अन्तर्वाता/विचार
‘असक्षम नेतृत्वले क्यानको शाख घट्यो, योग्य र सबल नेतृत्व रोजौं’
कम्प्युटर एशोसिएसन नेपाल महासंघ (क्यान महासंघ) को महाधिवेशन र १३औं कार्यसमितिको निर्वाचन यही मंसिर ७ गते शनिबार हुँदैछ । क्यान नेतृत्वका लागि नवराज कुँवर र सुनैना घिमिरे पाण्डेले उम्मेदवारी दिएका छन् । छुट्टाछुट्टै प्यानलमार्फत् प्रतिष्पर्धामा उत्रिएका यी दुई टिमबाट केही सदस्य निर्विरोध निर्वाचित भइसकेका छन् । आसन्न निर्वाचनमा सफ्टवेयर उद्योगको प्रतिनिधित्व गर्दै संस्थागत समूहबाट सदस्यमा उमेश रघुवंशी ले उम्मेदवारी दिएका छन् । उनको बैंकिङ र सफ्टवेयर उद्योगमा २० वर्षभन्दा बढीको अनुभव छ । रघुवंशीले राष्ट्रिय वाणिज्य बैंकमा प्रोग्रामर, प्रोजेक्ट म्यानेजर, हार्डवेयर प्रमुख, कार्ड सेन्टर प्रमुख लगायतका विविध भूमिकामा गरी १२ वर्षसम्म काम गरे । यसपछि प्राइम कमर्सियल बैंकको स्थथापनाकालदेखि काम गरेका उनले त्यहाँ पूर्णरुपले आइसिटी इन्फ्रास्ट्रक्चरको डेभलपमेन्ट गरे । यसपछि केही समयसम्म एसियन डेभलपमेन्ट बैंकमा नेश्नल आइटी कन्सल्ट्यान्ट भएर काम गरे । त्यसपछि उनले जागिर छाडेर उद्यमशीलता रोजे । सफ्टवेयर कम्पनी इन्फोडेभलपर्स मार्फत् लोकल सफ्टवेयर इन्डस्ट्रीमा गतिलो छाप छोड्न सफल रघुवंशीले हालै ओपन सोर्स इआरपीमा राम्रो सर्भिस डेलिभरी गर्न बिआई सोलुसन्स नामक कम्पनी स्थापना गरेका छन् । उनी इन्टरनेट गभर्मेन्स इन्स्टिच्युट नेपालका निर्देशक समेत रहेका छन् ।
क्यान महासंघमा तपाईंको उम्मेदवारी किन ? क्यानमै रहेर किन काम गर्नुपर्यो ?
क्यान भनेको एउटा लामो र गौरव इतिहास बोकेको ठूलो संस्था हो । म यसलाई नेपालको आइसिटी क्षेत्रको ‘एपेक्स बडी’ भन्न रुचाउँछु । हाम्रा अग्रज र पथप्रदर्शकले क्यानलाई यहाँसम्म ल्याउनुभयो । उहाँहरुले नै देखाएको बाटोमा हामीले संगठनलाई अघि बढाउन सकेको खण्डमा मात्रै क्यान महासंघले आइसिटी सेक्टरमा हामीले ठूलो योगदान सक्छ । यो ‘एपेक्स बडी’ लाई विशुद्ध बौद्धिक र प्रोफसनलहरुको संगठन बनाउन, सरकारसँग प्रत्यक्ष सहकार्य र समन्वय गरी आइटी उद्योगको प्रवद्र्धन गर्न, सरकारको ‘थिंक–ट्याकं’को रुपमा काम गर्ने र साथसाथै नीति निर्माण प्रक्रियाबाट सरकार बिच्किएको अवस्थामा र आइटी उद्योगको प्रतिकुल अवस्थामा सरकारसँग लड्न सक्ने क्षमताको बनाउनुपर्छ । यिनै अभिभारा क्यानले लिनुपर्छ भनेर नै म यस संगठनमा आबद्ध भएको हो । आजसम्म क्यानको त्यस्तो ‘इमेज’ मैले पाएको छैन ।
