कीवर्डहरू -

अन्तर्वाता/विचार

के हो सफ्टवेयर फ्रिडम डे ? 

तपाई कस्ता सफ्टवेयरहरु प्रयोग गरिरहनुभएको छ ? नेपालमा सक्कली सफ्टवेयर प्रयोग गर्नेहरु कति होलान ? यसको यकिन तथ्याङ्ग त छैन तर् ९५ प्रतिशत भन्दा बढि नेपाली कम्प्युटर प्रयोगकर्ताहरु पाइरेटेड सफ्टवेयर नै प्रयोग गर्छन ।

केह ठुला बैंक , अन्तराष्ट्रिय गैर सरकारी सस्थाहरु बाहेक अरुका कम्प्युटरमा सक्कली सफ्टवेर भेट्न गाह्रो हुन्छ । विश्व बजारमा माइक्रोसफ्टको सफ्टवेयरले झण्डै ८० प्रतिशत हिस्सा ओगटेको छ । तर यसप्रति उपभोक्ताको आकर्षण घट्दो छ भने लिनक्स ९खुल्ला स्रोत० र एप्पलको बजार बढ्दै  गैरहेको छ । मोवाइल ओएसमा हेर्ने हो भने त ओपन सोर्स सफ्टवेयर एन्ड्रोइडले नै बजार कब्जा गरेको छ ।

सफ्टवेयर फ्रिडम डे आईटी क्षेत्रको वार्षीक उत्सव हो जून फ्रि एण्ड ओपन सोर्स सफ्टवेयर को लागि मनाईने गरिन्छ । यहाँ फ्रि भन्नाले पैसा नलाग्ने मात्रै नभएर फ्रिडम फर प्रोप्राइटरी सफ्टवेयर भन्ने बुझिन्छ । त्यस्तै नन्( फ्रि सफ्टवेयर भनेको जून हामीले किन्नुपर्छ , त्यो कसैसँग शेयर गर्न पनि सकिदैन र आफ्नो सहुलियतको हिसावले त्यसलाई मोडिफाई गर्न पनि सकिदैन ।

जस्तै माईक्रोसफ्ट विन्डो ति मध्ये एक हुन । मुख्य कुरा फ्रि एण्ड ओपन सफ्टवेयर सबैको सल्लाह र सुझाव लिएर समुदायमा तयार पारिन्छ भने क्लोज अर्थात नन् फ्रि सफ्टवेयर एक बन्द ल्याव भित्र तयार पारिन्छ जहा पक्लिकको सहभागिता रहन्न ।

सामान्यतया हामी सोच्छौ , हामीले कम्प्युटर किन्दा माइक्रोसफ्ट विन्डोज फ्रि मा नै आउछ भनेर तर त्यो सही हैन जून धेरैजसो पाइरटेड भर्जन मा हुन्छ । नेपालीको प्रतिव्यप्ती आयसँग सक्कली सफ्टवेयरको मूल्य दाज्ने हो भने यो सम्भव छैन । माइक्रोसफ्टको सक्कली ओएसलाई दुइ सय अमेरिकी डलर र अफिस प्याकेजलाई झन्डै तिनसय अमेरिकी डलर पर्छ ।

उपभोक्ताले डेढ सय रुपैया र डेढ सय अमेरिकी डलर बिच तुलना पक्कै गर्नेछन । यस्तो अवस्थामा उपभोक्ताको रोजाई पाईरेटेड सफ्टवेयर नै हुनेछ । केहि समय अगाडी प्रसिद्र सफ्टवेयर निर्माण कम्पनी माइक्रोसफ्ट र नेपालको बातावरण विज्ञान तथा प्रविधी मन्त्रालय बिच एक सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

\"\"

उक्त सम्झौतामा माइक्रोसफ्टले नेपालको सुचना प्रविधी क्षेत्रको विकासमा लगानी गर्ने जनाएको छ । उक्त सम्झौता सकिएपछि नेपालले सक्कली सफ्टवेयरको लागि अरबौ रकम खर्चनुपर्ने हुनसक्छ , किनकी सधैभरी माइक्रोसफ्टले निशुल्क सफ्टवेयर प्रदान गर्न पक्कै सक्दैन । अर्थात पाइरेसी सफ्टवेयर नेपालमा बन्द गर्ने कानुन ल्याएमा वा मुद्धा परेमा समस्या आउने देखिन्छ । यि यस्ता कारणहरुबाट पनि फ्रि एण्ड ओपन सोर्स सफ्टवेयर तर्फ धेरैको ध्यान आकर्षीत हुदै गएको छ ।

सफ्टवेयर फ्रिडम डे सार्वजनिक शैक्षिकको एक प्रयास हो । यो दिवसको दिन फ्रि एण्ड ओपन सोर्स सफ्टवेयरलाई प्रयोग गर्ने र त्यसलाई मनाउने मात्र नभएर यसले पब्लिकलाई उत्साह प्रदान गर्ने र फाईदा पुर्याउने एउटा कदम पनि हो । सफ्टवेयर फ्रिडम डे को स्थापना सन् २००४ अगस्ट २८ तारीखमा भएको हो । जून कार्यक्रममा विश्वभरका ७० टिमहरुको सहभागतिा भएको थियो । सन् २००५ देखि सेप्टेम्बरको तेस्रो तारिखमा विश्वभर यो दिवस मनाइन्छ ।

