अन्तर्वाता/विचार
संयमित बनौ, इतिहास र योगदान नबिर्सौ !
एकजना साथीले आज मजाक गर्दै सुनाए, ’कोरोना विरुद्ध हात धुनु भनेको त मान्छेहरु इसेवाविरुद्ध हात धोएर लागेका छन् ।’ सुन्दा एकछिन त रमाइलो लाग्यो तर विषय गम्भीर थियो । हिजोआज कोरोनाको कहरसँगै स्वास्थ सामाग्री खरिद प्रकरणको भ्रष्टचारको समाचारले निक्कै हल्लिचल्ली मच्चाएको छ । त्योसँगै जोडिएर अहिले प्रधानमन्त्रीका आइटी सल्लाहकार अश्गर अलि र उनको कम्पनी इसेवा चर्चामा छन् । अझ खुलेर भन्दा अलिसँग जोडेर इसेवालाई पिल्स्याउने काम भएको छ ।
नेपालमा ’न्यु मिडिया’ अर्थात ’अनलाइन मिडिया’ शशक्त बन्दै गइरहेका छन् । यसअघि ठुलै हलचल ल्याएर राजीनामा दिन वाध्य तत्कालिन सभामुख कृष्ण वहादुर महरा होस या त तत्कालिन सञ्चारमन्त्री गोकुल बास्कोटालाई ’सिध्याउने’ मिडियालाई चालाउन खोज्नु गलत थियो । यस बारेमा सम्वन्धित कम्पनिले बिज्ञप्ति निकालेर स्वीकार गर्दै माफी पनि मागिसकेको छ । तर, फरक प्रकृतिको एउटा कम्पनीको एउटा गल्तीलाई देखाएर अरु सबैलाई एउटै ’ड्याङ’मा हालेर मुछ्नु हाम्रो पनि कच्चापन हो ।
अहिले जसरी केहि प्रयोगकर्ताहरुले इसेवा वहिस्कार गर्ने अभियान चलाएका छन्, यसले हामिलाई त्यतिमाथि कतै पुर्याउदैन । काठमाण्डौ प्रेसबाट कन्टेन्ट हटाएको विषयलाई लिएर पिडित पक्षले अश्गर अलि र कन्टेन्ट डिलिट गर्ने कम्पनी (शिरान टेक) विरुद्ध साइबर क्राइममा मुद्धा चलाउन सकिने प्रशस्त अवसर छ । तर, भागिनी सस्थाको रुपमा जोडेर इसेवाले लुट्यो र ठग्यो भन्दै बहिस्कार अभियान चलाउनु ’कागले कान लग्यो भनेर कानै नछामी कागको पछि दर्गुर्नु’ भनेजस्तै हो । गलत गर्नेलाई कारवाही हुनुपर्छ भन्नेमा कुनै शंका छैन । तर व्यक्तिलाई जोडेर संस्थालाई मुछ्नु पक्कै गलत हो ।
यो ब्राण्ड बनाउन सजिलो पक्कै थिएन र छैन पनि । तर सानो कुराले वर्षै लगाएर बनाएको ब्राण्डमा केहि सेकेन्डमा धक्का लाग्छ भन्ने उदाहरण यहाँ प्रस्तुत भएको छ ।
अश्गर अलि पछिल्लो समय विवादमा आइरहेका एक पात्र हुन् । अझ उनलाई बुझ्नेहरुका कुरा पत्याउने हो भने उनी बारम्बार विवादमा ’ल्याइएका’ पात्र हुन् । तर, भ्रष्टचार र उनलाई लागेको आरोप भने कहि प्रमाणित भएजस्तो देखिदैन । कोरोना नियन्त्रणको लागि खरिद गरिएको स्वास्थ सामाग्रीमा भएको भ्रष्टचारमा उनको संलग्नता भएको कुरालाई अलिले फेसबुकमार्फत खण्डन गर्दै प्रमाणित गर्न चुनौती दिएका थिए । प्रमाणित नहुदै त्यसको केहि दिनमै अर्को अनलाइन सामग्रीलाई रोक्न प्रयास गर्नु चाहि उनले ’सिच्वेसन ह्याण्डल’ गर्न नसेकेको हो कि भन्ने देखाउँछ । समाचार डिलिट गर्ने सिरानटेकको गल्तीले गर्दा आज डिजिटल बैकिङका लाखौ प्रयोगकर्ताहरु शशंकित भएका छन् । इसेवामाथि निरन्तर प्रहार भएको छ ।
पछिल्लो समय द्रुत्त गतिमा बढिरहेको डिजिटल वालेट र अनलाइन बैकिङका ग्राहकहरुलाई यस कुराले झस्काएको पक्कै छ । चासो राख्नु र आशंका गरेर सचेत रहनु स्वाभाविक नै हो, तर अरु कुनै गल्तीले समग्र नेपालको बैकिङ प्रणाली र इसेवा असुरक्षित भन्नु मुर्खता हुनसक्छ । इसेवा ११ बर्षअघि नेपालमा सुरु भएको पहिलो पेमेन्ट गेटवे सेवा थियो । अहिले अथक प्रयास र मेहनत पश्चात कम्पनीका २० लाख बढि ग्राहक छन् । यो ब्राण्ड बनाउन सजिलो पक्कै थिएन र छैन पनि । तर सानो कुराले वर्षै लगाएर बनाएको ब्राण्डमा केहि सेकेन्डमा धक्का लाग्छ भन्ने उदाहरण यहाँ प्रस्तुत भएको छ ।