क्यान महासंघलाई भारतको न्याक्सकम जस्तो बनाउनुपर्ने थियो, जसबाट आइटी सेक्टरबाट मुलुकले जिडिपीमा प्रगति गर्न सकोस् । यसर्थ क्यानलाई एउटा उचाईमा लैजानका लागि मैले संस्थागत समूहबाट उम्मेदवारी दिएको छु । आजसम्म क्यानले जति काम गरेको छ, आइसिटी क्षेत्रमा त्यो पर्याप्त छैन । यो पर्याप्त नभएका कारण टिम सुनैना सिर्जना भएको हो । टिम सुनैनामा इन्डस्ट्रीमा बिसौं वर्ष योगदान दिइरहनुभएका व्यक्तिहरु संलग्न हुनुहुन्छ । यो टिममार्फत् एक सबल क्यान निर्माण भइकन नेपालको आइसिटी क्षेत्रमा ठूलो योगदान दिन सकिन्छ भन्ने आशा मैले लिएको छु । यही कारण हामी टिम सुनैनामा आबद्ध भएका हौं ।
क्यान महासंघले अपेक्षा गरेजस्तो काम नगरेकोमा दुईमत छैन । अन्य सामान्य संगठनले गर्ने खालको काम समेत गर्न सकेको देखिदैन । आन्तरिक रुपमै फाटो ल्याउने, प्रतिष्पर्धाको भावना लिने जस्ता प्रवृत्तिले क्यान माथि उठ्न नसकेकाे हाे ?
म पनि पछिल्लो कार्यकालमा कार्यसमिति सदस्य थिएँ । जसरी क्यान चल्थ्यो, हाम्रो बैठक हुन्थ्यो, त्यहाँ कुनै गाइडलाइन्स देखिएन । जो प्रमुख नेतृत्वमा रहनुहुन्छ, उहाँले आफ्नो समूर्ण टिमलाई लिडरसिप दिएर, विभिन्न काम दिएर, गोल सेटिङ गरेर काम गर्न सक्नुभएन । यो नै सबैभन्दा दुःखको कुरा हो । कुनै काम नै भएन भने त्यहाँ विभिन्न किसिमका विकृति आउन थाल्छन् । असक्षम नेतृत्वले क्यानको शाख घट्यो । यसकारण मुख्य कुरा नेतृत्व सबल र सक्षम हुनुपर्छ ।
नेतृत्वमा सक्षम आएनन् भने टिम नै कमजोर हुन्छ । नेतृत्वले उद्धेश्य पहिचान गरेर लैजान सक्नुपर्थ्याे । यस्तो नहुँदा अहिले विकृति आयो, चलखेल बढ्न थाल्यो । क्यानलाई साँच्चिकै माया गर्ने मानिसहरुमा अहिले रुनुपर्ने अवस्था आएको छ । जसरी चुनावको क्याम्पियन भइरहेको छ, वादविवाद भइरहेको छ, यो कुरालाई अन्त्य गर्नुपर्छ । यसले संगठनलाई माथि लैजादैन । चुनाव भएको दिनदेखि नै यस्ता वादविवाद सधैंका लागि अन्त्य होस् र सामूहिक प्रयत्नमा क्यान महासंघ अघि बढोस् भन्न चाहन्छु ।
तपाई अहिले संस्थागत समूहअन्तर्गत रहेर आफ्नो उम्मेदवारी दिनुभएको छ, यो समूहमा रहेका संस्थागत सदस्यहरुको माग र आवश्यकता कस्तो छ ?
