कीवर्डहरू -

समाचार

भदौ ३१ मा हुने ‘नेपाल ब्लकचेन कन्क्लेभ’ का लागि रजिस्ट्रेसन खुला

कम्प्युटर एसोसिएन नेपाल महासंघ (क्यान महासंघ) को आयोजनामा आगामी भदौ ३१ (सेप्टेम्बर १७) मा हुने ‘नेपाल ब्लकचेन कन्क्लेभ’ का लागि रजिस्ट्र्रेसन खुला गरिएको छ । महासंघले कार्यक्रममा सहभागी हुन इच्छुकका लागि बिहीबारदेखि रजिस्ट्रेसन खुला गरेको हो ।

नेपाल ब्लकचेन कन्क्लेभको वेबसाइट nepalblockchainconclave.can.org.np मा गएर कार्यक्रममा लागि रजिस्ट्रेसन गर्न सकिन्छ । यसअन्तर्गत विद्यार्थीका लागि पाँच हजार र कर्पोरेटका लागि १० हजार रुपैयाँ शुल्क तोकिएको छ ।

ब्लकचेन प्रविधिबारे सचेतना, प्रोत्साहन तथा प्रवर्द्धन गर्न सरोकारवालाहरूबीच एकै छातामुनि वृहत् अन्तर्क्रिया एवं सहकार्य गर्ने उद्धेश्यले अन्तर्राष्ट्रियस्तरको कन्क्लेभ हुन लागेको हो । कन्क्लेभको सह-आयोजकमा क्लब बी बिजनेस टेक्नोलोजी रहेको छ भने कम्युनिटी पार्टनरमा ब्लकचेन कम्युनिटी नेपाल रहेको छ ।

कन्क्लेभमा विभिन्न ६ देशबाट की नोट स्पिकर (प्रमुख वक्ताहरू) आउने तय भएको छ । त्यस्तै कन्क्लेभमा नियामक नेपाल राष्ट बैंकसहित प्रमुख बैंक तथा वित्तीय संस्थाहरू, नेपाली तथा अन्तर्राष्ट्रय ब्ल्कचेन कम्पनीहरू, फिनटेक कम्पनीहरू, विज्ञहरू, प्रविधि व्यवसायी, शिक्षण संस्था, नीति निर्माता तथा नेपाल सरकारका विभिन्न निकायहरूको सहभागिता रहने कन्क्लेभका संमयोजक एवं क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारीले बताए । उनका अनुसार कन्क्लेभमा करिब ३०० जनाको सहभागी हुनेछ ।

कन्क्लेभले ब्लकचेन टेक्नोलोजीको क्षेत्रमा रहेका असमझदारी हटाई व्यावसायिक रूपमा यस क्षेत्रको विकास र विस्तार गर्ने, जनशक्तिलाई प्रोत्साहन गर्ने, ब्लकचेनमा आधारित समाधान तथा अवसरहरूको पहिचान गर्ने र उद्योगमैत्री नीति तर्जुमा गर्न राज्यलाई सघाउने अपेक्षा लिएको छ ।

समाचार

अपराध अनुसन्धान तथा कार्यसम्पादनमा योगदान गरेकोमा एनसेललाई सम्मान

नेपाल प्रहरी अन्तर्गत काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले अपराध अनुसन्धान तथ…

चन्द्रमामा आज अवतरण हुँदै चन्द्रयान–३, लाइभ हेर्न सकिने 

भारतको ऐतिहासिक चन्द्र मिसन आज चन्द्रमाको सतहमा अवतरण हुँदै छ ।

इन्जिनियरिङ विद्यार्थीहरूका लागि नि:शुल्क हेल्प डेस्क सुचारु

इन्जिनियरिङ विद्यार्थीहरूको लागि नि: शुल्क हेल्प डेस्क सुरु भएको छ । सोमबारदेखि सोल्…

सञ्चारमन्त्री शर्मासँग कोरियाली राजदूतको शिष्टाचार भेट

काठमाडौं, ५ भदौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मासँग नेपालका लागि दक्षिण…

डेंगी रोगबारे कुनै जिज्ञासा भए हटलाइन सेवा ११८० मा निःशुल्क फोन गर्नु होलाः मेयर बालेन शाह 

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले डेंगी रोगबारे कुनै जिज्ञा…

स्विचअन रिटेलको नयाँ आउटलेट भक्तपुरमा

सामसुङ, हिमस्टार, चिन्ट, इन्डोएसियन, गलान्ज र अहुजा जस्ता शीर्ष–स्तरीय ब्रान्डहरूको ला…

इन्फोडेभलपर्स र जिल्ला सहकारी संघ काभ्रे बीच रणनीतिक साझेदारी

इन्फोडेभलपर्स र जिल्ला सहकारी संघ, काभ्रे बीच रणनीतिक साझेदारी विगत २१ वर्षदेखि सह…

एनसेलको फोरजी जुम्ला पुग्यो, सदरमुकाम खलङ्गालगायतका स्थानीयहरू उच्चगतिको सेवाबाट लाभान्वित हुँदै

एनसेल आजियाटा लिमिटेडले आफ्नो सेवा विस्तार गर्दै आधुनिक मोबाइल ब्रोडब्यान्ड कनेक्टिभ…

पूर्वाञ्चल विश्वविद्यालयमा प्रवेश परिक्षाको अनलाइन आवेदन खुल्ला

पूर्वाञ्चल विश्वविद्यालयले शैक्षिक सत्र २०८०/०८१ का लागि स्नातक तहमा आईटी कोर्षमा भर्न…

भोजपुरका ३८ सामुदायिक विद्यालयमा ‘ब्रोडब्याण्ड इन्टरनेट’ सेवा

भोजपुर जिल्लाकै दुर्गम मानिने साल्पासिलिछो गाउँपालिकाका ३८  सामुदायिक विद्यालयमा नेपाल दूरसञ्चार प्राधिकरणले  ‘ब्रो…

एक वर्षमा साढे ३० लाखभन्दा बढी मोबाइल बैंकिङ प्रयोगकर्ता थपिए

पछिल्लो समय डिजिटल बैंकिङको प्रयोग बढ्दो छ । प्रविधिको विकाससँगै मोबाइल बैंकिङ, इ…

निष्क्रिय अकाउन्ट डिलिट गर्दै गुगल 

गुगलले निष्क्रिय अकाउन्ट डिलिट गर्ने भएको छ । प्रयोग नगरिएको वा निष्क्रिय अकाउन्ट १ ड…

नेपाल इन्टरनेट फाउण्डेसनको कला प्रदर्शनी तथा कार्यशाला सम्पन्न, अनलाइन आर्ट प्रतियोगिताको घोषणा 

नेपाल इन्टरनेट फाउण्डेसनले आयोजना गरेको २ दिने कार्यक्रम ‘एक अभियान’ कला प्रदर्शनी …

आगामी हप्ताबाट थ्रेड्स मोबाइलमा मात्र नभएर पीसीमा पनि प्रयोग गर्न सकिने

थ्रेड्स अब मोबाइलमा मात्र नभएर पीसीमा पनि प्रयोग गर्न सकिने भएको छ । मेटाका सीईओ म…

सन् २०२४ भित्रमा एप्पलले अमेरिकामै निर्मित चिप प्रयोग गर्ने

एप्पलले सन् २०२४ सम्म अमेरिकामै निर्मित चिप प्रयोग गर्नेछ । एप्पलले सन् २०२४ सम्म अमेर…