर्नुपर्ने हुन्छ । त्यसैले व्यापारलाई कार्यन्वयन ल्याउनु अगाडि नै नयाँ टुल र डिजिटल मार्केटिङका तरिकाहरु प्रयोग गर्नुपर्छ ।

यो उद्योगमा तपाई सधै तपाई अपडेटेड हुनुपर्ने हुन्छ । यदि तपाई अपडेटेड हुन भएन भने तपाईको ग्राहक तपाईको प्रतिस्पर्धिकोमा गइसकेको हुनेछ ।

विद्युतीय मिडियाको विकास भइरहेको बेला व्यापार वृद्धि गर्न राम्रो इन्टरनेट माध्यम छान्नुपर्छ । डिजिटल मार्केटिङ भनेको डिजिटल माध्यमबाट कुनै पनि प्रडक्ट तथा सेवाको विज्ञापन गर्नु हो ।

जस्तै सोसल मिडिया, वेबसाइट, इमेल, सर्च इन्जिन आदि । नेपाल भनेको अन्तराष्ट्रिय यात्राको लागि राम्रो गन्तव्य हो । तपाई पनि फाइदा लिन चाहनु हुन्छ भने इन्टरनेटमा आधारित रहेर टुरिजम मार्केटिङ गर्नुहोस् ।

नेपालमा व्यापारको लागि फरक–फरक पर्यटन क्षेत्रहरु छन । जस्तैः होटेल, ट्राभल एजेन्सी, ट्रेकिङ कम्पनी आदि । डिजिटल मार्के्टिङ दुर्गम क्षेत्रबाट व्यापार गरिरहेका उद्यमीको लागी राम्रो अवसर हो। वेब मार्के्टिङले व्यापारी र ग्राहक बिच जोडिदिने काम गर्छ।

अहिलेको समयमा लोकल एजेन्सीस सँग ट्राभलर जादैन्न् किनभने तिनिहरु इन्टरनेटको माध्यमबाट पर्यटकीय गन्तव्य र सेवा पत्ता लगाउ छन । त्यसैले अब त्यसको सट्टामा कहाँ जाने भरेर पनि निर्णय गर्नु पर्छ। त्यसैले इन्टरनेट मार्केटिङले स्मार्ट तरिकाबाट ट्राभलरलाई लान सकिन्छ ।

किनभने यहाँ प्राकृतिक सुन्दरता र फरक फरक सँस्कृति रहेको छ । नेपाल विदेशी ट्रेकर्स माझ परिचित छ तर सुचना कमि र असुरक्षित महशुसको कारणले गर्दा नेपाल आउन डराउछन। जब ट्रेकिङको प्याकेज, होटेको खर्च र ट्राभल खर्च इन्टरनेटमा सजिलै उपलब्ध हुन्छ र अनलाइन बाट नै बुकिङको सुविधा हुन्छ तब मात्र व्यापार बढ्ने मौका बढि हुन्छ ।

ग्राहकको ट्रयाकिङ विह्याभिएर, लाइक, डिस्लाइक बारे थाहा पाउने डिजिटल मार्केटिङ राम्रो बाटो हो । जसले गर्दा प्याकेज र उनीहरुलाई चाहिएको अनुसारको मार्केटिङ रणनिति बनाउन सजिलो हुन्छ । इमेलमा विशेष दिनमा अफर दिन्छौं भनेर इमेल पठाउनु पर्छ जसले गर्दा सम्बन्ध रहिरहन्छ ।

भिजिट नेपाल २०२० का लागि यस्ता धेरै क्याम्पिएनहरु सार्वजनिक गर्नु आवश्यक छ । रिच इंगेजमेन्ट र कनभर्जन बढाउन हामीले डिजिटल क्याम्पेन हरु सार्वजनिक गर्नुपर्छ ।

भिजिट नेपाल २०२० मा २० लाख पर्यटकलाइ नेपाल भित्रयाउने लक्ष्य छ । यो पुरा गर्न हामीले डिजिटल मार्केटिङको माध्यमबाट नेपाललाई विश्वसामु प्रवर्द्न गर्नु आवश्यक छ ।

सरकार र निजी क्षेत्र दुवैले भिजिट नेपाल २०२० लाई सफल बनाउन इन्टरनेट मार्केटिङमा निश्चित बजेट छुट्याई कार्यक्रमहरु सञ्चालन गर्नपर्छ ।

अन्तर्वाता/विचार

‘असक्षम नेतृत्वले क्यानको शाख घट्यो, योग्य र सबल नेतृत्व रोजौं’