सँधै झै यसबर्ष पनि सेप्टेम्वरको तेस्रो शनिवार अन्तर्गत सेप्टेम्वर २१ का दिन संसारभर सफ्टवेयर फ्रिडम डे २०१९ मनाइएको छ । सेक्टेम्बर २१ तारिख अर्थात सेप्टेम्बर तेस्रो शनिवारको दिन नेपाल कलेज अफ इन्फरमेशन टेक्नोलोजी (एनसिआइटी) लगायत देशभरका कलेज तथा केहि आइटी सस्थाहरुले सफ्टवेयर फ्रिडम डे भव्यताका साथ मनाइएका छन ।

सन् २००९ देखि एनसिआइटीले लगातार सफ्टवेयर स्वतन्त्रता दिवस मनाउदै आइरहेको छ । यस वर्ष विभिन्न इन्जिनियरिङ तथा आइटी कलेजका विद्यार्थीहरु सहितको सहभागितमा विभिन्न प्रतिस्प्रधात्मक कार्यक्रमहरु पनि आयोजना भएका थिए ।

अन्तर्वाता/विचार

आइसिटी अवार्डका कारण बजारमा \'किताब यात्रा\'प्रतिको विश्वास अझै बढेको छ : सिइओ अधिकारी

आइसिटी अवार्डमा पहिलो पटक समावेश गरिएको पब्लिक च्वाइस आइसिटी अवार्ड किताब यात्रा प्रालिले प्राप्त गर्न सफल भयो । सन २०१७ म…

सफ्टवेरिकाले ब्याचलर्समा युकेको प्रतिष्ठित आइटी कार्यक्रम ल्याएको छ : थापा

अमृत थापा
बिजनेश डेभलपमेन्ट हेड
सफ्टवेरिका कलेज अफ आइटी एन्ड ई–कमर्श

<…

पहिले ग्राहक खोज्दै जान्थ्यौं, अहिले ग्राहक हामीलाई खोज्दै आउँछन् : आदित्य राज

लिभिङ विथ आइसिटीको आयोजनामा भएको चौथो संस्करणको आइसिटी अवार्डअन्तर्गत महत्वपूर्ण विधा स्टार्टअप आइसिटी अवार्ड ई-डिजिटल नेप…

आइटीमा छात्रा विद्यार्थीलाई आकर्षण गर्न सगरमाथा कलेजले छात्रवृत्ति कार्यक्रम ल्याएकाे छ : सुब्बा

गंगा सुब्बा
कार्यक्रम संयाेजक (बिसिए/बिएससी सिएसआइटी), सगरमाथा कलेज अफ साइन्…

ई–पेमेन्ट उद्योगमा कनेक्ट आईपीएसको सार्थक योगदान रहने छ : सिइओ प्रधान

निलेशमान सिंह प्रधान नेपाल क्लियरिङ हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत हुन् । करीब २ दशकयता बैंक तथा वित्तीय क्षेत्…

विद्यार्थीहरुले विभिन्न व्यावसायिक तालिम कलेजमै प्राप्त गर्दछन् : विभागीय प्रमुख कार्की

सुवास कार्की
प्रमुख, सिएसआइटी विभाग
काठफोर्ड इन्टरनेशनल कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजम…

‘हामीले विद्यार्थीलाई कलेजमै इन्डस्ट्रीको ‘स्पेसल एक्सपोजर’ दिएका छौं’

भेषराज पाेखरेल
सिइओ, टेक्सास इन्टरनेश्नल कलेज

व्यवहारिक र प्रयोगात्मक आइटी शिक्षामा समर्पित छौं : क्याम्पस प्रमुख कट्टेल 

राजु कट्टेल
क्याम्पस प्रमुख, कान्तिपुर सिटी कलेज (केसीसी), काठमाडौं 

कान्तिपुर सिटी कलेजले पूर्वाञ्चल विश्वविद्यालयबा…

लोकसेवाको तयारी मोबाइल एपबाटै 

अशोक बस्नेत
सिइओ, मन्त्र आइडियाज


Note 10+ versus P30 Pro: Which flagship smartphone is the best?

With t…

के गर्दै छन् स्टार्टअप आइसिटी अवार्ड विजेताहरू ? ९ स्टार्टअपकाे कथा

नेपालको आइसिटी क्षेत्रको प्रतिष्ठित सम्मान हो, आइसिटी अवार्ड । ४ वर्षदेखि लिभिङ विथ आइसिटीले आयोजना गर्दै आएको यो अवार्ड कार्यक्रमको चर्च…

अनलाइनबाट यसरी कमाउनुहोस्

सूचना प्रविधिको तीव्र विकास र विस्तारका कारण हरेक काम सहज र सरल भएका छन् । यति मात्रै होइन, रोजगारीका नयाँ अवसर सृजना …

इन्टरनेटमा कर होइन, नि:शुल्क बनाऊ 

सबै प्रकारका ब्यापार व्यवसायले राज्यलाई कर तिर्नु पर्दछ । राज्यले आवश्यकता अनुसार कुनै व्यवसायमा कर छुटसमेत गर्ने गर्छ । वर्त…

किन गर्ने डिजिटल मार्केटिङ ? कस्ता छन् मार्केटिङका टुल्स ?

यो डिजिटल दुनियाँ हो जहाँ इन्टरनेट सबैलाई अपरिहार्य भइसकेको छ । डिजिटल युगमा मान्छेले युरोप अमेरिकाको काम घरम…

इन्टरनेटमा बच्चालाई कसरी सुरक्षित राख्ने ? 

संसारभरी इन्टरनेटको व्यापक प्रयोगसँगै नेपालमा पनि हातहातमा मोबाइल फोन र घरघरमा इन्टरनेट घरघर पुगेको छ । नेपाल दूरसञ्चा…