समाचार डिलिट गर्ने सिरानटेकको गल्तीले गर्दा आज डिजिटल बैकिङका लाखौ प्रयोगकर्ताहरु शशंकित भएका छन् । इसेवामाथि निरन्तर प्रहार भएको छ ।
इतिहास बनाउनेहरुलाई थाहा हुन्छ पिडा र संघर्ष । कलेज पढ्दा पढ्दै सुरु गरेको एफवान सफ्ट र त्यसपछिको इसेवाले अहिले नेपालमा सबैभन्दा ठुलो सफ्टवेयर कम्पनी र पेमेन्ट गेटवेको ताज पहिर्याएको छ । यदि इसेवा थिएन भने अहिले हामीहरु कोरोनको कहरमा घरमै बसेर सजिलै डिजिटल पेमेन्ट गर्नसक्ने अवस्थामा नपुग्न पनि सक्थ्यौ । हाम्रो सहज बनाइरहेको र सयौंलाई रोजगार दिएर देश र युवालाई सम्भावनाको नमुना प्रस्तुत गरेको कुरालाइ चटक्कै नबिर्सौं।
हामिले पटकपटक एनसेलका सिम जलायौं । तर एनसेल नहु्दो हो भने नेपालको दुरसञ्चार क्षेत्र यति सहज र प्रभावकारी हुन्छ भन्ने सोचेनौ । यसको अर्थ गल्ती गर्नेलाई त्यसै छोड्ने वा ताली पिट्ने भनाई मेरो होइन । हामीले कानुनी उपचार खोजन जरुरी छ, हामिले देशमा सिस्टम बसाल्न जरुरी छ । अहिले जो नेता आए पनि उस्तै भन्ने छाप सबैमा परेको छ । यसको लागि देश र समाजमा हामिले गतिलो सिस्टम बसाउन सकेनौ । कानुन र नैतिकताको पालनालाइ खिल्ली उडायौ । यसर्थ कसैले गल्ती गरेको छ भने कानुनी उपचार खोजौ न कि एउटाको दोश अर्कोमा थुपारेर सबैलाई नमुछौ । हाम्रो जिवनशैली सहज बनाउने इसेवा वहिस्कार गरेर हामि कहि पुग्दैनौं ।
नेपालमा डिजिटल बैकिङको कानुन र पोलिसी नै नआउदा सन् २००२ मा कुमारी बैंकले सुरु गरेको अनलाइन बैकिङको प्रयासमा निक्कै ठुलो दुस्ख व्यहोर्नु पर्यो । इसेवाले पनि कानुन भन्दा प्रविधिको माग बढेको भन्दै ल्याएको सुविधालाई व्यवस्थित गर्न समय लाग्यो । अहिले टुटल र पठाओले यहि समस्या झेलिरहेका छन्।
अप्सन खोज्न पाइन्छ, यसको लागि बजार पनि तयार छ । तर आज एउटा आइटी कम्पनीलाई लागेको धक्का भोली अरुलाई लाग्न सक्छ । नेपालमा सेवा दिने कम्पनीहरु सबै उस्तै हुन भन्न सक्ने अवस्था पनि आउन सक्छ । यदि इसेवाले लुट्यो, ठग्यो वा उपभोत्ताको व्यत्तिगत विवरण दुरुपयोग गर्यो भने कानुन बमोजिम सजाय हुनुपर्दछ । राष्ट्र बैंकको नियम, कानुन र पोलिसी अनुसार सञ्चालन भएका यस्ता डिजिटल बैंकिङ सेवा प्रदायकको त्यहि अनुसार मोनिटरिङ र सेक्युरिटी अडिट पनि हुन्छ । यदि यस्तो भएको छैन भने आवाज उठाउ र प्रभावकारी बनाउन प्रयास गरौ । नेपालमा डिजिटल बैकिङको कानुन र पोलिसी नै नआउदा सन् २००२ मा कुमारी बैंकले सुरु गरेको अनलाइन बैकिङको प्रयासमा निक्कै ठुलो दुस्ख व्यहोर्नु पर्यो । इसेवाले पनि कानुन भन्दा पहिले प्रविधिको माग बढेको भन्दै ल्याएको सुविधालाई व्यवस्थित गर्न समय लाग्यो । अहिले टुटल र पठाओले यहि समस्या झेलिरहेका छन्।