कम्प्युटर एशोसिएसन नेपाल महासंघ (क्यान महासंघ) को महाधिवेशन र १३औं कार्यसमितिको निर्वाचन यही मंसिर ७ गते शनिबार हुँदैछ…

\'युवा, विद्यार्थी र स्टार्टअपको हितमा काम गर्न क्यानमा मेरो उम्मेदवारी\'

क्यान महासंघको आसन्न १३औं कार्यसमितिको निर्वाचनका लागि नवराज कुँवर र सुनैना घिमिरेको प्यानल प्रतिष्पर्धामा उत्रिएको…

आइटीका लागि छुट्टै युनिभर्सिटी : प्रा. डा. मनिष पोखरेल


सूचना प्रविधि क्षेत्रमा नेपालको प्रवेश भएको अहिले होइन । भारतमा भन्दा पहिले सुपर कम्प्युटर यहाँ भित्रिएको थियो । अहिले भारतीय अर्थतन्त्रमा सूचना प्रव…

के हो बिटकोइन ?


बिटकोइन, इन्टरनेट को भर्चूयल मुद्रा सुरु देखी नै बिबादास्पद रहदै आएको छ  । तर मानिसहरु यसलाई इन्टरनेट मा वास्तविक सामग्रीहरु खरिद गर्नको लागि प्रय…

‘गर्नुपर्ने धेरै छ, फुटेर होइन जुटेर आइटी क्षेत्रको विकासमा लागौं’

यदि तपाईं सूचना प्रविधिप्रेमी हुनुहुन्छ र नेपालमै वा नेपाल बाहिर बसेर पनि नेपालका लागि काम गर्न चाहनुहुन्छ भने मेरो यो…

डिजिटल नेपाल फ्रेमवर्क मन्त्रिपरिषदबाट स्वकृत, पारित गर्नै लाग्यो १५ महिना  

सरकारले डिजिटल नेपाल फ्रेमवर्क मन्त्रीपरिषदबाट पारित गरेको छ । कार्तिक ८ गते जारी सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको प्रेस विज्ञप्तीमा डिजिटल नेपालको फ्रेम…

बुधबारदेखि देशका मुख्य शहरहरूमा फोरजी सेवा सुरु गर्दैछौं : टेलिकम प्रबन्ध निर्देशक अधिकारी

डिल्ली अधिकारी सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमका प्रबन्ध निर्देशक…

अब हरेक क्षेत्रका लागि डिजिटल मार्केटिङ र एसइओ चाहिन्छ : खतिवडा

आइटी क्षेत्रमा विभिन्न काम गर्न सकिन्छ । डिजिटल मार्केटिङ पछिल्लो समय फस्टाएको एक करियर हो । यसभित्रको एसइओ (सर्च इन्…

विद्यार्थीले आफ्नो भविष्य सुनिश्चित गर्न किस्ट कलेज छान्ने गरेका छन् : बस्नेत

सूर्य बस्नेत
डिपार्टमेन्ट अफ बिआइएम, किस्ट कलेज, काठमाडौं

\'हामीले एकाडेमिकसँगै ननक्रेडिट प्रोफेसनल कोर्शहरु पनि उपलब्ध गराइरहेका छाैं\' - सन्दिप श्रेष्ठ

सन्दिप श्रेष्ठ
प्रिन्सिपल, समृद्धि कलेज, भक्तपुर

(बिसिए विशेष) हामीले कलेजमै प्रोफेसनल र स्किल डेभलपमन्टका ट्रेनिङहरु गराउँछौं : कडरिया

मदन कडरिया
प्रमुख, डिपार्टमेन्ट अफ आइटी, नेपाल कलेज अफ इन्फर्मेशन टेक्नाेलाेजी (एनसिआइटी) …

विद्यार्थीकाे सुरक्षित करियर निर्माणमा सहयोग गर्ने कार्यक्रम ल्याएका छौं : दवाडी

चोकराज दवाडी
एकेडेमिक डाइरेक्टर, न्यू समिट कलेज

सगरमाथा कलेज अफ साइन्स एन्ड टेक्नोलोजीले व्यवहारिक र प्रयोगात्मक शिक्षामा जोड दिएको छ : सुब्बा

गंगा सुब्बा
प्रोग्राम कोअर्डिनेटर
(बिएससी सिएसआइटी), सगरमाथा कलेज अफ साइन्स ए…

शिक्षामा प्रविधि र शीपको मागलाई जोड्न आवश्यक छ : प्याब्सन अध्यक्ष पुरी

टीकाराम पुरी निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन) का केन्द्रीय अध्यक्ष हुन् । प्याब्सनको १४औं राष्ट्रिय महाधिवेशन…