संस्थागत समूह भनेको व्यवसाय गर्ने साथीहरुको समूह हो । व्यवसायी भनेको पैसा कमाउने मात्रै होइन । उहाँहरुले उद्यमीलता गर्नुहुन्छ । उद्यमशीलतामा ‘इन्नोभेसन’ हुन्छ । बिजनेश बढ्छ । बिजनेश बढेपछि मानिसहरुले रोजगारी पाउँछन् । सरकारले कर पाउँछ । यसले समग्र देशकै विकास गर्छ । संस्थागतको सन्दर्भमा कुरा गर्दा धेरै मुद्धाहरुको बारेमा साथीहरु बोल्नुहुन्छ । उहाँहरुले बिजनेश प्रोसेसमा सरकारले अनुकुल नीति ल्याउन सहजिकरण गरिदियोस् भन्ने आवाज राख्नुभएको छ । हामीले खोजेको कुरा नै यही हो । तर क्यानको लिडरसिपको कमीका कारण तत्सम्बन्धी कुनै पनि कुरा हुन सकेको छैन ।
पछिल्लो समय नेपालको सफ्टवेयर इन्डस्ट्रीलाइ अघि ल्याउनुपर्छ भन्ने कुरामा म स्वयम्ले धेरै समय र अर्थ लगानी गरेँ । तर केही भएन । १/२ जनाले गरेर केही हुनेवाला छैन । यसकारण हाम्रा संस्थागत समूहका साथीहरुले पछिल्लो कार्यकालमा क्यान जस्तो अवस्थामा गुज्रिए पनि अब बलियो भएर आउनुपर्छ, यो क्षेत्रको पिर मर्का हल गर्न सहयोग गर्नुपर्छ भन्ने कुरा राख्नुभएको छ । उहाँहरुको एउटै चाहना छ क्यानमा जाऔं, क्यानलाई बलियो बनाऔं र इन्डस्ट्रीमा सकारात्मक प्रभाव पारौं । उहाँहरुको चाहना अनुसार नै हामी सबै जुट्दा संगठन र देशको आइटी क्षेत्र बलियो हुन्छ ।
टिम सुनैना नै बलियो र आवश्यक भन्नलाई तपाईंसँग के आधार छन् ?
टिम प्यानलको कुरा गर्ने हो भने मैले निष्पक्ष नै भन्नुपर्छ । भोलिका दिनमा मिलेर काम गर्नुपर्छ । उम्मेदवारहरु बीच हारजीत सामान्य नियम हो । टिम सुनैनामा बोलेर मात्रै होइन, कुरा गरेर मात्रै हुँदैन, काम गरेर देखाउने साथीहरु हुनुहुन्छ । फिल्डमै प्रुभ भइसकेको छ उहाँहरुको सक्षमता कति छ भनेर । सबै साथीहरु आफ्नो क्षेत्रमा अब्बल हुनुहुन्छ । अब्बल भएको सन्दर्भमा म त के भन्छु भने इन्डस्ट्रीलाई लिड गर्ने भनेको टिम सुनैनाले नै हो । उहाँहरु जो जो हुनुहुन्छ, उहाँहरुको व्यक्तित्व र इमेजले नै टिम सुनैनाले नै जित्नुपर्छ भन्ने आधार पुस्टि गर्छ । यो मैले स्वतन्त्र विश्लेषण गरेर भनेको हो । अध्यक्षको प्रत्याशीमा उठ्नभुएकी सुुनौना जीको खट्ने शैली, आफ्नो कुरा राख्न सक्ने क्षमता र उहाँमा टेक्नोलोजीसम्बन्धी जुन ज्ञान छ, यो कुराले यो टिमको नेतृत्व अब्बल छ भनेर पुस्टि हुन्छ । म के भनिरहेको छु भने म या तपाई राम्रो भएर हुँदैन, अध्यक्ष राम्रो हुनुपर्यो । नेतृत्व भिजनरी हुनुपर्यो । सबैलाई मिलाएर लैजान सक्ने खुबीको हुनुपर्यो । अनि मात्रै संगठन बलियाे हुन्छ । एकजुट हुन्छ ।
तपाईले सफ्टवेयर इन्डस्ट्रीलाई प्रतिनिधित्व गर्नुभएको छ । सफ्टवेयर उद्योगको सन्दर्भमा क्यानमा कस्ता योजनासहित उम्मेदवारी दिनुभएको छ ?