हामी दुरगामी भएर सोच्न जरुरी छ । आज इ सेवामा आएको चुनौती नेपालको आइटी उद्योगको चुनौती हो । भोली नेपाली सेवा प्रदायक सबै चोर नै हुन भनेर अभियान चल्न बेर छैन, यसर्थ हामि सबै बलियो इकोसिस्टम विकास गर्न मेहनत गर्नुपर्ने आवश्यक्ता छ । एउटा स्टार्टअप उद्यमी भएर निस्कन त्यत्तिर्क कठिन छ नेपालमा । त्यहि भएर आधाजसो दक्ष जनशत्ती विदेश पलायन भइरहेका छन । अब यसको लागि वातावरण बनाउन लडौ, नेपालीले नै गरेका कतिपय कामले हाम्रो जिवनशैली परिवर्तन भएको छ, यसलाइ महशुस गरौँ ।
प्रधानमन्त्रीको आइटी विज्ञ तथा सल्लाहकारको रुपमा अश्गर नियुक्त हुदै गर्दा उनले तत्कालको लागि आफ्नो कम्पनीबाट राजिनामा दिएको भए वेश हुनेथियो । पछिल्लो समय केहि डेटाको कुरालाई लिएर पनि उनले आरोपित हुनु परेको छ । भ्रष्टचारको कुराहरु उठेपनि प्रमाणित भएका छैनन । तरपनि यस्तो परिस्थितीमा उनले पदबाट राजिनामा दिएर आफुलाई लागेका आरोप छानविन गरि प्रमाणित गर्न चुनौती दिनुपर्दछ भनेर धेरैले सुझाव दिइरहेका छन् ।
प्रधानमन्त्रीको पहिलो आइटी विज्ञ पनि हुन, यसर्थ यसको नजिर लामो समयसम्म रहन्छ । उनले पदमा नियुक्त हुदैगर्दा भनेका थिए, यहाँ बसेर काम गर्न सहज छैन । काम गर्न नसके चाडै राजिनमा दिन्छु । त्यसैगरी अर्को एउटा फोरममा बोलेका थिए ’काम गर्ने वातावरण छैन, प्रधानमन्त्रीले डोजर लगाएर भएर पनि काम गर्नुस भन्नुभएको छ, म त्यहि अनुरुप अघि बढिरहेको छ’ अहिले परिस्थिती उल्टो भएको छ, धेरैले अलि विरुद्ध डोजर लगाइरहेका छन् । यसर्थ कसरी अघि बढ्ने, उनले समय परिस्थितिले र परिपक्व भएर निर्णय लिनु आवश्यक छ । आइटी प्रेमीलाई चाहि मेरो आग्रह ’ संयमित बनौ, इतिहास र योगदान नबिर्सौ ’ भन्ने नै हो ।
अन्तर्वाता/विचार
नेपालमा ब्रोडव्याण्ड इकोसिस्टम बनाउन जरुरी
सुमनलाल प्रधान, पूर्वअध्यक्ष, इन्टरनेट सेवा प्रदायक संघ नेपाल
समग्र नेपालको इन्टरनेट क्षेत्रलाई विश्लेषण गर्ने हो भने उत्साहज…
डिजिटल पेमेन्ट सोलुसनका लागि पूर्वाधार विकास गरिरहेका छौं
कुसुम लामा
अध्यक्ष, प्रभु म्यानेजमेन्ट
नेपालको डिजिटल पेमेन्ट सोलुसनमा प्रभु पेको कस्तो य…
छोटो समयमै सेल पे स्थापित हुन सफल भएको छ
पवन प्रधान
प्रबन्ध निर्देशक, सेल पे
नेपालका बैंकिङ सिष्टम कुनै पनि बेला ह्याक हुन सक्छन्, अधिकांश सिष्टम असुरक्षित छन् - मुकुन्द पोखरेल, प्रविधिविज्ञ
नेपालका बैंकहरुका सिष्टमहरु ह्याक भइरहेका छन् नि ? नेपालका बैंकहरुका सिष्टम असुरक्षित नै हुन् त ?
हामी हाम्रो भाषामा म्यचुरिटी लेभ…
सूचना प्रविधि, आइटी कोर्सहरू र करियर
कुमार पौड्याल
हेड, आइटी डिपार्टमेन्ट, टेक्सास इन्टरनेशनल कलेज
नेपालमा सूचना प्रविधि क्षेत्रको वि…
‘क्यानमा गुटबन्दी आउन दिन्न, सबैलाई समान अवसर र उचित भूमिका दिनेछु’
कम्प्युटर एशोसिएशन नेपाल महासंघ (क्यान महासंघ)को नेतृत्वमा नवराज कुँवर निर्वाचित भए…
‘असक्षम नेतृत्वले क्यानको शाख घट्यो, योग्य र सबल नेतृत्व रोजौं’
कम्प्युटर एशोसिएसन नेपाल महासंघ (क्यान महासंघ) को महाधिवेशन र १३औं कार्यसमितिको निर्वाचन यही मंसिर ७ गते शनिबार हुँदैछ…
\'युवा, विद्यार्थी र स्टार्टअपको हितमा काम गर्न क्यानमा मेरो उम्मेदवारी\'
क्यान महासंघको आसन्न १३औं कार्यसमितिको निर्वाचनका लागि नवराज कुँवर र सुनैना घिमिरेको प्यानल प्रतिष्पर्धामा उत्रिएको…