पहिलो कुरा हामीले जुन ‘स्ट्रोङ क्याम्पियन’ गर्छौं, यसबाट सरकारी पक्षबाट नेपाली सफ्टवेयर कम्पनीहरुको क्यापासिटी बिल्डिङ गर्ने सन्दर्भमा केही योजना ल्याउन योगदान दिन्छु । अर्को कुरा नेपालका सफ्वटेयर कम्पनीहरु छरिएर रहेर काम गरेका छन् । ती सफ्टवेयर कम्पनीहरुबीच सुमधुर सम्बन्ध देखिदैन । उहाँहरुलाई ‘इन्टरनेश्नल एक्सपोजर’ पनि छैन । नेपालका सफ्टवेयर कम्पनीहरुबीच राम्रो ‘हारमोनी’ सिर्जना गर्ने र इन्टरनेश्नल एक्सपोजर दिने अर्को योजना छ । यसका लागि बाहिरका विभिन्न संगठनहरुसँगको सहकार्य गर्न पहल गर्नेछु । अर्को महत्वपूर्ण कुरा क्यानले सरकारसँग लबिङ गरेर आइसिटी क्षेत्रको तीव्र विकासमा काम गर्न सक्नुपर्छ । क्यानलाई ‘एपेक्स बडीको रुपमा अघि बढाउन काम गर्नुपर्यो । यो क्षेत्रमा छरिएर रहेका एशोसिएसन र संस्थाहरुलाई क्यान महासंघमा आबद्ध गराउन पहल गर्नेछु । क्यानले आफूले धेरै कार्यक्रम नगर्ने, अरुलाई धेरै काम गर्न लाएर आफूले एपेक्स बडीको रुपमा फेसिलेट गर्नुपर्छ । आमाबुवाले छोराछोरीलाई काममा लगाउने र बाटो देखाउने हो । आमा बुबाले छोराछोरीहरुसँग प्रतिष्पर्धा गरेको सुहाउँदैन । हाम्रो टिमको घोषणापत्रमा मैले यसले प्राथमिकताका साथ उल्लेख गर्न लगाएको छु ।
अन्त्यमा सम्पूर्ण मतदातालाई तपाईको सन्देश के छ ?
यो प्रोफेसनलहरुको साझा संस्था हो । यसलाई प्रोफेसनलहरुको मात्रै संस्था बनाउनुपर्छ । राजनीति र गुटबन्दी गर्ने थलो बनाउनु हुँदैन । अहिले यदाकदा राजनीतिको गन्ध पनि देखिएको छ, यो शुभसंकेत होइन । नेपालका अधिकांश एशोसिएसनहरु राजनीतिले गाँजिएको बेला क्यान मात्रै एउटा संस्था हो जहाँ राजनीति छिरेको छैन । यस्तो अवस्था आउन दिनुहुँदैन । मतदाताले चिनेरै मत दिनुहुने भन्ने अपेक्षा राखेको छु । अघिल्लो नेतृत्वबाट क्यानले धेरै गर्न सक्थ्यो, सकेन । अहिले सक्षम नेतृत्व छान्न मतदाताले पूर्ण अधिकार पाएका छन् । उहाँहरुले टिम सुनैना र टिम नवराजबीच हेड टु हेड तुलना गर्नु्हुनेछ । इन्डस्ट्रीमा उहाँहरुको के कस्तो प्रभाव पारेको छ आफैले मूल्याकंन गर्नुपर्छ । प्रोफेसनलहरुको संस्था भएकाले मेरो मान्छे होइन, राम्रो मान्छे भनेर छान्न मतदाता चनाखो हुनुहुन्छ ।
अन्तर्वाता/विचार
‘गर्नुपर्ने धेरै छ, फुटेर होइन जुटेर आइटी क्षेत्रको विकासमा लागौं’
यदि तपाईं सूचना प्रविधिप्रेमी हुनुहुन्छ र नेपालमै वा नेपाल बाहिर बसेर पनि नेपालका लागि काम गर्न चाहनुहुन्छ भने मेरो यो…
डिजिटल नेपाल फ्रेमवर्क मन्त्रिपरिषदबाट स्वकृत, पारित गर्नै लाग्यो १५ महिना
सरकारले डिजिटल नेपाल फ्रेमवर्क मन्त्रीपरिषदबाट पारित गरेको छ । कार्तिक ८ गते जारी सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको प्रेस विज्ञप्तीमा डिजिटल नेपालको फ्रेम…
बुधबारदेखि देशका मुख्य शहरहरूमा फोरजी सेवा सुरु गर्दैछौं : टेलिकम प्रबन्ध निर्देशक अधिकारी
डिल्ली अधिकारी सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमका प्रबन्ध निर्देशक…
अब हरेक क्षेत्रका लागि डिजिटल मार्केटिङ र एसइओ चाहिन्छ : खतिवडा
आइटी क्षेत्रमा विभिन्न काम गर्न सकिन्छ । डिजिटल मार्केटिङ पछिल्लो समय फस्टाएको एक करियर हो । यसभित्रको एसइओ (सर्च इन्…
विद्यार्थीले आफ्नो भविष्य सुनिश्चित गर्न किस्ट कलेज छान्ने गरेका छन् : बस्नेत
सूर्य बस्नेत
डिपार्टमेन्ट अफ बिआइएम, किस्ट कलेज, काठमाडौं
\'हामीले एकाडेमिकसँगै ननक्रेडिट प्रोफेसनल कोर्शहरु पनि उपलब्ध गराइरहेका छाैं\' - सन्दिप श्रेष्ठ
सन्दिप श्रेष्ठ
प्रिन्सिपल, समृद्धि कलेज, भक्तपुर
(बिसिए विशेष) हामीले कलेजमै प्रोफेसनल र स्किल डेभलपमन्टका ट्रेनिङहरु गराउँछौं : कडरिया
मदन कडरिया
प्रमुख, डिपार्टमेन्ट अफ आइटी, नेपाल कलेज अफ इन्फर्मेशन टेक्नाेलाेजी (एनसिआइटी)
…
विद्यार्थीकाे सुरक्षित करियर निर्माणमा सहयोग गर्ने कार्यक्रम ल्याएका छौं : दवाडी
चोकराज दवाडी
एकेडेमिक डाइरेक्टर, न्यू समिट कलेज
सगरमाथा कलेज अफ साइन्स एन्ड टेक्नोलोजीले व्यवहारिक र प्रयोगात्मक शिक्षामा जोड दिएको छ : सुब्बा
गंगा सुब्बा
प्रोग्राम कोअर्डिनेटर
(बिएससी सिएसआइटी), सगरमाथा कलेज अफ साइन्स ए…
शिक्षामा प्रविधि र शीपको मागलाई जोड्न आवश्यक छ : प्याब्सन अध्यक्ष पुरी
टीकाराम पुरी निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन) का केन्द्रीय अध्यक्ष हुन् । प्याब्सनको १४औं राष्ट्रिय महाधिवेशन…
आइटी शिक्षाको क्रेज !
केही वर्षअघिसम्म मेडिकल साइन्स र इन्जिनीयरिङमा नाम निक्लिएन भने मात्रै विद्यार्थी आइटी पढ्न आइपुग्थे । अहिले भने विद्यार्थीको…
स…